वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता भएको छ । काठमाडौं महानगरपालिका २३ वडाको आयोजनामा महानगरब्यापी स्कूलस्तरीय निबन्ध तथा कविता प्रतियोगिता भएको हो । साहित्यकार मानन्धर २३ वडाका पूर्व अध्यक्ष पनि हुन् ।
कक्षा ६ र ७ तथा कक्षा ८–९ गरि दुई समूहमा भएको प्रतियोगितामा कक्षा ८–९ तर्फ निबन्धमा फ्युचरस्टार इंग्लिस सेकेन्डरी स्कूल, कक्षा ८ का श्रेया पराजुली प्रथम, विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय कक्षा ९ का प्रकृति चौहान द्वितीय, श्री रत्नराज्य मावि, कक्षा ८ का सम्पदा थापा तृतीय र जगतसुन्दर ब्वनेकुथि, कक्षा ९ का कजना श्रेष्ठ सान्त्वना भए ।
त्यस्तै कविता तर्फ ज्ञानोदय मावि, कक्षा ८ का सद्भाव ज्ञावली प्रथम, कक्षा ९ का अनिश विष्ट द्वितीय, श्री महांकाल मावि कक्षा ९ का अंजली गुप्ता तृतीय र शान्ति निकुञ्ज मावि, कक्षा ९ का सविना न्यौपाने सान्त्वना पुरस्कार प्राप्त गरे ।
कक्षा ६–७ तर्फ निबन्धमा श्री महांकाल मावि कक्षा ७ का सपना श्रेष्ठ प्रथम, नेपाल युवक स्कुल कक्षा ६ का आएशा खातुन द्वितीय, कन्या मन्दिर मावि, कक्षा ७ का करुणा नेपाल तृतीय र श्री जनकल्याण मावि कक्षा ६ का युवराज शाह सात्वना भए । त्यस्तै कविता तर्फ जगतसुन्दर ब्वनेकुथि कक्षा ६ का निभा श्रेष्ठ प्रथम, श्री रत्नराज्य मावि कक्षा ७ का हिरा कुँवर द्वितीय, कंकेश्वरी आधारभूत विद्यालय कक्षा ७ का बिल्कस खातुन तृतीय र शान्ति निकुञ्ज मावि कक्षा ६ का सुष्मा माझी सान्त्वना भए ।
प्रतियोगिता कक्षा ६ र ७ तर्फ नेपालभाषामा र कक्षा ८ र ९ तर्फ नेपाली भाषामा भएको हो । कार्यक्रममा विजयी विद्यार्थीहरुले आ–आफ्नो रचना पाठ गरेको थिए ।
प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई शनिवार एक कार्यक्रम बीच काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल प्रमाणपत्र, वडा २३ का अध्यक्ष मचाराजा महर्जनले नगद पुरस्कार प्रदान गरे । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः जनही १० हजार, ७ हजार, ५ हजार र १५ सय नगद पुरस्कार प्रदान गरिएको थियो ।
वडाअध्यक्ष मचाराजा महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख निर्णायक रमेशकाजी स्थापितले निर्णय प्रक्रियाबारे जानकारी दिँदै विजयी विद्यार्थीहरुको नाम घोषणा गरेको थिए । कार्यक्रममा निर्णायक मण्डलका सदस्य पूर्णिमा डंगोलले वरिष्ठ बालसाहित्यकार मानन्धरको जीवनी प्रकाश पार्नुभएको थियो भने प्रतियोगिता बारे कार्यक्रम संयोजक तथा वडा सदस्य सुरेश मानन्धरले जानकारी गराएका थिए ।