गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब कैसा मन मस्ताना प्यारे प्रकाशित भएको छ। यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकार ले समेटेका छन्। यस कृतिमा दुई सय वटा हिन्दी गीतहरू रहेका छन् ।
गीतहरू प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन्। गीतकार खतिवडा भन्छन् – प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीत लाई पनि म दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु।
ओम प्रकाशन दिल्ली ले प्रकाशन गरेको यस कृति भारतीय पाठकहरू बिच लोकप्रिय हुने अपेक्षा गरिएको छ। गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्बात्मक छन्।
शब्दहरू सरल छन् तर ती शब्दहरूले बोक्ने भाव गम्भीर छन्। उनका गीतहरूमा प्रेमको मनोविज्ञान अनौठो तवरले घुलित भएका छन्। शब्द शब्दमा गहिरो मनोविज्ञान सम्प्रेषण गर्न गीतकार खप्पिस छन्।
प्रस्तुत पुस्तकमा प्रस्तुत गरिएका गीतहरू मा प्रेमका विविध स्वरूपहरू लाई विभिन्न आयामहरू बाट व्याख्या गरिएको छ । यसको मूल्य भारु.२०० रहेको छ ।