जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

चित्रकला यात्राका मेरा अनुभूति

हरिप्रसाद शर्मा हरिप्रसाद शर्मा
प्रकाशित ११ आश्विन २०७९, मंगलवार
कला, चित्रकला भित्र
0
चित्रकला यात्राका मेरा अनुभूति

कलाको परिचय र चित्रकलाको शैली

मेरो बुझाइमा कला भनेको अभिव्यक्तिको एउटा माध्यम हो । संगीत, साहित्य चित्रकला यस्तै अभिव्यक्तिका माध्यम हुन् । सामान्य बोलीचालीमा पनि मानिसहरु आफ्ना भावनाहरु अभिव्यक्ति गर्छन् तर कलाका साधकहरुका आफ्ना भावनाहरु, कल्पनाहरु कलात्मक र सूक्ष्म किसिमले अभिव्यक्त गर्न सक्षम हुन्छन् जसले गर्दा ती अभिव्यक्तिहरुले मानिसहरुलाई छुन्छन्, उनीहरुलाई हल्लाइदिन्छन्, भावुक र सम्वेदनायुक्त बनाइदिन्छन् । सफल संगीत, साहित्य, कलामा त्यस्तो क्षमता हुन्छ ।

मेरो चित्रकलाको शैली सरल र यर्थाथवादी छ । चित्रकलाका विभिन्न विधाहरु छन् जस्तै अमूर्तकला, यर्थाथवादी इत्यादी । अमूर्तकलालाई पनि अभिव्यक्तिको सशक्त माध्यम मानिन्छ । त्यसमा प्रतीकहरुको प्रयोग गरेर कलाकारले दर्शकलाई आफ्नो सन्देश दिएका हुन्छन् जस्तो मलाई लाग्छ । मेरो आफ्नो रुचिचाहिँ यथार्थवादी कलामा नै भयो । प्रतीक र बिम्बहरुको प्रयोग होइन यथार्थ घटनाको द्रष्टाको अनुभूति गराउने किसिमले म सकेसम्म मेरो चित्रको दर्शकले आफूलाई उक्त चित्रको परिवेशको एउटा जीवन्त द्रष्टा भएको अनुभूति गरुन भन्ने भावनाले चित्र बनाउँछु । मेरो चित्र हेरिरहेको दर्शकले आफू पनि उक्त चित्रको पात्र भएको अनुभूति गरुन, चित्रको परिवेशले सिर्जना गरेको सुख, दुःख, हर्षोल्लास इत्यादि भावमा डुब्न सकुन् र चित्रमा देखिएको तत्कालीन समाजको कला, संस्कृति, रहनसहन, परिवेशमा एकाकार होउन् भन्ने आकांक्षाले म चित्रहरु सिर्जना गर्छु ।

चित्रकलाको जीवन्त रुप

मैले चित्र बनाउनु अघि इतिहासका घटनाहरु, जनजीवनका आयामहरु मेरो मनमा आउँछन् । ती कुराहरु अरु सामान्य मानिसको कल्पनामा पनि आउँछन् होला । एउटा साहित्यकारले जसरी आफ्ना भावनाहरुलाई कविता वा उपन्यासकोे रुपमा अभिव्यक्त गर्छन्, कलाकारको रुपमा म पनि आफ्नो कल्पनाका कुराहरु चित्रको रुपमा उतार्न केही क्षमता राख्दछु । ती इतिहासका घटनाहरु, जनजीवनका पक्षहरु चित्रको रुपमा जीवन्त रुपमा उतार्न सकें भने त्यसले दर्शकलाई कस्तो असिम आनन्द दिन सक्थें होला भन्ने कल्पनाले मलाई प्रेरित गरेपछि म त्यो विषयवस्तुको चित्र थाल्छु । अभिव्यक्तिका अन्य विधा जस्तै उपन्यास वा साहित्यमा भन्दा चित्रकलामा केही कठिनाइ पनि छन् । चित्रकलामा कलाकारलाई आफूलाई लागेको कुराहरु चरणवद्ध वा अध्याय अध्यायमा व्यक्त गर्न पाउँदैनन् । चित्रकला बनाउँदा एकै दृष्यमा सम्पूर्ण सन्देश दिन सक्नैपर्छ । त्यसले गर्दा एउटै प्रतिनिधिमूलक र प्रभावकारी चित्र रचना गर्नु कुशल चित्रकारका लागि पनि चुनौतिपूर्ण कार्य हो । यसका लागि इतिहासको अध्ययन, उक्त स्थानको अवलोकन, इतिहासकारहरुसँग जानकारी, पुराना चित्र र मूर्तिहरुको अवलोकन इत्यादि विभिन्न श्रोतबाट आफूलाई आवश्यक सम्पूर्ण जानकारी संकलन गरेपछि त्यसमा मेरो परिकल्पनाको आधारमा म उक्त चित्र तयार गर्छु ।

चित्र बनाउँदा म कुनै समय र सीमामा बाँधिन्न । आफूले चाहेजस्तो भाव र दृष्य नबनुन्जेल म छ सात पटक पोतेर, मेटेर आफू सन्तुष्ट नहुञ्जेल एउटै आकृतिमा लागिरहन्छु । चित्र बनाउँदा मेरो ध्येय त्यो चित्र मेरो सामथ्र्यले भ्याएसम्म कलाको सर्वोच्च रुप हुनुपर्छ भन्ने मान्यताले म काम गर्छु । विगत दुई दशकदेखि म र मेरो छोरा डा. विष्णुप्रसाद शर्मा काठमाडौं उपत्यकाको प्राचीन लिच्छवी र मल्लकालीन इतिहास, संस्कृति र कलाका महत्वपूर्ण धरोहरहरुलाई सदाको लागि लोप हुनबाट जोगाउन चित्रकलाको माध्यमबाट अभिलेख गर्ने महत्वपूर्ण उद्देश्य बनाएर त्यसमा गम्भीरतापूर्वक लागिरहेका छौं । विगत दुई दशकदेखि ऊ नै मेरो हालको चित्रकला श्रृंखलाको सबैभन्दा अभिन्न मित्र, सहयोगी र समीक्षक भएको छ । ऊ मेरो चित्रहरुको शुरुको परिकल्पना, स्थानको छनौट हँुदै कोरा स्केचदेखि चित्र पुरा हुञ्जेलसम्मको सबैभन्दा सूक्ष्म समीक्षक हो । उसले मेरा प्रत्येक दिनको कामको सूक्ष्म अवलोकन गर्दै आवश्यक सुझाव दिदै जान्छ र चित्रलाई अझ सुन्दर र प्रभावकारी बनाउन के कस्तो सन्दर्भ सामग्री उपयोगी होलान् भनेर अत्यन्त प्रयत्नपूर्वक त्यस्ता सामग्रीहरु जुटाइदिन्छन् । त्यसमा छलफल गरेर आवश्यक परिवर्तन र परिमार्जन गर्दै मेरा चित्रहरु पूरा हुँदा त्यसमा कमी कमजोरी न्युन हुन जान्छन् र मेरा चित्र अवलोकन गर्नेहरु धेरै हदसम्म सन्तुष्ट हुने गरेको मैले पाएको छु । मैले बनाएका धेरै चित्रहरुमा उसले र घरका परिवारका अन्य सदस्यले त्यसमा भएको पात्रको आकृति ९mयमभ०ि बनिदिएर त्यो चित्रलाई जीवन्त बनाउन सघाएका छन् ।

जीवनस“ग सम्बन्धित चित्र

मेरो प्राय चित्रहरु मेरो बाल्यकालका अवलोकन, अनुभूति र सामिप्यका साथै इतिहासको सूक्ष्म अध्ययनमा आधारित छन् । सामान्य मानिसले आफूले देखेका भोगेका ती घटनाहरुलाई एउटा अभिव्यक्त गर्न नसकिने निराकार अनुभूतिको रुपमा लिन्छन् होला । तर ती घटनाहरु मेरो मनमा एउटा कलात्मक बिम्बको रुपमा रहन्छन् । घटनाहरु म एभचकउभअतष्खभ मा हेर्थे रंगहरुको संयोजनमा देख्थे, प्रकाश र छायाँको अयलतचबकत मा देख्थें, भेषभूषाहरुको सुन्दरता, कलात्मकतामा बुझ्थें अनि तिनै कुराहरु जुन मेरो मस्तिकमा रहेका छन्, म अहिले क्रमश तिनै कुराहरुलाई मेरो चित्रमा अभिव्यक्ति दिँदैछु । काठमाडौं उपत्यकाको जनजीवन सम्बन्धी मैले बनाएका प्राय सबै चित्रहरु मैले आफैंले देखेभोगेका घटनाहरुमा आधारित छन् । उदाहरणको लागि नेवारी परम्पराको शवयात्रालाई लिउँ । सबै समुदायमा शवयात्राको एउटा विधि र परम्परा हुन्छ नै । तर नेवारी संस्कृतिमा यो विधि र परम्परा भव्य किसिमको थियो । समाजको कुनै सामान्य नै पनि मानिसको देहान्त भएको कुरालाई पनि टोल, समाज र समुदायलाई बाजागाजा सहितको लावालस्करको माध्यमबाट सूचित गरेर उसप्रति अन्तिम सम्मान गर्ने त्यो आदर्श परम्पराको सम्झनामा मैले यो चित्र बनाएको हँु । मैले आफूले देखेको शवयात्राको दृष्यचित्र त मेरो मष्तिष्कमा थियो नै तर चित्र बनाउनु अघि मैले विभिन्न नेवारी संस्कृतिका विज्ञहरुसँग ती प्रकृया र श्रृंखलाहरुबारे राम्ररी बुझेर त्यो चित्र बनाएको छु । मैले बनाएको बाग्मती नदीको चित्र पनि मेरो आफ्नै अनुभवमा आधारित छ । मैले उतिबेला देखेको सफा, कञ्चन पानी बग्ने फराकिलो वाग्मती अहिलेको पुस्ताले देख्नै नपाउने अवस्था देखेर म र मेरो छोराले अत्यन्त प्रयत्नपूर्वक सन्दर्भ सामग्रीहरु खोजेर अहिलेको युवा र भावी पुस्तालाई समर्पण गरेर र बाग्मतीलाई त्यो पहिलाकै अवस्थामा ल्याउन प्रेरणा दिन त्यो चित्र बनाएका हौं । बाँडाको ज्यासल, झारफुक गर्ने गुभाजुको चित्र मैले मेरो बाल्यकालमा मेरी आमासँग ती ठाउँहरुमा जाँदाको मेरो संस्मरणको आधारमा बनाएको हँु । त्यस्तै साँढे जुधाइ, होलीमा अविर जस्ता चित्रमा मैले मेरा युवा बेलाका अनुभवलाई चित्रमा अभिव्यक्त गरेको छु । हामी बाबु छोराले सल्लाह गरेर सकेसम्म दर्शकलाई विगतको इतिहास र उतिबेलाका समाजका राम्रा प्रचलनहरुबारे कुनै न कुनै किसिमको सन्देश दिने उद्देश्यले विषयवस्तुहरु छनौट गरेर चित्रहरु निर्माण गरेका छौं । मूर्तिकारहरुको तीन पुस्ताको चित्र पनि एउटा उदाहरण हो । उतिबेलाको समाजमा एक पुस्ताबाट कसरी कला र सीप अर्को पुस्तामा हस्तान्तरण हुने गर्दथ्यो भन्ने कुरा त्यस चित्रमा देखाउन खोजिएको छ । यो चित्र पनि मेरा लोकप्रिय भएका चित्रहरु मध्येमा पर्दछ ।

अनुसन्धानपूर्ण चित्रहरु

६०–६५ वर्षको यति लामो साधनापछि चित्र बनाउन त मलाई त्यति गाह्रो हुँदैन् । तर त्यसका लागि चाहिने परिवेश, भाव इत्यादि सम्पूर्ण जानकारी संकलन गर्न भने निकै समय लाग्छ । यस क्रममा म धेरै जना इतिहासकारहरु, परम्परा र सस्कृतिका ज्ञाताहरुले लेखेका पुस्तकहरु अध्ययन गर्छु । त्यतिले चित्त बुझेन भने वहाँहरुसँग गएर व्यक्तिगत रुपमा नै गएर यथार्थ तथ्य बुझेर त्यसमा आफ्नो पूर्ण आत्मविश्वास बनेपछि मात्र म चित्र बनाउन शुरु गर्छु ।
यसक्रममा नेपालको इतिहासमा अत्यन्त महत्व राख्ने घटनाक्रम जसले इतिहासलाई नै नयाँ मोड दिए, ती घटनाको चित्र बनाउनु एउटा चुनौती मानेर त्यस्ता चित्रहरु बनाउने प्रयास गरेर दर्शकसामु प्रस्तुत गर्दै आएको छु ।
आवश्यक सन्दर्भ सामग्री संकलन गरेपछि र मानसिक रुपले तयार भएपछि चित्र बनाउन मलाई गाह्रो होइन आनन्द र समाधिको अनुभूति हुन्छ । चित्र बनाउँदा आनन्द लाग्छ । मैले हालसालै बनाइरहेको भृकुटी स्रङचनगम्पोको चित्र मैले खुव मेहनत गरेको र सन्तुष्टि प्राप्त गरेको चित्र हो । पृथ्वीनारायण शाहले कुमारीको हातबाट टिका लगाएको, अरनिकोको चीन प्रस्थान, कोतपर्व इत्यादि निकै समय लगाएर अनुसन्धान गरेर बनाएका चित्रहरु हुन् ।

कल्पनाको भरमा घटनाको चित्रण

हो, म पनि यसरी आफू जन्मनुभन्दा सयौं वर्ष अगाडिको घटनालाई चित्रमा उतार्नु निकै नै कठिन र जोखमपूर्ण कार्य हो भन्ने ठान्दछु । इतिहासको घटनालाई गलत किसिमले चित्रण गर्नुभन्दा उक्त चित्र नै नबनाउनु ठीक हो । तर इतिहासको घटनाको मूल विषयवस्तुलाई यथावत राखेर आफ्नो कल्पनाशीलता प्रयोग गरी चित्र बनाएर त्यसमा दर्शकबाट प्रशंसा पाउने लालसाले मलाई यस्ता चित्र बनाउन सधैं प्रेरित गरिरह्यो । यस्ता चित्र बनाउँदा म उपलब्ध सबै सन्दर्भ सामग्रीको सहयोग लिन्छु । संग्रहालयमा राखिएका मूर्ति र चित्रहरु, विभिन्न मठ मन्दिरमा पाइने काष्ठकला, प्रस्तरकला र धातुकला र चित्रकला, पशुपतिनाथ, चाँगुनारायण इत्यादिको लिच्छविकालीन र मल्लकालीन मूर्तिकलाबाट वेशभुषा रहनसहनको अनुमान गर्छु । बेलायती चिकित्सक तथा चित्रकार ओल्ड फिल्डको चित्रहरुले पनि धेरै आधार दिन्छन् । यसरी आफूले चाहेको विषयवस्तुको छनौट गरेपछि त्यसमा धरै खेस्रा चित्रहरु बनाउँछु र तिनीहरुबाट चित्तबुझ्दो चित्र फाइनल गर्छु । खेस्राबाट उतार गरेपछि क्यानभासमा चित्रहरु बनाउँदै जाँदा पनि परिवर्तन र परिमार्जन गर्दै जान्छु ।
मेरा चित्रका दर्शकहरुले विषयवस्तु र त्यसमा देखाएका परिवेशहरुमा त ध्यान दिन्छन् नै । त्यसमा प्रयोग भएको प्रकाश र छायाँको प्रयोग जस्ता सूक्ष्म कुराहरुमा ध्यान पु¥याउने दर्शक भने कमै हुन्छन् । दर्शकहरुले नाङ्गो आँखाले छुट्याउने र आकर्षित गर्ने वस्तुचाहिँ त्यसमा प्रयोग गरिएको लोप भएका वा हुन लागेका सांस्कृतिक र जनजीवनमा झाँकीहरु, इतिहासमा अत्यन्त रोचक र रोमाञ्चक मानिने घटनाहरुको चित्रमय प्रस्तुति नै हो । दर्शकहरुले औल्याएका मेरा चित्रहरुको विशेषता चाहिं तिनीहरुमा पाइने त्रिआयामिकता ९तजचभभ मष्mभलकष्यल०, ठूलो समूहयुक्त रचना ९नचयगउ अयmउयकष्तष्यल० इत्यादि नै हुन् ।

चित्रमा पर्ने प्रभाव
मैले जुद्धकला पाठशालामा केही समय तालिम बाहेक कलाका वादहरु र प्रभावहरुबारे औपचारिक अध्ययन गर्ने मौका पाउन सकिएन । भाजुमान, बालकृष्ण सम, चन्द्रमान मास्के जस्ता कलाकारहरुको चित्र हेरेर म मुग्ध हुन्थें । तर कुनै पनि कलाकारका शैली र कला मैले कहिले पनि अनुकरण गरेको जस्तो लाग्दैन । विदेशी चित्रकारहरु जस्तै माइकल एन्जेलो, लियानार्डो दा भिन्चि, गेन्सवोरो, लाउड लरेन तथा टर्नर इत्यादीको रङ्ग संयोजनबाट म निकै प्रभावित भएको छु । उनीहरुको कला मलाई धेरै मन पर्छ । तर मेरो चित्रमा कोही कसैको प्रभाव परेको छ भने कला समीक्षकहरुले त्यो कुरा कोट्याएर भन्न सक्नुहुन्छ ।


अघिल्लो पोष्ट

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा १६ देशका नाटक मञ्चन हुने

पछिल्लो पोस्ट

धिरेन्द्र प्रेमर्षीको गजल (पानीले पानीमा नाम लेख्छ पागल)

हरिप्रसाद शर्मा

हरिप्रसाद शर्मा

सम्बन्धित पोष्टहरू

मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
कला

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

२८ कार्तिक २०८१, बुधबार
पछिल्लो पोष्ट
धिरेन्द्र प्रेमर्षीको गजल (पानीले पानीमा नाम लेख्छ पागल)

धिरेन्द्र प्रेमर्षीको गजल (पानीले पानीमा नाम लेख्छ पागल)

ई.सुष्मा खत्री रन्जितको किताब ‘ओडेसा डायरी’

ई.सुष्मा खत्री रन्जितको किताब 'ओडेसा डायरी'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जनैपूर्णिमा: जनैको महत्व 

जनैपूर्णिमा: जनैको महत्व 

४ जेष्ठ २०८०, बिहीबार
भरतपुर प्रज्ञा प्रतिष्ठानको कविता प्रतियोगिता

भरतपुर प्रज्ञा प्रतिष्ठानको कविता प्रतियोगिता

४ जेष्ठ २०८०, बिहीबार
रङ्गविनोदहरू

रङ्गविनोदहरू

४ जेष्ठ २०८०, बिहीबार
भारतीय नेपाली गीति साहित्य

भारतीय नेपाली गीति साहित्य

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक