जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

मोहनविक्रम सिंह मोहनविक्रम सिंह
प्रकाशित ३० फाल्गुन २०८०, बुधबार
स्मृतिमा स्रस्टा भित्र
0
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान

राष्ट्रले भर्खरै दुईवटा सुपुत्रीहरु गुमायो, सुश्री पारिजात र श्रीमती पासाङ शेर्पा । पारिजातबारे हामी लामो समयदेखि जान्दछौँ । तर पासाङ शेर्पाबारे भर्खरै उनको सगरमाथामा सफल आरोहण तथा त्योभन्दा बढी असफल प्रत्यारोहणपछि नै देशव्यापी रुपमा उनका बारेमा बढी जानकारी प्राप्त भएको छ । दुवैका जीवनका क्षेत्रहरु बेग्लाबेग्लै रहेका छन् । जीवनका उद्देश्य पनि बेग्लाबेग्लै रहेका छन् । पारिजात एउटी लेखिका, शहरमा जन्मेकी, शहरमा हुर्केकी र त्योभन्दा बढी आफ्नो शारीरिक अवस्थाले गर्दा जीवनको ठूलो भाग विस्तरामा र कोठामा बिताउन बाध्य भएकी अविवाहित महिला, जब कि पासाङ पहाडमा जन्मेकी, हुर्केकी र जीवनभरि नै पहाडको गाउँ र हिमालयका काखमा खेल्दै आएकी शारीरिक शक्ति र स्वास्थ्यले ओतप्रोत विवाहित र तीन बच्चाकी आमा । तर यी भिन्नताका बाबजुद दुवैले हिमालयको उच्चतालाई छुने प्रयत्न गरे – आ–आफ्ना क्षेत्रमा ।

नेपाली साहित्य संसारमा पारिजातको महत्वपूर्ण स्थान छ । शिरीषको फूलले उनलाई प्रकाशमा ल्यायो । शिरीषको फूल पछिल्लो पारिजातको चिन्तन र विकासको स्वरुपले हाम्रो लागि अत्यन्त ठूलो महत्व राख्दछ । पारिजातले त्यो कृतिलाई स्वयं आफूलाई अलग गरिन् र नयाँको रचना गर्न थालिन् । नयाँ रचना उनको माक्र्सवादी–लेनिनवादी चिन्तनद्वारा प्रभावित थियो । कलाका दृष्टिले उनका रचनाहरु कति सफल भए ? त्यो कुरा साहित्यका पारखी र आलोचकले नै बताउन सक्ने कुरा हो मैले यहाँ उनको चिन्तनको पक्ष र त्यसका पक्षमा उनले देखाएको दृढता, निरन्तरता र सङ्घर्षशीलता र त्यसका दौरानमा देखापरेको उनको व्यक्तित्वको उच्चारणबारे नै केही प्रकाश पार्न चाहन्छु ।

पारिजातद्वारा माक्र्सवादी–लेनिनवादी चिन्तनको ग्रहणले उनको जीवनप्रतिको विश्वास र दृष्टिकोणमा एउटा मोड आयो । त्यसको असर उहाँका साहित्यिक रचनामा पनि पर्योत । तर उनको माक्र्सवादी लेनिनवादी चिन्तनमा जति स्पष्टता आउनु पर्दथ्यो, त्यो आउन सकेन । त्यसकारण माक्र्सवादी लेनिनवादी सिद्धान्तप्रतिको उनको आस्था र विश्वासका बाबजुद विश्वब्यापी र स्वयं नेपालमा पनि कम्युनिष्ट आन्दोलनमा र साहित्य तथा संस्कृतिमा हावी भएको अवसरवादी चिन्तनबाट आफूलाई पूर्ण रुपले मुक्त गरेर आफ्नो चिन्तनलाई पूरा क्रान्तिकारी दिशा र रुप दिन उनका लागि सम्भव भएन । उनका रचनाहरुमा पनि त्यो कमजोरी व्यक्त भयो । तर यहाँ म अहिले त्यो पक्षको चर्चापट्टि लाग्दिन ।

पारिजातको वैचारिक ती सीमा र कमजोरीका बाबजुद उनको जीवनको एउटा उज्ज्वल पक्ष पनि छ । पञ्चायती तानाशाही कालमा आफूलाई वामपन्थी बताउने थुप्रै साहित्यकारहरुले क्षुद्र भौतिक लाभ वा प्रशासनको आतङ्क वा डरले आत्मसमर्पण र पलायनको बाटो समाते । आफ्नो सिद्धान्त छाडे । विचार बदले । पैसा र पदमा बिके । तर पारिजात आफ्ना विचार र आस्थाहरुमा अडिग रहिन् । उनले सरकारका सबै प्रलोभनलाई अस्वीकार गर्दै आफ्नो अस्तित्वलाई बचाउने प्रयत्न गरिन् र त्यसमा काफी हदसम्म सफल पनि भइन् । जुन बेला वामपन्थी साहित्यकारहरुमा पतनको दिशामा होड चलिरहेको थियो, त्यो कालमा उनले वैचारिक र साहित्यिक दृष्टिले आफूलाई उच्च धरातलमा स्थापित गर्न प्रयत्न गरिरहेकी थिइन् । बताइरहनु पर्ने आवश्यकता छैन कि माक्र्सवादी–लेनिनवादी सिद्धान्तप्रतिको उनको आस्था र आफ्नो आस्थाका लागि त्याग र सङ्घर्षको भावनाले नै उनलाई त्यस प्रकारको शक्ति प्रदान गरेको थियो ।

पारिजातभन्दा बेग्लै पासाङ शेर्पाको अर्को प्रकारको चित्र हाम्रो अगाडि आउँछ । पारिजातको जीवनबारे थाहा भएको कुरा हो त्यसकारण उनका बारेमा बढी चर्चाको आवश्यकता छैन । पासाङ पारिजात जस्तै कुनै बुद्धिजीवी महिला थिइनन् । तैपनि आफ्नो उद्देश्य प्राप्तिको उनको दृढ सङ्कल्पले उनलाई नेपाली महिलाहरु मात्र होइन, नेपाली मात्रका लागि गौरवकी प्रतीक बन्न पुगिन् । ३ छोरा छोरीकी आमा, ३२ वर्ष पुगेकी महिलाले सामान्य घर गृहस्थीको सीमा नाघेर सगरमाथाको शिखरमा पुग्ने जस्तो खतरनाक उद्देश्य लिनु र बारम्बारको असफलताका बाबजुद खतराहरुसित जुद्धै लगातार आफ्नो उद्देश्य पूरा गर्न प्रयत्न गरिरहनु कम महत्वपूर्ण कुरा होइन । तर यसले उनको अत्यन्त उच्चस्तरको नैतिक चरित्र र आत्मबललाई बताउँछ । त्यस प्रकारको आदर्श चरित्रबाट हामी सबैले मुख्यत: महिलाहरुले प्रेरणा लिनुपर्ने आवश्यकता छ । पासाङको जीवन र उनको बलिदानबाट सबै नारीहरुले यो शिक्षा लिनुपर्ने आवश्यकता छ कि उनीहरुले आफूलाई चुल्हो चौको र घरगृहस्थीको सीमाभित्र नथुनेर सामाजिक आदर्श र उद्देश्यका लागि खतराहरुसित जुध्ने र त्यसरी सगरमाथाको उच्चतालाई छुने प्रयत्न गर्नुपर्दछ ।

पारिजात र पासाङको सन्दर्भमा नेपालको आजको राजनीतिक व्यवस्था र नोकरशाहीको एउटा नाङ्गो चित्र पनि हाम्रो अगाडि आएको छ । पारिजात लामो समयदेखि अस्वस्थ र रुग्ण थिइन् । तर सरकारले उनको उपचारको लागि उचित व्यवस्था मिलाउने वा त्यसको लागि विदेश पठाउने कुरामा ध्यान दिएन । तर आखिर त्यसो किन गरिएन ? किनभने पहिले उनले सीमित भौतिक लाभका लागि पञ्चायती तानाशाही व्यवस्थाको अन्तर्गत पनि आफ्नो स्वतन्त्र चिन्तन र अहिले बहुदलीय व्यवस्था अन्तर्गत पनि आफ्नो स्वतन्त्र चिन्तन सङ्घर्षलाई कायम राखिन् । अझ वास्तविकता त त्यो हो कि उनले माक्र्सवादी–लेनिनवादी सिद्धान्तमाथि विश्वास राख्दथिन् । त्यसैले उनी त्यस प्रकारको उपेक्षाको शिकार हुनुपर्‍यो । उनी जनमभरि विस्तरामा पल्टेर मृत्युसित जुध्न तयार भइन् तर सिद्धान्त र विचारलाई बदलेर आत्मसमर्पण गर्न तयार भइनन् ।

पासाङको सन्दर्भमा सरकारको नीति झन् नाङ्गो रुपमा अगाडि आएको छ । सरकारले पासाङको सगरमाथा आरोहणप्रति अत्यन्त उपेक्षा देखाएको कुरा अब प्रकाशमा आएको छ । त्यस सन्दर्भमा सबैभन्दा मुख्य रुपले हिमाल चढ्नका लागि लिनुपर्ने रु. ५ लाख रोयल्टी मिनाहा गर्न सरकारले अस्वीकार गरेको कुरा उल्लेखनीय छ । त्यो रोयल्टीमा १० प्रतिशत मात्र छुट दिइयो, जबकी एउटा नेपाल–भारत संयुक्त आरोहण दललाई सरकारले सम्पूर्ण रोयल्टी मिनाहा दिएको थियो । आरोहणका लागि अनुमति दिने र अन्य औपचारिकता पूरा गर्ने सन्दर्भमा पनि नोकरशाहीद्वारा उनीप्रति अत्यन्त अपमानपूर्ण व्यवहार गरियो । एउटा राष्ट्रिय आरोहण दललाई त्यसमा पनि महिलाहरुले देखाएको त्यस प्रकारको प्रयत्नलाई विशेष प्रोत्साहित गर्नुको सट्टा त्यसप्रति सरकारको भेदभावपूर्ण उपेक्षा नीतिको जति भत्र्सना गरे पनि कम हुनेछ ।

त्यो आरोहणका लागि स्वीकृति र छुटहरु प्राप्त गर्ने क्रममा प्रशासन र सरकारका गलत तौर तरिकाले पासाङले गरेको उनको चरित्रको अर्को उज्ज्वल पक्षलाई अगाडि ल्याउँछ । यस सिलसिलामा ३ वटा कुराहरु उल्लेखनीय छन् : प्रथम, सरकारले आरोहणको रोयल्टी मिनाहा दिन अस्वीकार गरेपछि १० प्रतिशत छुट लिन अस्वीकार गरिन् र पूरै ५ लाख रोयल्टी दिइनन् । द्वितीय, संयुक्त नेपाल–भारत आरोहण दलमा उनलाई सह नेतृत्व दिने कुरा अस्वीकार गरेपछि उनले आफ्नो नेतृत्वमा बेग्लै आरोहण गरेकी थिइन् । उनले अपमानपूर्वक संयुक्त भारत नेपाल आरोहण टोलीमा सामेल हुन अस्वीकार गरेकाले सरकारले उनीप्रति उपेक्षा र उपेक्षापूर्ण व्यवहार गरिएको थियो । तर उनले त्यस प्रकारको दबाबका अगाडि झुक्न अस्वीकार गरेकी थिइन् ।

तृतीय, मङ्गलादेवीले सगरमाथा शिखरमा नेपाल महिला सङ्घको झण्डालाई गाड्ने प्रस्तावनालाई उनले दृढतापूर्वक अस्वीकार गरेकी थिइन् । सरकारी दवाव र अपमानपूर्ण व्यवहारमा विरुद्ध उनले देखाएको दृढता र प्रतिरोधले उनको उच्च मानवअधिकार र अस्तित्वलाई बताउँछ र त्यसले हाम्रो उनीप्रतिको आदर कैयौं गुणा बढेर जान्छ । उनको व्यक्तित्वको यो उज्ज्वल र उच्च पक्षले उनलाई पारिजातका समकक्ष खडा गर्दछ, जो जन्मभरि आफ्नो आस्था र विचारहरुमा दृढ रहिन्, तर कुनै प्रतिक्रियावादी वा सरकारी दबाबका अगाडि झुकिनन् । 

(जनमत साहित्यिक मासिक, २०४९–२०५० चैत्र–असारमा प्रकाशित)


Tags: पारिजातपासाङमोहनविक्रम सिंह
अघिल्लो पोष्ट

पारिजातको साहित्यिक मूल्याङ्कन

पछिल्लो पोस्ट

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

मोहनविक्रम सिंह

मोहनविक्रम सिंह

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
शिरीषको फूल उपन्यासभित्र उपन्यासकार पारिजात
स्मृतिमा स्रस्टा

शिरीषको फूल उपन्यासभित्र उपन्यासकार पारिजात

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

सम्झनाको दहभित्र बल्छी हान्दा

सम्झनाको दहभित्र बल्छी हान्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कुन अवतार लिऊँ म?

कुन अवतार लिऊँ म?

२३ फाल्गुन २०७८, सोमबार
आफैंसँग रिसाएको छु

आफैंसँग रिसाएको छु

२३ फाल्गुन २०७९, मंगलवार
तपाईंको चरित्र नै तपाईंको सम्पत्ति हो

तपाईंको चरित्र नै तपाईंको सम्पत्ति हो

२३ फाल्गुन २०७९, मंगलवार
नेपाल ललितकला प्रतिष्ठानको रणनीतिक योजना सार्वजनिक

नेपाल ललितकला प्रतिष्ठानको रणनीतिक योजना सार्वजनिक

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक