निरोज कट्टेलद्वारा लिखित पुस्तक ‘२०२८’ शनिवार काठमाण्डौमा विमोचन गरिएको छ । २०२८ सालको झापा बिद्रोहको अन्र्तबस्तुका बारेमा खोजमुलक रुपमा तयार पारिएको पुस्तक बेला प्रकाशनले बजारमा ल्याएको छ ।
कट्टेलको पहिलो पुस्तकका रुपमा प्रकासित ‘२०२८’ को शनिवार एक कार्यक्रमका बिच पत्रकार सुधिर शर्मा, राजनितिज्ञ घनश्याम भुषाल, मानुसी यामी र लेखक कट्टेलले संयुक्त रुपमा काठमाण्डौस्थीत मण्डला थिएटरमा विमोचन गरेका थिए ।
कार्यक्रममा पत्रकार शर्मा, राजनितिज्ञ भुषाल र यामीले पुस्तकका बारेमा चर्चा गरेका थिए । ३०४ पेजको पुस्तक ‘२०२८’ ले तत्कालिन बेला झापामा किसान आन्दोलनका नाममा भएको कम्युनिष्टहरुको बिद्रोहको बारेमा जानकारी खोज्नेहरुको लागि उपयुक्त पुस्तक हुन् ।