रामेश्वरी पन्तद्वारा लिखित पुस्तक ‘स्वस्थानी व्रतकथाः नारीशक्तिको महिमा, नारीकै शोषण’ लोकार्पण भएको छ । कार्यक्रममा शिखा बुक्सद्वारा प्रकाशित पुस्तकमाथि प्रा.डा.वीणा पौड्याल, उप प्रा.डा. मीना उप्रेती तथा पत्रकार तथा लेखक दामोदर न्यौपानेले समीक्षा गरेका थिए ।
वीणा पौड्यालले किताब सबैको मनमा बस्न सक्ने गरी नारीको महत्व र शोषणलाई गहन र सृजनशील शैलीमा लेखिएकाले संस्कृतिमाथि अध्ययन गर्न मात्र नभै, सबैका लागि उपयोगी हुने बताइन् ।
त्यसैगरी मीना उप्रेतीले स्वस्थानी र त्यसमा रहेका नारी पात्रमाथि चुनौतीलाई सहज र व्यवहारिक रुपमा किताब आकार दिएर ठूलो चुनौती सामना गरेको बताइन् । उनका अनुसार समाजशास्त्रीय रुपमा पनि पुस्तक उत्कृष्ट छ ।