जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

साहित्य समाजको पथप्रदर्शक हुन आवश्यक छ : मोतिशोभा श्रेष्ठ

जनमत जनमत
प्रकाशित २१ कार्तिक २०८१, बुधबार
अन्तर्वार्ता, मनोभावना भित्र
0
साहित्य समाजको पथप्रदर्शक हुन आवश्यक छ : मोतिशोभा श्रेष्ठ

० तपाईको साहित्यको थालनी कसरी भयो ? कृपया बताई दिनु्हुन्छ कि?
म ६–७ कक्षामा हुँदा साथीहरुको लहलहैमा नेपालभाषामा साहित्य लेख्न शुरु गरेकी थिएँ । म सात कक्षामै हुँदा हाम्रो स्कुल शान्तिनिकुञ्ज सह शिक्षालयबाट इन्टर स्कुल नेपालभाषा साहित्य सम्मेलनको आयोजना गरेको थियो । साथीहरुको सहयोगले व्यवस्थापन कमिटीको सचिवमा मैले काम गरेकीे थिएँ । उक्त सम्मेलनमा प्रतियोगितामा मेरो कहानी ‘अभिलाषा’ दोश्रो भएको थियो । आई.ए. पढ्दासम्म मैले नेपालभाषामा कहानी लेख्थें । अरु कलेजमा साहित्य सम्मेलन हुँदा कहानी लेखी भाग लिने गरेकी थिएँ । बी.ए. पढ्न सुरु गरेपछि मैले लेख्न छोडें । पढाइमै धेरै ध्यान दिन थालें । अर्थशास्त्रमा एम.ए. गरेपछि क्रमश: नोकरी, बिहे, घर गृहस्थी र तीन सन्तान हुर्काउँदै मेरो दिन बितेको थियो । त्यस बेलासम्म साहित्य कुन चराको नाम हो जस्तो मलाई लागिसकेको थियो । नोकरीबाट अवकाश पाएपछि केही सामाजिक संस्थाहरुमा आवद्ध भएँ । नेपालमा कोभिड फैलिएपछि कतै बाहिर जान नसक्दा फेरि क, ख, ग, घ पढ्न सुरु गरे जस्तैगरी साहित्य लेख्न थालँे । मैले २०७९ सालमा चार महिनाभित्र ४ वटा नेपालीमा लघु उपन्यासहरु १ प्रकृति, २. सम्झनाको डायरी, ३. सत्य र आमा, ४. आँसु लेखी प्रकाशन पनि गरेँ । त्यसको ६ महिनापछि यी ४ वटै लघु उपन्यासलाई नेपालभाषामा ने.सं. ११४२ (२०७९ साल) मै प्रकाशन गरें । मैले २०३८ सालमा प्रकाशित गरेको नेपालमा घरेलु उद्योगको विकास नामक पुस्तक पनि नेपालभाषामा अनुवाद गरी प्रकाशन गरेकी थिएँ ।
साहित्य रचना गर्दै जाँदा आजकल यूट्युब, गुगल र फेसबुकको जमानामा उपन्यास पढ्ने समय अनुकूल नहुने ठानें । छोटो भएर पनि लघुकथाले लघु उपन्यासले जस्तै सन्तुष्टि दिन सक्ने ठानी लघु कथाहरु लेख्न थालेँं । ६० वटा लघुकथाहरु समावेश गरी चियाको चुस्की लघुकथासंग्रह २०८० सालमा प्रकाशित गरेंँ ।

० साहित्य सृजना गर्ने भावना र प्रेरणा कसरी र कोबाट प्राप्त गर्नु भयो ?
स्कुलमा पढ्दा कक्षाका साथीहरु कोही गाउने, कोही निबन्ध लेख्ने, कोही कविता लेख्ने गरेको देखेर उनीहरुकै देखासिकीमा मैले पनि कहानी लेख्न सुरु गरेकी थिएँ । बी.ए. पढ्न थालेपछि लेख्ने काम छुट्यो । नोकरीबाट अवकाश पाएपछि आवद्ध केही सामाजिक संस्थामा पनि नेपालमा कोभिडको महामारी फैलिएपछि जान छुट्यो । दिन बिताउन गाह्रो भइरहेको बेलामा मेरी जेठी छोरी प्रा .डा श्रृजना श्रेष्ठ (जो साहित्य रचनामा पनि सानैदेखि आवद्ध छिन्)ले साहित्य लेख्न निकै घचघच्याइन् । कान्छी छोरी प्रा.डा. सबिना श्रेष्ठ (उनी पनि सानैदेखि साहित्य रचनामा आवद्ध छिन्) ले पनि दिदीको कुरामा जोडदार सहमति जनाइन् । नेपाली भाषा मेरो त्यति राम्रो छैन । नेपालभाषामा पनि लेख्ने बानी छुटिसकेको थियो । त्यसैले लेख्नेतर्फ म हिचकिचाई रहेकी थिएँ । लेख्दै गएपछि भाषा पनि राम्रो हुँदै जान्छ भनी उनीहरुले सम्झाए । दुवै छोरीहरुको प्रेरणा र प्रोत्साहनले मैले पुन: साहित्य लेखनमा हात चलाएकी हँु ।

० साहित्य सेवामा निरन्तर रुपमा लागिरहनु भएकी तपाईं यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
हाम्रो घरमा पहिलेदेखि काम सघाउने सहयोगी राख्ने चलन थिएन र अहिलेसम्म पनि छैन । घरको सबै काम सिध्याई दिनमा बाँकी रहेको समय टेलिभिजन हेर्ने, मोबाइल चलाउने र फोनमा आफन्त र साथीहरुसँग कुरा गरेर खर्चिने समयलाई छोट्याएर विगत ४/५ वर्षदेखि साहित्य रचनामा लाग्दै आएकी छु । फुर्सदको समय साहित्य लेखनमा सदुपयोग गरिरहेकी छु । साहित्य रचनामा मार्फत समाजलाई केही देन दिन सकिरहेको छैन । तैपनि नलेख्न भन्दा ढिलै भएपनि केही लेखिरहेको हँँुदा केही हदसम्म सन्तुष्ट छु । तर गर्न अझै बाँकी छ ।

० नेपाली साहित्यमा महिला लेखिकाहरुको मिका र अग्रसरता सम्बन्धमा तपाई कस्तो धारणा राख्नु हुन्छ ?
अहिलेसम्म त महिला लेखिकाहरुको रचनाहरु केही मात्र पढ्ने मौका पाएकी छु । थप पढ्ने मौकाको खोजीमा छु । पुरुषहरुले महिलाहरुको पक्षमा लेखेका केही साहित्य रचनाहरु पढ्ने मौका पाएकी छु । वहाँहरु धेरै धन्यवादका पात्र हुनुहुन्छ । महिलाहरुले भोगेका, अनुभव गरेका र महिलाहरुमाथि घटिरहेका कुराहरुबारे महिलाहरुले जति सशक्त रुपमा साहित्य मार्फत समाजको अगाडि प्रस्तुत गर्न अरुलाई त्यति सजिलो हुन्न होला जस्तो मलाई लाग्छ । नेपाली साहित्यमा महिला लेखिकाहरुको भूमिका र अग्रसरता निकै आवश्यकता ठान्दछु ।

० साहित्यकारहरु आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिक रुपमा जनसमक्ष पुर्‍याउन र उनीहरुलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यका साथ प्रस्तुत गरिन्छ यस भनाईप्रति के धारणा छ ?
साहित्यकारहरुले आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले प्रस्तुत गर्ने माध्यमको रुपमा साहित्यलाई लिएको छ, त्यसलाई म राम्रो ठान्दछु । जहाँसम्म सिद्धान्त र दृष्टिकोण भित्र सीमित भएर साहित्य प्रस्तुत गर्ने भन्ने सम्बन्धमा मेरो धारणा र दृष्टिकोण अलि फरक छ । साहित्य लेखनबाट समाजमा विद्यमान समाजिक विभेद र विसंगति महिला जागरण र चेतनाको अभिवृद्धिले समाजमा आएको परिवर्तन आदि कुराहरु कलात्मक साथै सरल र यथार्थ रुपमा प्रस्तुत गर्न सकियो भने सर्व साधारणले पनि सजिलैसँग बुझ्न र पढ्न सकिने छ भन्ने मेरो धारणा र ठम्याई छ ।

० हालका विभिन्न साहित्यिक प्रतिस्थानको साहित्यिक गतिविधि र साहित्यिक धारा सम्बन्धमा तपाई कस्तो धारणा राख्नु हुन्छ ?
साहित्य लेखन सुरु गरेको केही वर्ष मात्र भएको हुँदा साहित्यिक संस्थान र प्रतिष्ठानबारे अहिले नै बुझ्ने कोशिसमा म छैन ।

० तपाईलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरु को–को हुनुहुन्छ ? कृपया बताई दिनुहुन्छ कि ?
विद्यार्थी जीवनमा पढेका केही साहित्यकारहरुमध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटा मेरो एकदमै मनपर्ने नेपाली स्रष्टा हुनुहुन्छ । वहाँको एउटा निबन्ध स्कुलमा हँुदा पढेकी थिएँ । निबन्धको नाम त सम्झिन सकिनँ । उक्त निबन्धमा उल्लेख गरिएका अहिलेसम्म सम्झना भएका केही हरफहरु “….. एकजना मानिस यति धेरै हिंडेछ कि घर फर्कने बेलासम्ममा पाइतलादेखि खिएर टुप्पीमात्र लिखुर लिखुर गरेर आए ……” भन्ने मलाई त्यस बेलामा नै असाध्यै मन परेको थियो । उक्त हरफले बाल्यकालदेखि नै वहाँका कल्पना शक्तिले मेरो बाल मस्तिष्कमा हलचल मच्चाएको थियो । मैले विद्यार्थी छँदा पढेका सम्झना भएसम्मका विदेशी स्रष्टाहरुमा मलाई मनपर्ने रविन्द्रनाथ टैगोर, शरदचन्द«, विलियम शेक्सपियर, लियो टोलस्टोई, चारलोटी ब्रान्ट, इमिलि ब्रोन्ट र पर्ल्स बक् हुन् ।
केही समयदेखि पढेका केही नेपाली साहित्य रचननाहरु मध्ये सामाजिक विसंगतिसित सम्बन्धित जीवनको विभिन्न पक्षलाई समेटिएका साहित्य मन पर्‍यो ।

० तपाईको पहिलो प्रकाशित रचना कुन हो र तपाईको लेख रचनाहरु मध्ये सबभन्दा मनपर्ने कुन रचना हो ?
मेरो सबभन्दा पहिलो रचना प्रकृति लघु उपन्यास हो । मेरो चारैवटा लघु उपन्यासहरु एउटै समय अर्थात् २०७९ सालमा प्रकाशित भयो । त्यसको ६ महिनापछि नेपालभाषामा अनुवाद गरी २०७९ साल असारमा चारैवटा लघु उपन्यासहरु प्रकाशित भइसकेका छन् । साथै नेपालमा घरेलु उद्योगको विकास नामक २०३८ सालमा प्रकाशित भएको पुस्तक पनि नेपालभाषामा अनुवाद गरी २०७९ साल असारमै प्रकाशित भयो । त्यसपछि एउटा लघुकथासंग्रह चियाको चुस्की २०८० सालमा प्रकाशित भयो । एउटा अर्को लघुउपन्यास र कथासंग्रह पनि प्रकाशनको तयारीमा छ । अहिलेसम्म मेरो प्रकाशित रचनाहरु सबै मलाई उस्तै लाग्छ । आफूलाई सबभन्दा मनपर्ने रचना लेख्ने प्रयासमा लागिरहेकी छु ।

० यसबाहेक तपाईंको साहित्य सम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताई दिनुस् ।
नेपाली साहित्यका पुस्तकहरु किनेर पढ्न नेपालीहरुलाई घचघच्याउन सकेमा मात्र हाम्रो साहित्यिक स्थितिमा सुधार आउँछ जस्तो मलाई लागेको छ ।
निकै लामो समयदेखि साहित्यिक क्षेत्रमा कटिबद्ध भई योगदान पुर्‍याई साहित्यकारहरुलाई प्रोत्साहन दिइरहनुभएका जनमत पत्रिकाका प्रधान सम्पादक आदरणीय विद्वान साहित्यकार श्री मोहन दुवालज्यू, सम्पादक भारती श्रेष्ठ र सृजना दुवाल श्रेष्ठलाई हार्दिक नमन गर्दछु


अघिल्लो पोष्ट

प्रकाश सायमीको पुस्तक ‘स्वरसम्राट् नारायणगोपाल’ सार्वजनिक

पछिल्लो पोस्ट

कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर
प्रोफाइल

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

‘शब्दथुम’लाई विमल गुरुङ कृति पुरस्कार

‘शब्दथुम’लाई विमल गुरुङ कृति पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गीत

गीत

३ जेष्ठ २०७८, सोमबार
अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा ‘म्लेच्छ’ मञ्चन हुने 

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा ‘म्लेच्छ’ मञ्चन हुने 

३ जेष्ठ २०८०, बुधबार
प्रश्नोत्तरमालामा  भानुभक्तलाई छाम्दा

प्रश्नोत्तरमालामा भानुभक्तलाई छाम्दा

३ जेष्ठ २०८०, बुधबार
स्रष्टाहरूको आँखामा भानुभक्त आचार्य

स्रष्टाहरूको आँखामा भानुभक्त आचार्य

२ श्रावण २०८१, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक