साँझमा दियो बाली राख्यौ को आउँदैछ आज ?
हातका औँला चाली राख्यौ को आउँदैछ आज ?
‘ जाडो महिना आउँदै छ रे भन्ने सुनेकी छु
मैले मेरो हजुरलाई स्वीटर बुनेकी छु ‘
तिम्रो हातले भरि गिलास पिलाएको छुट्टै मज्जा
कोखाइ-कोखाइ भन्दै सितन खिलाएको छुट्टै मज्जा
भन्ने गजलकार आज यस संसारबाट बिदा लिएका छन् । गजलकार प्रकट पंगेनी ‘शिव’को पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ७० वर्षको उमेरमा निधन भएको छ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई निमोनिया र जण्डिसको समस्या देखिएको थियो।
गजल, गीत, कवितामा बढीजसो कलम चलाउने उनको खास परिचय श्रृङ्गारिक गजलले दिएको थियो ।