याे कोलाहल भीड भाड परमा एकान्त खोजीगरेँ
चीसाे एक बिहानकाे सुपलमा झाेला उचाली चलेँ
नौलाे प्रेम कथा कथी हृदयकाे उद्यानमा पुष्प ले
खाजा सामल जाेह भाे जल लिई हौसी खुरुक्कै चलेँ
गाडी गूडुडुडू चल्याे शिखरमा घुम्ती घुमेकाे कति
पाखा भीर गुँरासले ढकमकै रातै सजाई अति
लालीमा तरुमा छिरी छिरबिरे बुट्टा बनेका निकै
सज्दै पालुङकाे छटा नयनमा गम्दै सँगाले बरै
हेटौंडा हटिया हुँदै बडकुले पुग्दा छ थुम्काे अहा!
प्यारो लाग्छ मलाइ ता वनलता सौर्न्दर्य खानी हुँदा
थुम्काे सुन्दर अहाे !सुनहला ठण्डा छहारी तल
गाना गुन्जनकाे मिठास सुरिलो उद्यान गुन्जी कन
चौतर्फी सुनसान मौन वनमा आनन्द वर्षा झरी
देखिन्थे वनका बुट्यान तपमा मौनी तपस्वी सरी
नाना रङ्ग बिरङ्ग प्राकृत छटा कस्ताे विचित्रै कला
ताँतीझैँ लहरा बुटा र तरुमा बज्छन् हजारौं गला
सुन्दा त्यो सुनसानमा सुरसिलाे सङ्गीतकाे सुस्वर
कालीदास लुकीछिपी सृजनमा बाेल्छन् कथा सुन्दर ।
वाेकेकाे छ रहस्यकाे मृदु कथा अालाेक संसारमा
स्वर्गै तुल्य तपस्थली विपिनकाे रङ्गीन अानन्दमा
पाएँ दृश्य सुरम्य यै अवनिमा यो स्वच्छ नीलाे तल
टक्कै नेत्र टिके प्रशान्तिलयमा राेँजे तपस्या थल
खुल्नेछन् सहजै अगम्य मृदुता एकान्त याे स्वर्गमा
याे छाया तलमा सुशान्त दिलमा सज्दै प्रिए साथमा
वाँकी जीवन याे विताेस् रसिककाे झुल्की सुनौलाे कथा
नौलाे प्रीतम साथमा र मदिरा प्यूँदै नशामा हुँदा
बासन्ती मधुमासका भ्रमरझैँ डुब्दै रसाधा रमा
प्रेमानन्द सुरा बनी सजलमा बग्नेछु पग्ली यहाँ