जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

हिन्दू

हृदयचन्द्र सिंह हृदयचन्द्र सिंह
प्रकाशित ४ कार्तिक २०७८, बिहीबार
अनुवाद भित्र
0
हिन्दू

त्यसो त हिन्दूहरू भन्ने गर्छन्, हिन्दूहरूले आफ्नो धर्मको प्रचार गर्ने चेष्टा नै गरेनन्; उनीहरू प्रचारै चाहन्नन् । प्रचार गरेर उनीहरू आफ्नो धर्मलाई बजारिया वस्तु बनाउन चाहन्नन् । भलै हिन्दूहरू प्रचार नचाहून् र प्रचारलाई उनीहरू गौरव नमानून् तर आफ्नै मानिसहरूबाटै धेरैले आफ्नो धर्म र सम्प्रदायप्रतिको आस्था धमाधम किन गुमाउँदै छन् ? यसको चिन्ता त हिन्दू गौरवीहरूलाई हुनपर्ने हो । त्यसैले के भन्न सकिन्छ भने जब हिन्दूहरूकै आफ्ना मानिसहरू आफ्नो धर्म र सम्प्रदायमा आस्था घटाउँदै छन् र समाप्त गर्दै छन् भने त्यही चीजलाई लिएर हिन्दूहरू दुनियाँँमा के पो प्रचार गर्न सक्लान् र ? म त के भन्न चाहन्छु भने हिन्दू धर्ममा, विशेषत: यसको मूर्तिवाद र वेद, पुराण स्मृतिहरूमा अँगालिएको धर्म अन्य देश र जातिहरूमा प्रचार गर्न सक्ने सम्भावना नै छैन ।

प्रचार नगर्नुको गौरव राख्दाराख्दै पनि अचेलचाहिँ हिन्दूहरू पनि आफ्नो प्रचारको लोभ गरिरहेछन् तर वेद, पुराण आदिको केही संशोधन गर्ने भगवान् बुद्धलाई हिन्दूहरूले अहिन्दू, विधर्मी, नास्तिक आदि भनेर दूधबाट झिँगा फालेभैmँ फाल्ने गल्ती गरेर समाजसुधार गर्ने स्वामी दयानन्द सरस्वती र उनीद्वारा संस्थापित आर्यसमाजप्रति पनि कति हिन्दूहरू नाक खुम्च्याउँछन् । यस्तो संस्कार भएका हिन्दूहरू आफ्नो वा हिन्दूत्वको प्रचार गर्न के सक्थे ? ह्रास हुनबाट बच्न सके मात्रै पनि उनका लागि अहोभाग्य हो किनभने हिन्दूहरू अझै पनि नयाँ जमानालाई काम लाग्ने ठान्दैनन् र लकिरको फकिर भएर नयाँ हावाबाट बचिरहनका लागि ज्यान लगाएर प्रयत्न गर्दछन् । आपसमा एकता नहुनाले नै अरबबाट थोरै मुसलमान घुसेर असङ्ख्य हिन्दूहरूमाथि शासन गरे । त्यस्तै कतिपय सामाजिक खराबी, नीचअछुतको धारणा र तिरस्कारको भावनाका कारण असङ्ख्य हिन्दू मुसलमान बने जसले गर्दा हिन्दूस्तानमा मुुसलमानको सङ्ख्या धेरै बढ्यो । फलस्वरूप आफ्नो गल्तीका कारण उनीहरूको सङ्ख्या बढ्दै गएको र उनीहरूको जनसङ्ख्याअनुसार भारतले पाकिस्तानको नाममा आफ्नो प्यारो मातृभूमिसम्मलाई बाँड्नुपर्‍यो । यदि स्वामी दयानन्द सरस्वतीले क्रान्ति गर्दै र उथलपुथल मच्चाउँदै हिन्दू समाज र यस जातिको सुरक्षा गर्दैनथे भने हिन्दूस्तानमा इसाईहरू बढेर यो देश इसाईस्तान बन्न पनि असम्भव थिएन ।

आज युरोप र एसियाका विभिन्न स्थानहरूमा उत्खनन गर्दा हिन्दूहरूका मूर्तिहरू र चिह्नहरू मिलेकाले हिन्दूहरू तीप्रति गौरवले नाक फुलाउँदै भनिरहेका छन्— प्रचारव्यवस्था नगरेर पनि हाम्रो धर्म, सभ्यता, संस्कृति विदेशहरूमा पुगेको छ । हँ, म पनि महसुुस गर्छु , यो अवश्य गौरवकै कुरा हो तर मलाई लाग्छ, यी पानाहरू हाम्रा लागि गौरव गरी नाक फुलाउनका लागि मात्र हुन्, यिनीहरूबाट अब हाम्रो केही खास काम बन्नेछैन, यीबाट त्यहाँ, जहाँ हाम्रा चिह्नहरू पाइँदै छन्, केही धाक, रवाफ एवं प्रभाव जम्न सक्दैन । खालि गौरवको कुरा गर्न र सेखी गर्नका लागि एउटा बाटो निस्केको छ, बस यति मात्र । तर म सोच्छु, विदेशमा हाम्रा धर्म र चिह्न पाउनुमा नाक फुलाउनुको अपेक्षा आज पनि हामी स्वदेशमा नै धमाधम आफ्नो सङ्ख्या घटाएर ह्रास हुँदै छौँ—यस वास्तविकतालाई देखेर हिन्दूहरूले शोक र लाज मान्नुपर्दछ र आफ्नो अस्तित्व र व्यक्तित्व बचाउनका लागि सावधान हुनुपर्दछ । हेर्नुहोस् हालै डा. अम्बेडकरले २–३ लाख उपेक्षित हिन्दूहरूलाई साथमा लिएर बौद्ध धर्म ग्रहण गरे । के यो कुरा हिन्दूहरूका लागि शोक, लज्जा र चिन्ताको विषय होइन ? आफ्नो अस्तित्वमा नै टुक्राटुक्रा भएर हिन्दूहरूलाई नोक्सानी भइरहेको छ । के त्यसको क्षतिपूर्ति विदेशहरूमा आफ्ना केही चिह्न पाउँदा हुने फाइदाबराबर मात्र हुन सक्छ र ?

आश्चर्य त विदेशका विभिन्न ठाउँहरूमा हिन्दूहरूका विभिन्न मूर्तिहरू र मन्दिरहरू पनि कसरी स्थापना भए भन्ने कुरा छ । जबकि विदेशका विधर्मी जातिहरूलाई प्राय: ‘म्लेच्छ’, ‘यवन’ आदि अपवित्र जाति ठानिन्छ र आफ्नो देशमा स्थापित मन्दिरहरूमा तिनीहरूको पाउ पर्नाले मात्र ती अपवित्र हुन्छन् एवं मूर्तिहरूलाई छुने त कुरै छाडौँ, तिनीहरूले हेरेमात्र भने पनि अपवित्र, मलिन र कलुषित हुन्छन् भन्ने ठानिन्छ । यवन र म्लेच्छहरूको रगत, मासु र हाडबाट सिञ्चित र सुगठित भएको विदेशी माटो वा जमिन, तिनीहरूको गन्ध फैलिएको आकाश र तिनीहरूले सास फेरेको हावामा हिन्दूहरूका परम पवित्र मूर्तिहरू र मन्दिरहरू कसरी स्थापित भए ? यो कुरा गज्जबकै छ । सायद पेटका लागि पेटमा जोडले सारङ्गी बज्दा र शिर फोर्दा पनि आफ्नो ठाउँमा बसेर भोकको आगो निभाउन नसकेका कारण बाध्य भएर अथवा पैसा नै जिन्दगी हो भनेर जे पनि गर्न सक्ने द्रव्यपिचास व्यापारीहरू लोभका कारण गए हुनन् केही कामधन्धा लिएर । जब आफ्नो रोजगार र आवास नै उतै गयो तब सदैव म्लेच्छहरूको संसर्गमा हुने अपवित्रतालाई मेटाउनका लागि मूर्ति र मन्दिरको स्थापना गरिएको होला किनभने आफ्नो पवित्र भूमिमा स्थापित मूर्ति र मन्दिरजस्तै शतप्रतिशत शुद्ध र पवित्र नभए पनि भगवान् हुनुको नाताले पवित्र नै हुनन् र ती आफ्नो दर्शनद्वारा यवनसंसर्गको अपवित्रता मेटिदिने सामथ्र्य राख्दा हुनन् ।
मुसलमानहरूका मस्जिदमा जान चाहे जो पनि जान सक्छ, इसाईहरूको गिर्जाघर पनि सबै जाति र धर्मका मानिसनिम्ति सदैव खुला रहन्छ, बौद्धको विहार पनि कसैनिम्ति बन्द हुँदैन तर हिन्दूको मन्दिर नै एक त्यस्तो चीज हो जसमा अन्य जाति र धर्मीहरूका लागि सदैव ढोका बन्द रहन्छ । त्यो खुल्छ भने मात्र हिन्दूहरूका लागि ।हिन्दूहरूमा पनि सवर्ण भनिने पक्का हिन्दूका लागि मात्र । हिन्दूहरू आपूmलाई एक विशेष जाति, महान् व्यक्तित्व र परम पवित्र सम्झन्छन् एवं अरुहरूबाट टाढै रहने प्रयत्न गर्छन् । त्यसैले हिन्दूत्वलाई अलग्गै र टाढैबाट चिन्न सकियोस् भनेर हिन्दू जातिले प्रत्येक हिन्दूलाई आफ्नो केही निसान लगाउने व्यवस्था गरेको छ र यी चिह्न लगाउनु उनीहरूका लागि अनिवार्य नै छ । शिरमा टुप्पी, काँधमा जनै, निधारमा तिलक आदि हिन्दूत्वका खास चिह्न हुन् । जाति र धर्मका यस्ता खास चिह्न अनिवार्यरूपमा लगाउने परम्परा र बाध्यता संसारका अन्य जातिहरूमा सायदै होला ।

हिन्दूत्वका चिह्नहरू
जहाँसम्म अन्य गैरजातिहरूप्रति तिरस्कार र घृणाको भावना नराख्नका लागि हुन्थ्यो भने यस्ता टुप्पी, जनै, तिलक आदि हजार चिह्न राख्दा पनि कुनै आपत्ति थिएन, कसैलाई टाउको पनि दुख्दैन । यी सबै चिह्नहरूलाई संसारले हिन्दूहरूको आफ्नो झन्डा वा ब्रान्ड आदिको छाप सम्झनेछ । मान्छेहरूका आआफ्ना विशेष रुचि हुन्छन्, अत: यी चिह्नहरूलाई पनि हिन्दू जातिको एक सामूहिक रुचि ठानिनेछ । तर उनीहरू बडप्पनको बाटोमा लागेर ती कुराहरूलाई खोक्रो गर्व र साम्प्रदायिक बनाउँदै छन्; यस्तै देखिन्छ । यो कुरा स्वाभाविक पनि हो किनभने हिन्दूहरूभित्रै हेर्नुहोस्, जनै लगाउनेहरू आपूmलाई कति ठूला सम्झन्छन् र जनै देखाईदेखाईकन त्यसको बडप्पनद्वारा जनैरहित शूद्रहरूलाई दबाउने प्रयत्न गर्दछन् । यो बडप्पनको चीज हुनाले यसलाई धारण गर्नासाथ वा धारण गर्नाले मात्र मान्छेहरूको टाउकोमा अहङ्कार चढ्दछ । त्यसैले गौतम बुद्धले मान्छेहरूलाई बडप्पनमा धकेलेर अन्धो बनाउने चिह्नहरू, संस्कारहरू, रीतिरिवाजहरू र कर्मकाण्डहरू आदि सबै यस्ता चीजहरूलाई बहिष्कार गर्न ठूलो सामाजिक क्रान्ति गरेका थिए । जुन कुराले भेदभाव उत्पन्न हुन्छ, जुन चीजमा मान्छेलाई घमन्डी बनाउने तŒव लुकेको हुन्छ, जुन कुराले भ्रातृत्वको भावना उत्पन्न हुनमा बाधा पर्छ, त्यस्ता तमाम चीजहरूलाई उखेलेर फाल्नका लागि बुद्धले आन्दोलन गरेका थिए । हिन्दू जगत्को समाजमा समानता र भाइचाराको भाव ल्याउनका लागि क्रान्ति गर्ने व्यक्तिहरूमा बुद्ध नै प्रथम थिए । बुद्धले हिन्दूहरूका धर्म, संस्कृति, सभ्यता र तिनका मूल ग्रन्थहरू (उपनिषद् आदि) लाई समाप्त पार्ने प्रयत्न पनि गरेनन्, उनले केही गरे भने संशोधन नै गरे । तर बुद्धको क्रान्ति, आन्दोलन, विद्रोह र संशोधनलाई कट्टरपन्थी हिन्दूहरूले मन पराएनन् अथवा बुझ्नै सकेनन् । नत्र आज बुद्ध बौद्ध नभएर हिन्दू हुन्थे र उनका साथमा हाँस्दै गएको ठूलो सङ्ख्याका हिन्दूहरूमात्र होइन, उनको प्रभावमा आएका र आउने संसारका समस्त बौद्धहरू पनि हिन्दू झन्डामुनि नै हुन्थे अनि हिन्दू यति तल खस्दैनथे ।

हिन्दूहरूमा एउटा बङ्गाली जाति छ जो धेरै सङ्ख्यामा धेरै दिनदेखि हिन्दूहरूका विशेष चिह्न टुप्पी, जनै, तिलक आदिलाई कुनै महŒव दिँदैन । आज तिनीहरू प्राय: अन्य हिन्दूहरूको अपेक्षा अगाडि नै छन्, त्यस जातिमा भेदभावको मात्रा कम हुनाले शान्तिको पलडा पनि केही भारी नै छ ।

म हिन्दू परम्पराहरूमा कुनै सार्थकता नै छैन भनिरहेको छैनँ । उनका रीतिरिवाजमा केही महŒव छैन र उनका भावनाहरूमा शुभत्व छैन पनि भनिरहेको छैनँ । यी सब कुराहरू र भावनाहरू त हिन्दूत्वमा खाँदीखाँदी भरिएर रहन्छन् । अफसोचचाहिँ के कुरामा छ भने यसले परिणामलाई हेर्दैन र हेर्न पनि चाहन्न । खालि प्रारम्भिक अभिप्रायमा मात्र रहेर हिन्दूत्वको महिमा गाउँछ । यदि कसैको कुनै रिवाजमा अन्यको मनलाई–भावनालाई असर गर्ने सम्भावना छैन, कसैको कुनै प्रणालीमा आफ्नोपन मात्र छ र कसैको कुनै पद्धतिमा अरूसित कुनै दुस्सम्बन्ध नभएर आत्मीय सम्बन्ध मात्र हुन्छ भने यस्ता रीतिरिवाज, पद्धति र प्रणालीबाट कसैको टाउको दुख्दैन । यस्तो आफ्नोपन र आत्मीय सम्बन्ध हरेक जातिमा हुनु आदर्शको कुरा नै हो । तर कुनै रीतिरिवाज, व्यवहार वा चिह्न अरू कसैको मानस र भावनामा चोट पुर्‍याउने किसिमको छ भने त्यो अवश्य नै खरतनाक छ र त्यो मित्रताबाट शान्तिभङ्ग गर्ने एकमात्र जिम्मेवार हो ।

जनै
हिन्दूहरूका यस्ता रीतिरिवाजहरूका वस्तुहरूमा जनै पनि एउटा घातक वस्तु हो । टुप्पी, तिलक आदि हिन्दूहरूको अधिकारको मात्र वस्तु भइदिनाले त गडबडीमा खासै प्रेरणा मिल्दैन तर जनै यस्तो कुरामात्र होइन, यसले त ऊचनीच, पवित्रअपवित्र आदिको भावना राख्छ र फैलाउँछ । हिन्दूहरूमा ब्राह्मण, क्षत्रिय र मुस्किलले वैश्य जातिलाई पनि जनै लगाउने अधिकार छ र यज्ञोपवीत धारण गर्नाले आपूmलाई पुरै पवित्र सम्झेर द्विज जातिले सम्पूर्ण अछुत वर्गलाई अपवित्र, नीच, नालायक आदि सम्झन्छ । जनैवालाका साथ लडाइँझगडा भएर दुर्भाग्यले उसको जनैको कुनै धागो चुँडियो र प्रतिद्वन्द्वी दुर्भाग्यले विनाजनैको छ भने त उसको टाउकोमा आपत् नै आइपर्छ । डाक्टरी जाँचद्वारा आफ्नो चोट र घाउ धेरै देखियो भने पनि के त, जनै तोडेको अपराधमा चोट र घाउवालालाई नै धेरै सजाय मिल्नेछ ।
साँच्चै नै केही महŒवको पो छ कि भनेर मैले जनैलाई खूब गहिरिएर हेरेँ, त्यसमा शुभत्वको भावना खोज्ने निकै प्रयत्न गरेँ र त्यसलाई जान्नका लागि प्रशस्त अध्ययन गरेँ तर जनैमा मैले त्यस्तो विशेष केही पाइनँ । पाएँ त यतिमात्र— यसले बडप्पन र दम्भ भरेर मान्छेलाई अहङ्कारी बनाइदिन्छ, सङ्कीर्णतालाई प्रेरणा दिएर मानिसहरूलाई एक्लै सुख भोग्नका लागि उत्साही बनाइदिन्छ र सबैभन्दा ठूलो कुरा मनुष्यबाट मानवता नै लुटिदिन्छ । यस्तो सङ्कीर्ण प्रवृत्तिको उद्रेक गर्ने तथ्यहीन वस्तुप्रति कट्टर हिन्दू र हिन्दू शास्त्रको गौरवगान पनि हेर्नलायक छ । केही अरू काल्पनिक कुराहरूको सिलसिलामा जनैको महŒव र त्यसको वैज्ञानिक रहस्य हेर्नुहोला—“यज्ञोपवीतमा तीन धागा छन् । यसले के बताउँछ भने मान्छे जन्मँदा तीनवटा ऋणले ग्रस्त हुन्छ जसलाई पितृऋण, देवऋण र ऋषिऋणको नामले पुकारिन्छ । त्यसैले जनैका तीन धागाहरू तीन ऋणहरूको सम्झनाका लागि हुन् । यी तीन ऋणबाट मुक्त हुन पाँच महायज्ञहरूको विधान गरिएको छ, जसलाई मनुले अनिवार्य बताएका छन् । अत: तिनमा पाँच गाँठा लगाइन्छन् । यी तीन ऋण र पाँच यज्ञहरूलाई हृदयदेखि नै स्वीकार गर्नुपर्छ । मान्छेको शरीरमा बायाँ भागमा ‘हृदय’ छ अत: यज्ञोपवीत बायाँ काँधदेखि दायाँतिर धारण गर्ने गरिन्छ ……इत्यादि ।”द्दढ

त्यसो भए त जनैलाई सबै मानिसले धारण गर्नुपर्छ किनभने पितृऋण, देवऋण र ऋषिऋण दुनियाँका सबै मान्छेलाई हुन्छ । के यी तीन ऋणहरूबाट मुक्ति पाउने अभिलाषा र अधिकार द्विज जाति अर्थात् बाहुन, क्षेत्री र वैश्य यी तीन जातिलाई मात्र हुन्छ र छ ? शूद्र र अवर्ण हिन्दू भनिने मानिसहरू के ऋणले ग्रस्त भइरहन चाहन्छन् ? के स्त्रीचैँ मान्छे होइन ? पितृऋण, देवऋण र ऋषिऋणबाट मुक्ति पाउने इच्छा के उसलाई हुँदैन ? के हिन्दूको द्विज जातिले सदैव ऋणहरूको संस्मरणद्वारा ऋणमुक्त हुने अवसर पाइरहनेछ र स्वर्गको अधिकारी ऊमात्र भइरहनेछ ? अन्य सबै शूद्र, अवर्ण हिन्दू, स्त्री एवं हिन्दूबाहेकका मानिसहरू तीनोटै ऋणहरूलाई बिर्सेर नरक जानेछन् ? लेखमा जनैको वैज्ञानिक रहस्यमा स्वाङ र आडम्बर भरिएका छन् तर कथनमा तथ्य र वैज्ञानिकता खोज्दा पनि पाउन मुस्किल छ । विज्ञान र वैज्ञानिकताको नाम लिनु मेरो हेराइमा लाजलाग्दो कुरा हो । विज्ञान त वास्तवमा यस्तो सार्वजनिक चीज हो जुन कुनै ब्राह्मणविशेषमै मात्र टाँसिएर रहन सक्दैन; सायद ईश्वरवादीहरूको ईश्वर यस्तो हुन सक्छ ।


Tags: जनमतहृदयचन्द्र सिंह
अघिल्लो पोष्ट

अन्धकारभित्रको अन्धकार – ९

पछिल्लो पोस्ट

मनको मन्दिर

हृदयचन्द्र सिंह

हृदयचन्द्र सिंह

सम्बन्धित पोष्टहरू

अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
बिहेघर
अनुवाद

बिहेघर

९ चैत्र २०८०, शुक्रबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

२८ फाल्गुन २०८०, सोमबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२३ माघ २०८०, मंगलवार
पछिल्लो पोष्ट
मनको मन्दिर

मनको मन्दिर

माइली

माइली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्राचीन १५ लिपिको एउटै तालिका

प्राचीन १५ लिपिको एउटै तालिका

२२ फाल्गुन २०७९, सोमबार
प्रेम : त्यसको बहुआयामिक रूप

प्रेम : त्यसको बहुआयामिक रूप

२२ फाल्गुन २०७९, सोमबार
समसामयिक नेपाली कविता : अपेक्षा र प्राप्ति

समसामयिक नेपाली कविता : अपेक्षा र प्राप्ति

२२ फाल्गुन २०७८, आईतवार
प्रज्ञा बालकविता महोत्सव

प्रज्ञा बालकविता महोत्सव

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक