नारी स्रष्टा समाज प्रदेश–१ ले साहित्यका विभिन्न विधामा योगदान पु-याउने तीनजना स्रष्टालाई पुरस्कृत गरेको छ । बुधबार विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई सम्मानपत्र प्रदान गरेका थिए ।
त्यस्तै सोही अवसरमा ‘मोहनलता स्रष्टा सम्मान’ आख्यानकार सुमन सौरभ र ‘हेमलता स्रष्टा सम्मान’ लघुकथाकार दीपक लोहनीलाई समर्पण गरिएको छ । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार भरत गुरागाईं, कवि लक्ष्मी पोखरेल, मञ्जुश्री गिरी, प्रिन्स प्रमोद ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।