वि.सं. २०२४ सालतिर नै हस्तलिखित पत्रिका निकाल्ने अभियानमा लाग्दा लाग्दै बनेपाबाट हस्तलिखित पत्रिका निकाल्ने क्रममा आफू पनि सङ्लग्न भइसके पछि साहित्यिक पत्रकारिता गर्ने रहर झन् तीव्र बन्दै गयो । ‘ल्हाकायोमायन’ र ‘फसंपुगु लप्ते’ त्यसैताका प्रकाशित मसँग सम्बन्धित हस्तलिखित पत्रिकाहरु हुन् । देशभरबाट प्रकाशित साहित्यिक पत्रपत्रिकाहरू र सामयिक सङ्कलनहरू समेत सङ्ग्रह गर्ने बानी बस्यो । साहित्यिक पत्रिकाहरूमा प्रकाशित लेख–रचनाहरू नियमित जस्तो पढ्ने, संश्लेषण गर्ने र आफूले पनि केही न केही कोरिरहने स्वभाव बनेपछि साहित्यमा मेरो गाढा सम्मोहन कायम भयो । देशका सबैजसो जिल्लाबाट थुप्रै खालका प्रगतिशील सामयिक सङ्कलनहरूको बाढी जस्तो आएको बेलामा हामीले पनि विगुल प्रगतिशील साहित्य सङ्कलन वि.सं. २०२७ सालमा नै देशभरमै सुन्ने किसिमले फुक्यौं । तर कायर सरकारले हाम्रो न्यायपूर्ण आवाज सुन्न चाहेनन् । २०२९ मा हाम्रो आवाजलाई प्रतिबन्ध लगाइदियो । पहिलो चरणको मेरो साहित्यिक यात्रा र साहित्यिक पत्रकारिता गर्ने रहरलाई यसरी निरङ्कुश ढङ्गले बलात् निमोठ्ने दुष्प्रयास भयो । तत्कालीन सरकार र व्यवस्थाबाट जीवनमा भोगेको यो कटुतापूर्ण व्यवहारहरु मेरा लागि इतिहास भइदिएका छन्, जसलाई मैले सन्दर्भमा सम्झिरहनेगर्छु ।
समाजमा आमूल परिवर्तन गर्नको लागि जुटेका हामी जस्ता युवाहरूलाई पटक्कै नरूचाउने उक्त समयका सरकार र परिवेशमा हाम्रो मन पनि विद्रोहले राँक्किदै गयो । र हाम्रा तर्फबाट भएका सुन्दर सामाजिक कार्यहरुलाई वक्रदृष्टिले हेर्ने, थुनछेक गर्ने कलुषित भावनाका साथ पञ्चहरू, प्रहरीहरू र प्रशासकहरू हामीतिर निरङ्कुश ढङ्गले आक्रमण गर्ने योजना र षड्यन्त्र बुनेर देखा परिरह्यो। स्वाभिमानले ढकमक्क फुलेको कलिलो मनमा कलुषितताले भरेको असिना बस्र्यो, हाम्रो योजनालाई चकनाचुर बनाउने अभियान चलायो। अहिले सम्झँदा मन दुख्छ । काला असिना बर्साउने कलुषितताको विरूद्ध थुक्न मन लाग्छ ।
पछि केही वर्षपछि धुलिखेलका दुईजना मित्रहरू दिलसुन्दर श्रेष्ठ र सुवास श्रेष्ठ साहित्यिक पत्रिका निकाल्ने रहर बोकेर मकहाँ आउनु भयो । मानसिकतामा बल थप्ने काम भयो, सक्दो सहयोग गरिदिएँ । ‘वेदना’ पत्रिका निकाल्ने साथीहरूको रहरमा मैले आÇनो साहित्यिक पत्रकारिता गर्ने रहरलाई फुकाइदिएँ । यो इतिहास पनि मेरो जीवनक्रममा सधैं गुञ्जिरहन्छ – जो अविष्मरणीय छ ।
२०३९ सालमा जनमत विचार प्रधान पाक्षिक दर्ता गर्न गइयो । तर प्रशासनले मेरो नाममा पत्रिका दर्ता गर्न नसकिने बाध्यता फर्माएपछि मित्र लक्ष्मणसुन्दर सैँजू प्रकाशक र भारती श्रेष्ठ सम्पादिका बनाई पत्रिका दर्ता गर्ने सहमति भयो । विचारप्रधान जनमत पत्रिकाको प्रकाशन र नियमितताको लागि लेख–रचना सङ्कलन र सम्पादन मात्र होइन, प्रुफ रिडिङका साथै पत्रिकाको हकरजस्तै बनेर म जनमतमासङ्घर्षरत रहिरह्यौं । प्रशासकको पूर्जी, छेकथुनर वक्रदृष्टि व्यहोर्दै पनि जनमत पाक्षिकका लागि हामी जुटिरह्यौं । पछि विचारप्रधान जनमत निलम्बन भएको सूचना भयो, केही समय जनमत स्थगित भयो ।
साहित्यिक पत्रकारिता गर्ने मेरो रहर र साहित्यिक अभियानमा जुट्दा–जुट्दै जनमतलाई विचारप्रधान पाक्षिकबाट २०४५ साल माघ महिनादेखि साहित्यिक मासिकका रूपमा प्रकाशन गरियो । आÇनै रहरले पाक्षिकलाई विचार प्रधानबाट साहित्यिक मासिक बनायौं । जनमतलाई विचारबाट साहित्यमा सम्प्रेषण गर्ने अभियान अन्तर्गत शुद्ध साहित्यिक पत्रिकामा रूपान्तरण गरिँदा थुप्रैले थुप्रै खालका प्रतिक्रियाहरू जनाए । कसैले राम्रो सुरूवात गर्यो जनमतले भन्दै शुभेच्छा व्यक्त गरे भने कसैले विचारबाट जनमत अलग्गियो भन्दै टिप्पणी गरे । तर आÇनै ढङ्गको समर्पण र इच्छा मनमा राखेर जनमतलाई साहित्यिक मासिकमा रूपमा नै प्रतिस्थापन गर्ने उद्देश्य बोकेर अभियानमा लागिरह्यौं । थुप्रै घाटा सहनुपर्ने बाध्यता आइपर्यो । जनमतका साहित्य अङ्कहरू निकाल्दै जाँदा पनि राजनीति र विचारको रङ्ग लागेकोले साहित्यिक मासिकको रूपमा जनमतलाई स्थापित गर्न निकै समय लाग्यो । विचारकै रूपमा जनमत छाम्नेहरूले विस्तारै छाम्न छोडे र साहित्यको रसास्वादन गर्नेहरूले पनि तुरून्तै विश्वास जनमतलाई दिएनन् । धेरै वर्षसम्म जनमत धरमर स्थितिमा आफूलाई राखेर साहित्यकारहरूको मन जित्न आÇनै बाटा र आस्थामा रमिरहे । साहित्यिक पत्रिका नबिक्ने, विज्ञापन नपाइने, सर्वसाधारणले पटक्कै नहेर्ने र सरकारी सुविधा केही प्राप्त नहुने यस खालको स्थितिमा पनि हामी निराश भएनौं, जनमतलाई आÇनो बर्कतअनुसार साहित्यमा राखेर प्रकाशन गरिरह्यौं । यस खालको स्थिति धेरै वर्षसम्म बोक्न जनमत बाध्य भयो तर पनि यात्रामा हामीले हार स्वीकारेनौँ ।
जनमतलाई साहित्यिक मासिकका रूपमा निकाल्दै गएपछि थुप्र्रै साहित्यकारहरूसँगको सामीप्य बढ्दै गयो, कोही कसैसँग गाढा मित्रता पनि बढेरै गयो । सहयोगीहरू जुटाइँदै लगियो । अनि अलिकति जनमतलाई भरथेग हुँदै गयो । तर पनि जनमतलाई एकातिर कसरी स्तरीय गर्दै लाने भन्ने समस्या छ त अर्कोतिर भरथेग गरी जीवन्त बनाइराख्ने कठोर समस्या छ । सबैकुरा छोडेर छाक काटेर भए पनि जनमतलाई साहित्यिक पत्रिकाको रूपमा निकाल्दै जाने योजना बनाइएअनुसार साहित्यकारहरूको घरदैलोमा पुगेर, सहयोगी इष्टमित्रहरूको कोठा–कोठामा पुगेर सहयोगका हातहरू फिँजाएर यसलाई बचाउँदै लगियो ।
जनमत साहित्यिक मासिकले आफ्नो भिन्न पहिचानका लागि लेखिकाहरूको अन्तर्वार्ता, कवि अनुभूति, मत/अभिमतका श्रृङ्खला, हस्ताक्षर, वरिष्ठ साहित्यकारहरूको अन्तर्वार्ता स्तम्भहरूसहितको अङ्कहरू र विशेष अङ्कहरू प्रकाशित गरिँदै लग्दा जनमतको एउटा खास रूप र आकार बन्दै गएको सत्यलाई नकार्न कसैले सकेनन् । निरन्तर लागिरहँदा, एउटै उद्देश्यका लागि कुदिरहँदा समयसँग मुकाबिला गर्न सकिँदोरहेछ । जनमतको यात्रामा लागिरहँदा बटुलेको यो मेरो अनुभव हो । तर पनि थुप्रैले सान्त्वनाका मधु बचनजस्तै बनाएर जनमतको साहित्यिक पत्रकारिताका सम्बन्धमा आ–आफ्नो प्रतिक्रियालाई राख्न चुकेनन् । कसैले साहित्यिक पत्रकारिता बिक्छ र ? भनी प्रश्न गरे त कतिले दुवालले दु:ख पाउने भयो भनी माया देखाए । यस्तै उस्तै भनाइमा आफूलाई डुबाउँदै थुप्रै खालका समस्याहरूसँग जुझ्दै जनमतलाई आजको रूपमा ढाल्न सफल भइयो । अझ पनि थुप्रै समस्याहरू छन् ती समस्याहरूसँग जुझ्न दह्रो मुटु र मन चाहिन्छ । लरतरो मन र मुटुले यस खालको सुख्खा र निस्सासिँदो साहित्यका पहाड चढ्न गाह्रो हुन्छ । जनमतलाई यस रूपमा ढाल्न मैले के मात्र गरिनँ ¤ शत्रुको पाउ लागेँ, मित्रलाई गुहारेँ र आफूभन्दा जुनियर पुस्तासँग मीठो मायाका आलिङ्गन र बल गुहारेँ । थुप्रै समस्याहरूसँग जुझ्दै साहित्यिक पत्रकारिताको इतिहासमा आफूलाई संलग्न गर्न खोजेको छु, यसैगरी जनमतको नामसँग आफू टाँसिएको पनि छु । हालसम्म जनमतको यात्रामा साहित्यिक पत्रकारिता गरिँदा भोग्नुपरेका समस्याहरूबारे नढाँटिकन भन्दा भन्नुपर्छ, समस्याहरूका अनगिन्ती रूपहरूसँग सङ्घर्ष गर्न नसक्नेहरूले साहित्यिक पत्रकारिता गर्न गाह्रो छ ।
पत्रिका नबिक्ने समस्याले गर्दा मन त रोइदिँदो हो । पुस्तक–पत्रिका पसलहरूमा बिक्रीका लागि पत्रिका पुर्याइदिँदा लिन गाह्रो मान्ने स्थिति थियो, भोगिएको हो । पुस्तक पसलहरुमा पत्रिका लिइदिए पनि हिसाब उठाउन गाह्रो स्थिति भोग्न पाएको हुँ । खोजी–खोजी पत्रिका पढ्ने पाठकहरू नभएको कहालीलाग्दो स्थिति देख्न पाएको हुँ । पत्रिकालाई जनमानसमा पुर्याउन व्यक्ति–व्यक्तिसँग सम्बन्ध जोडेर, सहयोगीहरूको घर–कोठामा पुगेर अनुनय–अनुरोधमा स्थायी ग्राहक, संरक्षकहरू खोजेर पत्रिका पुर्याइदिने अभियानमा जुटेपछि जनमतलाई अलिकति राहत मिलेको हो । यस्तै सङ्घर्षबाट जनमतलाई घर–घरमा पुर्याउन गरिएको अभियानले सबैका आँखामा सबै क्षेत्रको व्यक्तित्वहरूको घरदैलोमा जनमतको प्रवेश भएपछि सबैले आ–आÇनो ढङ्गको जनमतप्रति माया र स्नेह गरिदिएका हुन् । यस खालको कार्यसिद्धि प्राप्त गर्नका लागि आफूसँग रहेको सबै किसिमको शक्ति खन्याउनुपर्ने बाध्यता त छँदैछ अर्कोतिर विश्वास नभइकन, चरित्र निर्माण नभएसम्म यस खालको अभियानमा जुट्नु पनि गाह्रो नै छ । जनमतसँग आफूलाई गाँस्न लगाएपछि जनमतलाई जोगाउन मैले आफूलाई कहाँमात्र प्रवेश गराइनँ । जहितहीँ मायाको खोजीमा लागिरह्यौं । यसका लागि साथीभाइ, इष्टमित्र लगायत वरिष्ठ साहित्यकारहरूको मात्र माया बटुलेनौँ यसमा जीवनसँगिनी जस्तै माया दिएर हुर्काएको हुनाले म पनि उनीलाई सञ्जीवनी औषधि दिएर सधैं जीवन्त बनाउन खोजिरहेछु – मेरो यात्रा जारी छ । म सबैलाई भन्ने गर्छु । मलाई सहयोग गर्ने हो भने जनमतलाई माया देऊ । यही सदिच्छामार्फत् मेरो आत्मीय मित्रहरू सबैले पनि माया दिएको हुनाले जनमतको रूपरङ्गमा अलिकति हिस्सी थपिन पाएको हो । अहिले जनमत धेरैजसो मित्रहरूको घरदैलोमा पुग्न पाएको छ । अलिकति मन त्यसैले मेरो पनि खुल्दै गएको छ ।
यात्रा निरन्तर जारी राखेको कारणले जनमत पत्रिकामाथिको विश्वसनियता बढेको छ । प्रेस काउन्सिल नेपाल, जिल्ला विकास समिति, काभ्रे, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिविविले समेत सम्मान दिएर, कसैले रकम सहयोग गरेर, कसैले पत्रिकालाई अनुसन्धानमा राखेर सहयोग पुर्याएका छन् । त्यसैले जनमतको यात्रामा हामीलाई बल मिलको छ । जनमतको यात्रा निरन्तर कायम राख्नको लागि सत्प्रयासहरू जारी रहनेछन् । जनमत मासिकबाट हालसम्म प्रकाशित भएका व्यक्ति विशेष अङ्कहरुमा भीमनिधि तिवारी, पारिजात विशेष अङ्क, पारिजात स्मृति अङ्क, चूडामणि रेग्मी, धुस्वां साय्मि, लैनसिंह वाङ्देल, केवलपुरे किसान, जगदीश घिमिरे, शेषराज सिवाकोटी, ज्ञानकाजी मानन्धर, परशु प्रधान, भानुभक्त आचार्य, श्रीहरि फुयाल, मोहनविक्रम सिंह, दीनानाथ शर्मा, मोदनाथ प्रश्रित, रामप्रकाश समथिङ गुरुङ, प्रा.डा. रामप्रसाद दाहाल, उत्तमकृष्ण मजगैंया, राम विनय, विजय खरेल, रमेश श्रेष्ठ, गङ्गा लिगल, हरिहर शास्त्री, राममणि ढुङ्गेल, मणिराज जोशी प्रकाशित छन् । यसैगरी जनमत: विशेषमा तेजप्रकाश श्रेष्ठ, एसपी आशा, लक्ष्मीदेवी राजभण्डारी, पूर्ण वैद्य, भीम विराग, कृष्णप्रकाश श्रेष्ठ, बूंद राना, रमा शर्मा, डा. भीमचरण थापा, हरिहर खनाल, कृष्णप्रसाद दुवाल, शिव रेग्मी, वासुदेव भाइसाब, बद्री पलिखे, अर्जुन पराजुली, राधिका राया, श्यामकृष्ण श्रेष्ठ, नरेश शाक्य, विक्रम सुब्बा, दामोदर पुडासैनी किशोर, इन्द्रकुमार विकल्प, गोविन्द गिरी प्रेरणा, गोपाल अश्क, मातृका पोखरेल, लक्ष्मण राजवंशी, डा. ओमवीरसिंह बस्न्यात, कपिल अज्ञात, हरि मञ्जुश्री, पुष्करराज भट्ट, कृष्ण धरावासी, हेमराज पहारी, चन्द्रकला नेवार, आरसी रिजाल, रामप्रसाद पन्त, डा. सुष्मा आचार्य, पुण्य कार्की, कृष्ण जोशी, डीआर पोखरेल, मनप्रसाद सुब्बा, डिल्लीरमण शर्मा अज्र्याल, नरेन्द्रबहादुर श्रेष्ठ, खेमनाथ दाहाल, लक्ष्मीप्रसाद देवकोटा, वीरबहादुर चन्द, विन्द्या सुब्बा, सत्यमोहन जोशी, सदानन्द अभागी, शान्तिनारायण श्रेष्ठ, थाम्सुहाङ पुष्प सुब्बा, देवीलाल श्रेष्ठ, खेम कोइराला बन्धु, हरिप्रसाद शर्मा, श्यामप्रसाद शर्मा, नरनाथ लुईंटेल, रामबाबु सुवेदी, ओमी शर्मा, टीआर विश्वकर्मा, हरिप्रसाद पाण्डे, पंकज चित्रकारलाई समेट्न पाएका छौं ।
जनमत मासिकका विभिन्न खालका अङ्कहरु समेट्न पाएकोमा हामी कृतज्ञ छौं । यसैगरी जनमतको परिचय दिनका लागि जनमत: पचासौं अङ्क, जनमत: शताङ्क, जनमत: विशेष, जनमत: रजत विशेष, जनमत: द्विशताङ्क, जनमत: त्रिशताङ्कका साथै जनमत: सम्मानित प्रतिभा अङ्कहरु प्रत्येक वर्षमा प्रकाशन गरेर देश–विदेशमा परिचय बाँड्न पाएका छौं । यसैगरी देशभरमा जनमत पुर्याउने उद्देश्यले जनमत: जिल्ला अङ्कहरु पनि प्रकाशित छन् । जसमा चितवन, कैलाली, स्याङ्जा, लमजुङ, तनहुँ, बाग्लुङ, धादिङ, नवलपरासी, मकवानपुर, उदयपुर, कास्की, वैतडी, दाङ, सिक्किम (दुईटा अङ्क), रुपन्देही, नुवाकोट, सुनसरी, डोटी, कञ्चनपुर, पाँचथर, झापा, सिन्धुली, खोटाङ, पर्सा, म्याग्दी, सप्तरी, रौतहट र पर्वतका साहित्यकारहरुलाई राष्ट्रमा चिनाउन पाएका छौं ।
जनमत३०१ औं अङ्क प्रकाशित भइसकेका छन् । साहित्यिक पत्रकारका रूपमा देशभरका साहित्यिक पत्रकारहरूका माझबाट चुनिएर नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय महासचिव हुन पाएको छु । यही त हो मैले कमाएको प्रतिष्ठा र कमाइ । त्यस्तै नेपालको जेठो तथा स्तरीय साहित्यिक मासिक पत्रिका शारदाको सुरुको पुन: प्रकाशन क्रममा मलाई उक्त पत्रिकाको सल्लाहकार चयन गरी सम्मान प्रदान गरेकोमा पनि म गौरव अनुभव गरिरहेछु । जनमतको यात्रामा म सन्तुष्ट नै छु ।
यहाँको साहित्यिक इतिहासको
गौरवपूर्ण यात्रा पढ्न पाउदा खुशी लाग्यो । कुनैबेला विशेषत २०४० पछि म पनि जनमतको पाठक थिएँ ।