जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

सुनकोसी साहित्य प्रतिष्ठानको इतिहास 

मोहन दुवाल मोहन दुवाल
प्रकाशित ३ चैत्र २०७९, शुक्रबार
सँस्मरण भित्र
0
सुनकोसी साहित्य प्रतिष्ठानको इतिहास 

साहित्यकार कृष्णप्रसाद पराजुली द्वारा लिखित ‘पूर्व एक नम्बर’ (परिचय ग्रन्थ) को दोस्रो संस्करण २०५० सालमा प्रकाशित भएको हो । काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जोडेर ‘पूर्व एक नम्बर’ बनेको सन्दर्भ र इतिहास बिर्सिन गार्‍हो छ । नेपालको भौगोलिक संरचनामा ‘पूर्व एक नम्बर’ को आफ्नै पहिचान र गौरव लुकेको छ । यहीपूर्व एक नम्बरको माटोबाट र पूर्व एक नम्बरका स्रष्टा/द्रष्टाहरूबाट सिर्जित संस्थाको साहित्यिक अभियानको नाम हो – सुनकोसी साहित्य प्रतिष्ठान’ । यो संस्था गठन हुनुभन्दा अगाडि ‘पूर्व एक नम्बर’ ग्रन्थको दोस्रो संस्करण प्रकाशन गर्ने अभियानमा हामी लाग्यौँ । करिब ८४ हजार रकम दुई जिल्लाका साहित्यकारहरू, साहित्य–अनुरागीहरू सँग सहयोग जुटायौँ । काभ्रेली साहित्य सङ्गमका अध्यक्षका नाताले उक्त पुस्तकको प्रकाशन गर्ने कार्यक्रमको म आफैले संयोजन गरेँ । पूर्व एक नम्बरको समग्र सृजनशील इतिहासका रूपमा सर्वप्रथम प्रकाशित उक्त ग्रन्थको विमोचन बनेपामा भव्य समारोहका बिच सुसम्पन्न हुँदाका विगत क्षणहरू बर्सी पठाउन गार्‍हो छ । यसैलाई आधार मानेर इतिहास उत्खनन गरेर ‘सुनकोसी साहित्य प्रतिष्ठान’ को परिचय लेख्ने प्रयास गरेको छु । 

‘पूर्व एक नम्बर’ को प्रकाशन गर्ने उद्देश्यले स्थापित कार्य समितिमा निम्न साहित्यकारहरू रहेको देखिन्छ – १) सल्लाहकार – कृष्णप्रसाद पराजुली, २) संयोजक – मोहन दुवाल र सदस्यहरू मा,  ३) आशाकाजी श्रेष्ठ,  ४) पङ्कज चित्रकार, ५) जनकप्रसाद हुमागाईँ, ६) कृष्ण सुवेदी, ७) राजभक्त हिमालय, ८) नकुल सिलवाल, ९) बलराम बन्जारा, १०) केदारनाथ प्रधान । पछि २०५० कार्तिक २१ गते शनिवार काठमाडौँ कमलादी स्थित बलराम बन्जाराको कोठामा बसेको बैठकले पूर्व एक नम्बरमा साहित्यिक जागरण, प्रकाशन, गतिविधि गर्ने उद्देश्यले गठन भएको थियो – सुनकोसी साहित्य प्रतिष्ठान । उक्त बैठकले निर्णय गरेको माइन्यूटमा उल्लेख छ – ‘पूर्व एक नम्बर’ नामक ग्रन्थ प्रकाशन गर्नको निम्ति पूर्व एक नम्बरका साहित्य सेवीहरू समावेश रहेको ‘प्रकाशन समिति’लाई पूर्व नम्बरको साहित्यिक एवं प्राज्ञिक क्रियाकलापलाई स्थायित्व एवं व्यवस्थित रूप दिनु वाञ्छनीय भएको र अझ यसलाई राष्ट्रिय व्यापक रूप दिनु पनि आवश्यक भएकोले एउटा प्राज्ञिक संस्था बनाई त्यसै भित्र अन्तर्भूत गराई भाषा–साहित्यको अध्ययन–अनुसन्धान, संरक्षण एवं सम्वद्र्धन, वाङ्मयको प्रकाशन र विविध विषयहरूमा खास गरी पूर्व एक नम्बरका स्रष्टाबाट सोका लागि उल्लेखनीय योगदान गर्ने समाज सेवी व्यक्ति एवं संस्थाहरूको समेत मूल्याङ्कन र कदर गरी पुरस्कार दिने, सम्मान गर्ने, कदर–पत्र दिने कार्य समेत गर्न ‘सुनकोसी साहित्यिक प्रतिष्ठान, पूर्व एक नम्बर’ नाम दिने र सोको कार्यालय काभ्रेपलान्चोकमा रहने गरी सञ्चालन गर्ने निर्णय गरियो । 

त्यसपछि गठित समितिमा १) संयोजक – कृष्णप्रसाद पराजुली, २) सचिव – मोहन दुवाल, ३) कोषाध्यक्ष – कृष्ण सुवेदी र सदस्यहरूमा ४) आशाकाजी श्रेष्ठ, ५) पङ्कज चित्रकार, ६) जनकप्रसाद हुमागाईँ, ७) केदारनाथ प्रधान, ८) नकुल सिलवाल, ९) राजभक्त हिमालय, १०) बलराम बन्जारा, ११) मधु आचार्य र  २०५० साल मङ्सिर १९ गते बसेको बैठकले सिन्धुपाल्चोकका १३) गगन विरही सदस्यका रूपमा रहेका छन् । यिनै व्यक्तिहरू यस प्रतिष्ठानका संस्थापकहरू हुन् । कवि केदारमान व्यथित र साहित्यकार धुस्वां साय्मिलाई सम्मानित संरक्षकमा यस प्रतिष्ठानमा सम्मान गरेर राखेको देखिन्छ ।

सर्वप्रथम यस प्रतिष्ठानका तर्फबाट नेपाली साहित्य जगत्मा भानुभक्त भन्दा पूर्व नेपाली मौलिकतामा काव्य सिर्जना गरेका काभ्रेपलान्चोकको बह्मायणी देउपुर (मण्डन) का कवि वसन्त शर्माको स्मृतिमा २०५१ साल वैशाख १ गते ‘वसन्त काव्य गोष्ठी’ सिन्धुपाल्चोक जिल्लाको बाँसबारीका उपयुक्त स्थानमा आयोजना गर्ने र सोही दिन सिन्धुपाल्चोकको बाँसबारीका वयोवृद्ध राष्ट्रिय स्रष्टा कवि केदारमान व्यथितको अभिनन्दन गर्ने निर्णय गरेर ऐतिहासिक साहित्यिक कार्यक्रमको थालनी गर्‍यो । उक्त कार्यक्रमको संयोजक भई कृष्ण सुवेदीले जिम्मेवारी निभाएका थिए ।
२०५१ सालदेखि प्रत्येक वर्ष निम्न प्रकारका सृजना तथा साधना पुरस्कार प्रदान गर्ने २०५१ साउन २२ गने बसेको बैठकले निर्णय गर्‍यो : १) सृजना पुरस्कार : साहित्य क्षेत्रमा सृजनशील रही मौलिक कृतिहरू दिएर महत्त्वपूर्ण योगदान गर्ने स्रष्टा प्रतिभालाई, २) साधना पुरस्कार : भाषा, संस्कृति, कला, पत्रकारिता, सङ्गीत आदि वाङ्मयका क्षेत्रमा विशेष योगदान दिने साधकलाई । यी दुवै पुरस्कार राष्ट्रिय स्तरका हुनेछन् । र विशेषतः :पूर्व एक नम्बरका राष्ट्रिय स्तरका लेखकहरूलाई प्राथमिकता दिई प्रदान गरिने छ ।


यसै गरी ‘देवकोटा विद्वद्वृत्ति’को स्थापना भएको र त्यसको कार्यान्वयन गर्ने पनि यसै बैठकमा निर्णय भएको थियो । नेपालका जनप्रिय महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा आर्थिक चपेटामा जेलिएका प्रतिभालाई मासिक १५००।– प्रदान गर्ने गरी २०५१ साउन देखि प्रत्येक दुई वर्षका निम्ति लक्ष्मी विद्वद्वृत्ति प्रदान गर्ने निर्णय गर्‍यो । पहिलो चोटि उक्त विद्वद्वृत्ति कवि रत्ननिधि रेग्मीलाई दुई वर्षको लागि प्रदान गर्ने निर्णय भएको थियो । उक्त वृत्ति कालागि सहयोग गर्ने साहित्यकारहरूमा कमलमणि दीक्षित, रमेश खकुरेल, दीप्ति शर्मा, तलेजु धनकुमारी कोष, पूर्णप्रकाश नेपाल ‘यात्री’, आशाकाजी सेवक, बलराम बन्जारा, डा. अरूणा उप्रेती र डा. ओमवीर सिंह बस्न्यात रहेका छन् । पछि विनयदेव शर्मा लुइँटेल, कृष्णप्रसाद पराजुली, अर्चना प्रधानले पनि सहयोग गरेका थिए । यस प्रतिष्ठानबाट नै सुनकोसी ग्रन्थको प्रकाशन गर्ने पनि निर्णय भयो । यसैताका संस्थाको दर्ता पनि भयो । संस्थाले नवरत्न स्रष्टा र साधकका रूपमा कृष्णप्रसाद पराजुली, जनकप्रसाद हुमागाईं, कृष्णप्रसाद दुवाल, नरेन्द्रराज पौड्याल, आशाकाजी सेवक, हरिवंश आचार्य, प्रेम ध्वज प्रधान, धुस्वां साय्मि र वंशी श्रेष्ठलाई सम्मान गरियो । ‘दानमाया प्रतिभा पुरस्कार’ साहित्यकार धुस्वां साय्मिद्वारा ‘पूर्व एक नम्बर’ ग्रन्थको अर्पण समारोहमा उद्घोषण भए अनुसार स्थापित भई प्रदान हुँदै आएको पुरस्कार हो । यस पुरस्कारबाट कृष्णप्रसाद पराजुली, जनकप्रसाद हुमागाईँ, मोहन दुवाल, ध्रुव सापकोटा, नकुल सिलवाल, पङ्कज चित्रकार, कृष्णप्रसाद दुवाल, आशाकाजी सेवक, हरि अधिकारी सम्मानित भएका छन् ।

पछि २०५३ वैशाख १ गते निम्न लिखित साहित्यिक व्यक्तित्वहरू किरण खरेल, यादव खरेल, श्यामसुन्दर सय्जु, रमेश खकुरेल, मोहन दुवाल, गगन विरही, नकुल सिलवाल अभिनन्दन भए । यसै गरी सुनकोसी साहित्य प्रतिष्ठानबाट सृजना सम्मान पाएका व्यक्तित्वहरूमा गोपाल पराजुली, तेज प्रकाश श्रेष्ठ, नगेन्द्रराज शर्मा, पूर्णप्रकाश नेपाल, भरतराज पन्त, भरतराज मन्थली, रोचक घिमिरे, विजय चालिसे, हरि श्रेष्ठ, वैकुण्ठप्रसाद लाकौल, माथुरी भट्टराई, राममणि ढुङ्गेल छन् । प्रतिभा सम्मान, साधना सम्मान, आमा सम्मान, हरिप्रसाद खकुरेल छात्रवृत्ति, देवकोटा विद्वत वृत्ति लगायतका महत्त्वपूर्ण साहित्यिक सम्मान र गतिविधि हुँदै आएको यस प्रतिष्ठानको समग्र गतिविधिलाई रोक्ने काम गर्‍यो ‘सम्झना फाइनान्स’को विलयन अर्थात् भङ्गले ।

प्रतिष्ठानको कोषलाई सहकारीले तुसारापात लगाइ दियो; हाम्रो साहित्यिक मन र कर्मलाई अप्ठ्यारो तुल्याइदियो । कोष नै नभए पछि गर्नुपर्ने सम्मान, कार्यक्रम गर्नलाई जाँगर चलाउने मनहरू कमजोर भयो । यो स्थिति रहँदा रहँदै हामीले प्रतिष्ठानलाई पुनर्जीवन दिनुपर्छ भन्ने ठानेर २०७४ वैशाख २३ गते ‘वसन्त काव्य गोष्ठी’ काठमाडौँमा पुनः सञ्चालन गर्‍यौँ । करिब ४० जना कविहरूले राष्ट्रिय नाचघरमा भएको कवि गोष्ठीमा कविता वाचन गरे । अन्तर्राष्ट्रिय स्तरमा कविका रूपमा प्रख्यात रहेका कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा सुरु भएको उक्त कवि गोष्ठीले सङ्केत गरेको छ – सुनकोसी साहित्य प्रतिष्ठानको गौरवशाली साहित्यिक इतिहासलाई जोगाउन सबै जुट्नु आवश्यक छ । हाल म आफैँ यस प्रतिष्ठानको अध्यक्ष छु । पुनर्गठन गरी नयाँ नेतृत्वलाई प्रतिष्ठान जिम्मा लगाउने सोचमा छु । प्रतिष्ठान मार्फत थुप्रै कामहरू भएका छन्; इतिहासलाई जोगाउनु सबैको कर्तव्य पनि हो । इतिहास जोगाउने क्रममा छु । 


Tags: सुनकोसी साहित्य प्रतिष्ठान
अघिल्लो पोष्ट

कलाकार वात्स्यायनको नागरिक अभिनन्दन

पछिल्लो पोस्ट

वैरागी काइँला लाई नागरिक अभिनन्दन

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
वैरागी काइँला लाई नागरिक अभिनन्दन

वैरागी काइँला लाई नागरिक अभिनन्दन

टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सृजन लम्सालको ‘धरतीका यमराज’ सार्वजनिक

सृजन लम्सालको ‘धरतीका यमराज’ सार्वजनिक

४ जेष्ठ २०८०, बिहीबार
धु्रवहरि अधिकारी र गोविन्द गिरी प्रेरणा सम्मानित

धु्रवहरि अधिकारी र गोविन्द गिरी प्रेरणा सम्मानित

४ जेष्ठ २०७९, बुधबार
अनुक्रम

अनुक्रम

४ जेष्ठ २०७९, बुधबार
मैले छोडेको देश

मैले छोडेको देश

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक