मन भरिको तिर्सना मेटाउन
मोडी दिए पाइलाहरू तिमी तिर
तिम्रो अघि शिर निहुराई
जीवनका अधुरा सपना तिमीलाई सुम्पेँ
जीवनको अस्तित्व तिमीमा गुमाएँ
लड्ने डरले तिम्रो हात समातेँ
मन मिल्ने साथी तिमी पाएँ
हेरि रहेँ चुपचाप, तिमी मन पराएँ
मायामा बेहोसीपन थाहै भएन
गन्तव्य आ आफ्नै हुन्छ भनेर
डर लाग्छ कतै उडाउने पो हो कि
डर लाग्छ कतै चिप्लिने पो हो कि
एक दिन जवाफ माग्नेछु तिमी सँग
हामी मायामा बगी रहँदा
हाम्रो सुखको बाटो कहिले फराकिलो हुन्छ
खुसीको गन्तव्य कहिले भेटिन्छ ।