नेवारी समुदाय र संस्कृतिमा दाफा संगीतको ऐतिहासिक महत्त्व रहिआएको छ । उपत्यकाको ऐतिहासिक दाफा सांगीतिक परम्पराको अभ्यास‚ परम्परा तथा दर्शनको आदानप्रदानका लागि ‘दाफा पुकार’ कार्यक्रम आयोजना गरिएको छ ।
दाफा संगीतको सौन्दर्य र सिर्जनात्मक अभिव्यक्तिको रस्वादन गर्दै यसका अभ्यासकर्तालाई मौलिकलाई जोड दिने खुल्ला मञ्चका रुपमा कार्यक्रमलाई अगाडि बढाइएको आयोजकले जनाएको छ । आयोजकका अनुसार दाफा संगीतका अभ्यासकर्ता, अन्वेषकहरू, स्थानीय सरोकारवालाहरू तथा यसका पारखीहरूलाई एकै स्थानमा ल्याई सबैका विचार बाँड्दै समन्वयका नवीनतम अवसरहरू खोज्ने प्रयास गरिएको छ ।
यसमा दाफा संगीत सम्बद्ध अमूर्त सम्पदाहरू जस्तै खः प्याखं नृत्य र नाटक र मूर्त सम्पदाहरूजस्तै हस्तलिखित ग्रन्थहरू, फल्चा, नेवाः बस्तिहरूको वास्तुकलाजस्ता विषयमा अन्वेषण र चिन्तन गरिनेछ । कार्यक्रयम अन्तर्गत दाफा खलः हरूबीच दाफा संगीतको आदानप्रदान, सामुहिक छलफल, सफु लेखन कार्यशाला, सम्पदा पदयात्रा र दाफा सम्बद्ध प्रदर्शनी विशेष रूपमा समावेश गरिएका छन् ।
स्थानीय निकायसँग दाफा संस्कृतिको संरक्षण, संवर्द्धन र यसको पुस्तान्तरबारे गहन छलफल गरी निर्णय प्रक्रियामा समन्वय र सहकार्य गर्न समेत कार्यक्रममो उद्देश्य रहेको छ ।
अमेरिकी दूतावासको बकु बस, सतोरी सेन्टर फर दि आर्ट्स र सोसिअल साइन्स बहाको सहायतामा गरिएको कार्यक्रमलाई फोक लोक, पांगाको बालकुमारी दाफा खलः र तःननि को तःननि दाफा खलः ले अगाडि ल्याएको हो ।