जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

दुखद दसैँ भनौँ या सुखद दसैँ

सावित्री गिरी सावित्री गिरी
प्रकाशित १ कार्तिक २०८०, बुधबार
सँस्मरण भित्र
0
दुखद दसैँ भनौँ या सुखद दसैँ

दसैँ भन्ने बित्तिकै हरेक नेपालीको घरघरमा खुसीयाली हर्षोल्लास छाएको हुन्छ तर मेरो लागि भने दशैले जिन्दगीमा हलचल ल्याएको छ ।२०५२ साल अर्थात् विवाह भएको पहिलो दसैँ नै मेरा लागि भयानक बनेर आयो त्यसपछिका दसैँ खासै रमाइला भएको सम्झना छैन ।धेरै वर्षका दसैँ त प्रवासमा नै बितेँ जब आफू नेपाल आएँ तब नानीहरू उच्च शिक्षा अध्यनका क्रममा प्रदेशमा छन् ।एउटी आमालाई छोराछोरी बिनाको दसैँ खल्लो नै हुन्छ त्यसो त सबै चार्ड वार्ड नरमाइलो लाग्ने भने होइन म धेरै भाइहरू भएको मान्छे तिहार भने अति रमाइलो लाग्छ ।माइतमा तिहार जस्तो रमाइलो दसैँ नलाग्दो रहेछ । टीकाको दिन जे जस्तो भए पनि घरमा टीका लगाएर बेलुका स-परिवार भ्याइ न् भ्याइ माइतीमा टीका लाउन पुग्नु पर्दा बरु रमाइलो लाग्थ्यो तर घर परिवार भताभुङ्ग भएका छोरीलाई माइत मै बसेर बिहान आफ्ना बुवाआमाको हातको टीका थाप्न पाउँदा पनि खासै खुसी नलागेको अनुभव विगत ३ \ ४ वर्षको नेपाल बसाइँमा गरेँ त्यसैले दसैँ कसरी टारौँ लाग्छ ।परारको दसैँमा नवदुर्गामा वैष्णव देवी दर्शन गर्ने ग्रुप सँग इन्डिया तिर बिताइयो ।पोहोर दसैँ थिएन अब यहाँ दशैको विशेष सम्झना लेख्न भनिएको छ मैले विवाह पछिको त्यो पहिलो दशैको बारेमा लेखौँ या नानीहरू सँग कास्की कोटमा टीका लगाएर घरमा टीका लगाउन जाँदाको दशैको बारेमा लेखौँ नानीहरू उच्च शिक्षा अध्यनमा गएपछि मैले २०७६ को दसैँ माइतीघरमा नै मनाएँ।

आमाबुवा भाई बुहारी भतिजा भतिजी भएको असाध्यै ठुलो , खुसी , रमाइलो परिवार छ हाम्रो सबैले मलाई हिरिक्कै माया गर्नुहुन्छ ।म पनि कहिल्यै माइतीमा छु भन्ने अनुभूति गर्दिन बुवा इन्डिया आर्मीको सुबेदार दसैँमा खसी च्याङ्ग्रा सिङ्गै ढाल्नुहुन्छ २/३ महिनाको पेन्सन दसैँमा निकालेर खसी किन्ने छोराबुहारी छोरी नातिनातिना सबैलाई देशै भाग नयाँ लुगा किन्ने पैसा बाँड्नु हुन्छ ।त्यसो त विवाह अघिका दसैँ रमाइला हुने गर्थे बुवाले इन्डियाबाट नयाँ लुगा ल्याइदिने आफूले छुट्टी नपाउँदा नयाँ लुगा मरमसला मिठाई पठाइदिने मसला , मिठाई छिमेकीमा बाँड्न कम्ता खुसी लाग्दैनथ्यो ! म २०५२ सालको दसैँ तिर लागे जुन दसैँ मेरो कर्म घरमा पहिलो दसैँ थियो। हामी पोखराको नयाँ बजारमा बस्थ्यौँ जागिर पेसा भएकाले घरमा चार्ड वार्डमा मात्र जाने गरिन्थ्यो ।म फूलपातीको अघिल्लो दिन घर गएँ घरमा लगभग लिपपोत सकिएको थियो ।

 म विवाह लगत्तै दुई जिउकी भएकीले घरमा मेरो भद्रो हेरेर बस्ने कुरा पनि भएन नन्दले घर चिटिक्क पारिसक्नु भएको थियो ।ढुङ्गाको छानो रातो माटो र कमेराले पोतेको कम्ता राम्रो देखिएको थिएन त्यो घर । मैले बाहिरको काम खासै गर्ने पर्दैनथ्यो एक डोको घाँस काट्ने र भान्छामा खाना पकाउने गर्थेँ दशैको मासु काट्ने , सुकाउने , पकाउने जिम्मा मेरो हुन्थ्यो ।फूलपातीको दिन खाना खाएर सबैले एक डोको घाँस काट्ने कुरा भएकोले नन्द र म घर देखि ८/१० मिनेट लाग्ने खेतको कान्लामा घाँस काट्न जाने भयौँ ।ससुराले बुनेको खाङ्ग्रे डोको बोकेर हामी गयौँ जाँदा बाटोमा सासू आमा घा सको भारी लिएर आउनु भएको रहिछ बाटोमा भेटियो ।म पात्ला तिर बाख्रालाई स्याउला लिन जान्छु तिमीहरू आएर खाजा बनाउनु है सावित्रा भन्नु भयो अनि हामी नन्द भाउजू झरेऊ १२/१ बजेको चर्को घाम धान पसाएको खेतको कान्लामा दशैको लागि साँचेर राखेको छिप्पिएको खरको झापा भएको घाँस काट्दै झापा घाँस डोको माथि मुठो डाउन राखेर मसिनो घाँस डोकोमा हालेर खादै गएँ ! डोको भोरिन एक अँगालो घाँस काट्न पर्ने थियो म अर्को अग्लो घाँस भएको कफल्लोमा उक्ले अलिकति घाँस कट्दै गएँ अनि खरको झापो काटेर मुठीमा लिएर राख्न लाउँदा त चर्को घाममा सानो सर्प पो घाँसमा लिपिलिपी गरेको रहेछ मेरो सातो गयो खरको झापो तल फालेर चिच्याउँदै कान्लोबाट खेतमा हाम्फाल्न पुगेछु ।सात महिनाको गर्व ठुली छोरी पेटमा थिई म चिच्याएको सुनेर पल्लो कान्लामा घाँस काट्दै गरेकी नन्द के भयो भन्दै हाम्फाल्दै आइपुग्नु भयो ।मेरो घाँस समेलेर मुठा पार्न डोको भर्नी काम गर्नु भयो म सितलो बान्दोमा बसे मन डराइरहेको , ज्यान कामी रहेको थियो ।भयो अब जाम भाउजू हजुरलाई गाह्रो भयो घाँस पुग्यो तपाईँ डोको मात्र बोक्नुस् मुठो म चढाउँछु भनेर घाँस बोकेर हामी घर उक्ल्यौ अनि घाँस गोठमा बिसाएर स्यानी आसी नाम्लो लिएर आउनु है भनेर म धारामा हात खुट्टा धोएर तिर्खाले हानिँदै भान्छामा मोही सारेर खान पसेँ ठेकीको मोही सारेर पिउँदापिउँदै भान्साको भुँमा नै बिल्डिङको भयो बल्ल सात महिना लागेको थियो सायद अघि हाल्दाहाल्दै बच्चालाई असर पुगेछ क्यार लौ बरबाद भयो मलाई नराम्रो लाग्यो अनि स्यानी भनेर चिच्याएँ नन्द के भयो भन्दै आउनु भयो ।आमालाई बोलाउनु त मलाई त खुन भयो अनि स्यानीले उता घटी मूल तिर पुग्नु भएको आमालाई बोलाउनु भयो सासू आमा दौडँदै आउनु भयो त्यतिन्जेल खुन धेरै बगेको थियो म भान्छा मै थिएँ ।सासू आमा त लौ बरबाद भयो बजार कि केटी मेरो गाउँको छोरालाई किन दिएँ भन्ने लागेको त हो नि मास पारेले फसाएँ मेरो छोरालाई लौन अब कसरी मुख देखाउन् होला छरछिमेकले थाहा पाएँ के भन्लान् महिना पुगेको होला नि , आर्काको पेट होला नि हे भगवान् ! भनेर रुन पो थाल्नु भयो ।मलाई खुब दुख लाग्यो ।
ससुरा घाँस काटेर आउनु भयो यहाँ बुहारीको ज्यान जान लाइसक्यो तँलाई इज्जतको पिर भनेर पामे सम्म झार्न पर्‍यो भनेर मान्छे बोलाउनु जानु भयो गाउँमा हल्ला मच्चियो तल्लो घरे हजुरआमा आउनु भयो ढाड खाएको छ कि छैन नानी , पेट दुखेको छ कि छैन  ? नानी भनेर सोध्नु भयो छैन हजुर आमा भनेँ ।रगत मात्र बगेको थियो मलाई ढाड खाने, पेट दुख्ने केही भएको थिएन अनि हजुर आमाले आतिनु पर्दैन नानी मेरो ठुली छोरी पेटमा हुँदा यस्तै भएको थियो यस्ता बच्चा असाध्यै भाग्यमानी हुन्छन् भन्नु भयो , त्यसै गरी ढुङ्गे घर गोलामे आमाले पनि मेरो ठुलो छोरो कृष्ण पेटमा हुँदा यस्तै भएको थियो केही हुन्न नानी यो सिंन्दुरमा बसेको गर्व यस्तै हुन्छ अरे भन्नु भयो ।त्यति बेला सम्म मेरो खुन बग्न आफै रोकियो ससुरा बुवाले मलाई डोलामा बोकेर पामेसम्म लैजाने मान्छे बोलाइसक्नु भएछ म भने भान्छा भरी भएको खुन बाल्टीमा सोसेर धारामा नुहाउन , घुन गएँ । नुहाएर आएपछि हलुङ्गो महसुस भएको थियो मलाई गाह्रो अनुभव भएन अनि म आफै झर्न सक्छु पामेबाट गाडी मा जाउला भनेपछि सबै आ-आफ्नै घर जानु भयो हामी नन्द भाउजू पामे झरेर फोन गरेर पद्मा नर्सिङ होममा टिकट लिन लगाएर पामेबाट बस पाइएन हिँड्दै गयो हल्लनेचोक बाट बस चढेर पद्मा नर्सिङ होममा डाक्टर शान्ता जोशीको टिकट लिएर कुरेका श्रीमान् सँग भेटेर भित्र चेक अपमा गयौ ।डाक्टरले कसैलाई यस्तो हुन्छ यसको कुनै औषधि हुँदैन खुन धेरै गयो भने अप्रेसन गरेर बच्चा निकालेर आमा बचाउने मात्र हो एउटा भिडियो एक्स-रे गरियो अरू टेस्ट नि भएँ। डाक्टरले रेस्ट गर्नि ब्लिडिंग भयो भने तुरुन्त हस्पिटल आउनु अहिले बच्चा ठीकै छ डाक्टर हरू छुट्टीमा हुनुहुन्छ फेरि बिल्डिङ भयो भने कुनै पनि बेला गण्डकी हस्पिटलको इमर्जेन्सीमा लैजानु नत्र दसैँ पछि यही आउनु के गर्नु पर्छ म गरौला कसै कसैलाई यस्तो हुन्छ आत्तिनु पर्दैन भनेर पठाउनु अनि अष्टमीको दिन घर गयो सबै कुरा नर्मल नै भयो नवमीको दिन कान्छा ससुराको पन्च वली पूजा थियो कान्छी नन्द र म बाहेक सबै जना पूजाको डोली लिएर कोटमा जानु भएको थियो कास्की कोटमा पन्च वली दिँदा इस्ट्रमित्र निम्तेर बाजागाजा सहित फूलको डोली लैजाने चलन छ र सबैले उतै भोज खाएर आउने भएकाले म भान्छामा कान्छी नन्द र मलाई खाना पकाउन लाएँ मासु ओइरिँदै थिएँ  बिल्डिङ भयो नन्द आत्तिनु भयो  ।माथिल्लो घर , तल्लो घर सबै पन्च वली पूजामा जानु भएको थियो खुन धेरै गएपछि  मलाई चक्कर आयो  ।उ बेला मोबाइल थिएन लस्काई खबर गर्ने मलाई यो कस्तो दसैँ आयो मरिन्छ कि जस्तो लाग्यो ।बिस्तारै बिल्डिङ रोकिँदै गएपछि नानीले पाकेको काँक्राको पानी र ग्लुकोज दिनु भयो त्यो खाएपछि थोरै राहत महसुस गरेँ ।

अब भोलिको दसैँ छ आमाले थाहा पाए सी चिन्ता लिनुहोला उता थाहा दिएनौ घरमा सबै आत्तिनु भयो मैले नि कमजोर अनुभव गरेँ खासमा बच्चा चल्न छोडेकोले मनमा डर लागेको थियो ।सबैको भोलि टीका लगाएर उतैबाट हस्पिटल जानी फेरि खुन भयो भने तुरुन्त इमर्जेन्सीमा लैजा नि कुरा भयो म टीका लाउन गाउँ तिर जान नसक्ने भनेर सबैले घरमा नै आएर टीका लाइदिनु भयो अनि पामे सम्म बिस्तारै झरेर पामेबाट ट्याक्सी लिएर माइतीमा गयौँ उता पनि सबै जना घरमा नै आएर टीका लगाइदिनु भयो सबै।म भने टीका लगाइन्जेल अडिने अवस्थामा पनि थिइन ।दशैको बेला डाक्टरहरू छुट्टीमा टीकाको पर्सिपल्ट हामी पद्मा नर्सिङ होममा नै डाक्टर शान्ता जोशी सँग गयौँ डाक्टरले खुन कमी भइसक्यो तुरुन्त अप्रेसन गर्ने बच्चा निकाल्ने आमालाई रगत पनि दिन पर्ने हुन्छ भन्ने सल्लाह  दिनु भयो ।मैले डाक्टर सँग मेरो बच्चा जिउँदो छ भने मलाई महिना पुग्न दिनुस् डाक्टर विवाह पछि लगतै बच्चा रहेकोले मेरो परिवारले नराम्रो लाञ्छना लगाउनु भएको छ ।त्यसैले म बच्चा महिना पुराएर पाउन चाहन्छु ।फेरि पनि बिल्डिङ भयो भने बरु अप्रेसन गरौँला भनेर अनुरोध गरेँ ।मेरो मन्जुरी नभएकोले त्यो दिन अप्रेसन थ्रेटर बाट फिर्ता पठाइएँ। २/४ दिन पछि बच्चा पनि पेटमा चल्न थाल्यो मङ्सिर २४ गते डाक्टरले दिएको डेटमा नै घरमा सकुशल नानी जन्माएँ ।अहिले त्यही छोरी मेरो जीवनको सहारा भएकी छ ।दसैँ नपरेको भए सायद मेरो अप्रेसन गरिन्थ्यो होला सात महिनाको भ्रूण त्यो पनि आमाको कमजोर हालत महिना नपुगी कसरी बचाउन कहाँ सकिन्थ्यो होला र? 


Tags: सावित्री गिरी
अघिल्लो पोष्ट

प्रणय पुष्प

पछिल्लो पोस्ट

इतिहासकार चित्तरञ्जन नेपालीको निधन

सावित्री गिरी

सावित्री गिरी

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
इतिहासकार चित्तरञ्जन नेपालीको निधन

इतिहासकार चित्तरञ्जन नेपालीको निधन

दसैँ मेरो प्रिय चाड 

दसैँ मेरो प्रिय चाड 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

हर्ष श्याम्बो

हर्ष श्याम्बो

६ जेष्ठ २०७८, बिहीबार
रामकुमार पाँडेलाई हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान २०७७

रामकुमार पाँडेलाई हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान २०७७

६ जेष्ठ २०८०, शनिबार
‘ओ पेङ्दोर्जे’ लाई ४ लाख राशिको पहिचान पुरस्कार

‘ओ पेङ्दोर्जे’ लाई ४ लाख राशिको पहिचान पुरस्कार

५ पुष २०८१, शुक्रबार
नेपाली कवितामा उत्तर आधुनिकतावाद : एक दृष्टि

नेपाली कवितामा उत्तर आधुनिकतावाद : एक दृष्टि

६ जेष्ठ २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक