फेरी डायरीको पाना बिचको
सुकिसकेको रातो गुलाफ
सुस्तरी मुसार्छु
यसका हरेक पंखुडीहरु
अझै पनि कोमल लाग्छन
येस्मा अझै पनि
उही न्यानो माया गासिएको छ
उही आत्मीयता टासिएको छ
परागका हरेक कण कणहरुमा
आसिम बास्ना अझै तारो ताजा छ
हाम्रो पहिलो भेटमा
मेरा यौवनका तलाउ छल्काउदै
तरंग लहराउन सफल
प्रणयका काप्दा हातले दिएको
अनी उस्तै हातले लिएको
सुकीसकेको यो रातो गुलाफमा
अझै तिमि नै छौ मात्र तिमी
मात्र तिम्रो माया छ
मन्द मन्द सुबासमय
मेरो तन भरि मगमगाई रहेछ
त्यसैले मेरो मन
तिमीसंग अर्को गुलाफ माग्दैन
मात्र एउटा कठोर विश्वास
आज फेरी मनमा जगाई देउ
ब्याकुल छु सुन्न तिमी
आउ
आएर कानमा सुस्तरी भने देउ
तिमि मेरो भ्यालेंटाईन हुन्छौ भनेर
हरेक जन्मको लागि
म तेतिमै यो प्राण
तिमीमा समर्पित गरिदिन्छु
जन्म जन्मान्तरर्को पर्खाईमा
तिमीलाई मेरो भ्यालेंटाईन स्विकार गर्दै