जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

रंग महोत्सव ‘म्याडफेस्ट २०२४’ सम्पन्न

जनमत जनमत
प्रकाशित २५ असार २०८१, सोमबार
कला भित्र
0
रंग महोत्सव ‘म्याडफेस्ट २०२४’ सम्पन्न

मण्डला थिएटरका पूर्व विद्यार्थीहरुले आयोजना गरेको रंग महोत्सव ‘म्याडफेस्ट २०२४’ सम्पन्न भएको छ । अभिनेता दयाहाङ राई र ‘म्याडफेस्ट’का निर्देशक अनुप न्यौपानेबीचको अन्तरक्रियासँगै महोत्सव समापन गरिएको हो । दयाहाङ र अनुपबीच ‘टाइम, स्पेश एण्ड एक्सन’ शीर्षकमा रंगकर्मी केदार श्रेष्ठले छलफल गराएका हुन् ।

महोत्सवको अन्तिम दिन नाटक ‘मिरर’ र ‘अगम’ मञ्चन भएको थियो । त्यस्तै, ‘केही माया, केही विचारका कुरा : मिडिया र थिएटर’शीर्षकमा पनि अन्तरक्रिया सम्पन्न भयो । तीन दिन चलेको यो महोत्सवमा ६ निर्देशकका नाटक देखाइएका छन् । महोत्सवको समापनमा मण्डलाका संस्थापकसमेत रहेका अभिनेता दयाहाङले यो संस्थालाई नयाँ पुस्ताबीच हस्तानतरण गर्ने भनाई राखेका छन् । ‘मण्डला थिएटर हामीले संचालनमा ल्याएको १४ वर्ष भयो । अबको ११ वर्षपछि २५ वर्ष लाग्छ । संस्था परिवर्तन हुनलाई समय लाग्दो रहेछ । मलाई लाग्छ, अब .महोत्सवका निर्देशक अनुप न्यौपाने युवा रंगकर्मीको साथले नै यो ‘म्याडफेस्ट’ संभव बनेको बताउँछन् । ‘मनले काम गरियो भने झरिले पनि नरोक्ने रैछ, दर्शकहरुको यस्तो माहौल देखेर हामी आफै उत्साहित भएका छौँ । जसरी दर्शकहरुको माया र प्रतिकृया पाइरहेका छौँ हामीले फेरि फेरि पनि यस्ता महोत्सवहरु गरिरहनुपर्छ जस्तो लागेको छ,’न्यौपानेले भने,’रमाइलो कुरा चाहि हामीसँग हाम्रो पुस्ता र नयाँ पुस्ताका साथीहरु मात्र हुनुहुन्छ तर जुन उचाई महोत्सवले पाईरहेको छ, एउटा परिपक्व महोत्सव बनेको छ।’

महोत्सवका संयोजक प्रेम सिलवालका अनुसार पुषदेखि यो महोत्सवको तयारी सुरु भएको हो । ‘हामीले सोचेजस्तै महोत्सव भव्य रुपमा आयोजना गर्न सक्यौं । महोत्सवको उद्घाटनमा ४ सय दर्शकको उपस्थिति थियो,’सिलवालले भने, ‘यो महोत्सव गरिसकेपछि हामी युवाले आफ्ना लागि अवसर सिर्जना गर्न सक्छौं भन्ने महसुस गरेका छौं । भविष्यमा यो महोत्सव अन्तर्राष्ट्रिय स्तरको बन्दै जानुपर्छ भन्ने लाग्छ ।’ उनका अनुसार महोत्सवका लागि १८ नाटक आवेदनमा परेको थियो । त्यसमध्येमा ६ नाटक छनौट भइ मञ्चनमा आएका हुन् । अधिकांश सोलाई हाउसफूल दर्शकले साथ दिएको उनी बताउँछन् ।

महोत्सव लगतै यी ६ नाटक १० दिन निरन्तर मञ्चनमा आउनेछन् । महोत्सवमा नाटक हेर्न छुटाएका दर्शकका लागि मञ्चन समय थपिएको उनी बताउँछन् । महोत्सवमा थुप्रै विषयमा अन्तरक्रियादेखि संगीत र कविताका कार्यक्रम आयोजना गरिएका छन् । यो महोत्सवमा रंगकर्मी संयोग गुरागाईंको लेखन तथा निर्देशनमा ‘रेल्वे टु नोव्हेर’, अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर,’ श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी,’ प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा,’ प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ र सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ मञ्चन भएका छन् ।


अघिल्लो पोष्ट

स्वर्णिम साँझमा तारा थापा

पछिल्लो पोस्ट

मायाको गन्तव्य

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
कला

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

२८ कार्तिक २०८१, बुधबार
पछिल्लो पोष्ट
मायाको गन्तव्य

मायाको गन्तव्य

अब्बल बन्न गहिरो अध्ययन जरुरी छ : निरोज कट्टेल

अब्बल बन्न गहिरो अध्ययन जरुरी छ : निरोज कट्टेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

फरक

फरक

५ जेष्ठ २०८०, शुक्रबार
कवि लक्ष्मीदेवी राजभण्डारीका तीन अंग्रेजी कवितासंग्रह लोकार्पण

कवि लक्ष्मीदेवी राजभण्डारीका तीन अंग्रेजी कवितासंग्रह लोकार्पण

६ जेष्ठ २०८१, आईतवार
रंग

रंग

५ जेष्ठ २०७८, बुधबार
रमिप्रिया

रमिप्रिया

५ जेष्ठ २०८०, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक