जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता प्रोफाइल

प्रयोगशील कवि पूर्ण वैद्य

मोहन दुवाल मोहन दुवाल
प्रकाशित ६ बैशाख २०८१, बिहीबार
प्रोफाइल भित्र
0
प्रयोगशील कवि  पूर्ण वैद्य

पूर्ण वैद्य आधुनिक नेपालभाषा कविता क्षेत्रका एकजना चर्चित कवि हुन् । कवितामा संवेदना र अनुभूतिको सिर्जनात्मक योग खोज्न र खोप्न रुचाउने कविका रुपमा यिनी परिचित छन् । कवितामा नयाँ नयाँ प्रयोग गर्न रुचाउने कवि कवितालाई सरल भाषामा नयाँ दृष्टि–बिम्बमा खोप्न सिपालु कविका रुपमा यिनी विख्यात छन् । लेखनकलामा शिल्प साधना नभएपछि कविताका नाममा अकविता जन्मन्छ । कविता भनेको सत्यको उद्घाटन गर्ने सुन्दर माध्यम भएर पनि कवितामा बिम्ब, प्रतीक, शैली, भाषाको उचित प्रयोग हुन नसक्दा कविताको बिम्ब हराउँछ भन्ने दृष्टि सोचकै कवि हुन् – पूर्ण वैद्य । त्यसैले युग द्रष्टा कविका रुपमा कविता–बिम्बमा चर्चा गर्न लायक कवि हुन् यिनी । नेपालभाषा काव्यजगत्मा एउटा नयाँ बिम्ब भएर उठेका कवि पूर्ण वैद्य कलाहीन विचार साहित्य भएर जीवन्त कहिल्यै हुन सक्दैन भन्ने विचारका कवि पनि हुन् । कविले जनताको चेतनास्तर बुझ्न नसक्दा कविका कविता दुरुह र क्लिष्ट बन्छन् । कवितामा आधुनिकता के हो उनी यस सम्बन्धमा आफ्नो सुन्दर विचार अभिव्यक्त गर्न सिपालु छन् । उदाहरणका लागि उनी लेख्छन् –‘आधुनिक कविता आधुनिक जीवनबोध हो, कुनै एउटा वाद होइन ।’

मलाई लाग्छ, पूर्ण वैद्य कुनै बन्धनमा बाँधिएर कविता लेख्दैनन् । बन्धनबाट मुक्त भएर कविता सिर्जना गर्न सक्नु नै कविको धर्म र कर्म हुन् – उनी यस्तै भावनामा रमेर कविता सिर्जना गर्छन् । म यहाँ पूर्ण वैद्यलाई परिचय गराउन खोजिरहेछु – एकजना सफल कवि । एकजना आधुनिक कवि । एकजना प्रयोगशील कवि । कवितामा बिम्ब खोज्न सफल कवि । मानवताप्रति सचेत कवि । सामाजिक न्यायका लागि अनुभूति पोख्न सिपालु कवि । आफ्नो मातृभाषा नेपालभाषामा लेख्दै गरेका तर नेपाली र अंग्रेजी भाषामा समेत विस्तारै प्रभाव छोड्न सफल कवि । यस्तै–यस्तै थुप्रै विशेषणले व्याप्त रहेर आफूलाई चिनाउन सक्षम कवि पूर्ण वैद्यले जीवनका लागि कविता खोज्छन् र कविता जीवनका लागि हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनी तर्क राख्दै भन्छन् –‘वास्तवमा भन्ने हो भने हामीलाई चाहिने कविता होइन, जीवन हो । न्यायिक जीवन लिनुदिनुका लागि कविताको प्रयोग हुनुपर्छ ।’

कवितालाई जीवन–दृष्टि बनाउन खोजिरहने कवि पूर्ण वैद्य वि.सं. १९९७ गुन्हिपुन्हीमा भक्तपुर चोछेँटोल वडा नं. ९ मा पिता काजीबहादुर वैद्य माता देवकुमारी राजभण्डारी (वैद्य)का छोरा भई जन्मन पाएका हुन् । विद्यालय पढ्दा पढ्दै साथीहरुकै सरसङ्गतमा रमाउँदा रमाउँदै कविता लेख्न सिकेका यिनी कवितामा चलखेल गर्दागर्दै कवि बनेका हुन् । सानो छँदादेखि नै कविता लेख्दै आएका यिनी ७६ वर्षको उमेरमा पुग्दा पनि आजपर्यन्तसम्म कविता लेख्दैछन् र यिनको भविष्यको इच्छा पनि कविता लेखिरहनु नै हो । प्रयोगशील नयाँ कविहरुका कविता मन पराउने यिनका प्रिय साहित्यकारहरुमा भूपि शेरचन, वासु शशि र कृष्णचन्द्रसिंह प्रधान हुन् । कविता लेखेपछि संप्रेषणीय होस् र त्यस कविताको व्यापकता जनमनमा पुगोस् भन्ने सोच राखेर कविता सिर्जना गर्न रुचाउने यी कवि २०६३ सम्म प्राध्यापन सेवामा समर्पित भएको देखिन्छ । शिक्षा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका कवि पूर्ण वैद्य श्रीमती मीरा वैद्यसँग जीवनका लहरहरु काट्दै बबरमहल, काठमाडौंमा बसोबास गर्छन् ।

नेपालभाषा र कविता विधामा विशिष्ट पहिचान देखाइसकेका पूर्ण वैद्य सरासु कवितासङ्ग्रह प्रकाशन पछि विशेष चर्चामा आएका कवि हुन् ।श्रेष्ठ सिरपा प्राप्त गर्न सफल उक्त कृतिमा कवि पूर्ण वैद्य साँच्चीकै भन्ने हो भने समालोचक कृष्णचन्द्रसिंह प्रधानले भूमिकामा लेखेजस्तै समकालीन जीवनको संकट, संक्रमण र अवमूल्यनको भावबोधलाई आस्थाहीन मनस्थितिको सन्दर्भमा जोडेर जीवन र मानवताप्रतिको धारणामा एउटा प्रश्नचिन्ह राख्न लगाई अर्कै किसिमले विचार गर्ने दृष्टि दियो । यही हो उनले देखाएको काव्य चेतनाप्रतिको दृष्टि । कवितामा एउटा नयाँ सोच बोकेर आधुनिक कविताको व्याख्या गर्दै उनी लेख्ने गर्छन् –‘कविता अनुभूति मात्र होइन अनुभूतिको सार अर्थात् निचोड हो । कविता घटना र दृश्यको विवरण होइन । कुनै पनि घटना, दृश्य अथवा क्रिया प्रतिक्रियाभित्र लुकिरहेको अन्तर्मन सत्यको प्रकाशन हो ।’ यस्तै भावधारा कवितामार्फत् सम्प्रेषण गर्न खोज्ने कवि पूर्ण वैद्यका कविताहरु पढेर अमेरिकाका एकजना युवा कवि वेन एम्सिस ९(Wayne Amtzis)ले आनो प्रतिक्रिया यसरी व्यक्त गरेका छन् – The poems of Purna Vaidya reflect the mind of a man intimately involved with his reflection. His own relfection and the reflection of life as it is carried and refracted through a single element in its manifest and various forms.सरासु (सुनसान रात) लाई प्रतीक र बिम्बमा राखेर जीवन र जगत्को खोजी गर्दै आएका कवि पूर्ण वैद्यले कवितामा नयाँ शैली र भाषा प्रदान गरेर नेपालभाषाको आधुनिक कविता क्षेत्रमा एउटा नयाँ आयाम थप्न सफल भएका छन् ।ल:ल:ख: (पानी पानी हो) पछिल्लोपल्ट प्रकाशित कविताले पनि पूर्ण वैद्यलाई एकजना सफल कविका रुपमा चिनाएका छन् । पानी कविताले नेपालभाषा काव्य परम्पराको इतिहासलाई व्यापक बनाउन उनी सफल छन् । शैलीगत रुपमा नयाँ कविता आन्दोलनका अगुवा भई देखापरेका कवि पूर्ण वैद्य प्रगतिवादी कविका रुपमा पनि चिर परिचित छन् । यिनका प्रकाशित पुस्तकहरुमा कविताका ३ वटा पुस्तक, कवितासम्बन्धी धारणाको एउटा पुस्तक, निबन्धसङ्ग्रह १ वटा प्रकाशित छन् । नेपाल प्रज्ञा प्रतिष्ठानबाट ल:ल:खको नेपाली अनुवाद पानीमात्र पानी कवितासङ्ग्रह प्रकाशित भएको देखिन्छ । कवि मञ्जुलसँग मिलेर उक्त पुस्तक नेपालीमा प्रकाशित भएको हो ।

कवि पूर्ण वैद्यका कविताहरु नेपाली र विदेशी थुप्रै भाषामा अनुवाद भएर प्रकाशित भएका छन् । प्र.ज. गणतन्त्र कोरियामा ५० औं मुक्ति दिवसका उपलक्ष्यमा भएको एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका कविहरुबीच भएको कविता प्रतियोगितामा यिनी प्रथम भएर सफलता प्राप्त गरेका नेपालका सफल कवि पनि हुन् । त्यस्तै ३६ वर्ष अगाडि नै भक्तपुरस्थित विराट नेपालभाषा साहित्य गुथिले उनलाई आधुनिक सीप र प्रगतिवादी विचार दुवैका समन्वयात्मक काव्य धाराका अगुवा कविका रुपमा स्वीकारेर सम्मान दिइसकेका छन् ।श्रेष्ठ सिरपा, राष्ट्रिय प्रतिभा पुरस्कार, साहित्य सन्ध्या पुरस्कार, अस्वीकृत विचार साहित्य पुरस्कार, शिक्षा पुरस्कार, भक्तपुर विकास सहयोग संघ, भक्तपुरबाट र नेवा: पत्रकार दवू पुरस्कारद्वारा सम्मानित कवि पूर्ण वैद्य साहित्यलाई जीवनका संवेदना र अनुभूतिका सुन्दर काव्यिक अनुभूति हो भन्न रुचाउँछन् ।

नेरुदा, पास्टरनायक, पोपा, पाजका साहित्य मन पराउने यिनी भारतका अज्ञय, मुक्तिबोध, सर्वेश्वरदयाल सक्सेना, चन्द्रकान्त आदिका साहित्यिक सिर्जनाबाट विशेष प्रभावित छन् । जीवनप्रतिको दृष्टिमा उनी संक्षिप्तमा यसरी आफ्नो विचार राख्छन् –‘सिर्जनात्मक र प्रगतिका अनन्तक्रमको एक क्रम, एक पाइला, सृष्टिका अनिवार्य सेतु र जोड ।’ कविताकै खोजीमा लागेर कविता लेख्दै गरेका कवि पूर्ण वैद्यले कविताया लागा (कविताको आयाम) के हो भन्नेबारे आफ्नो विचार उक्त पुस्तकमा पोखेका छन् । त्यस्तै यिनले नेपालभाषामा प्रकाशित अति चर्चित साहित्यिक पत्रिका सितुका सम्पादनका साथै पाचिना (कवितासङ्ग्रह)को सम्पादन र सुनतारो लावाकावाका कविता अनुवाद गरेर जापानी कविका कविता नेपालभाषामा अनुवाद गरेर आफ्नो अनुवाद कला पनि देखाउन सफल छन् । सङ्क्षेपमा भन्न सकिन्छ –‘यिनी कवितामा जीवन्त छन् । आधुनिक ढाँचामा कुँदिएका र नयाँ प्रयोगमा ल्याइएका यिनका कविताहरु सुन्दर छन् ।


Tags: मोहन दुवाल
अघिल्लो पोष्ट

साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस सम्पन्न

पछिल्लो पोस्ट

गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब कैसा मन मस्ताना

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर
प्रोफाइल

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

७ मंसिर २०८१, शुक्रबार
यात्रालेखनमा घनश्याम राजकर्णिकारको योगदान
प्रोफाइल

यात्रालेखनमा घनश्याम राजकर्णिकारको योगदान

१७ आश्विन २०८०, बुधबार
मात्र इन्दुल केसी, इन्दुल केसी मात्र
प्रोफाइल

मात्र इन्दुल केसी, इन्दुल केसी मात्र

१९ भाद्र २०८०, मंगलवार
पछिल्लो पोष्ट
गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब कैसा मन मस्ताना

गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब कैसा मन मस्ताना

छप्पन भोग माथि विलोम समीक्षा

छप्पन भोग माथि विलोम समीक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

१ कार्तिक २०८१, बिहीबार
भाउजू

भाउजू

३ जेष्ठ २०७९, मंगलवार
जनमत कविता  -डा. राम प्रसाद ज्ञवाली

जनमत कविता -डा. राम प्रसाद ज्ञवाली

३ जेष्ठ २०८०, बुधबार
चाडपर्वमा रमाएको अमेरिका

चाडपर्वमा रमाएको अमेरिका

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक