जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

अब्बल बन्न गहिरो अध्ययन जरुरी छ : निरोज कट्टेल

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित २९ असार २०८१, शुक्रबार
अन्तर्वार्ता, जनमत वार्ता भित्र
0
अब्बल बन्न गहिरो अध्ययन जरुरी छ : निरोज कट्टेल

झापा, धुलावारीका निरोज कट्टेललाई पढ्ने लत् कारण लेखक बनायो । उनी आपूmलाई मुलतः पाठककै रुपमा परिचय गर्न रुचाउछन् । उनको पहिलो कृति २०२८ः झापा विद्रोहको अन्तर्कथा केही समय अघि प्रकाशित भएको थियो । लामो समय अनुसन्धान गरेपश्चात पुस्तक बजारमा आएको हो । पाँचदशक अघिको राजनीतिक घटना र त्यस वरिपकिो रहेर लेखिएको पुस्तकलाई उनले पात्र र दस्तावेजसँगै इतिहासको पैदलयात्रा भन्ने गरेका छन् ।

गतिशिलताका लागि निरन्तर अध्ययन भन्ने मुल ध्येयका साथ १५ बर्ष अघि स्थापित रिडर्स झापासँग आवद्ध छन् । पढ्न, लेख्न र छलफल गर्न रुचाउने युवाहरुको समुहले आज पनि त्यसलाई निरन्तरत दिइरहेको छ । जहाँ उनीहरु विभिन्न बिषयहरु माथि छलफल तथा अन्तरक्रिया गरिरहन्छन् । राजनीति, समाजशास्त्र एवं इतिहासमा रुची भएका निरोज कट्टेलसँग जनमतले पठन संस्कृतिकोे सेरोफेरोमा रहेर गरेको कुराकानीः

यतिखेर कुन किताब पढ्दै हुनुहुन्छ ?
रामचन्द्र गुहा लिखित भारत: नेहरु के वाद पढ्दै छु । 

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनु पर्दा ?
विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास नरेन्द्र दाइ, अरुन्धती रोयको वाकिङ विद द कमरेड, आचार्य चतुर सेनको वैशाली की नगर वधू  । प्रेम चन्द, सआदत हसन मन्टो, रेणु, अज्ञेय, रमेश विकल, पारिजात, शिवकुमार राई, इन्द्रबहादुर राईका कथाहरू पनि मेरो पठन संसारका उज्याला ‘म्याटेरिएल’ हुन् । 

साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
मलाई लाग्छ, यो प्रश्न आफैमा समस्याग्रस्त छ । साहित्यका विधाहरूबिच तुलना हुन सक्दैन । सबै विधा शक्तिशाली हुन्छन् । यो विधा शक्तिशाली, त्यो विधा शक्तिहीन भन्ने हुँदैन । यसो भनियो भने साहित्यको अपमान हुन्छ । तर, व्यक्तिका मन पराइ वा अभिरुचि भने हुन सक्छ । जस्तो, कसैलाई कविता मन पर्ला, कसैलाई आख्यान । यो कम्प्यारिजन होइन, प्रिफरेन्सको कुरा हो । 
व्यक्तिगत रूपमा मलाई कथा विधा बढी मन पर्छ । दर्शनशास्त्र, समाजशास्त्र, इतिहास एवं राजनीति शास्त्रले छुन वा उधिन्न नसकेका मानवीय संवेदना र मनोविज्ञानका पक्षहरूलाई एउटा छोटो कथाले उजागर गरिदिन्छ । बडेबडे विद्वान्का स्थूल ग्रन्थहरूले भन्दा नयनराज पाण्डे वा नारायण ढकाल वा राजव वा श्याम साहका कथाले मलाई ‘समाज र मान्छे’ बुझाएका छन् । 

सानोमा कस्ता पुस्तक पढ्न बढी मनपथ्र्यो ?
म भारतको बङ्गालसँग सिमानासँग जोडिएको गाउँमा हुर्किएको हुनाले भाषिक कारणले पनि हाम्रोमा हिन्दी साहित्यका किताबहरू आइपुग्दैनन् थिए । गाउँमा पुस्तकालय थिएन । २०४६ सालको परिवर्तनपश्चात्  गाउँमा भित्रिएका पत्रपत्रिकाले ध्यान खिच्थे । अलिक पछि हिन्दीका कमिक्सहरु छ्यापछ्याप्ती पाइन थालेका थिए । कमिक्सहरूले मलाई खासै तानेनन् । दार्जिलिङका लेखक प्रकाश कोविदका प्रेमिल उपन्यास चाहिँ खुब पढियो । वाम राजनीतिमा झुकाव बढ्दै गएपछि  चिनियाँ र रुसी प्रकाशनका कथा उपन्यास र केही राजनीतिक ठेलीहरूले मलाई वशमा पार्न थाले । पढाइको क्षितिज अलिक फराकिलो हुँदै गयो । यद्यपि, मेरो पठन अर्गनाइज्ड भने थिएन । यत्ति हो, दुनियाँ बुझ्नका लागि किताब गतिलो माध्यम हो भन्ने चेतना भने आर्जन गरेको थिएँ । 

कस्ता पुस्तक बढी मन पथ्र्यो?
अघि नै भनेँ नि, पहिला त जे भेटियो, त्यही पढियो । उपलब्धमध्ये पनि कुन चिज असल र कुन चिज कमसल हो भन्ने छनोट–बोध काँचो उमेरमा हुने कुरा पनि भएन । अलिक पछि कथा, उपन्यास, निबन्ध र आवश्यकताअनुसार पढ्दै गइयो ।

तपाईँले कुन उमेरमा बढी पढ्नुभयो ?
पढ्न त धेरथोर निरन्तर नै पढियो तर अलिक बढी चाहिँ महेन्द्र मोरङ कलेजमा पढ्दा त्यहाँको लाइब्रेरीमा भएका पुस्तक पढियो । यसो भनौँ, महेन्द्र मोरङकालीन तीन वर्षमा धेरै पढियो । त्यो समय,मलाई लाग्छ, किताबहरू मेरो व्यक्तित्वलाई आकार दिन योगदान गरिरहेका थिए । 

धेरै पटक दोहोर्याएर पढेको पुस्तक कुन हो ?
‘२०२८’ किताब लेखनका क्रममा एउटै किताब पनि धेरै पटक पढियो । तत्कालीन आवश्यकता र बाध्यताका कारणले दुई तीन पटक पनि पढियो । तर, रुचि भएरै दोहोर्याएको खासै धेरै छैन । त्यसमध्ये विश्वेश्वरप्रसाद कोइरालाको नरेन्द्र दाइ र राहुल सांकृत्यायनको मानव समाज दोहोर्याएर पढियो । 

ती पुस्तकमा असाध्यै मन परेका पक्ष के हुन् ?
म जन्मेको, हुर्केको स्थानको बसोबासको अवस्था र नरेन्द्र दाइको पात्र र परिवेशमा केही समानता थिए । नरेन्द्र दाइको पात्र चयन र परिवेशले मलाई एकदम धेरै छोएको थियो । अहिले पनि कहिलेकाहीँ उपन्यासका पात्रहरू गौरी, सान्नानी, मुनरीयाहरु दिमागमा खेलिरहन्छन् । सांकृत्यायनको मानव समाजले मेरो पढ्ने प्याटर्नलाई परिवर्तन गरिदियो । 

पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कत्तिको पछ्याउँछ ?
पुस्तक पढ्दा पात्र र परिवेशसँग ‘खेल्न’ सकिएन भने, ‘रिलेट’गर्न सकिएन भने पुस्तक पढेको बुझिँदैन जस्तो लाग्छ । त्यही भएर पात्रसँग संवाद र परिवेशसँग समायोजित हुन सक्नु पर्छ । मलाई दुवै विषयले पछ्याउँछ । जस्तो, नयनराज पाण्डेको उलार पढिसकेपछि मलाई लामो समयसम्म प्रेमललवा, द्रौपदी, राजेन्द्रराज र प्रेमललवाको घोडा मेरो मानस पर्यावरणमा मडारिइरहे । कोही दुःखी मान्छे देख्यो कि मनले भनिहाल्थ्यो, “ओहो यो त प्रेमललवा जस्तो रहेछ” । 

तपाईँको विचारमा पढ्नु केका लागि हो ?
पठनको प्रयोजन वा उद्देश्यलाई पाई चार्ट मान्ने हो भने मेरा निम्ति त्यसका चार सेगमेन्ट छन् ः १. आनन्द, २. दुनियाँ बुझ्ने उत्सुकता, ३. दृष्टिकोणको फराकिलोपना निर्माण र ४. ड्यास ड्यास । ड्यास ड्यास भनेको कहिलेकाहीँ विना प्रयोजन, विना ध्येय पनि त पढिन्छ नि । 

पाठकलाई १० वटा पुस्तक पढ्नका लागि सिफारिस गर्नुपर्दा…
सबैभन्दा पहिले विनम्रतापूर्वक के भन्न चाहन्छु भने मसँग ‘सिफारिस’ जस्तो भारीभरकम शब्दको गुरुत्व धान्ने विद्वता वा ‘पठन सम्पन्नता’ छैन । बरु, यी–यी किताब अरूले पनि पढ्दा मज्जै हुन्छ होला, खेर जाँदैन होला भन्ने बेहोरा चाहिँ निवेदन गर्न चाहेँ । नारायण ढकालको प्रेतकल्प, फणीश्वरनाथ रेणुको मैला आँचल, आचार्य चतुर सेनको वैशाली की नग वधू, भीमबहादुर पाण्डेको त्यस बखतको नेपाल, चैतन्य मिश्रको पुँजीवाद र नेपाल, बदलिँदो नेपाली समाज, मोहन मैनालीको मान्ठा डराएको जुग,  उज्ज्वल प्रसाईँको एक बागी, विनोदविक्रम केसीको भेन्टिलेटरमा आमा, लुडविग एफ स्टिलरको द राइज अफ हाउस अफ गोर्खा,  हर्क गुरुङको मैले देखेको नेपाल,  महेशचन्द्र रेग्मीको ल्यान्ड ओनरसिप इन नेपाल, फ्रेडिक एच. गेजको नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता । 

तपाईँसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
एक हजारभन्दा माथि होलान् कि ?

कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
कथा, उपन्यास, इतिहास, समाजशास्त्रका विविध विषयमा लेखिएका पुस्तकले जीवन र जगत्का विभिन्न जटिल आयामहरू बुझ्न र परख्न  सघाए । जीवनको गतिशीलतासँग किताबलाई जोड्न सक्दा यो जुनी निरस र बेकार हुँदैन भन्ने विश्वास छ । 

पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक छन् ?
पछिल्लो पटक आफ्नै कलेक्सनमा धेरै किताब छन् तर समय व्यवस्थापनका कारण पढ्न पाइरहेको छैन । घरमा भएका किताबहरूले भनिरहेजस्तो लाग्छ, “ओ मिस्टर ! हामीलाई थन्क्याउन मात्रै ल्याएको हो कि यसो पाना पनि पल्टाउँछौ ?” मलाई किताबहरूमाथि भयानक अत्याचार गरिरहेजस्तो लाग्छ । 

अध्ययन र लेखन बाहेकका रुचिहरू के छन् ?
अध्ययन र लेखन चाहिँ  मेरा रुचिहरू हुन । अरू काम जीवन चलाउनका लागि गर्छु । 

नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तक सिफारिस गर्नुहुन्छ । 
नयाँ पुस्तालाई पहिले त पढ्ने विषयलाई आफ्नो दैनिक कामको विषय जस्तै बनाउनु होस भन्छु । पढ्ने विषय फुर्सदमा गर्ने होइन । फुर्सद मिलाएर गर्ने काम अरू नै हुन्छन् । रुचि अनुसार पढ्नु राम्रो हो । तर पनि मेरी डेशेन र प्रत्युष वन्तको सम्पादनमा सन् २००४ मा निस्केको नेपालको सन्दर्भमा समाज शास्त्रीय चिन्तन, झलक सुबेदीद्वारा लिखित ब्रिटिस साम्राज्यका नेपाली मोहोरा, जनकलाल शर्माको हाम्रो समाज एक अध्ययन लगायत अहिले फ्याट्ट आएका यिनै हुन् । 

तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के –के छन् ?
भर्खरै एउटा किताब प्रकाशित भयो । केही योजनाहरू बन्दै छन्, अहिले नै भन्नु हतारो हुन्छ होला । 

स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाई कसरी हेर्नुहुन्छ ?
सिर्जना स्रष्टाको भावनात्मक प्रतिविम्वन हो, तर यो उडन्ते र कपोलकल्पित हुनु हुँदैन ।  स्रष्टाले आफ्ना विचार र भावना सिर्जनामा प्रवाहित गर्छ ।सिर्जनालाई जीवन्त बनाउने मुख्य चालक भनेकै स्रष्टा हो ।

तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको छ । 
नायकत्वमा विश्वास गर्ने समाज भएका कारण एक व्यक्तिलाई रोल मोडल मान्ने चलन व्याप्त छ । तर मैले कुनै एक व्यक्ति, घटना वा विषयलाई रोल मोडल मानेको  छैन । सानो छँदा समाजमा सफल भनिएका मान्छे जस्तै बन्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । कालान्तरमा सफलता÷असफलता पनि सापेक्षमा हुँदो रहेछ भन्ने कुरा बुझ्न थालेपछि रोल मोडलको धारणा मनबाटै हट्यो । खासमा भन्ने हो भने मलाई त यो रोल मोडलको अवधारणा नै प्रभावशालीहरूले कमजोरहरूमाथि थप जुलुम गर्ने षडयन्त्र लाग्छ । यसको मतलब आदर्श भन्ने चिज नै हुँदैन त भन्ने होइन । मैले भन्न खोजेको के चाहिँ के हो भने व्यक्ति होइन, विचार वा आन्दोलन चाहिँ रोल मोडल हुनुपर्छ ।


Tags: निरोज कट्टेलसिर्जना दुवाल
अघिल्लो पोष्ट

मायाको गन्तव्य

पछिल्लो पोस्ट

आदिकवि भानुभक्त आचार्यका कविताकृतिमा लोकजीवन

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

तुलसी दिवस – अन्तर्वार्ता
अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

१ श्रावण २०८२, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
पछिल्लो पोष्ट
आदिकवि भानुभक्त आचार्यका कविताकृतिमा लोकजीवन

आदिकवि भानुभक्त आचार्यका कविताकृतिमा लोकजीवन

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मोहन दुवाललाई ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार–२०८१’ प्रदान

मोहन दुवाललाई ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार–२०८१’ प्रदान

२५ जेष्ठ २०८२, शनिबार
६० बालकथा चार भाषामा अनुवाद

६० बालकथा चार भाषामा अनुवाद

२४ फाल्गुन २०८०, बिहीबार
पूर्वी भेगमा प्रचलित मौलिक लोकभाका प्रकाशित

पूर्वी भेगमा प्रचलित मौलिक लोकभाका प्रकाशित

२३ फाल्गुन २०७८, सोमबार
कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक