जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

‘उत्साह’ मा उत्साह

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २ पुष २०७९, शनिबार
सँस्मरण भित्र
0
‘उत्साह’ मा उत्साह

२०४२ मार्ग १५, बौद्धमा प्रगतिशील लेखकहरूको भेलाले साझा सहमतिको आधारमा ‘उत्साह’ लाई मासिक रूपमा नै नियमित प्रकाशन गर्ने उद्देश्यले सम्पादक मण्डलको चयन भएको थियो । उक्त भेलाले पाँच जना प्रगतिशील साहित्यकारहरू पारिजात, खगेन्द्र सङ्ग्रौला, रमेश विकल, मोहन दुवाल र आनन्ददेव भट्टलाई सम्पादक मण्डलमा रहन भेलाले अनुरोध गरे अनुसार चयन भयो । कार्यकारी सम्पादकमा इस्माली, सहकार्यकारी सम्पादकहरूमा शार्दूल भट्टराई र देविका तिमल्सिना रहने व्यवस्था भयो । त्यसताका म प्रगतिशील लेखक कलाकार सङ्घको केन्द्रीय समितिमा शरद बनेपाको नामबाट सक्रिय रहेको हुनाले प्रगतिशील जगत्मा परिचित थिएँ । मेरो निम्ति त्यो भेला र त्यस भेलाबाट सम्पादक मण्डलमा रहने सम्पादक बनाइएकोमा निकै गौरव महसुस गरेको त्यस क्षण मैले सधैँ नै स्मरण गर्नुपर्ने क्षण भयो । पारिजात मेरो आदर्शका साहित्यिक योद्धा र चर्चित साहित्यकार । उनीसँग यसै अवधिमा धेरै सामिप्यता जोडियो पनि र साहित्यिक सिर्जनाका हिसाबले मेरा प्रिय नाम पनि हुन् । त्यसताका नै पारिजातका प्रकाशित उपन्यास, कथा, कविताका पुस्तकहरू पढेँ । २०४० असार ३२ देखिको ‘जनमत’ पाक्षिकमा पारिजातको संस्मरण छापिँदै आएको हो । ‘एउटा चित्रमय सुरुवात’ संस्मरणदेखि, ‘पहिलो साहित्यिक अभिव्यक्ति’, ‘आक्रमणहरू’, ‘मनको गहिराइमा पस्नेहरू’, ‘व्यस्तताको दोस्रो झटारो’, ‘एउटा रुमानी सम्झना’, ‘हालसालका कुरा’, ‘दश रुपियाँ दाम मेरो जीवनको संयोग’, ‘असन्तुलितहरू सँग’ नामक संस्मरणहरू जनमतमा छाप्न दिई संस्मरण लेखनमा घचघच्याइ दिएको पुरानो याद स्मृतिमा आइरहन्छ । जनमतबाट उहाँको अभिनन्दन, जनमत पारिजात अङ्क र जनमत पारिजात स्मृति अङ्क पनि प्रकाशित छन् । 
खगेन्द्र सङ्ग्रौलाको नाग पोखरीको डेरामा २०२६ साल फागुनतिर ‘बिगुल’ सामयिक सङ्कलनका लागि कथा माग्न गएको सम्झना छ । २०२७ वैशाखमा ‘बिगुल’ मा यिनका कथा ‘उज्यालो खस्नुभन्दा अघि’ प्रकाशित भएको थियो । त्यतिखेर देखिको यिनी सँगको मेरो मित्रता झाँगिँदै जानु बाहेक ओझेलमा परेको छैन । ‘जनमत’ ले यिनको सम्मान गर्न पाएको छु; यसै गरी मेरो सम्झनामा यिनले अक्षर अभिवादन गरेर मेरो सम्मान गरेका छन् । प्रगतिशील–सामाजिक चेत् भएका हामीहरू आ–आफ्नो साहित्यिक क्षेत्र, सिर्जना र गतिविधिमा सक्रिय छौँ । ‘उत्साह’ मा पनि यिनीसँग १ वर्ष सँगै साहित्यिक सम्पादनमा रमायौँ । 
रमेश विकल मैले निकै सम्मान गर्न पाएको साहित्यिक अभियन्ता अर्थात् वरिष्ठ आख्यानकार हुन् । यिनका जेठा छोरा विजय चालिसे समकालीन मित्र मात्र नभई प्राथमिक शिक्षक तालिममा १० महिनासम्म सँगसँगै सहपाठी भएर पढ्न पाएका आत्मीय मित्र पनि हुन् । रमेश दाइका कथाहरू म मन पराएर पढ्ने गर्छु । मेरा दाजु कृष्णप्रसाद दुवालसँग भएर रमेश दाजु बरोबर घर आउने गर्छन् त्यसताका । 

आनन्ददेव भट्ट मेरा आदरणीय साहित्यिक गुरु । प्रगतिशील चेत् साहित्यमा भर्न सिपालु यिनी शिक्षण सेवा र साहित्यिक सिर्जनामा जीवन समर्पण गर्दै आएका स्रष्टा हुन् । २०४४ सालमा प्रकाशित ‘आलोचना र परिचय’ मेरो पुस्तकमा यिनले भूमिकामा लेखेका छन्– “यस पुस्तकका कैयन् पाठकलाई थाहा हुनेछ श्री मोहन दुवाल त श्री ‘शरद बनेपा’ नामक आलोचक हुनुहुँदो रहेछ । जसलाई हामीले २०३० उप्रान्त देखि समय–समयमा पढ्दै आएका थियौँ । अनि कति नौला पाठकलाई यो पनि थाहा हुनेछ : २०३० को दशकमा नै नेपाली साहित्यको इतिहासमा ठाउँ–ठाउँमा बरोबर चर्चामा आई आफ्नो एउटा निश्चित ठाउँ बनाइसकेका साहित्यकारहरूका सम्बन्धमा श्री मोहन दुवालले यति खरो खरी किसिमले आफ्ना समीक्षात्मक मन्तव्य दिइसक्नु भएको रहेछ । हुन पनि साथै यस्ता टिप्पणी, मन्तव्य, समीक्षा, अनुशीलन र आलोचनाले त्यति बेलाको लेखनलाई कतिको प्रभाव पार्‍यो होला ।”

मलाई यी स्रष्टाहरूसँग ‘उत्साह’ मा बसेर सिर्जनात्मक यात्रामा लाग्न पाउँदा निकै उत्साह थपिएको हो । पाँच जना हामी सम्पादकहरू विविध विधा हेर्ने र सम्पादन गर्ने कार्यमा जुटेका थियौँ । म निबन्ध विधा हेर्ने सम्पादकमा दरिएको मलाई याद छ । २०४२ माघदेखि २०४३ पुससम्म जम्मा १२ अङ्कमा सम्पादक भई साहित्यिक सेवामा लागेको विगत इतिहास मेरा लागि गौरवपूर्ण क्षणहरू हुन् । १ वर्षको सम्पादन कार्यमा ‘उत्साह’ मा छापिएका निबन्धकार र निबन्धमा म्याक्सीम गोर्कीद्वारा लिखित ‘विषयवस्तु’बारेको निबन्ध, इन्द्रप्रसाद रेग्मीको ‘राष्ट्रिय गीतकार बन्ने धुनमा’, मोदनाथ प्रश्रितको ‘विर्ताका रैतीहरू’, लमजुङ अधिकारीको ‘महँगो पुस्तक’, मोहन दुवालको ‘ठुलाबडा भनाउँदाहरूले र म’ छापिएका छन् । यसै गरी अजात शर्माको ‘इज्जत’, रविलाल अधिकारीको ‘प्रतिभा सम्मान’, घनश्याम पौडेलको ‘पोइल जाने बानी’, पोषराज पौडेलको ‘पहिरो र कुहिनो’, ‘शूर वीर पौड्यालको ‘गुरु गणेशजी’, जनकप्रसाद हुमागाईँको ‘समय र जीवन’, रवि किरण निर्जीवको ‘गफसफ’ निबन्धहरू छापिएका छन् । २०४३ पुसको अङ्कमा वर्षभरिका निबन्धहरु बारे कृष्णचन्द्र सिंह प्रधानका ‘उत्साह’ का निबन्ध एक प्रतिक्रिया, शक्ति लम्सालको लेख–निबन्ध सम्बन्धी टिप्पणी र मूल्याङ्कन परिवारको ‘उत्साह: एक सङ्क्षिप्त अध्ययन’ प्रकाशित भएको देखिन्छ । 

१ वर्ष उत्साहको सम्पादक भई प्रगतिशील साहित्यिक यात्रा पथमा लाग्दा–लाग्दै मेरी माता खिलकुमारी दुवालको दुर्दान्तमय घटनाबाट दिवंगत हुँदा ‘उत्साह’ ले २०४३ पुसमा यस खालको समवेदना छापेर मलाई ढाडस दिएको प्रसङ्ग स्मृतिका लागि यहाँ जानकारी दिन खोजेँ । “काभ्रे जिल्लाको बनेपा सहर निवासी श्री मोहन दुवाल प्रगतिवादी साहित्य सेवीहरुका माझमा सुपरिचित हुनुहुन्छ । शिक्षा र समाजसेवाको क्षेत्रमा पनि उहाँलाई जिल्लावासीहरू राम्ररी चिन्दछन् । गत पौष २९ गते २०४३ बिहान ३ बजे उहाँकी आमा श्रीमती खिलकुमारी दुवालको निधन भएको समाचारले उहाँलाई चिन्ने, जान्ने सबै जनता साथै यस ‘उत्साह परिवार’ लाई पनि निकै दुःखी तुल्याएको छ । उहाँले २०४२ मार्ग १५ उप्रान्त साझा सहमतिको आधारमा खडा भएको ‘उत्साह’ को सम्पादक–मण्डल (२०४२–२०४३) मा बसी गर्नुभएको योगदानको सम्झना गर्नु यस अवसरमा विशेष महत्त्व राख्ने कुरा हो । उहाँलाई परेको यस गहिरो शोकका बेलामा ‘उत्साह परिवार’ उहाँप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै आउँदा दिनमा पुनः यस्तै उत्साह र जाँगर लिई देश र जनताको सेवामा समर्पित हुन सक्नुहोस् भनी समवेदना व्यक्त गर्दछ – उत्साह परिवार । ”

मप्रति पोखेका समवेदनाका उद्गार र उत्साहमा गाँसिएका सृजना, श्रमका कथाहरू म सधैँ सम्झिरहन्छु । उत्साहकै सम्पादन क्रममा यी विशिष्ट साहित्यकारहरूसँग बनेपा स्थित मेरो घरमा खाना सँगसँगै खाएको ती क्षणहरू पनि सम्झनामा आइरहन्छ । उत्साहमा संलग्न चार जना आदरयोग्य साहित्यकारहरू आनन्ददेव भट्ट, खगेन्द्र सङ्ग्रौला, पारिजात र रमेश विकलका साथै अन्य साहित्यिक मित्रहरू इस्माली, शार्दूल भट्टराई र देविका तिमल्सिनासँग उत्साहमा रहेर जुन साहित्यिक माया–प्रेम साट्न पाएँ, ती सुन्दर क्षणहरू मेरा जीवनका लागि अविस्मरणीय रहेका छन् । 


Tags: उत्साहमोहन दुवाल
अघिल्लो पोष्ट

रबरको रोटी

पछिल्लो पोस्ट

स्वर्ग

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
स्वर्ग

स्वर्ग

दाफा पुकारको तेस्रो संस्करण पाटन संग्रहालयमा सम्पन्न

दाफा पुकारको तेस्रो संस्करण पाटन संग्रहालयमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गद्य कविताका शिखर–कवि  गोपालप्रसाद रिमाल

गद्य कविताका शिखर–कवि गोपालप्रसाद रिमाल

४ जेष्ठ २०७९, बुधबार
विमला तुम्खेवा र गिरिराज बाँस्कोटा सम्मानित

विमला तुम्खेवा र गिरिराज बाँस्कोटा सम्मानित

५ जेष्ठ २०८१, शनिबार
ऐतिहासिक साहित्यिक पत्रिका  ‘उदय’को विश्राम

ऐतिहासिक साहित्यिक पत्रिका ‘उदय’को विश्राम

४ जेष्ठ २०८०, बिहीबार
सुक्ष्म प्रेम

सुक्ष्म प्रेम

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक