जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

मल्ल राजाकी चेली : मेरी हजुरआमा लक्ष्मीकुमारी

घनश्याम राजकर्णिकार घनश्याम राजकर्णिकार
प्रकाशित २६ बैशाख २०८१, बुधबार
सँस्मरण भित्र
0
मल्ल राजाकी चेली : मेरी हजुरआमा लक्ष्मीकुमारी

हजुरबा हिरामान सिंह लालदरबारमा सरुवा भएपछि तीनधारा पाठशाला तिरको घरजग्गाबाट लालदरबारको प्रवेशद्वार अगाडि अर्थात् कमलपोखरी, कुत्ताधर नजिकको घरदैलोमा
सर्नु भएछ । यसरी वीरशमशेरको अवसान पछि उनका कान्छा छोरा तेजशमशेरको पनि प्रियपात्र बन्न सकेका हजुरबा हिरामान सिंह कमलपोखरीमा घरबार गरी वीरशमशेरको झैं तेजशमशेरको पनि निजी हलवाइमा नियुक्त भएको थियो ।

तेजशमशेरको लालदरबारमा कार्यरत भएपछि उहाँ हजुरबा पहिलेभन्दा बढी दरबारिया छाँटकाँट एवं अयासी बन्न थाल्नुभएछ । विवाहित र छोराछोरीका बाबुसमेत बनिसकेका हजुरबा हिरामान सिंहले केही समयपछि कालक्रमानुसार भक्तपुरकी सुकोमल नवयुवती अर्थात् मेरी हजुरआमा लक्ष्मीकुमारीलाई प्रेम गरी भगाएर ल्याउन सफल हुनुभयो । यसबारे आमाले भन्नुभएको व्याख्यात्मक विवरणतिर उन्मुख हुन्छु जसलाई धृष्ठता गरेको नठहरिएला ।

हजुरबा र हजुरआमाको प्रेमालाप
त्यसबेला तिर एकदिन तेज शमशेर र अरु बाबुसाहेबहरुसँग भक्तपुरमा बिस्केट जात्रा हेर्न हजुरबा पनि सँगै जानु भएछ । त्यसबेला काठमाडौँबाट भक्तपुरसम्म बाबुसाहेबहरु मात्र घोडा चढेर जान्थे अरु चाहिँ हिँडेर नै पछिपछि जानुपथ्र्यो । भक्तपुरमा जात्रा हेर्दा हेर्दैै एउटा घरको झ्यालमा रहेकी एउटी सुन्दरीसँग बाबुसाहेब जस्तो कसिकसाउ हजुरबाले आँखा लगाउन पनि भ्याउनुभएछ । ‘आँखाको भाखा आँखाले…’ भन्ने गीतले झैँ दुवै युवा–युवतीको देखादेख हेराहेर हुँदा दुवैको मनमा कौतुहलता जागेछ । जात्रा हेरिसकी भक्तपुरबाट फर्केपछि खेलखतम हुनुपर्ने तर भएनछ । भोलिपल्ट देखि हजुरबा त एक–दुई दिन बिराएरभक्तपुर जान थाल्नुभएछ र ती सुन्दरी केटीसँग आँखा जुधेको घरको वरिपरि चक्कर लगाउन थाल्नुभएछ । जात्राको दिनमा आँखा जुधेका खाइलाग्दा जवान ) केटा आफ्नै घर वरिपरि फेरि–फेरि देख्ता जवान केटीको मनमा उत्सुकता जागेछ होला । जवानीको रगत तातेपछि केटामा भन्दा केटीमा चुलबुलता र उत्फुलता बढी हुन्छ भन्छन् । बारम्बारको देखादेख र हेराहेरमा दुवै एक–अर्को देखी मुसमुसाउन थालेछन् । दुवैले एक–अर्कासँग प्रेम गर्न थालेछन् । र, लुकीछिपी भेटघाट पनि हुन थालेछन् । अन्ततोगत्वा एकदिन चाँजोपाँजो मिलाई त्यतैतिर दरबारस्क्वायरको आँगनमा रहेको पशुपति मन्दिरमा पूजा गर्न आएकी पम्फाकी फूल जस्ती सुकोमल युवतीलाई हजुरबाले भगाएर काठमाडौँ ल्याइपुर्‍याउनु भएछ । त्यसबेला भक्तपुरबाट काठमाडौँसम्म केटी भगाएर ल्याउनु भनेको लरतरो कुरा थिएन । जेहोस् खाइलाग्दो नायक हजुरबा र सुकोमल नायिका हजुरआमा नवजीवनका कोसेली बोक्दै भक्तपुरबाट हिँडेरै काठमाडौँ आइपुग्नु भएछ । त्यस्तो बेला उहाँहरु कसरी, कुन बाटो भएर, कस्तो उत्साहले भक्तपुरबाट चोर भागेजस्तै भाग्दै काठमाडौँ आइपुग्नुभयो होला भन्ने कुराले मलाई बारम्बार घोत्लिन बाध्य बनाएको छ । काठमाडौँ पुगेको २/४ दिनपछि मात्र हजुरबा त विवाहित पुरुष भन्ने कुरा हजुरआमालाई थाहा भएछ । यसबाट उहाँ मर्माहत हुनु स्वाभाविकै थियो । हजुरआमाले आफ्नै घर भक्तपुर फर्केर जाने ढिपी गर्न थाल्नुभएछ । यसबाट नवयुवती हजुरआमाको मनस्थिति कस्तो भयो होला म सहज अनुमान गर्न थाल्छु ।

हजुरबाको द्वैध चरित्र
तर हजुरबा मान्छे पक्का हुनुहुन्थ्यो । उहाँले युवती हजुरआमासँग गाँसेको माया–प्रीतिलाई कति पनि कम हुन दिनु भएनछ । कतिसम्म भने उहाँले हजुरआमाको सुख–सुविधा र खुसीका लागि जेठी पत्नी विष्णुमाया र बालबच्चालाई अर्कैै ठाउँमा घरजम गरिदिनु भएछ । यसरी हजुरआमाका लागि हजुरबाले गर्नु भएको त्यागलाई मुरीमुरी प्रशंसा गर्न सकिन्छ तर अर्को पाटो जेठी हजुर आमाप्रतिको निर्दयी चाललाई जति दुत्कारे पनि सायद कमै होला । अत: द्वैध चरित्रयुक्त हजुरबाको मूल्याङ्कन गर्न म असमर्थ छु । जे होस्, हजुरबाले बाँकी जीवन कान्छी प्यारी पत्नी लक्ष्मीकुमारीसँग बिताउनुभएछ । हजुरआमा लक्ष्मीकुमारीबाट एक छोरी दुई छोरा भएछन् र तिनमा कान्छो छोरा मेरा पिताजी हुनुहुन्थ्यो । मैले माथि नै के उल्लेख गरिसकेँ भने मेरा हजुरबा हिरामान सिंह पहिले वीरशमशेरकहाँ मिठाई बनाई पुर्‍याउने गर्नुहुन्थ्यो भने पछि वीरशमशेरको देहान्तपछि उहाँ वीरशमशेरको नेवार्नी रानीपट्टिका छोरा तेजशमशेरकहाँ कार्यरत हुनुभएको हुँदा तेजशमशेरको लालदरबारको मूलढोका अगाडितिर हाल हामी बसिरहेको कृष्ण पाउरोटी चोकमा त्यसबेलादेखि हाम्रो बसोबास भएको हालसम्म यथावत् छ ।

देवाधिपति पशुपतिनाथको सेवामा हजुरआमा लक्ष्मीकुमारी
यी माथिका कुराहरु मैले आमा एवं पारिवारिक सूत्रबाट थाहा पाएको हुँ । आमाकी सासू अर्थात् मेरी हजुरआमा ज्यादै धार्मिक स्वभावको हुनुहुन्थ्यो । बिहान सबेरै झिसमिसमा उठी दिनहुँ आफ्नो वासस्थान कमलपोखरीबाट पशुपतिनाथ जानुहुन्थ्यो । यो उहाँको अटुट दैनिक क्रिया रहेछ । जाडोयाममा पनि उहाँलाई बिहान सबेरै पशुपति जानै पर्ने रहेछ । पशुपतिबाट फर्केर आउनासाथ पूजाकोठामा गई न्हिकं (नेवारी शब्द–दैनिक गर्नुपर्ने तान्त्रिक विधिको पूजा र जप) गर्नुहुन्थ्यो । नेवारी परम्परामा घरको मूलीले यो ‘न्हिकं’ गर्नुभएको देखेको थिएँ । हजुरआमा पनि पूजाकोठामा करिब एक घण्टा न्हिकं गर्नुहुन्थ्यो । अनि तल पसल अर्थात् हाम्रो त्यसबेलाको कुत्ताघरस्थित मिठाई पसलमा आफ्नो दैनिकी काम गर्नुअघि एक टुक्रा गुदपाक, एउटा खजुरी, तीनचार मुठीभरफुरनदानाको साथ एक खोल्चा रक्सी खानुहुन्थ्यो । माथि भनेझैँ रोटी र रक्सीको बिहानी नास्ता पछि दिउँसो एक–डेढ बजेसम्म त्यसबेलाको हाम्रो मिठाई पसलमा रेखदेख गर्नुहुन्थ्यो र दुई बजेतिरमात्र खाना खानुहुन्थ्यो ।

आमाबाटै थाहा भएको कुरा हो, हामी राजकर्णिकारहरु बौद्धमार्गी भए पनि उहाँ हजुरआमा जन्मले मल्ल (श्रेष्ठ) थरको हुनुभएकाले होला देवाधिपति पशुपतिनाथको खूब सेवा गर्नुहुन्थ्यो । उहाँ बुहारीहरु (मेरी आमा र ठूली आमा) लाई नचाहिने कुरामा दु:ख नदिने स्वभावका असल सासू हुनुहुन्थ्यो । अनि बिहानको पूजापाठ सकेपछिदेखि दिउँसोसम्म आफ्नो कारोबारमा रेखदेख गरेर खट्नुहुने कर्मशील हुनुहुन्थ्यो । यो उहाँको कर्मशील गुण पछि आमामा सर्दै अहिले मेरी अर्धाङ्गिनी शान्तासम्म छाएको छ । जीवन सङ्गिनी शान्ताले कृष्ण पाउरोटीको कारोबारमा रेखदेख गरी मलाई औधी सघाइरहेकी छिन् जसलाई मैले मेरी आमा र हजुरआमाको शुभाशिष् ठानिरहेछु ।

काठमाडौँमा ठिहिर्‍याउने जाडो
त्यसबेला काठमाडौँमा पुस–माघतिर अहिलेभन्दा निकै जाडो हुन्थ्यो । म सानो छँदा बिहान तुसारोले ठाउँठाउँमा सेताम्य भएको र पानी बरफमा परिणत हुने गरेको देख्थेँ । आजकल काठमाडौँ शहरमा यस्तो भएको हतपति देखिन्न कि ? घनाबस्ती वा जलवायुमा परिवर्तन भएर हो कि के हो थाहा भएन । त्यस्तो ठिहिर्‍याउने जाडोमा हजुरआमा ‘दोलाइँगा:’ (नेवारी शब्द– जाडोमा न्यानोसँग ओढ्न दुईसरो कपडाको बीचमा कपास राखी सिलाइएको एक किसिमको बाक्लो खास्टो) ओढी आफ्नो शरीरलाई अझ न्यानो पार्न त्यो खास्टोभित्र मधुरो सल्केको गोल आगो भएको मकल च्यापी पशुपति जानुहुन्थ्यो रे । यो सुन्दा हामीफुच्चाफुच्ची दङ्ग त पथ्र्यौं तर पछि अलि बुझ्ने भएपछि हजुरआमाको पशुपतिनाथप्रतिको श्रद्धा र सेवा भाव थाहा पाउँदा म छक्क पर्ने गर्छु ।

चोर आक्रमण र हजुरआमा
दिनहुँ बिहान झिसमिसे सुनसान एकलास समयमा पशुपति जानेक्रममा एकचोटि उहाँलाई ज्ञानेश्वरको ओरालो सकिनासाथ मैतीदेवी मोडको ठीक अगाडितिर एक जना कसाई जातको मान्छेले लुटपाट गर्न आक्रमण गर्न थालेछ । त्यसबेलाको समयमा त्यतातिर अक्सर लुटपाट हुने गथ्र्याे रे । र त्यसैले त्यतातिर मान्छे बिहान सबेरै वा बेलुका अबेर जान आउन डराउँथे रे । तैपनि हजुरआमा त्यतातिर हुँदै बिहान सबेरै पशुपति जाने उहाँको बानी नै भइसकेको थियो । उहाँलाई आक्रमण हुँदा कति नडराइकन आक्रमण गर्ने मान्छेलाई आफ्नो घरको सेवकलाई हपारेझैँ हपार्दै भन्नुभएछ– “हे बाबु, मलाई चिन्दैनस्, म लालदरबारको हलवाईनी साहुनी हुँ । भरे मकहाँ आउनू । बच्चाहरुलाई रोटीको पोको लिन आउनू ।” त्यसबेलाका चोर पनि कस्तो आज्ञाकारी । हजुरआमाको हप्काइ दप्काइ सुन्नासाथ लुत्रुक्क परी ‘हुन्छ बज्यै, हुन्छ’ भनेछ । नभन्दै दिउँसोतिर त्यसबेलाको हाम्रो मिठाई पसलमा त्यो चोर मान्छे टुप्लुक्क आइपुगेछ । अनि हजुरआमाले पनि मुसुमुसु हाँस्नु भई एकपोका मिठाई–रोटी उसलाई दिनुभएछ । त्यसबेलादेखि ज्ञानेश्वरको ओरालोदेखि गौशालाको उकालो बाटोसम्म त्यतातिरका चोरहरु नै हजुरआमाको अङ्गरक्षक जस्ता भएछन् । त्यतातिर चोरहरुले हजुरआमासँग भेट भएमा बडो आदरसाथ ‘बज्यै भायाय्’ (नेवारी शब्द जसको अर्थ– बज्यै ढोगुँ) भन्न थालेछन् । यसरी हजुरआमाको निडरता र चोरहरुको इमानदारिता अनुभूत गर्दा म जिल्लिन पुग्छु । हजुरआमाले जिउनुको अर्थ बुझ्नुभएको जस्तो लाग्छ मलाई ।

मल्लराजाकी चेली : मेरी हजुरआमा
यसरी नै हजुरआमाबारे आमाले भन्नुभएका कुराहरु खोतल खातल गर्दै जाँदा एक अंश उहाँको वंशबारे केही लेख्ने धृष्टता गर्दछु । आमाको भनाइअनुसार हजुरआमा लक्ष्मीकुमारी भक्तपुरनिवासी हुनुहुँदो रहेछ । यसरी हजुरआमा भक्तपुरनिवासी, हजुरबा ललितपुरनिवासी र म चाहिँ काठमाडौँनिवासी । अर्थात् मेरो जीवनलीलामा ललितपुर, भक्तपुर र कान्तिपुरको अस्तित्व विद्यमान रहेको रहेछ । हजुरआमाबारे मलाई अत्यन्त चाख लागेको कुरा के भने उहाँ भक्तपुरका मल्लराजा खलकपट्टिका छोरीबेटी रहिछिन् । यसरी जातले उहाँ मल्ल (श्रेष्ठ) हुनुुहुन्थ्यो, त्यसमाथि राजघराना । हामी राजकर्णिकारचाहिँ नेवार जाति अन्तर्गतका तुलाधर, ताम्रकार, वाराही, कंशाकार, सिलाकार, शिल्पकार, शिखाकार, स्थापित वर्गभित्र पर्दछौँ । अर्थात् श्रेष्ठ थरदेखि एकतह मुनिको हुन आउँछ । हामीभन्दा मुनिका अरु धेरै थर छन् जस्तै मानन्धर, चित्रकार, रन्जितकार, मालाकार, सुवाल, महर्जन, तण्डुकार, नापी आदि । अहिले त हाम्रो नेपाली समाजमा जातभातलाई त्यति महत्व दिने गरेको छैन जति पहिले दिइन्थ्यो । नेपालमा प्रजातन्त्र र खुला वातावरणको आगमनले अन्तरजातीय वैवाहिक सम्बन्ध पनि राम्ररी फस्टाइरहेको छ जुन स्वागत योग्य कुरा हो । तर आजभन्दा १२०/०२२ वर्ष अघितिरको नेपाली समाजका रीतिथितिबारे हामी कल्पना नै गर्न सक्तैनौँ । त्यसबारे देख्ने मानिसले भनेका कुरा एकले अर्कालाई भन्ने गरेको वा कोही कुनैले लेखेकोबाट मात्र थाहा हुने कुरा हो । यो कुरा सही हो त्यसबेला जातभातलाई बडो महइभ्वका साथ हेरिने गरिन्थ्यो– सानो जात, ठूलो जात, छुनहुने वा नहुने, पानी चल्ने वा नचल्ने आदि इत्यादि ।

कारुणिक कहानी : हजुरआमाको
हजुर आमाको जीवनगाथा यतिकैमा सीमित थिएन । हजुरआमाका घरपरिवारले आफ्नोभन्दा तल्लो जातसँग सुटुक्क पोइल गएकी भनी छोरी अर्थात् हजुरआमालाई उहाँका माइती परिवारले वास्तै गरेन, मुखै हेरेन र घरमै हुलेनछ । उहाँले आफ्नो जीवनपर्यन्त माइतीबाट तिरष्कृत भएर बस्नु परेको थियो । कहाँसम्म भने हजुर आमाकी आमा (जिज्यूबज्यै)को स्वर्गारोहण भएको तेह्र दिने दु:खको दिनमा दु:ख मनाउन पुगेकी उहाँलाई माइतीमा हुल्नै दिएनछ । लाचारवश हजुरआमाले आफ्नी जन्मदात्री आमाको निधनमा पनि दु:ख मनाउन पाउनुभएनछ । हजुरआमाको यस्तो कारण कहानी आमाबाट सुन्दा म पनि हुनसम्म विह्वल भएको थिएँ ।

यसरी हजुरबा हिरामान सिंह र हजुरआमा लक्ष्मीकुमारी बारेको रोमान्टिक र कारुणिक कहानी यहाँ यसरी उल्लेख गर्न पाउँदा मलाई निकै सन्तोष लागिरहेछ मानौँ हजुरबा र हजुरआमाप्रति श्रद्धाका दुई थुङ्गा फूल अर्पण गरिरहेछु । निश्चय नै एक जना नातिले गर्नुपर्ने स्वधर्म गरिरहेको जस्तो मलाई लागिरहेछ ।
अन्त्यमा हजुरबा र हजुरआमाको प्रेमालापबाट हजुरबाले हजुरआमालाई भक्तपुरबाट भगाएर ल्याई आफ्नी प्यारी कान्छी पत्नीको रुपमा स्थापित गर्नुभयो । यहीँबाट अब हाम्रो पछिल्लो पुस्ताको श्रीगणेश भएको हो भन्ने म ठान्दछु । यस्तो नभएको भए मेरा पिताजीको जन्म कहाँ कुन ठाउँमा र त्यस्तै म घनश्यामको जन्म कहाँ हुँदो हो वा नहुँदो हो वा भएमा कुन कस्तो अवस्थामा हुँदो हो कसले भन्न सक्छ र ? रहस्यै रहस्यले परिपूर्ण यो जीवन जानेर जानिनसक्नु छ ।


अघिल्लो पोष्ट

विद्या श्रेष्ठ : मेरी आमा कहाँ छिन् , कहाँ ?

पछिल्लो पोस्ट

आमाको मुख

घनश्याम राजकर्णिकार

घनश्याम राजकर्णिकार

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
आमाको मुख

आमाको मुख

अनेसास निर्वाचन समिति गठन

अनेसास निर्वाचन समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

क्रूर ओढार

क्रूर ओढार

३ जेष्ठ २०७८, सोमबार
छाता

छाता

४ जेष्ठ २०८१, शुक्रबार
पारिजात : सशक्त एवं चर्चित लेखिका

पारिजात : सशक्त एवं चर्चित लेखिका

३ जेष्ठ २०८०, बुधबार
अनेसास बालसमितिमा डा. प्रकाश पौडेल

अनेसास बालसमितिमा डा. प्रकाश पौडेल

३ जेष्ठ २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक