जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

अशेष मल्ल अशेष मल्ल
प्रकाशित ३० फाल्गुन २०८०, बुधबार
स्मृतिमा स्रस्टा भित्र
0
पारिजातको साहित्यिक मूल्याङ्कन

Light Beige Sleek and Simple Blogger Personal Website - Landing Page


नेपाली साहित्यलाई शिखरमा पुर्‍याएर पारिजात यो संसारबाट बिदा भएकी छिन् । हजारौं–हजारौं पाठकको स्नेह बोकेर पारिजातले यसरी बिदा लिए पनि नेपाली साहित्यमा उनी अमर बनेकी छिन् । गत वैशाख ५ गते विहान ४ बजे वीर अस्पतालमा उनको निधन भएको थियो । लामो समयदेखि दम, उच्च रक्तचाप, वाथ, फोक्सोको इन्फेक्सन आदि रोगबाट उनी ग्रस्त थिइन् । प्यारालाइसिसले दुवै खुट्टा चल्न नसक्ने अवस्थाबाट धेरै वर्षदेखि पीडित पारिजातको कलम भने कहिल्यै प्यारालाइसिसबाट ग्रस्त भएन । उनको लेखनमा जति सक्रियता थियो त्यतिकै गहनता पनि । यद्मपि पछिल्ला दिनहरूमा पारिजातका लेखनमा राजनैतिक प्रतिवद्धताले बढी स्थान लिएको थियो तर उनी जुन सैद्धान्तिक अडानमा बसिन् त्यसलाई किंचित सम्झौता वा समर्पण नगरी स्वाभिमानपूर्वक आफूलाई समर्पित गरेर गइन् ।

पारिजातको खास नाम विष्णुदेवी वाइवा हो । वि.सं. १९९४ मा दार्जीलिङ्गमा जन्मेकी विष्णुदेवी वाइवा पारिजातको नामले केवल चर्चित मात्र भइनन् प्रतिष्ठित र सम्मानित समेत भएर रहेकी छिन् । नेपाली साहित्यमा नारी साहित्यकारहरूमा सबैभन्दा बढी चर्चित, सम्मानित र प्रशंसित कोही छिन् भने केवल पारिजात नै एउटा मात्र नाम हो ।

पारिजातले सानै उमेरदेखि कलम चलाउन थालेकी हुन् । विशेषगरी कथा र उपन्यासमा उनको विशिष्ट योगदान रहेको छ । शिरीषको फूल, महत्ताहीन, तोरीवारी बाटा र सपनाहरू, बैंशको मान्छे, परिभाषित आ“खाहरू, बोनी, अन्तर्मुखी, अनिंदो पहाडस“गै, पर्खालभित्र र पर्खालबाहिर, उसले रोजेको बाटो, सडक र प्रतिभा, आदिम देश, साल्गीको बलात्कृत आ“खा, आकांक्षा, पारिजातका कविता, धुपी सल्ला, लालीगुरा“सका फेदमा र आधी आकास आदि झण्डै दुई दर्जन पुस्तक प्रकाशित भइसकेका छन् ।

कथा, कविता, उपन्यास, विचार, लेख, निबन्ध प्राय साहित्यका सबै विधाहरूमा उनले हात चलाए पनि उपन्यासकारका रूपमा उनको योगदानलाई समालोचकहरू अविस्मरणीय मान्दछन् । उपन्यास लेखनमा उनको शिल्पकारिता र दर्शन मुख्य विशेषता मानिन्छ । शैली र प्रस्तुतीकरण अत्यन्त प्रभावकारी हुनु उनको ठूलो गुण हो । समालोचकहरू उनको लेखनलाई उच्च कलात्मक गुण भएको मान्दछन् । शिरीषको फूल, महत्ताहीन र बैंशको मान्छे उनको सबैभन्दा बढी चर्चित उपन्यास हुन् । शिरीषको फूल (२०२२) प्रकाशित भएपछि यो उपन्यास यति चर्चित भयो, यति धेरै चर्चित हुने सौभाग्य धेरै कम पुस्तकले मात्र पाउने गर्छ । यो उपन्यासमा रहेको कलात्मक गुण र दर्शनले असंख्य पाठकको मन जित्न सफल भएको थियो । यद्यपि पारिजत स्वयम्ले भने यस उपन्यासलाई पछि आएर आफ्नो प्रारम्भिक लेखन र त्यस बेलाको सोचाई मात्र रहेको मानेकी थिइन् ।

उनको प्रगतिशील विचारधाराप्रतिको प्रतिवद्धतापछि उनले शिरीषको फूललाई आफ्नो मान्यताभित्र नरहेको बताएर यस उपन्यासलाई पन्छाउन खोजिन् तर पारिजात सर्वाधिक चर्चित हुनुमा शिरीषको फूलको जति देन छ अरू कृतिको कमै छ । शिरीषको फूल यति धेरै चर्चित हुनुको कारण उनको कलात्मक लेखन मात्र नभएर नारी अस्तित्व, नारी मनोविश्लेषण र नारी चरित्रको यथार्थ चित्रण भएर पनि हो । समीक्षकहरू यस उपन्यासलाई अस्तित्ववादी उपन्यासका रूपमा लिन्छन् । यसमा नारीभित्रको यौन मनेविश्लेषणलाई अत्यन्त सूक्ष्म ढङ्गमा प्रस्तुत गरेर नारीभित्रको असन्तोष र विद्रोहलाई प्रकट गरिएको छ । यद्यपि पारिजातले यस उपन्यासलाई च्यातिदिए हुन्छ भनेकी थिइन् । उनको मूल भनाई के थियो भने उनले अँगालेको प्रगतिशीलता यस उपन्यासमा छैन । तर समीक्षकहरू शिरीषको फूललाई पारिजातको विशिष्ट कलात्मक प्रस्तुतिका रूपमा मान्ने गर्छन । उनको कवितात्मक शैलीले गर्दा यो मात्र होइन हरेक कथा र कविता बढी कलात्मक हुने गर्दछन् ।

पारिजातका कृतिहरूलाई दुई भागमा बाँड्न सकिन्छ पहिलो हो उनको स्वछन्द लेखन र अर्को हो उनको प्रगतिशील विचारको प्रतिवद्धता । प्रारम्भमा उनको उपन्यासहरू शिरीषको फूल, बैंशको मान्छे, महत्ताहीन र थुप्रै कथाहरू जस्तो कि मैले नजन्माएको छोरो आदिमा प्रगतिशील विचारधारा पाइँदैन । यस अवधिमा विशुद्ध कलात्मक मूल्यका रचनाकारका रूपमा पारिजात स्थापित थिइन् र उनको पाठकमा रहेको व्याप्ति पनि यिनै रचनाहरूले दिएका छन् । यस क्रममा उनलाई समीक्षकहरूले नारी मनका असामान्य अवस्थालाई अत्यन्त सूक्ष्मतापूर्वक प्रस्तुत गर्ने असाधारण प्रतिभाका रूपमा लिने गर्दछन् । यसै परिपे्रक्ष्यमा उनको महत्ताहीन उपन्यास उच्चस्तरका रहेको ठानिन्छ । पारिजातको अर्को पक्ष प्रगतिशीलता हो । प्रगतिशील विचारधारालाई अँगाल्न थालेपछि उनको लेखनमा ठूलो परिवर्तन आएको देखिन्छ । लेखनलाई एउटा विशेष दृष्टिकोणबाट हेर्ने उनको धारणा पछिल्लो दिनहरूमा विकसित भएर गएको छ । प्रारम्भका रचनाहरूमा यी विचारधाराको गन्धसम्म पनि पाइँदैंन तर पछिल्ला समयमा माक्र्सवादी धारणालाई पारिजातले मूल रूपमा अङ्गीकार गरेकी छिन् । यस विचारधारालाई अङ्गीकार गरेर लेखिएको उपन्यासहरू हुन् तोरीबारी बाटा र सपनाहरू, पर्खालभित्र पर्खालबाहिर, उसले रोजेको बाटो, अनिंदो पहाडस“गै, अन्तर्मुखी । उनका यी उपन्यासहरूमा कलात्मक मूल्यले भन्दा राजनैतिक प्रतिवद्धताले बढी स्थान पाएका छन् । साहित्यिक मूल्यको हिसाबले अघिल्ला तीन उपन्यासलाई समीक्षकहरू उत्कृष्ट कृतिका रूपमा मूल्याङ्कन गर्दछन् भने पछिल्ला उपन्यासहरू एउटा निश्चित राजनैतिक सिद्धान्तको सीमाभित्र रहेको ठान्दछन् । यति हुँदा–हुँदै पनि पारिजातको लेखनशैली ज्यादै मिठासपूर्ण र कलात्मक छ । कवितात्मक शैलीको रूपमा उनको लेखन रहेको पाइन्छ । विषयका दृष्टिमा भने प्रारम्भमा उनी चरित्रका केस्र्रा–केस्र्रा केलाउँथिन् भने पछिल्ला रचनामा भने चरित्रलाई भन्दा घटना र चरित्रको व्यापकतालाई वढी प्राथमिकता दिएको पाइन्छ । पारिजात एउटी लेखिका हुन् । राजनैतिक सिद्धान्तको घेराले पारिजात बाँधिन सक्तिनन् । उनको प्रतिवद्धता कम्यूनिष्ट विचारधाराप्रति थियो तर पारिजात साहित्यकारका रूपमा, भाषासेवीका रूपमा अनन्तकालसम्म जीवित रहने नाम हो । राजनैतिक विचारधारा परिवर्तन हुन सक्तछ तर साहित्य लेखनमा साश्वतता हुन्छ । पारिजात अब साश्वत हुनेछिन् । नारी मनको अचेतन स्थितिदेखि समग्र राष्ट्रको आर्थिक सोचाइसम्म फैलिएको पारिजातका रचनाहरूको अध्ययन हुन बाँकी छ । अब त्यसतिर अग्रसर हुन आवश्यक छ ।

जनमतको पारिजात विशेषाङ्कबाट


Tags: अशेष मल्लपारिजात
अघिल्लो पोष्ट

शिरीषको फूल उपन्यासभित्र उपन्यासकार पारिजात

पछिल्लो पोस्ट

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

अशेष मल्ल

अशेष मल्ल

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
शिरीषको फूल उपन्यासभित्र उपन्यासकार पारिजात
स्मृतिमा स्रस्टा

शिरीषको फूल उपन्यासभित्र उपन्यासकार पारिजात

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

यौन दुर्व्यवहारबारे सचेत गराउने ‘रातो घेरो’

यौन दुर्व्यवहारबारे सचेत गराउने ‘रातो घेरो’

२३ फाल्गुन २०७८, सोमबार
विद्यापतिको ‘पुरुष परीक्षा’धीरेन्द्र प्रेमर्षिको अनुवादमा

विद्यापतिको ‘पुरुष परीक्षा’धीरेन्द्र प्रेमर्षिको अनुवादमा

२३ फाल्गुन २०७९, मंगलवार
उहिल्यै र अहिलेको म

उहिल्यै र अहिलेको म

२३ फाल्गुन २०७८, सोमबार
आँबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा

आँबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक