वरिष्ठ हास्यव्यङ्ग्य लेखक तथा साहित्यकार रामकुमार पाँडेलाई हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान २०७७ वाट बनेपामा प्रमुख अतिथि नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा.डा. अभि सुवेदीले सम्मान गरिएको थियो । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्याकाशको बाक्लो उपस्थिति थियो । जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको सो सम्मान रामकुमार पाँडेलाई हास्यव्यङ्ग्य साहित्यका शिखर पुरुष, बाल साहित्य/हाइकुको सैद्धान्तिक व्याख्याकार र साहित्य लेखनमा सक्रिय व्यक्तित्वका रूपमा स्थापित भएर साहित्यिक योगदान, सेवा पुर्याए बापत सम्मानित गरिएको हो ।