जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

मोहनीको सम्बन्ध तिहारको लक्ष्मीपूजासम्म

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित १२ कार्तिक २०८०, आईतवार
संस्कृति भित्र
0
मोहनीको सम्बन्ध तिहारको लक्ष्मीपूजासम्म

नेवार जातिको एउटा महत्त्वपूर्ण चाड हो, मोहनी । अहिले अधिकांश नेवारहरूले नै मोहनीलाई दसैँ भन्न थालेका छन् । । नेवारहरूले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मोहनी चाड मान्ने र विभिन्न देवीदेवताको जात्रा पनि गर्दै आइरहेको पाइन्छ । १७ औँ, १८औँ शताब्दीमा ग्रीक सभ्यतामा विकसित भएर लोप भइसकेका देवदेवीका नाच उपत्यकामा देवी नाचका रूपमा सञ्चालन भइरहेको छ ।

दसैको पहिलो दिन घटस्थापना भए झैँ मोहनीको पहिलो दिन पनि घटस्थापना नै हो । घरघरमा जमरा रोपेपछि दसैँ जस्तै मोहनी पनि आरम्भ हुन्छ । दसैको जमरा रोपिसकेपछि बा“की दिनमा कुनै पनि धार्मिक कार्य गर्नु हुदैन । मोहनीमा अष्टमी, नवमी र दशमी सबैभन्दा महत्त्वपूर्ण हुन्छ । अष्टमीका दिन बेलुकी कुलकै सम्पूर्ण सदस्य एकै ठाउँ“मा बसेर भोज खाइन्छ । सम्पूर्ण कुलै एकै ठाउँ बसेर खाइने भएकाले यसलाई कुल भोज अथवा कूछिभ्वय् भनिन्छ । केराको पातमा २ माना चिउरा राखेर भोज खाइन्छ ।

कूछिभ्वय्को  दिन बिहान आफ्नो पेसासँग सम्बन्धित सम्पूर्ण ज्यावल आगम कोठामा राखिन्छ । रातभरि अनुष्ठान गरिएका ती सामग्रीलाई भोलिपल्ट अर्थात् नवमीको दिन पशु, पन्छी वा अन्डा बलि चढाई पूजा गरिन्छ । नेवारी संस्कृति अनुसार नवमीको दिन स्याक्वत्याक्व भनेर धनधान्य र अस्त्रशस्त्रको सधैँ स्थिर भएर रहन पाइयोस् भन्ने उद्देश्यले विभिन्न देवदेवीलाई कुखुरा, हाँस, बोका, राँगो बली दिइन्छ । यसका साथै गणेश र भैरवलाई पनि बली दिएर पूजा गरिन्छ । घरैपिच्छे आगममा पूजा गर्दा पनि नेवारी संस्कृतिअनुसार चामल, चिउरा, घण्ट, साँचो, पुस्तक, कुटो कोदालोका साथै आआफ्ना पेसा अनुसार सामग्री राखेर पूजा गरेर यो दिन माटोको भाँडोमा मोहनी टीका थाप्छन् । नेवारी संस्कार अनुसार मोहनी टीका थापेर तन्त्र साधना गर्ने दिन भएकोले नेवारीमा दसैलाई मोहनी भन्ने गरिएको हो । यो दिन विभिन्न कलकारखाना, कार्यालय, पसल, मेसिन र सवारी साधनलाई पनि बलि दिएर पूजा गर्ने चलन छ । आगममा पनि बलि दिने चलन छ । यो दिन वसन्तपुर दरबारमा तलेजु भवानीलाई १ सय ८ सरकारी र अन्य गरेर हजारौँ राँगा, बोका बली दिने गरिन्छ ।

 त्यसको भोलिपल्ट दशमीका दिन आगममा अनुष्ठान गरी जमरा झिकिन्छ । दसैँ मनाउनेहरूले उक्त दिन निधारमा रातो टीका लगाउँछन्। तर मोहनीमा रातो होइन, कालो टीका लगाइन्छ । त्यो कालो टीकालाई ‘मोहनी सिन्हः’ अर्थात् ‘मोहनी टीका’ भनिन्छ। नेवार जातिले मोहनीमा लगाउने मुख्य टीका नै यही हा । यो कालो टीका पनि पुरै एक रात अनुष्ठान गरी बनाइएको हुन्छ । नवमीको रातदेखि दशमीको बिहानसम्म आगम कोठामा तलतिर एउटा दियोमा बत्ती बाली त्यसको माथि माटोकै अर्को पाला राखेर बत्तीको धुवाँबाट यो टीका तयार गरिन्छ । यो टीका आगम कोठामै तयार गरिएको हुनुपर्छ । यो टीका नै वास्तवमा शक्तिको प्रतीक हो । अहिले मोहनीमा अक्षताको रातो टीका पनि लगाइन्छ तर त्यो पछि मात्रै आएको चलन हो।

मोहनीका यी अन्तिम तीन दिन लहरै मनाइन्छ । अष्टमी, नवमी र दशमीमध्ये कुनै तिथि तुत रहेको छ भने पनि मोहनीले त्यसलाई पालना गर्दैन । त्यसको गणना नगरी तीन दिनै लहरै पर्व मनाइन्छ । यस सन्दर्भमा संस्कृतविद बाबुराम प्रधान भन्छन्, मोहनीमा कूछिभ्वय्को दिन स्याक्वत्याक्व गर्न मिल्दैन, स्याक्वत्याक्वको दिन चालं अर्थात् मोहनी टिका लगाउन मिल्दैन । कहिलेकाहीँ पञ्चाङ्ग निर्णायक समितिले निकाल्ने क्यालेन्डरमा यही तीन दिनमध्ये एक दिन तिथि तुते पनि हुन्छ । तर त्यस्तो बेला पनि मोहनी पर्व तीन दिनै मनाइन्छ ।

मोहनी र दसैँ दुवै शक्तिको पूजा गर्न पर्व हो । तर, दसैमा दुर्गाको पूजा गर्नुको अर्थ शक्तिको उपासना गर्नु मात्रै हो। तर मोहनीमा शक्तिको उपासना मात्रै गरिँदैन, तान्त्रिक विधिबाट आफू वा आफूले प्रयोग गर्ने विभिन्न साधनहरूमा शक्तिको प्रत्यारोपणसमेत गरिन्छ । अर्थात् शक्तिको पूजाका साथमा शक्तिको धारणसमेत गरिन्छ । शक्तिको उपासना गरी प्राप्त भएको शक्तिलाई धारण गरी बाहिर प्रकट गर्ने एउटा अर्को परम्परा मोहनीमा छ, जसलाई ‘पायो’ निकाल्ने भनिन्छ। तान्त्रिक उपासनाबाट प्राप्त भएको शक्तिको प्रयोग गरी खराब तत्त्वको नाश गर्ने प्रतीक स्वरूप काठमाडौँका विभिन्न टोलमा खड्ग समाई ‘पायो’ निकालिन्छ । उक्त ‘पायो’ले सडकको चौबाटोमा फर्सीलाई मार हान्ने चलन छ । यो मोहनीको मौलिक परम्परा हो ।

दशमीका दिन सबेरै चोखो गरेर आगममा पूजा गरेर फूलप्रसाद झिक्छन् । फूलप्रसाद लिएर मोहनी गरिराखेको कालो टीका लगाएमा आगम देवताको देवत्व प्राप्त भएर सिद्धि पाइन्छ भन्ने मान्यता छ । थकालीले जहान परिवार सबैलाई टीका लगाई दिएर फूलप्रसाद दिने गर्छ । सबैले  देवीको प्रसाद समयवजी खाने गर्छन् ।

विजया दशमीको टीकापछि कोजाग्रत पूर्णिमासम्मै आफूभन्दा ठुलाका घरघरमा गई टीका थाप्ने चलन दसैमा छ । तर मोहनीमा त्यसरी घरघरै गएर टीका लगाउँदैनन् । जहाँ बोलाइन्छ, त्यही मात्र गइन्छ । टीका थाप्न बोलाउने कामलाई ‘नखत्या सःतेगु’ भनिन्छ । नख त्यामा भोज खुवाइन्छ । साथै मोहनीको सम्बन्ध तिहारमा मनाइने लक्ष्मीपूजासम्म जोडिएको हुन्छ  । मोहनीको स्याक्वत्याक्वका दिन बलि दिइएको एक टुक्रा मासु ‘लक्ष्मी भाग’ भनी अलग्गै छुटाइएको हुन्छ। त्यो मासुको टुक्रालाई ‘खंला’ भनिन्छ । दसैको १५ दिनपछि मनाइने लक्ष्मीपूजाका दिन त्यही ‘खंला’ चढाएर लक्ष्मीको पूजा गर्नुपर्छ । यसरी नेवार जातिले मनाउने मोहनीको सम्बन्ध तिहारको लक्ष्मीपूजासम्मै जोडिएको हुन्छ।


अघिल्लो पोष्ट

काभ्रेमा वाङ्मय पुस्तक मेला

पछिल्लो पोस्ट

घोडा

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

२० माघ २०८२, सोमबार
संस्कार पद्धतिसित जोडिएको गाईजात्रा
संस्कृति

संस्कार पद्धतिसित जोडिएको गाईजात्रा

२६ श्रावण २०८२, आईतवार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
पछिल्लो पोष्ट
घोडा

घोडा

सगरमाथाको टाकुरामा पुग्ने एडमण्ड हिलारीको गाउँ सहर

सगरमाथाको टाकुरामा पुग्ने एडमण्ड हिलारीको गाउँ सहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

छप्पन भोग माथि विलोम समीक्षा

छप्पन भोग माथि विलोम समीक्षा

२४ फाल्गुन २०८०, बिहीबार
काभ्रे बहुमुखी क्याम्पसको संस्थापन, निर्माण र प्रगतिकै सन्दर्भमा

काभ्रे बहुमुखी क्याम्पसको संस्थापन, निर्माण र प्रगतिकै सन्दर्भमा

२३ फाल्गुन २०७९, मंगलवार
‘अनिच्च’मा ८ कलाकारका कला

‘अनिच्च’मा ८ कलाकारका कला

२४ फाल्गुन २०८०, बिहीबार
बोधिसत्व खोप

बोधिसत्व खोप

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक