मुस्ताङको ठिनीमा प्रकृति, संस्कृति र सिर्जनशीलताको अर्न्तराष्ट्रिय कला महोत्वस सुरु भएको छ ।
मुस्ताङको धार्मिक, संस्कृतिक तथा हिमाली क्षेत्रको जैविक विविधता र मौलिकताको चित्रमार्फत् विश्व समुदायमा पुर्याउने उद्देश्यले पर्वतीय चित्रकला महोत्सव आयोजना गरिएको संयोजक महेन्द्र गुरुङले बताए ।
अक्टुवर १८ गतेदेखि थकालीजातीको आदीवस्ती ठिनीमा सुरु भएको प्रथम अर्न्तराष्ट्रिय पर्वतीय चित्रकला महोत्सवमा देशभरका ९ जना चित्रकार तथा भुटान, थाईल्याण्ड, पोल्याण्ड, रोमानिया, ताइवान, इन्डोनोसिया समेत विभिन्न मुलुकका ७ जना समेत १६ जना चित्रकारले ठिनीबस्ती समेत मुस्ताङका विभिन्न बस्तीका चोकगल्लीमा बसेर चित्र कोरिरहेका छन् ।
नेपाल पर्यटन वोर्डको साझेदारीमा युरोपेली युनियन, स्वीस विकास सहयोग समेत विभिन्न सहयोगीहरुको प्रायोजनमा आयोजित महोत्सवमा सहमागी चित्रकारहरुले ठिनी, कागबेनी, मार्फा र मुक्तिनाथका विभिन्न बस्तीमा रहेर प्रकृति हेर्दै चित्र कोरिरहेका छन् ।