जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

अतिरिक्त मूल्य

डा. रजनी ढकाल डा. रजनी ढकाल
प्रकाशित ९ चैत्र २०८०, शुक्रबार
निबन्ध भित्र
2
अतिरिक्त मूल्य

आमा हुनुको मूल्य कति हो ? मैल कहिल्यै मेरी आमालाई सोधेकी छैन । न अरू आमाहरूलाई नै सोधेकी छु । ती आमाहरूले अरू आमालाई पनि पक्कै सोधेका छैनन् यो प्रश्न । अनि न म आमा भएर यो मूल्यको निर्धारण गर्न सकेकी छु ।

आज ममा यस्तो प्रश्न किन आयो म आफैंलाई थाहा छैन । आमा हुनुको सोझो मूल्य, असली मूल्य आफ्नै परिचय प्राप्त गर्नु हो यति चाहिँ मलाई थाहा छ । नारी हुनुको गौरवबोध गर्नु हो यो पनि मलाई थाहा छ । भन्ने नै हो भने मनभरि अरू कुराहरू पनि भरिएर आउन थालेका छन् ।

आमा हुनुको मूल्य नारीको प्राकृतिक अधिकार प्राप्त गर्नु हो । आमा हुनुको मूल्य मूल्यहीन मायामा भरिनु हो । अनुभूतिको श्रावणमा रूझिरहनु हो । मायाको सहस्र भेलमा आफूलाई बगाइरहनु हो । चोटमा नदुख्नु हो, अभावमा पनि कुण्ठित नहुनु हो । आमा हुनुको सबैभन्दा ठूलो मूल्य आफ्नै विचारमा महान् हुनु हो । मुटु रित्याएर माया दिनु हो । आफू सिद्धिएर सन्तानलाई भर्नु हो । आफैंलाई उधारेर सन्तानलाई सिउनु हो । आमा हुनुको मूल्य पलपल पोखिएर सन्तानलाई भर्नु हो । प्रत्येक निराशाका अघिल्तिर आशाको सुनौलो प्रकाश बनेर छरिनु हो । प्रत्येक हारमा पनि जितको माला उन्न खोजिरहनु हो । मैले आमा हुनुको मूल्यमा बाँचेका प्रत्येक आमाका अनुहार र व्यवहारमा पढेको सत्य हो यो । देखेको सत्य हो र अनुभव गरेको सत्य हो । सन्तानले दिएका चोटलाई पनि मायालु अनुभूतिमा अनुवाद गर्नु हो । हो, मैले आमा हुनुको मूल्य यही बुझेकी छु ।

आमा भएर कसरी भन्न मिल्छ मैले – मेरो बुढ्यौलीको कारण तँ होस् । कसरी भन्न सक्छु मैले मेरा सम्पूर्ण ऊर्जाहरूको उपयोगकर्ता तँ होस् । कसरी आरोप लगाउन सक्छु मैले मेरो कुरूपताको कारण तँ होस् । प्रत्येक सन्तानहरू आमाका प्रतिरूपमा लयबद्ध भूमिकामा देखिरहेछु । अहँ मैले केही भन्न सक्दिनँ त्यस्ता आरोपहरू जसलाई अरूहरू भन्ने गर्छन् – आमाको रूप बिग्रिन्छ सन्तान जन्मिएपछि ! कसरी बिग्रिन्छ हँ रूप आमाको ! आमा हुनको लागि म जसरी तयार भएँ त्यो रूपका लागि पनि भागेदार त मै हुँ नि ! त्यो रूपको चाहना म आफैंबाट त पलाएको हो । म जन्मिन्छु आफ्नै रूपहरूसँग पटक पटक भनें म किन नगरूँ त्यस्तो सिर्जना । आमा हुनु बहुरूपी सिर्जनाहरूमा पटक पटक बाँच्नु हो । आफैलाई धेरै रूपहरूमा बाँड्न मनपर्छ आमाहरूलाई । छोराछोरीका रूपहरूमा । पटकपटक बाँडिन्छन् आमाहरू । जति बाँडिन्छन् विश्वासको एक ढिक्का भएर बाँच्छन् आमाहरू ।

हो, प्रत्येक सिर्जना मौलिक भएर पनि मेरै रूपमा छ । प्रत्येक सिर्जना म भएर पनि पृथक छ ! आमासँग बाहेक अरू कोसँग छ हँ यो शक्ति ? कस्तो हुँदो हो यो संसार आमा नभएको भए ? संसार हुँदो हो र ? कसरी हुन्थ्यो र ?

म आमा, म नारी, म सृष्टि र म आफैं सिर्जना ! तिमी कसरी अवमूल्यन गर्न सक्छौ मलाई ? सायद गर्न कोसिस गर्‍यौ र त जन्मायौ इब्सेन भएर नोराहरू । सायद अवमूल्यन गर्‍यौ र त जन्मायौ कोइराला भएर इन्द्रमायाहरू, त्यसैले त जन्मायौ रिमाल भएर युवतीहरू । अब ओरियाना फलासीहरू नजन्मिएको बच्चाको नाममा, पारिजातहरू नजन्माएको छोराको नाममा आमाका हज्जारांै रूप लिएर आमा बन्न तयार छन् । तयार छन् यो सृष्टिको गिर्दो मूल्यलाई उठाउन । तिमीले अवमूल्यन गरेर के गर्छौ ? तिमी आफ्नै अस्तित्वलाई मेटाउन खोज्दै छौ । आमालाई अवमूल्य गर्नु आफैंलाई हराउनु होइन र ?

पुरूष ! तिमीले अपहरण गरी बलात्कार गर्दै टुक्रा टुक्रा छरेका युवतीका लाशहरू पुर्जीवित भएर उम्रिरहेछन् यो सृष्टि थाम्न । सोच, गहिरिएर सोच अब आमाहरू अतिरिक्त मूल्य चाहँदैनन् तर आफ्नै मूल्यमा अपमानित भएर बाँच्न पनि सक्दैनन् । मैले देखाएको सहनशीलता तिमीलाई अपराधको आधार हो भने नारी रणचण्डी पनि त हो । तिमीले कहिल्यै महसुस गरेका छौ ? किन बोल्दैनौ ? कि आज तिमीलाई आफ्नै आमाले हुर्काएको शरीरले पोलिरहेछ ? कि आज तिमीलाई आफ्नै आमाले दिएको रगतले खेदिरहेछ । भन आमाको रगत नसाभरि बगाएर त्यसलाई कसरी बलात्कारको विषमा बदल्न सक्यौ तिमीले ? तिम्रो मांशल देहमा परेको मेरो वात्सल्यपूर्ण पालन पोषणलाई, संस्कारलाई कहाँ मिल्कायौ ? तिमीभित्र रहेकी तिम्री आमालाई कुन नजरले हेर्छौ अब तिमी ?

जीवनको कुन कुरूपतामा बदलियौ तिमी ? म आमा भएर पनि भन्न सक्दिनँ । म कल्पना गर्न सक्दिनँ मेरो सन्तानले आमालाई चिथोरेको, टुक्रा टुक्रा पारेको तिम्रो त्यो रूप । मैले त्यसका लागि तिमीलाई कहिल्यै जन्म दिएकी होइन । जन्माउनु मेरो महानता, जन्मलाई सदुपयोग नगर्नु तिम्रो संकुचितता, अज्ञानता, शठता, मूर्खता, राक्षसीवृत्त… । तिमीलाई मैले मानवको रूपमा जन्म दिएँ तर तिमी ? तिमीलाई जन्माउनुको एकलौटी प्राकृतिक अधिकार मसँग सुरक्षित छ भने यति भन्ने अधिकार पनि पाएकी छु । तिमी अलग्ग मान्छे भएँ भनी घमण्ड नगर कुनै दिन तिम्री आमा तिम्रो अस्तित्वको कठघरामा उभिन सक्छे । तिम्रो मूल्यमा प्रश्न चिन्ह लगाउन सक्छे ।

मैले कामको अतिरिक्त मूल्य खोजेकी छैन ! न बुहारी बनेर न छोरी बनेर, न पत्नी बनेर न दिदी बहिनी बनेर । भूमिकाको आफ्नै स्थान ससम्मान स्वीकार्य छ मलाई तर मेरो प्राकृतिक रूपसँग र भूमिकासँग कसैको गुनासो नभएसम्म । कसैको अचेटखानी र अर्घेल्याइँ नरहेसम्म । म पत्नी भएरै लेखक बन्न सक्छु, म आमा भएरै शिक्षक बन्न सक्छु, म बुहारी भएरै देशको अनुशासित कर्मचारी पनि बन्न सक्छु तर मेरो भूमिकामा कसैको अनावश्यक दबाव सहनँ सक्दिनँ । म बच्चाका सम्पूर्ण जिम्मेवारी पूरा गरेर पनि एउटा गतिलो नागरिक बन्न सक्छु तर मेरो स्वतन्त्रता तिमीले खोस्न पाउने छैनौ । मैले यहाँ अतिरिक्त मूल्य खोजेकी होइन तिम्रो असमान व्यवहारलाई मात्र रोक्न खोजेकी ।

तिमी जेका लागि बाँचेका छौ म पनि त्यसैका लागि । एक मुठी सास, एक धर्सो मुस्कान र एक अञ्जुलि माया अनि एक ढिस्को आदर ! बस यति भए पुग्छ मलाई यस संसारमा तर तिमीले हिंडेका ठाउँका अतिरिक्त पाइला नचोपलेका ठाउँमा पनि मैले इच्छाएका पाइलाहरू पुग्न पाउनु पर्छ, तिमीले सोच्न नजानेका कुराहरू मैले सोच्दा तिम्रो कदर पाउनु पर्छ, मैले गरेका हरेक राम्रा काममा तिम्रो सकारात्मक मुस्कान पाउनु पर्छ । तिम्रा पाइलाहरूलाई मैले सफलताको शुभकामना दिन्छु सायद त्यसैको प्रतिफलन हो यो मेरो अपेक्षा, अतिरिक्त मूल्य होइन । म कहिल्यै अतिरिक्त मूल्य चाहने व्यक्ति होइन, तिम्रा जस्तै भावना, अनुभूति, अनुभव र शारीरिक मूल्य भएको मानव हुँ, तिमीले दिएको अतिरिक्त मूल्यले मलाई कुनै ठाउँमा पुर्‍याउँदैन बरू सहकार्यका हातहरूमा तिम्रो मायालु स्नेह सधैं चाहेकी हुँ । तिम्रो तेत्तिस प्रतिशत मायामा मात्र सीमित नगर मलाई । पूरा मान्छे हुँ, सग्लो मान्छे तिमी जस्तै । तिमी शतप्रतिशत हौ भने म पनि शतप्रतिशत । तिमी पचास हौ भने म पनि पचास । हामी दुवैका पाइलाहरू समान छन्, माया गर्ने मुटु समान छन्, हेर्ने आँखा र सोच्ने मस्तिष्क समान छन् । म न अतिरिक्त मूल्य चाहन्छु न तिमी भन्दा कम मूल्याङ्कित हुन ।

कति काममा पाएका स्याबासीहरू लिन्छु तर आफ्नै मूल्यका हुन् कि होइन् टोलाइरहन्छु । मैले किन पाएँ ती मूल्यहरू ? म आफ्नै लागि त थिएँ नि ती कामहरूमा ! आफ्नै आवश्यकताका लागि गरेका मेरा कामहरूले किन अतिरिक्त मूल्य पाउनु पर्‍यो ? हो म आफ्नै आवश्यकताको लागि पढाउन जान्छु । काम गर्नु आफ्नै आवश्यकताको कारण त हो । फेरि मेरो पुनर्मूल्याङ्कन किन जरूरी छ ? तर विद्यार्थीहरू मसँग आएपछि विद्यार्थीमा मात्रै सीमित रहन्नन् । केही बढी नै भइदिन्छन् । मेरो मायाको मूल्याङ्कन गर्न थाल्छन् । मेरो कर्मको अर्को सत्यले मलाई पर्गेल्न थाल्छन् । मलाई त्यतिबेला आफैंसँग लाज लाग्छ । जब मैले मेरो लागि काम गरेकी हुँ भने ती मलाई किन यति मूल्य दिन खोजिरहेछन् । के हो यसको अर्थ ? कि कुनै काममा कसैले अतिरिक्त मूल्य नदिंदा के हुन्छ ? म अतिरिक्त मूल्यले किचिन्छु । जे गर्छु त्यसको बढी मूल्यले मूल्याङ्कित हुने सपना मैले कहिल्यै देखिनँ तर मानिसहरू देख्छन् भने म के गर्न सक्छु ? काममा आशा र विश्वासहरू जोडिँदै जाने हो भने जीवन कति रमाइलो लाग्दो हो सबैलाई ! यही खुशी नै पो हो कि जीवनको अतिरिक्त मूल्य ? यदि हो भने यस्तो मूल्य मलाई स्वीकार्य छ ।

मैले अतिरिक्त मूल्यका लागि कहिल्यै काम गरिनँ । जे गरें त्यही मूल्यका लागि मात्रै, जुन कामका लागि म तोकिएँ । तर कुनै पनि कामको मूल्य कति हो ? मैले कहिल्यै यसको मूल्य तोक्न भनें जानिनँ । मलाई कुनै पनि भूमिकाको अतिरिक्त मूल्य चाहिन्नँ ।


अघिल्लो पोष्ट

मोमिलाको “प्रश्नहरू त बाँकी नै रहन्छन्…”

पछिल्लो पोस्ट

जोशी रिसर्च इन्ष्टिच्यूटबाट दुवाल र श्रेष्ठ सम्मानित हुने

डा. रजनी ढकाल

डा. रजनी ढकाल

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
झिँगाको थोप्ले विष्ठा
निबन्ध

झिँगाको थोप्ले विष्ठा

७ श्रावण २०८०, आईतवार
पछिल्लो पोष्ट
जोशी रिसर्च इन्ष्टिच्यूटबाट दुवाल र श्रेष्ठ सम्मानित हुने

जोशी रिसर्च इन्ष्टिच्यूटबाट दुवाल र श्रेष्ठ सम्मानित हुने

कविडाँडा राष्ट्रिय नाटक विमर्श सम्पन्न

कविडाँडा राष्ट्रिय नाटक विमर्श सम्पन्न

प्रतिक्रिया 2

  1. मिसन अधिकारी says:
    4 years ago

    आहा ! सुन्दर !! यति सुन्दर आलेखका लागि हार्दिक बधाई मेडम !

    Reply
    • सिर्जना दुवाल says:
      4 years ago

      thanku

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सम्झनाको वर्षात्मा भिजेको मन

सम्झनाको वर्षात्मा भिजेको मन

३ जेष्ठ २०७९, मंगलवार
छुटेको पाठ

छुटेको पाठ

३ जेष्ठ २०७९, मंगलवार
सङ्कल्प

सङ्कल्प

३ जेष्ठ २०७९, मंगलवार
कवि साकार र पराजुली सम्मानित हुने

कवि साकार र पराजुली सम्मानित हुने

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक