अगुवा कमरेड सँग
काँधमा काँध मिलाएर
नेपाली क्रन्तिको समरमा होमिएर
अहिले पाको उमेरमा बाँचेका
कमरेड हर्ष श्याम्बो
बेस्सरी खुसि भए
हँसिया र हथौडाले
दुई तिहाई बहुमत पाएको देखेर ।
उस्को एउटै ईच्छा छ
कमरेडहरुलाई भेटेर
खुसि ब्यक्त गर्ने
स्याबासि दिने ।
तर त्यो ईच्छा
कसैले सुनेन
कसैले बुझेन ।
हुने खाने चैते छयापराहरुले
घेरिएका छन
छेकिएका छन
सरकारी कमरेडहरु
उस्लाई चिन्दैनन
भेटन दिँदैनन ।
चेतनाको बिरुवा रोप्ने
ति पाका मालीलाई
उहिलेका कुरा खुईलिए भन्छन ।
सुने नसुने गर्छन ।
देखे नदेखे गर्छन ।
यो सब देखेर
बिचरा हर्ष श्याम्बो
छक्क परेर बस्छन
जिल्ल परेर हेर्छन ।