जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

आत्मीयताको उज्यालोमा परशु प्रधान

विन्द्या सुब्बा विन्द्या सुब्बा
प्रकाशित ८ चैत्र २०८०, बिहीबार
सँस्मरण भित्र
0
आत्मीयताको उज्यालोमा परशु प्रधान

सन् १९७४ सालतिर रत्नश्रीमा मेरो कथा शान्ति गुरुमाप्रकाशित भए पछि नेपालका एक चर्चित कथाकार परशु प्रधानबाट कल्पनातीत एउटा अन्तर्देशीयमा लेखिएको पत्र पाएकी थिएँ । ‘शान्ति गुरुमा’ कथा उहाँलाई खुबै मन परेको र फेरि अतीतमा उस्तै गम्भीर चरित्र भएकी एउटी शिक्षिकाले परशुजीको जन्मभूमि भोजपुरमा उहाँलाई पढाएकी कुराको जिकर गरिएको थियो त्यो पत्रमा ।

त्यसबेला दुई तीन बर्षदेखि कथाहरू लेख्दै गरेकी युवती थिएँ म र परशु प्रधान आफ्ना विशेष कथाहरूका कारण ख्याति कमाएका एक स्थापित लेखक थिए । उहाँका उपन्यास सबै बिर्सिएका अनुहारहरूर वक्ररेखाभित्रका कथाहरू पढिसकेकी थिएँ मैले, पढेर परशु प्रधानका कथाशिल्प, भाषा–शैली अर्थात सम्पूर्णतामा उनका सृजनाहरूप्रति औधि प्रभावित पनि भएकी थिएँ । त्यस्ता स्रष्टाबाट त्यो प्रेरणाप्रद: पत्र मेरो निम्ति एउटा सुखद उपलब्धि थियो । रत्नश्रीमा रहेको मेरो ठेगानानुसार नै परशुजीले त्यस अन्र्तदेशीय पत्रमा–विन्दिया सुब्बा, तीनधारे, खरसाङ, भारत भनेर ठेगाना लेख्नुभएको थियो, तर आश्चर्य ! त्यो पत्र कतै नअल्मलिई, व्यवधानमा नपरी सोझै आइपुगेको थियो मसम्म । त्यसबेला दार्जिलिङ वरिपरिबाट पत्रहरू आइरहन्थे, आमा कराउँथिन्–“के बिघ्न चिठ्ठी आ’को हौ यसको ।” हँसिला, फुर्तिला, डाकवाला क्षेत्रीदाजु ठीक यही वाक्यमा सम्झाउँथे आमालाई–“अलिक लेखक छ त, आउँछ नि यसरी चिठ्ठीहरू ।” त्यस समयकालमा पत्र पढ़नु–लेखनु, पाउनु–पठाउनुको आनन्द वर्णनातीत छ । अहो ! कत्रो आनन्द थियो पत्रहरूको प्रतीक्षा गर्नुमा ।

दर्पण, रत्नश्री, शिलान्यास, बान्की, मधुपर्क आदि तिर कथाहरू प्रकाशित हुँदा नेपालबाट पनि बेला बेला पत्रहरू पाइरहन्थेँ म । यही क्रममा आफूले कथाहरू मनपराएकी कथाकारको पत्र पनि अप्रत्याशित जस्तै आइपुग्यो म कहाँ र ती स्रष्टासँग एउटा साहित्यिक सम्बन्ध स्थापित भयो । यति मात्र होइन, उहाँ सदाकालका लागि एक आत्मीय मित्र र मेरा शुभचिन्तक दाइ पनि हुनुभयो । एक अति प्रतिभाशाली, अथक लेखक तथा साहित्यिक संगठन र संस्थाहरू स्थापित गर्न नेतृत्वगुणले सम्पन्न कुशल व्यक्तिको रूपमा आज परशु प्रधान मेरा प्रेरणा पनि हुनुहुन्छ ।
श्री प्रधानको त्यस पत्रको उत्तर धन्यवादसहित लेखिपठाँए मैले र फेरि एउटा–दुइटा पत्रहरूको आदान प्रदान भएपछि यो क्रम बन्द भयो ।

सन् १९८३ को अक्टोबर महिनामा दुई अन्तरङ्ग साथीहरू मनु र सवितालाई लिएर म काठमाण्डौं गएँ । साथीहरूले कान समातेका थिए । घुम्न गएका हौं हामी, त्यसैले साहित्यिक भेटघाटहरू नगर्ने । मेरा विद्यार्थी जीवनका अनन्यतम मित्र हरिप्रसाद श्रेष्ठको निम्तोमा गएका थियौं हामी, तर काठमाडौं भ्रमणको दिन–तारिखबारे अग्रिम सूचना नदिएको कारण हामी पुग्दा उहाँ हङ्गकङ्ग जाने तयारीमा हुनुहुन्थ्यो । हाम्रो दायित्व आफ्ना साथीहरूमाथि दिएर भोलिपल्ट नै उड्नुभयो उहाँ । डिल्लीबजारको एउटा होटलमा बसेका थियौं हामी । हरिजीका भाइ र साथीहरू – नारायण, प्रदीप, किशोर, ईच्छा, लता र नन्दासँग घुम्दै थियौं हामी । कहिले कालोपुल नजिक ज्ञानेश्वरमा भएको हरिजीको घरमा आमाको हातको भात खान थुप्रन्थ्यौं । कथाकार स्व. हरिश बम्जन सबिताका बड़ाबाबु भएकोले त्यहाँ गयौं । फेरि बम्जनदाइ र परशुदाइ साथी–साथी रहेछन, तर कुनै साहित्यिक भेटघाट हाम्रो भ्रमण तालिकामा थिएन । हामी केवल घुम्दै थियौं – बौद्ध, स्वयम्भू, पशुपतिनाथ, बुढानीलकण्ठ, गोदावरी, भक्तपुर, न्यूरोड, इन्द्रचोक, सोल्टी होटल आदि आदि स्थानहरूमा ।

एक साँझ होटलमा फर्केपछि एउटा कागतमा सूचना पाएँ – “ हामी आएका थियौं, फेरि आउनेछौं –परशु प्रधान ।” निकै हर्षित भएँ म । भोलिपल्ट आफ्ना तीनजना साथीहरूलाई लिएर उहाँ होटलमा आउनुभयो । जवान, चुस्त, दौरा–सुरुवाल, नेपाली टोपी र कोटमा सजिएका स्मार्ट हाकिम, आख्यानकार परशु प्रधान । उहाँ त्यतिखेर सूचना अनि संस्कृति विभागका निर्देशक हुनुहुन्थ्यो सायद । भेटघाट, कुराकानीहरू भए । निश्चित समयमा हामी दार्जीलिङ फक्र्यौ, परशुदाइसँग फेरि एउटा दुइटा पत्रहरूको ओहोर दोहोरपछि पुन: व्याप्त रह्यो । एउटा मौन अन्तराल ।

बग्नु नै जीवन हो । तर कहिले लाग्यो बग्न बिर्सेर कतै जमेँ म । तथापि सायद बगिरह्यो, थाहै नपाई वोधहीन बगिरह्यो यो । कति अचाहिँदा मोडहरू, अप्ठ्याराहरू आइपर्छन् बगाईहरूमा । दु:खद कुरो यो हो कि यसबीच सिर्जनाहीन समय नै बढ़ी बगेर गयो । तर सन् १९९७ मा मेरो सर्जक जीवनले एउटा राम्रो मोड़ लियो, जसको बारेमा आफ्ना कुनै लेखमा लेखिसकेकी छु मैले ।

त्यही उत्साहित बर्ष १९९७ को कुनै महिनातिर एकदिन सेविका प्रशिक्षण विद्यालय, दार्जीलिङमा कार्यरत थिएँ म । सिँड़ीमा उकालो चड़दै गरेका केही हल्लाहरू सुनियो । जसरी बर्षौअघि एक दिन –विन्दया सुब्बा, तीनधारे, खरसाङ, भारत भनेर एउटा पत्र टक्रक्क म समक्ष आइपुगेको थियो , उसैगरी त्यसदिन अचानक परशु प्रधान साहित्यकारद्वय स्व. वासु रिमाल ‘यात्री’ र स्व. गणेश भण्डारीसँग – विन्दया सुब्बा, दार्जीलिङ, इडन अस्पताल, भिक्टोरिया अस्पताल गर्दै सेविका प्रशिक्षण विद्यालयमा आइपुग्नुभएको थियो । अतिथि कोठामा उहाँहरूलाई राखिएपछि मलाई सूचित गरियो । १४ बर्षअघि भेट भएको साहित्यकार परशु प्रधानलाई चिन्न कति पनि अबेर गरिनँ मैले ।
त्यसबेला हामी चोकबजारको गोलघर छेउ सरकारी आवासमा बस्थ्यौं । भोलिपल्ट घरमा निम्त्याँए उहाँहरूलाई । मनले नयाँ पालुवाहरू फेरेका दिनहरू थिए ती । थाहा पाएँ परशुदाइले आफ्ना शीतकालीन आवास विराटनगरमा बनाउनुभएको थियो र अब उहाँका साहित्यिक कर्म–धर्म त्यहाँ पनि विस्तृत भएको छ । विराटनगरमा उहाँहरूद्वारा वाणी प्रकाशनको स्थापना अघिल्लो बर्षमा नै गरिएको र त्यही संस्थाको सन्दर्भमा उहाँहरू दार्जिलिङका साहित्यकारहरूकहाँ पनि अंशियार सदस्यताको प्रस्तावना लिएर आउनुभएको हो । यो संस्थामा सदस्यता लिएपछि के हुन्छ, हुँदैन, मलाई यी कुरासँग कुनै सरोकार थिएन, मेरो निम्ति परशु प्रधानको प्रस्तावनाको मोल ठुलो थियो । मैले वाणी प्रकाशनको अंशियार/सदस्यता ग्रहण गरेँ ।

प्रत्येक बर्ष माघ – फागुनतिर वाणीको बार्षिक सभा र यस अवसरमा साहित्यिक कार्यक्रम पनि सम्पन्न हुन्थ्यो, महत्वपूर्ण गोष्ठी, संगोष्ठीको आयोजन हुन्थ्यो । सभामा उपस्थितिको निम्ति सम्पूर्ण सदस्यहरूलाई समय रहँदा नै निमन्त्रण गरिन्थ्यो । प्रथम वर्ष दार्जिलिङबाट स्व. रामलाल अधिकारी, स्व. पवित्रा रेग्मी, हरेन आले, कुमारी खाती र म गएका थियौं । अतिथिहरूका लागि कुनै होटलमा खानु–बस्नुको व्यवस्था हुन्थ्यो । एउटा ठुलो चहलपहल र व्यस्तता वाणी प्रकाशनमा । संस्थाको कार्यालय स्थापित भइसकेको थियो । बडो रमाइलोसाथ, साहित्यिक उपयोगितासाथ तीन दिनव्यापी समारोहको समापन भयो । संस्थाका कर्मठ र सबल संस्थापक अध्यक्ष हुनुहुन्थ्यो परशुदाइ, कार्यक्रम आयोजनामा उहाँ लगायत स्व. कृष्णभूषण बल, विवश पोखरेल, लक्ष्मी उप्रेती, श्याम प्रधान, प्रमोद प्रधान आदि संलग्न रहन्थे ।

तर प्रत्येक बर्ष वाणी प्रकाशन विराटनगरबाट निम्तो पाए पनि म दुई बर्ष, तीन बर्षको अन्तरालमा मात्र जान पाउँथे । विभिन्न वर्षमा गरी जम्मा तीनचोटि गएँ म र ती तीनचोटिका समारोहहरूबाट मैले धेरै खुशी र उर्जाहरू बटुलेकी छु । मलाई सदैव भेट्न मन लागेका, रचना र कृतिहरूबाट प्रभावित बनेकी नेपालका सम्मानित र प्रसिद्ध साहित्यकारहरूलाई वाणी प्रकाशनका समारोहहरूमा भेट्ने सौभाग्य पाएँ । संस्थामा यत्रतत्र व्याप्त हुनुहुन्थ्यो परशु प्रधान । कुनै कुनै ठाँउमा लेखेकी पनि छु – “मलाई वाणी र परशु प्रधान साह्रै अभिन्न शब्दहरू लाग्दछन् । वास्तवमा यो सही पनि हो ।” केही बर्षअघि परशुदाइले बाणी प्रकाशनप्रति आफ्नो गुरु दायित्व हस्तान्तरण गरी शीतकालमा पनि उहाँ र भाउजु कल्पना प्रधान काठमाण्डौं नै बस्न लाग्नुभयो र शून्य भयो विराटनगर । त्यसपछि देखि त्यतातिर गइएको पनि छैन ।

भारत–नेपालका साहित्यिक कार्यक्रमहरूमा प्रसङ्गवश परशु प्रधानले मप्रति आफ्ना विचारहरू सुन्दर भावहरूमा व्यक्त गर्नुभएको छ र श्री मोहन दुवालद्वारा सम्पादित जनमत १४९अङ्कमा एउटा सिङ्गो लेख आजको पारिजात: विन्दया सुब्बापनि लेख्नुभएको छ । बर्षौदेखि हाम्रो साहित्यिक सम्बन्धलाई एउटा लेखको रुप दिनुभएको छ उहाँले, एक उद्धरण –

“झण्डै एक फाइल छन् विन्दया सुब्बाले लेखेकी पत्रहरू र ती पत्रहरू हाम्रो मित्रताको साक्षी मात्र छैनन्, नेपाली साहित्यको इतिहास, प्रवृत्ति, आन्दोलन र विकासका संवाहक पनि हुन् । ती पत्रहरू आज मैले झिकेँ, टिपेँ……….यी सबैमा समय बोलेको छ, समय र सन्दर्भको नमेटिने छाप लागेको छ । यी इतिहासका पानाहरू नहराऊन्, नमासिऊन् भनेर मैले साभार उद्घृत गर्ने दु:साहस गरेँ, क्षमा पाँऊ ।”

परशु प्रधानसँग मेरो साहित्यिक सम्बन्धलाई ठीकसँग बुझाइदिने उहाँद्वारा नै लेखिएका अझ दुई अनुच्छेद यहाँ उद्घृत गर्न उपयुक्त ठान्छु –

“विन्दया सुब्वा र परशु प्रधानको साहित्यिक सम्बन्धको मूल श्रोत नेपाली रगत र भाषा हो । भाषा र रगतको सम्बन्ध अति गाढा र आत्मीय हुन्छ भन्ने कुराको साक्षी यो पत्रमित्रका अभिव्यक्तिहरू भएका छन् ।”

“अहिले समय जेण्डरको हो, जहाँतहाँ जेण्डरको चर्चा–परिचर्चा हुन्छ । यसलाई विभिन्न दृष्टिकोण र रङ्गले हेर्ने गरिन्छ र यी पत्रहरू दुई जेण्डरबीचको पूर्णतया: स्वच्छ, सफा, पवित्र सम्बन्ध (बिल्कुलै साहित्यिक) का उदाहरणीय विषय हो । ”

यसरी जीवनका विभिन्न समयमा प्राय: १९९८ देखि २००९ सम्म मैले बेलाबेला लेखेकी पत्रहरूका लहरहरू टिप्दै एउटा लेख नै तयार गर्नुभयो परशुदाइले, जुन पत्रहरूबारे उहाँले लेख्नु भएझै साँच्चै मैले भुलिसकेकी थिएँ । पत्रहरू संगाल्ने उहाँको यत्न देखेर अवाक भएँ म । तर अफसोस ! मसँग पत्रहरूको यस्तो फाइल छैन । कतै नफाली, नष्ट नगरी राखिएका छन् पत्रहरू, कुनै कुनै त औधि महत्वपूर्ण र बहुमूल्य पनि छन्, तर खोज्दा हतपत्त नपाइने गरी कुनै यता छन त कुनै उता ।

तर परशु प्रधान मेरा लागि एउटा खुल्ला पत्र हुनुहुन्छ, एउटा खुल्ला किताब । त्यहाँ उहाँलाई पढ्दा पढ्दै म धेरैलाई पढ्न पाउँछु र आफैलाई पनि पढ्न पाउँछु । ४० वर्षको यति लामो र चोखो साहित्यिक हाम्रो सम्बन्धप्रति उहाँ गर्व गर्नुहुन्छ, म पनि गर्व गर्छु । परशु प्रधानका असंख्य कथाहरू, रचनागर्भ र लेखहरू पढिसकेँ, उहाँले साहित्यकारहरूसँग लिनुभएको अन्तर्वार्ताका दुई ठेली र उहाँलाई नै अरुले लिएका अन्तर्वार्ताकै एक ठेली तथा धेरै धेरै फूटकर कथा र लेखहरू पढिसकेँ । नेपाली साहित्यको आख्यान विधाप्रति विशाल योगदान छ श्री प्रधानको । समयलाई वोध गर्दै नित्य नवीन चिन्तनासाथ लेख्ने एक सचेत समकालीन लेखक हुनुहुन्छ उहाँ । श्रृङ्खलापूर्ण कथाहरूका सङ्कलन सीताहरूरघरआज मलाई मन परेका कृतिहरू हुन् ।

परशु प्रधानलाई बेला बेला विवादहरूमा पनि सुन्न पाइन्छ । विद्रोहहरूमा पढ्न पाइन्छ । तर सबै मिलाएर हेर्दा समग्रमा उहाँ एक औधि सिर्जनशील, उर्जावान, निरन्तर लेखिरहनुहुने अपार कृतिहरूका सर्जक तथा एक गम्भीर एवं समर्पित लेखक हुनुहुन्छ । वौद्धिकता र हार्दिकताको एक अनुपम सन्तुलन देख्न पाइन्छ उहाँका सिर्जनाहरूमा ।

भारत–नेपालको साहित्यिक जगत्बीच एक साँघुको उपमा दिनुभएको छ मलाई परशुदाइले । साँघुजस्तै कहिले बीचमा रहेर दुवैतर्फका नेपाली स्रष्टाहरूलाई माया गरेँ मैले, साथीहरूलाई लिएर कहिले ओहोरदोहोर पनि गरेँ । वास्तवमा परशु प्रधान आफै पनि एक माध्यम हुनुहुन्छ र आफ्ना साहित्यिक समूहलाई लिएर समय समय दार्जिलिङ–सिक्किमतिर आउन सदा लालायित रहनुहुन्छ ।

मभन्दा बाह्र बर्षले जेठो परशुदाइ अहिले सत्तरी बर्षतिर हिँड्नुहंँुदैछ । तर मनले आफ्नो समवयसी मान्नुहुन्छ मलाई । मुखले पनि भन्नुहुन्छ –“विन्दया बहिनी, तपाई म भन्दा यति धेरै बर्षले कान्छो हुनुहुन्छ भन्ने लागेको थिएन मलाई ।” तर इच्छाशक्तिमा, सिर्जनशीलतामा सदैव जवान हुनुहुन्छ परशु प्रधान ।

उहाँका यस्तै कर्मठ जीवन, सुस्वास्थ र सृजन–समृद्धिका निम्ति सदा प्रार्थना गर्दछु ईश्वरसँग । प्रार्थना गर्छु चार दशक अघिदेखिको यो साहित्यिक आत्मियता, एकअर्काप्रतिको सम्मानभाव साथ जसरी यतिका बर्षसम्म निर्वाह भइरह्यो , अब बाँकी रहेको जीवनमा पनि उहाँबाट यस्तै आत्मियता, सद्भाव र प्रेरणा पाइरहुँ, अथवा म पनि दिइरहनसकुँ । हाम्रा कृति र रचनाहरू यसैगरी सबै साँध–सीमानाहरूभन्दा माथि माथि भई ओहोरदोहोर गरिरहुन्, अनि निरन्तर लेखिरहुन्, लेखिरहुन् परशु प्रधान ।


Tags: परशु प्रधानविन्द्या सुब्बा
अघिल्लो पोष्ट

पन्छी घर फर्केन

पछिल्लो पोस्ट

मोमिलाको “प्रश्नहरू त बाँकी नै रहन्छन्…”

विन्द्या सुब्बा

विन्द्या सुब्बा

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
मोमिलाको “प्रश्नहरू त बाँकी नै रहन्छन्…”

मोमिलाको “प्रश्नहरू त बाँकी नै रहन्छन्…”

अतिरिक्त मूल्य

अतिरिक्त मूल्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बाह्रखरीलाई कथा आह्वान

बाह्रखरीलाई कथा आह्वान

३ जेष्ठ २०७९, मंगलवार
‘शब्दथुम’लाई विमल गुरुङ कृति पुरस्कार

‘शब्दथुम’लाई विमल गुरुङ कृति पुरस्कार

२ मंसिर २०८१, आईतवार
अन्य भाषाभाषीहरूलाई नेपाली भाषा–शिक्षण गर्दा देखापर्ने समस्याहरू

अन्य भाषाभाषीहरूलाई नेपाली भाषा–शिक्षण गर्दा देखापर्ने समस्याहरू

३ जेष्ठ २०७९, मंगलवार
तसलिमा तिम्रो कलमको शक्ति

तसलिमा तिम्रो कलमको शक्ति

३ जेष्ठ २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक