जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

दसैँ मेरो प्रिय चाड 

इल्या भट्टराई इल्या भट्टराई
प्रकाशित ३० आश्विन २०८०, मंगलवार
सँस्मरण भित्र
0
दसैँ मेरो प्रिय चाड 

नेपालीहरुको दुई ठुला चाडहरू छन् दसैँ र तिहार । यी दुई चाडहरूको बारेमा सोध्दा धेरै जनालाई तिहारको चाड मन पर्छ भनेको सुनेकी छु । तिहारको पाँच दिनको भित्र पनि लक्ष्मीपूजा र भाइटिका दुई ठुला पर्वहरू छन् । दीप प्रज्वलनको साथै विभिन्न पटकाहरू पड्काएर रमाइलो गर्ने । देउसी भैलो खेलेर रमाइलो गर्ने । घरमा अनेक थरीका मिठाईहरू पाक्ने । मिठो मिठो खाने भएर पनि होला तिहारको रौनक बेग्लै नै हुन्छ । त्यही भएर तिहार धेरैजसोको रोज्जाको चाड हुन्छ होला । 
तर मेरोलागि बाल्यकालदेखि नै दसैँ सधैं मुख्य र प्रिय चाड रहँदै आयो । बाल्यकालका दशैंका तिनै मधुर सम्झनाले मलाई अहिले पनि दसैँ प्रिय लाग्छ । आनन्दमयी लाग्छ ।
 भर्खर वर्षा सकिएर उज्याला र चहकिला बनेका ती दिनहरूमा काठमाडौँको आकाश विभिन्न आकार प्रकार र रगंका चंगाहरुले रङ्गिएको हुन्थ्यो । मेरा चारै जना दाजुहरू चङ्गा उडाउन सौखिन । त्यतिले नपुगेर हाम्रा फूपुका छोराहरू, दाजुहरूका साथीहरू सबै जना मिलेर हाम्रो कौसीबाट, घरअगाडिको सडकमा उभिएर चङ्गा उडाउनु हुन्थ्यो । त्यो माहौलै अर्कै हुन्थ्यो । त्यो चङ्गा उडाउने रमझम र उत्साहबाट म कहाँ जोगिन्थेँ र । मलाई पनि चङ्गा उडाउन असाध्यै मनपथ्र्यो । तर दाजु नै दाजुहरू भएको ठाउँमा म फुच्चीले चङ्गा उडाउन कहाँ पाउनु । त्यही उत्साह र उमङ्गको बिचमा आइपुग्थ्यो सम्मोहक दसैँ ।

एक त स्कुल जाने बालबालिकालाई दसैँ यसै रमाइलो लाग्ने नै भयो । पन्ध्र दिनको बिदा पाइन्थ्यो । त्यसमाथि दसैँ भनेपछि नयाँ लुगा र नयाँ जुत्ता लगाउने चाड । 
त्यतिखेर अहिलेकोजस्तो न त बाबुआमाको आर्थिक स्थिति बलियो हुने बेला थियो । न त जतिखेर पनि नयाँ लुगा हाल्ने सोचाई थियो । वर्षै दिनको लागि यही दसैँ कै अवसरमा नयाँ लुगा सिलाइन्थ्यो । ती मध्ये सके एउटा लुगा मात्रै बाहिर जान मिल्ने राम्रो लुगा हुन्थ्यो । हाम्रो लुगै कति हुन्थ्यो र , उही दुई, चार जोर त हो नि । 
हुन त मेरो कुरा अलि अर्कै थियो । आमा र दाजुहरूसहित हामी प्रत्येक मीन पचासको बिदामा मामाघर पिपरा र कलैया जाने गर्थ्यौ । हामी त्यहाँ पुगेपछि हाम्री हजुरआमाले थानै कपडा किन्न पठाएर घर भरिका परिवारजनका लागि घर मै दर्जी राखेर लुगा सिलाउन लगाउनु हुन्थ्यो । हामी केटीहरूलाई त्यही कपडाको फ्रक, आमाहरूलाई त्यसको ब्लाउज, केटाहरूलाई त्यसैको कमिज अनि हाम्रो हजुर बुवालाई त्यसको बण्डी । यसरी मामाघर गएपछि त्यहाँ लगाउनका लागि दुई, तीन जोर त्यस्ता लुगा पाइन्थ्यो । 

त्यही बिचमा वीरगन्जमा बस्नुहुने माइला र कान्छा काकाकहाँ पनि बारम्बार गइरहिन्थ्यो । त्यहाँ गएपछि रक्सौल नजाने कुरै भएन । रक्सौलमा मामुले दुई, तीन वटा रेडिमेड फ्रकहरू र तिघ्रामा इलास्टिक भएको लामो कट्टु पनि किनिदिने गर्नु हुन्थ्यो । यसरी दसैँ कै बेलामा भने मलाई एउटा मात्र फ्रक सिलाइदिनु हुन्थ्यो । 
दसैँको त्यो फ्रक अलि महँगो र निकै राम्रो हुने गर्दथ्यो । त्यति बेला सूचिकार दिदीहरूलाई लुगा सिलाउनेको ओइरो लाग्थ्यो । उहाँहरूले आफू कहाँ सिउनका लागि आएका कपडाहरू फर्काउन हुन्नथ्यो । तर सबैलाई बेलैमा लुगा सिएर दिन उहाँहरूलाई निकै गाह«ो हुने गथ्र्यो । आफूले दसैँको दिन नयाँ लुगा लगाउन नपाउँला भनेर मैले अगिल्लो साँझ रात परुन्जेल पनि सुजिकार दिदी कै अगाडि बसेर आफ्नो लुगा कुरेर भए पनि सिलाउन लगाएको सम्झनामा ताजै छ । 

पछि लगभग आठ वर्षको उमेरदेखि टेवहालमा हुनु भएकी नीलादी कहाँ लुगा सिलाउन दिन थाल्यौँ । काठमाडौँमा पुरुषहरूका लुगा सिलाउने प्रख्यात “जुजुभाइ टेलर्स”की अविवाहित दिदी नीलादी एकदम स्टाइलिश खालको लुगा सिलाइदिनु हुन्थ्यो । त्यही भएर साथीभाइको बिचमा मेरा फ्रकहरू नयाँ डिजाइनका हुन्थे ।  
दसैँ कै मौकामा हामीहरूका लागि नयाँ जुत्ता पनि किनिन्थ्यो । त्यतिखेर न्यूरोडमा रहेको “बाटा”को जुत्ता पसलबाट हामीलाई नयाँ जुत्ता किनिदिनु हुन्थ्यो । दसैँ लागेपछि बाटाको पसलभित्र थुप्रै बेलुनहरू फुकेर झुन्ड्याइएको हुन्थ्यो । म बेलुन भनेपछि भुतुक्कै हुने । त्यो पसल यत्तिकै राम्रो लाग्ने भई नै हाल्यो । अनि बाटाको जुत्ता लगाउन पाउनु पनि ठुलै कुरा हुन्थ्यो । कहिलेकाहीँ जुत्ता किन्न ढिला भएर सप्तमी, अष्टमी वा कहिलेकाहीँ त नवमीको दिनमा पनि किनिएको थियो । त्यो बेलामा यसपालि दसैँमा नयाँ जुत्ता लगाउन नपाइएला भनेर त्राहिमाम् भएकी थिएँ । तर धन्य नवमीको दिन जुत्ता बोकेर घर आउँदा लागेको आनन्द र सन्तोषको बयानै गर्न सक्दिनँ ।

बाटाको पसलमा जुत्ता किन्नुको शानै बेग्लै हुन्थ्यो । पसलमा हामी केटाकेटीलाई पनि महत्त्व दिएर कुर्सीमा राखेर खुट्टाको नापो लिँदै जुत्ता ल्याएर लगाइदिन्थे त्यहाँका कर्मचारीहरूले । आहा त्योजस्तो आनन्ददायी अनुभव के नै होला र । जुत्ता किनेपछि चार,पाँच जोर मोजा पनि किनिदिनुहुन्थ्यो । घर लगेर त्यो जुत्ता र मोजा अनि लुगा बारम्बार सुमसुम्याउँदाको आनन्द अहिले के पाउँदा पाइएला र । ती नयाँ लुगाको र जुत्ताको बास्ना कति आनन्ददायी थियो भने आजका महँगा अत्तरहरूले पनि सके त्यो बास्ना र मनको परितृप्तिलाई जित्न सक्दैन । टीकाको दिन नभई ती लुगा, जुत्ता र मोजा लगान पाइन्नथ्यो । तर लुगा र जुत्ता घरमा ल्याएदेखि नै दिन मै कैंयौंपल्ट त्यसलाई सुमसुम्याउने, तिनीहरूको बास्ना सुँघ्ने गर्थेँ ।

दसैँको अवसरमा पाउने गरेको त्यो नयाँ लुगा र जुत्ताको उल्लास फेरि तिहारमा कहाँ पाइन्थ्यो र ।
नौरथा लागेदेखि नै बिहान बिहान उठेर फुपूहरू र दिदीहरूसँग विभिन्न देवी थानहरूको दर्शन गर्न जाँदा अति नै रमाइलो र आनन्ददायी लाग्थ्यो । म बालिका हुँदा रत्नपार्कको न्यूरोड अगाडिको सडकको पेटी र बारको बिचको खालि भागमा प्रशस्त फूल लगाएको हुन्थ्यो । त्यतिखेर फुलेको पहेँलो सयपत्रीको फूलले वातावरण चहकिलो मात्रै बनाउँथेन, वातावरणमा त्यसको बास्ना पनि मगमग पैmलिएको हुन्थ्यो । त्यो बगैंचा न्यूरोड गेटदेखि भद्रकाली मन्दिरसम्म थियो । 

दसैँ फेरि आफ्नो मान्छेहरूसँग भेट्ने चाड पनि हो । हाम्रो पहिलो टीका नै गैह«धारामा स्थित हाम्रो मूल घरमा हुने गर्दथ्यो । दीक्षितहरूको निकै ठुलो परिवार । निकै धेरै चहलपहल । त्यहाँ बारम्बार भेटिई नरहने मेरा पिताजीका काकाका नातिनीहरुसंग भेट्दा र खेल्दा फेरि अर्कै रमाइलो । म मिलनसार थिएँ । सबैसँग मिल्थेँ । त्यहिभएर कहिलेकाहिँ मात्र भेटिने ती दिदीबहिनीहरु संग पनि भेटेर खेल्न मलाई रमाइलो लाग्थ्यो । त्यहाँ भेटिनुहुने मेरा काका काकीहरुले पनि मलाई मन पराउनु हुन्थ्यो । माया गर्नुहुन्थ्यो । टीका लाउने क्रममा छोरी मान्छे भएको हुँदा सबैले दक्षिणा दिने गर्नुहुन्थ्यो । मसँग धेरै पैसा हुन्थ्यो । त्यतिखेर मभन्दा लगभग तीन वर्ष जेठो मेरो कान्छा दाजुसङ पैसा हुँदैनथ्यो । अनि उसले मलाई फकाउँथ्यो । मेरो हात माथि हुन्थ्यो । त्यो पनि मेरोलागि निकै ठुलो महत्वको कुरो हुने गर्दथ्यो । 
ठुलो घरमा टीका सकाएर जेरी,पुरी र आलुको अचार खान पनि निकै रमाइलो लाग्थ्यो ।
त्यसपछि हामी पिताजीको गण बहालमा हुनुभएको काकाको घरमा जान्थ्यौँ । त्यहाँ पनि नयाँ लुगा, नयाँ जुत्ता, टीका लाएर पाएको दक्षिणा अनि मिठो मिठो खानेकुरा र सबै जनाको सुन्दर र आत्मीय व्यवहार । 

यसरी बालकै भए पनि दसैँमा म धनी हुन्थेँ । हातभरि भएको पैसाले आनो साथीजस्तो दाजुको अघिल्तिर मेरो मानभाउ बढेको हुन्थ्यो ।
यिनै सबै कारणले गर्दा दसैँ मलाई अत्यन्त प्रिय लाग्छ । विवाहपछिका दसैँहरू पनि त्यस्तै रमाइला, उत्साहजनक र सबैसँग भेटघाट हुने चाडको रूपमा नै मलाई प्रिय भइरह्यो । यद्यपि भेटघाट हुने नाता र परिवार बदलिएका थिए । त्यसमा घरतिरका परिवारको बाहुल्य बढी हुन्थ्यो ।
२०७३ सालको साउन महिनामा मेरो श्रीमान् श्री दीपक भट्टराईज्यूमा फोक्सोको क्यान्सर देखियो । त्यसको उपचारको लागि हामी दिल्लीमा स्थित राजीव गान्धी क्यान्सर अस्पताल पुगेको थिच्यौ । त्यहीँ एउटा अपार्टमेन्ट लिएर उहाँको किमो थेरापीको उपचार गराएका थियौँ । हतारमा दिल्ली पुगेदेखि नै हामी त्यहीँ थियौँ । दुई कोर्स किमोको सफलतापूर्वक उपचार भइसकेको थियो । तेस्रो किमो दिएपछि “दसैँ मान्न तिमीहरू केही दिनका लागि काठमाडौँ जान सक्छौ” भनेर हाम्रा डाक्टरले भनेका थिए । झन्डै तिन महिनापछि काठमाडौँ जान पाउने उत्साहले हामी दुवै जनालाई छोपेको थियो । 
सप्तमीको दिन तेस्रो कोर्सको किमोको तेस्रो डोज दिएर नवमीको दिन हामी काठमाडौँ पुग्यौँ । घरमा जमरा राख्ने काम र दिनदिनै आएर पूजा गर्ने काम गुरुले गरिदिनु भएको रहेछ ।

दसैँ सधैँ झैँ उत्साह बोकेर आएको थियो । तर यसपालि दीपकज्यूलाई टीका लगाउन मनाही थियो । घडामा गोबर टाँसेर त्यसमा जौ छरेर जमरा उमार्ने अनि भुईँमा बालुवा हालेर त्यसमा जौ छरेर जमरा उमार्ने प्रक्रियामा ढुसी उब्जिने संभावन प्रचुर मात्रामा हुने गर्छ । क्यान्सर रोगको लागि ढुसी सबैभन्दा खतरनाक कुरो हो । क्यान्सरका रोगीले ढुसीबाट बच्नपर्छ । त्यही भएर त्यो वर्ष सकेसम्म हामी सबैले टीका लगाए पनि दीपकज्यूनिर जाँदा टीका पुछिहाल्ने, जमरा लगाए पनि उहाँनिर जाँदा जमरा निकाल्ने र सकेसम्म एकदमका नजिकका आफन्तबाहेक अरूसँग टीका नगलाउने भन्ने निधो गरियो ।
दशमीको दिन देवीको पूजा सिद्ध्याएर गुरुले अभिषेक लिन सबै जनालाई बोलाउनु भयो । गुरुको हातबाट अभिषेक लिँदा खल्लो लाग्यो । २०४३ सालको दसैँदेखि नै यो काम दीपकज्यूले नै गर्दै आउनुभएको थियो । हामीसँग टीका लगाउनका लागि देवरहरूका परिवारहरू आइसक्नु भएको थियो । उहाँहरूलाई बैठक मै राखेर सबैजनासंग पहिले नै सल्लाह भएअनुसार म मात्रै माथि कोठामा दीपकज्यूसँग टीका लगाउन गएँ । खालि अबिरको मात्रै टीका उहाँले लगाइदिनुभयो । टीका लगाउने बेलामा हामी दुवै जना भक्कानियौँ । सम्पूर्ण परिवार हुँदाहुँदै पनि उहाँसँग म एक जनाले मात्र सादा अबीरको टीका लगाएँ । हामी दुवै जनालाई अति नै नरमाइलो लाग्यो । समयले कस्तो कस्तो भोग्ने पार्दिरहेछ ।

पछि सबैजनासंग टीका लगाउने क्रममा दीपकज्यू हुँदाहुँदै पनि जीवनमा पहिलोपल्ट उहाँ परिवारजनसङको दसैँको टीकामा संगै हुन पाउनुभएन भन्ने खिन्नताले मेरो आँखाबाट अविरल आँसु बगिरह्यो । वातावरण सारै खल्लो भयो । सबैको मन गह्रुगो भयो ।हाम्रो त्यो वर्षको दसैँ साहै नै उदास र खल्लो भयो । आमा,बुवा र पिताजीहरूसँग प्रफुल्ल मनले मनाएकोजस्तो दसैँ त अहिले छैन । तर पनि आना तीन जना सन्तानहरूका साथको दसैँ मलाई अहिले पनि उत्तिकै उल्लासमयी र आनन्ददायी लाग्छ । यो बेला वर्ष दिन भरि भेट्न नपाइएका आफन्तजनहरु संगको भेटघाटले जीवनमा एउटा ऊर्जा थपेको झैं लाग्छ । मनमा उत्साह जगाउँछ ।
मलाई बालककालदेखि लागेको बानीले पो हो कि दसैँको अवसरमा सकेसम्म नयाँ लुगा लगाउन मन लाग्छ । नयाँ लुगाको जोहो भएन भने भित्री वस्त्र भए पनि म नयाँ लुगाचाहिँ लगाउँछु । 
मलाई बालककालदेखि लागेको बानीले पो हो कि दसैँको अवसरमा सकेसम्म नयाँ लुगा लगाउन मन लाग्छ । नयाँ लुगाको जोहो भएन भने भित्री वस्त्र भए पनि म नयाँ लुगाचाहिँ लगाउँछु । 


Tags: दसैँ
अघिल्लो पोष्ट

इतिहासकार चित्तरञ्जन नेपालीको निधन

पछिल्लो पोस्ट

कवियत्री बाबा बस्नेतले भीरहरु र सल्लो र रामसाइला कविता बाचन

इल्या भट्टराई

इल्या भट्टराई

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
कवियत्री बाबा बस्नेतले भीरहरु र सल्लो र रामसाइला कविता बाचन

कवियत्री बाबा बस्नेतले भीरहरु र सल्लो र रामसाइला कविता बाचन

तिम्रो  याद आएको एक बिहान

तिम्रो याद आएको एक बिहान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्की सम्मानित

श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्की सम्मानित

५ जेष्ठ २०८१, शनिबार
बुकर पुरस्कार जितेको ‘रेत समाधि’

बुकर पुरस्कार जितेको ‘रेत समाधि’

४ जेष्ठ २०७९, बुधबार
दुर्गादेवीलाई गोधूलि विशेष पुरस्कार–२०७९

दुर्गादेवीलाई गोधूलि विशेष पुरस्कार–२०७९

४ जेष्ठ २०७९, बुधबार
जंगबहादुरले शुरु गरेको नानिचा: या:

जंगबहादुरले शुरु गरेको नानिचा: या:

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक