फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानको आयोजनामा थिमीमा जनमत मासिकको ३२२ पूर्णाङ्क ‘भक्तपुर विशेष अङ्क’को सावर्जनिकरण प्रा.डा. हेमनाथ पौडेल, चन्द्रप्रसाद न्यौपाने, मातृका पोखरेल, प्रा.डा. माधवप्रसाद भट्टराई, राममणि ढुङ्गेल, धनमान श्रेष्ठ र मोहन दुवालले संयुक्त रुपमा सार्वजनिकरण गरे । प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रमकका प्रमुख अतिथि डा. हेमनाथ पौडेलले “अनवरत रुपले जनमत निकालेर अझ भनौं जिल्ला र व्यक्ति विशेष अङ्कहरु प्रकाशन गरेर जनमतले एउटा इतिहास निर्माण गरिसकेको मा यसका प्रधान सम्पादकलाई विशेष धन्यवाद दिन चाहन्छु ।” जनमत बारे बोल्नु हुँदै कवि चन्द्रप्रसाद न्यौपानेले – “जनमतको यात्रा अटुट छ, देश–विदेशमा जनमत मार्फत् साहित्य सम्प्रेषण भएको छ । नेपाली साहित्यका लागि जनमत र मोहन दुवाल त महाभारत हुन् । जनमत इतिहासमा संरक्षित भइसकेका छन् ।”
तस्बिर ः पुष्प मुनकर्मी
भक्तपुरका वरिष्ठ कथाकार धनमान श्रेष्ठले “भक्तपुरको साहित्यलाई जनमतले देश–विदेशमा चिनाइ दिनु भएकोमा प्रधानसम्पादकमोहनदुवाललाई र अतिथि सम्पादक राममणि ढुङ्गेललाईविशेष आभार व्यक्तगर्न चाहन्छु ।” उक्तअवसरमा जनमतका प्रधान सम्पादक मोहन दुवालले साहित्य र जनमतको यात्राबारे आफ्नो अनुभव सुनाउँदै भन्नुभयो – “पंचायतकालमा मेरो नाममा जनमतको प्रकाशन गर्न प्रशासनले स्वीकृतिन दिएकै कारणले भारतीको नाममा पत्रिका प्रकाशनगर्न स्वीकृतिदिएको हो । प्रजातन्त्रकालमा मात्र २०४७ मासाहित्यिकमासिक मेरो नाममा प्रकाशन गर्ने स्वीकृतिदिएको हो । राजनीतिको कुनै पार्टीमा अचेल आफू सङ्लग्न नभए पनि प्रगतिशील भावनालाई यथावत् मन वचन र कर्ममा आत्मसात् गरेको छु । साहित्य मन परेकै कारणले साहित्यिक यात्रामा लागि रहें । जनमतलाई साहित्यिकमासिकबनाएर ४० सौं वर्ष भयो प्रकाशनगरिरहेको । ६६ जिल्लामाजनमत पु¥याउनपाएको छु, म गौरव गर्छु ।
जिल्लाको साहित्यचिनाउने रहरले ३० सौं जिल्लाका साहित्य–पृष्ठहरु राष्ट्रमा चिनाइसकेको छु – आजभक्तपुरको साहित्यलाई भक्तपुर जिल्लामा नै आएर सार्वजनिकरण गर्न पाएको छु । यस अङ्ककाअतिथि सम्पादक राममणि ढुङ्गेल विशेष धन्यवादकापात्र हुनुहुन्छ र यसैगरी भक्तपुरका साहित्यिकमित्रहरुलाई पनि विशेष आभार व्यक्तगर्न चाहन्छु ।” सभापतित्व गर्नु हुने राममणि ढुङ्गेलले – “भक्तपुर अङ्क निकाल्ने प्रेरणा मोहन दुवालदाईले दिनुभयो र मैलै सक्रियता लिएँ । उहाँले तुरुन्ता तरुन्तै सक्रियतालिनुभई ‘भक्तपुर विशेष अङ्क’ साउनमा नै प्रकाशित गरेर भक्तपुरमा सार्वजनिकरण गर्न आउनुभयो । यस खालको गरिमामयपूर्ण कार्यका लागि मोहन दुवालप्रति कृतज्ञता व्यक्तगर्न चाहन्छु ।” भन्नुभयो ।
पहिलो सत्रमा ‘भक्तगाथा’का लेखक शिवप्रसाद ढकाल, ‘क्रान्तिदूत’महाकाव्यका खेमराज निरौला र ‘लहना र तीर’ कविता सङ्ग्रहका कविअभयश्रेष्ठलाई प्रमुख अतिथिप्रा.डा. माधवप्रसाद भट्टराईले सम्मान प्रदान गरे ।