जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान कथा

पन्छी घर फर्केन

बिन्दिया सुब्बा बिन्दिया सुब्बा
प्रकाशित ९ चैत्र २०८०, शुक्रबार
कथा भित्र
0
पन्छी घर फर्केन

बगैंचाको माटो अलिकति हातमा उठाएर खेलाउँदै भन्यो एडोनले –“जया ! तिम्रो देशको माटोमा एउटा विशेष सुगन्ध छ, त्यसैले दोस्रोचोटि पनि म यो देशमा र फेरि यो सहरमा आएँ । त्यसो त म अरू निकै देशहरू पनि घुमेको छु । मेरी मम्मी भन्छिन् – पन्छी फेरि उड्न लाग्यो । एडोन, मलाई तिम्रो सुर्ता लागिरहन्छ, फर्केर चाँडै आउनू । तिमी मसँगै नभए पनि देशभित्र नै छौ भने मेरो छेउमा छौ भनेजस्तो लाग्छ ।”

राम्ररी बुझ्न सकिने ध्वनि र उच्चारणमा अङ्ग्रेजी बोल्थ्यो एडोन । बेलाबेला यसरी आमाको कुरा गथ्र्याे, तर बाबुको कुरा ठ्याम्मै नगर्ने । उसले यसो गर्दा आमाबाबु छुट्टिएका पो हुन् कि भनेजस्तो पनि लाग्थ्यो । तर धेरै कुरा खुलेर नभन्ने, कोट्याएर सोध्ने बानी मेरो होइन । एउटा शिष्ट स्वभावको विदेशी युवक थियो ऊ । शिरमा हातले मुसारेर माया गरूँजस्तो कोमल पनि । ऊ र ममा को जेठो हो, बुझ्न मलाई नै गाह्रो भए पनि एकदिन त्यसै भनेकी थिएँ – अझै नगीचको आफन्त हुनलाई हामी यता दाजुभाइ, दिदीबहिनीको सम्बन्धमा बाँधिन्छौं । एडोन, के तिमी मलाई दिदी भन्न रुचाउँछौ ?”

“मलाई इन्डियाको सांस्कृतिक धरोहरसँगै, भावनात्मक मूल्यबोधका पनि जानकारी छ । तर के फरक पर्छ र जया, दिदी बहिनी भन्दा या नभन्दा । या के लाभ छ तिमीसँग नगीच भइदिँदा ? म अलिक दिनपछि फुर्र …. उडेर अन्त कतैतिर पुग्छु । के थाहा फेरि हाम्रो भेट हुन्छ या हुँदैन ?” सुनेर एक प्रकारको विषादले भरिएको थियो मेरो मन । भारतीय संस्कृतिमाथि शोध गर्ने इच्छा छ भन्थ्यो । त्यसैले विशेष दिल्ली र भारतका धेरै सहरहरू घुमेको थियो उसले, यस सन्दर्भमा बैंगलोर दोस्रोचोटि थियो ऊ आएको ।

प्रथमचोटि आउँदा त दुई हप्ताजति मात्र बसेको थियो ऊ । यहाँ त्यही होटलमा बसेको थियो जहाँ म कार्यरत थिएँ, एवं आजसम्म छु । कलकत्तामा होटेल म्यानेजमेन्ट कोर्स गरेर यो हरियो सहर बैंगलोरमा भर्खरै आएकी थिएँ म एडोन आएको बेला । एडोन बिहानै खाइपिई होटलबाट निस्कन्थ्यो र सारा दिन कता हराएर राति मात्र फर्कन्थ्यो । थोरै बोल्ने हुँदाहुँदै पनि निकै कुराकानी भएथ्यो ऊ र मबीच । बैंगलोरबाट गएपछि थाहा छैन ऊ आफ्नो देश फक्र्यो या फेरि अन्तै कतातिर लाग्यो ।

तीन वर्षपछि ऊ पुन: आयो यो सहरमा । आएर मसँग भेट्ने इच्छा लिएर होटलमा आयो । तर यसचोटि निकै परिवर्तन देखेँ एडोनमा । उमेरको परिपक्वतासँगै गम्भीरताले गहिरोसँग जरा हालेको थियो उसको व्यक्तित्वमा, केही दुब्लाएको पनि । भन्थ्यो –“शोधकार्य त छँदैछ तर यसचोटि यो ग्रीन सिटीमा म योगाभ्यासको निम्ति आएको हुँ । शान्ति खोज्न र शान्तिसँग बसेर आत्मचिन्तन गर्न आएको हुँ ।” यसचोटि होटलमा दुई–तीन दिन मात्र बसेर सहरको एकान्त इलाकाको एउटा भवनमा दुईकोठे सानो फ्ल्याट किरायामा लिएर बसेको थियो । प्राय: तीनचार महिनादेखि बस्दैथ्यो ऊ । होटलमा दायित्वपूर्ण रातसाँझको व्यस्ततापछि केही घुमफिर पनि गरेँ मैले । मैसूरतर्फ घुम्न जाँदा अचानक बसमा एडोन पनि त्यतै गइरहेको पाउँदा उससँग एक दिनका निम्ति सामिप्यको अवसर पनि जुर्‍यो । तर एउटा स्थिर स्वभावको व्यवहार थियो उसको मप्रति । उत्ताउलो पनि होइन, अरुचिकर पनि होइन । ‘जया’ भनेर उसलाई मलाई आसक्ति र अनासक्तिबीच एउटा ठिक्कको सान्निध्यभावमा व्यवहार गथ्र्यो ।

पुरुषसुलभ सुन्दर युवक एडोन खुबै शान्त र भद्र पनि थियो । तर यसचोटि पनि ऊ एक्लै आयो ऊ हाम्रो देशमा । जिस्क्याएर भनेँ –“एडोन, तिमी अब पनि कुनै सँगीविना एक्लै आउँछौ भने जस्तो लागेको थिएन ।”

ऊ केवल हाँस्यो, कुम उचालेर खै कुन्नि भनेजस्तै गरेर । कुरा घुमाएर भन्यो बरु –“तिम्रो देश बडो शान्तिमय छ जया ! अझ यो बैंगलोर सहर शीतल पनि छ । यहाँ तिमी छौ, त्यसैले लन्डनमा बस्दा पनि इन्डियामा मेरो कोही आफन्त छ भनेजस्तो लागिरहन्छ मलाई ।”

निकै दिन भेट नहुँदा फोन गरेँ । एडोनले म घरमै छु भनेपछि एक दिन उसको किरायाको घरमा गएँ । ऊ बिछ्यौनामा बसेर ल्यापटपमा के–के कुराहरू भरिरहेको थियो । खाना बाहिरै खान्छ ऊ, केवल एउटा हिटरमा चिया–कफी बनाउँछ । मलाई कफी बनाएर दियो । यसचोटि ऊ बिरामीजस्तो देखिन्थ्यो । लाग्यो दुईचार दिनदेखि बाहिरसम्म निस्केको छैन ऊ । फेरि यो पनि लाग्यो कि कुनै योगाभ्यास होइन, कुनै शोधकार्य होइन तर यसचोटि भारतमा निरुद्देश्य आएको छ एडोन । कतैबाट केवल पलायन हुनलाई आएको छ । तर के सोधूँ म उसलाई ? सम्बन्धलाई गम्भीरतासँग लिनु उसको वृत्ति नै होइन । एडोनलाई एउटा मान्छेका रूपमा, आफ्नो पनि देशभित्रकै यो परदेशमा एडोनलाई एउटा साथीका रूपमा स्वीकार गरेर एउटा भावनात्मक आकाश ओढेँ मैले, र सट्टामा उसको भलो चिताएँ । तर कतै कुनै पीडाबोधको बादलभित्र छ यसचोटि उसको अनुहार । फेरि गितारमा एउटा राम्रो धूनसँग गीत गाएर सुनायो । अघिअघि पनि यसै गरी सुनाएको छ मलाई । एडोनको प्रवृत्ति र जीवनशैली हेरेर अर्थ बुझाइवरी मैले एउटा हिन्दी गीत सिकाइदिएकी थिएँ –पन्छी, नदियाँ, पवन के झोकेँ, कोई सरहद न इन्हें रोके… । जानी–नजानी हाँसउठ्दो पाराले गाउँथ्यो उसले र म हाँसेको देखेर ऊ पनि हाँस्थ्यो । तर आज भने उसकै एउटा अङ्ग्रेजी गीत गायो, गाइसकेर तर उसको अनुहारमा त्यो विषादको रङ्ग अरू गाढा भएको अनुभव गरेँ मैले ।

तर के थाहा मलाई एडोनको अनुहारको विषाद यति त्रासदीमय हो भनेर ! एक हप्तापछि त्यो विषादले झरी बनेर, प्रबल आँधीबेरी बनेर सक्दो भिजाइदियो मलाई, बेस्सरी हल्लाइदियो । सुनेँ एडोनले त्यही किरायाको घरभित्र आत्मदाह गर्‍यो । आफ्नो मुलुकदेखि टाढा अर्कै मुलुकमा एउटा गुमनाम मृत्यु रोज्यो उसले । अवाक् र स्तब्ध म । अहो ! कुन दु:ख लिएर आफ्नो देश छोेडेको थियो यसचोटि उसले ? पुलिस आयो, धेरै सोधखोज र छानबिनपछि पोस्टमार्टम भयो । सबै औपचारिकताहरू पूरा भए र उसको शवलाई उसकै देशतर्फ लगियो ।

बैंगलोर लालबागमा यो दु:ख भुल्न या दु:ख बल्झाउन एक्लै गएँ म, किनकि केही दिनअघि मात्र एउटा बिदाको दिनमा एडोनसँग घुम्न आएकी थिएँ म । आज एक्लै एक ठाउँमा बसेर फूलहरूबीच फूलजस्तै अनुहार भएको उसलाई याद गरेँ । जीवनलाई न अति आशावादी, न निराशावादी, तर एउटा सन्तुलित ढङ्गमा उसले जिउन चाहन्छ भन्ने धारणा थियो मेरो । न अति नगीच, न अति टाढा एउटा ठिक्कको ठाउँमा थियो ऊ मेरा निम्ति पनि । तर मैले भने सायद कुनै–कुनै मनको अवस्थामा चाहेँ पनि कि अरू केही नगीच पाऊँ म एडोनलाई । एउटा प्रतिबद्धताको सीमासम्म पाऊँ । घरदेखि टाढा यो शिष्ट युवकसँगको सम्पर्कले निकै खुसीजस्तो पनि दिएको थियो मलाई, चाहे त्यो थोरै दिनका निम्ति किन नहोस् । तर समय–समयमा बिरामीजस्तो हुन थालेको थियो एडोन । एक दिन फोनमा सोधेँ –“बिरामी छौ ?” उसले अलिअलि भन्यो । फेरि उदास छौ ? भन्दा छोटो तर भिजेको वाक्यमा भनेको थियो –“मलाई अचेल व्यर्थै दु:ख लागिरहन्छ जया !”

सहज सम्झेर सहजसँग नै भनेँ मैले –“आमाको याद आयो होला, यताको काम चाँडै सकेर लन्डन फर्क, तर भारतलाई पनि बेलाबेलामा सम्झिनू है एडोन । भारत भनेर आफूलाई पनि सङ्केत गरेकी थिएँ मैले । तर सम्झिनु मात्र त के भारतमा नै जीवनको अन्तिम श्वास लियो उसले ।

लालबागको सुन्दर प्रकृतिबीच एक्लै बसेर यतै कतै विलीन भएर गएको एडोनलाई असाध्य सम्झिरहेछु । आफ्नो जीवनलाई ईश्वरको सर्वोत्तम उपहार सम्झन्छौं हामी । आत्महत्या गर्नु यस सन्दर्भमा एउटा पाप । कति तिरस्कार र वितृष्णा हो ! यो जीवनप्रति । जिउनुको अर्थै नदेखेर यसलाई नष्ट गरिदिनु र बाँच्न अस्वीकार गर्नु सृष्टिविरुद्ध कत्रो विद्रोह हो ! कत्रो अपमान हो आफ्नै जीवनप्रति ! तर अनुभव गरेको अनुसार र विचार गर्दा भने एडोनको व्यवहार जीवनविमुख थिएन, अश्रद्धामय थिएन, किनकि आत्मदाहजस्तो विरोधी कार्यवाहीमा पनि उसले तर अत्यन्त सावधानी, सकारात्मक शैली र इमानदारीसाथ यसको प्रक्रिया निर्वाह गरेको थियो । आफ्नो कारणले कोही अप्ठ्यारोमा नपरोस् । यति सुन्दर विचार, यति निर्मल मन र फेरि जीवनविरुद्ध यो निर्णय ! कसरी भयो ऊ यति निरूपाय र विकल्पहीन ? भवनमालिक पनि भन्थ्यो – ठीक–ठीक समयमा भाडा दिन्थ्यो, एडोनबाट कुनै अनावश्यक बाधाहरू र केही गुनासाहरू नै थिएनन् । पुलिसले मलाई पनि केरकार गर्‍यो, किनकि म धेरथोर उसको साथी हुनुका साथै दुई लहर पत्र मेरो नाममा पनि छोडेको थियो उसले । तर म के बताऊँ एडोनका बारेमा ? उसलाई लिएर मभित्र पनि कति–कति प्रश्नहरू छन् । म पनि उत्तर चाहन्छु यी प्रश्नहरूको ।

सुनेँ, उसको मृत्यु भएको बिहान धेरै ढिलोसम्म उसको कुनै चालचुल नहुँदा घरमालिकको मनमा शङ्का भयो । बाहिरबाट ढोका ढक्ढकाउँदा पनि कुनै उत्तर छैन । भित्रबाट ढोका तर यस्तो प्रकारले अल्झाएको मात्र थियो कि खोल्नलाई धेरै बल प्रयोग गर्नुपरेन । तर जब खोलियो तब हतप्रभ र आश्चर्यचकित भए उनी पनि ।

घरभित्रै अग्लो झ्यालको ग्रीलमा डोरी लगाएर एडोन झुन्डिएको थियो, कहिले प्राणपखेरु उडिसकेको । चाहेको भए त्यो चूडान्त घडीमा जीवनप्रति फर्किन सक्ने थियो ऊ । पलङमाथि राखिएका चारवटा पत्रहरू, उसको पासपोर्ट, भिसा, ल्यापटप, केही आवश्यक कागजपत्रहरू र कुनामा उसको एक्लोपनको साथी त्यो गितार । पत्रहरूमध्ये एउटा घरमालिकलाई – म स्वेच्छाले मर्दैछु, मलाई यति दिनसम्म यत्नसँग राख्नुभयो, मलाई क्षमा गर्नु भनेर । अर्काे एउटा बन्द पत्र लन्डनमा उसकी आमालाई र अर्को त्यस्तै बन्द भारत सरकार र नगर प्रशासनलाई । अझै एउटा पत्र ‘जया’ भनेर फोन नम्बरसहित मेरो नाममा, जो मलाई दिइयो । त्यहीँनेर खोलेर हेर्नुपर्‍यो मैले । केवल तीन लहर अङ्ग्रेजी सुन्दर हस्ताक्षरमा :

“जया, मलाई क्षमा गर्नू । केही भनिनँ भनेर सोच्छ्यौ होली, तर मेरी प्यारी साथी ! मेरो परदेश र तिम्रो देशमा मेरो मृत्युको कारण खासै म आफै पनि जान्दिनँ । तर मलाई दु:ख लागिरहन्छ अचेल । इन्डियामा तिमीले मलाई जति दिन साथ दियौ, मेरो जीवनका सुन्दर पलहरू थिए ती, जसका निम्ति तिमीलाई अशेष धन्यवाद । अलबिदा ! – एडोन ।”

पत्र पढिसक्दा आँसुले भिजेकी थिएँ म ।
मर्नुअघि एडोनले यो बिरानो मुलुकमा आवश्यक कार्यवाहीमा कुनै असुविधा नहोस् भनेर हरकुराको व्यवस्थाको चेष्टा गरिदिएको थियो । भारतीय निकै रुपियाँ र केही विदेशी डलरहरू पनि छोडिदिएको थियो ।

उसको सिह्रानीछेउ निद्राका निम्ति सेवन गरिने ट्याबलेटका खाली फाइलहरू थिए । दुईवटा पत्रहरूलाई ठीक ठाउँमा पुर्‍याइदिन अनुरोध जनाएको थियो प्रशासनसमक्ष । सबैभन्दा हृदयविदारक र अभागी एडोनप्रति त्यसै श्रद्धा जाग्ने दृश्य थियो – ढोका खोल्नासाथै भित्र पस्नअघि सेतो पलङ्गच्यादरको पर्दा लगाएर त्यस पर्दामा कागतमा लेखेर अल्झाइदिएको थियो – कल द अथरिटी, आई हेभ कमिटेड सुसाइड, डोन्ट गो इन् । डोन्ट टच एनिथिङ बिफोर द अथरिटी कम ।

मन उदास छ, साह्रै उदास छ । एडोनकी आमालाई सम्झेर पनि बेस्सरी रुन मन लागिरहेछ मलाई ।
यसचोटि पन्छी आफ्नो देश फर्केन, घर फर्केन ।

(जुलाई २००८ मा दार्जीलिङमा आत्महत्या गर्ने विदेशी युवक इशाक लोलग्रीनलाई सप्रेम ।)

२०७६ जेठको जनमतको अक्षर बिम्बमा लेखिकाहरुवाट


अघिल्लो पोष्ट

बिहेघर

पछिल्लो पोस्ट

आत्मीयताको उज्यालोमा परशु प्रधान

बिन्दिया सुब्बा

बिन्दिया सुब्बा

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
बिहेघर
अनुवाद

बिहेघर

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
आत्मीयताको उज्यालोमा परशु प्रधान

आत्मीयताको उज्यालोमा परशु प्रधान

मोमिलाको “प्रश्नहरू त बाँकी नै रहन्छन्…”

मोमिलाको “प्रश्नहरू त बाँकी नै रहन्छन्…”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

वसन्तको बहाव

वसन्तको बहाव

२ पुष २०८१, मंगलवार
‘द योगिनी’ मा नेवा संस्कृति

‘द योगिनी’ मा नेवा संस्कृति

३ जेष्ठ २०८०, बुधबार
बहुमूल्य उपहार

बहुमूल्य उपहार

३ जेष्ठ २०८०, बुधबार
केदारनाथ प्रधानको स्मृति दिवस

केदारनाथ प्रधानको स्मृति दिवस

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक