अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले आफ्नो १३ औँ अधिवेशन तथा ६७ औँ नियमित साहित्य शृङ्खला गर्ने भएको छ । हरेक दुई वर्षमा गरिँदै आएको अधिवेशन डिसेम्बर १० तारिख आइतवार गरिने भएको हो । अधिवेशनले आगामी दुई वर्षको लागि नयाँ नेतृत्वमा कार्यसमिति चयन गर्नेछ ।
टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा स्थानीय समयअनुसार बिहान १२ः३० बजेबाट आरम्भ हुनेछ । उक्त कार्यक्रममा टोकियोवरिपरि रहने सम्पूर्ण साहित्यप्रेमीहरूलाई उपस्थितिका लागि समाजले अनुरोधसमेत गरेकाे छ।