तीन भाइमध्ये सबभन्दा कान्छोभाइ ऋषभ अत्यन्त चलाख, बुद्धिमान अनि अनुशासनयुक्त र हेर्दा पनि राम्रो मुहार भएको झलक्क हेर्ने बित्तिकै जोसुकैले पनि आहा भन्लाजस्तो । उसको आकर्षक चेहराले सबैजना मोहित हुन्थे । कान्छोछोरा भएकोले आमाबाबुका पनि अति प्यारो । लाडप्यारमा हुर्के तापनि पढाइमा सधैं माथिल्लै श्रेणी ल्याउने, छिटो छरितो, जे काम पनि तल्लीन भई गर्ने, साथै गरेको कामलाई पूरा गरेरै छोड्ने प्रतिबद्धता बोकेको केटो थियो ।
तिनको अगाडि ती दुई भाइ – जेठो रतन, माहिलो रजत एक किसिमले फितलो नै देखिन्थे । किनकि जेठो केही अल्छीपन भएको, काम गर्न निकै गाह्रो मानि–मानि गर्ने । तर सारै सोझा साथै सत्यवादीजस्ता थिए । यिनी पनि पढ्नमा त अति मेहनती, मेहनत गरेर नै उसले इन्जिनियर भएर काम पनि गर्न सुरु गरिसकेको थियो । तर माहिलो रजत भने पढ्न ध्यानै नदिने, फट्याई गर्ने र आफूलाई धेरै खेलमै मग्न राख्न रुचाउने खालको थिए ।
ऋषिकेश पहाडी र रन्जना पहाडीका यी तीन छोरा अलगअलग किसिमका भएपनि पौरखी भने अवश्य थिए । ऋषिकेश पहाडी धनीमानी धेरै जग्गाजमिन भएका, धेरै मौजाका मालिक जमिन्दार थिए । आफ्नो जन्मस्थान पूर्वी भेग भोजपुरका भए पनि छोराहरुको राम्रो पढाइका लागि केटाहरु सानै छँदै आफ्नो जन्मस्थल छोडेर राजधानी काठमाडौंको वन्तपुर टोलमा जमानामै राम्रो घर किनी बसोबास गर्न सुरु गरेकाले यिनीहरुको पढाइमा धक्का चाहिँ लागेन ।
जेठाले पढाइपछि भनेजस्तो राम्रो नोकरी पाई आफूलाई खुसी राख्न सफल भए । त्यस्तै माहिलो पनि द्यब् सम्म पास गरी त्यउ खेलाडी भएर निस्के । अब त उस्को बसोबास अष्टे«लिया पो भएको छ । धेरै वर्ष बितेपछि त्यहीँको अष्टे«लियन केटीसँग विवाह गरी नेपाल आई फेरि फर्केर पनि गए ।
जेठोलाई आमाबाबुले आफैले हेरी धरानकी केटीसँग विवाह गरिदिए । राम्रो घरजम गरी, आमाबाबुको रेखदेख गरी घरैमा बसेर सुन्दर घर परिवार बनाउने जुन ऋषिकेश पहाडीको कल्पना थियो त्यो पूरा भएको छ ।
कान्छा चञ्चले केटो पढाइ पूरा नगरी साथीहरुको लहैलहैमा मलेसिया जान जिद्दी गरे । सोही अनुसार उसको इच्छा पूरा गर्न ऋषभकी आमाले सिफारिस गरिन्, लागू पनि भइहाल्यो । अनि किन चाहियो ? ऊ जेट प्लेनबाट मलेसियाको लागि रवाना भयो ।
उसका साथीहरुमा १२ जना केटाहरु थिए । एक जनाको १६ लाख लिई दलालहरुले जिम्मा लिएका थिए । तिनीहरुलाई मेलेसिया त पुर्याइदिए, तर के गर्ने ! काम नपाएर केटाहरु भोकभोकै हुनथाले । बल्लबल्ल काम लगाइदिए त्यो काम पनि ठूलो फ्याक्ट्रीमा भारी बोक्ने काम रहेछ ।
ऋषभ कान्छो छोराको मायाले बसेको, अब उसको जीवनमा कत्रो परिवर्तन आयो । नेपालमा आमाले बनाएको मीठो चोखो खाएको बानी, धनीका छोरा जति पैसा खर्च गर्न पनि सक्ने, अब त्यहाँ पुगेर काम नपाएर भएभरको पैसा खाना र काम खोज्नमा सखाप भयो । काम पाइएको पनि सारै गाह्रो त्यसमाथि थोरै पैसामा ।
पाँच–सात वर्ष त दु:खै गरे, त्यतिबेला उसको एकजना साथी अमेरिका पुगेका रहेछन् । ऋषभको बाबुले फोन दिएकाले मौकामा फोन गरिहाले ।
ऋषभ –‘हेलो ! रमेश त कहाँ छस् ?’
रमेश –‘ऋषभ, म त डिभी परेर अमेरिका आएको छु । अनि तेरो हालखबर के छ यार ?’
ऋषभ –‘अहो, रमेश ! मर्न मात्र बाँकी छ । अहिले नै सास जालाजस्तो भइसक्यो । केही उपाय गर न यार !’
रमेश –‘अहो तेरो हालत त्यस्तो, म अब तँलाई बोलाइहाल्छु म त यहाँको नागरिक भइसके नि ।’
ऋषभ –‘अहो ! बधाइ छ यार । अब मलाई तुरुन्त बोलाइ हाल ।’
रमेश –‘हुन्छ ऋषभ, म अब ढिलो गर्दिन । अब फाराम भरिहाल्छु । छिटो आइहाल्छस् ।’
छोराको अवस्थाले ऋषिकेश र आमा रञ्जना दु:खले विह्वल भएका छन् । रमेशले खबर पठाए नेपालमा । काका मैले ऋषभसँग कुरा गरेर अमेरिकाको लागि फाराम भरिसकेको छु । अब सब ठीक भइहाल्छ हजुरहरुले कत्तिपनि चिन्ता नलिनु होला ।
समय बित्दै गयो । तीन वर्ष पूरा भएपछि अमेरिकाको ग्लष्तभम ब्ष्चउयचतमा ऋषभ पहाडी आइपुगे । धेरै वर्षपछि भेट भएकोले एक अर्कामा अँगालो हाली अतीतको बाल्य जीवनका क्रियाकलाप सम्झी आँखाभरि आँसु गरी मनलाई शान्त गरे ।
रमेश –‘ठीक छ ऋषभ अब हामीहरु अमेरिकै बस्ने छौं । यहाँ केहीको पनि दु:ख छैन, काम पाइन्छ । सबै व्यवस्था राम्रो छ । नआत्तिनु है ।’
ऋषभ –‘हुन्छ रमेश । मलाई तँजस्तो साथी मिलेपछि केको दु:ख ।’
दुवैजना अमेरिकाको वाशिंटनमा डि.सी.को मेरील्याण्ड सहरमा पुगे । कति सुन्दर सहर, कति सुन्दर घर, एक छिन त ऋषभ त हेरेको हेर्यै भयो ।
रमेश –‘आइज न यार भित्र जाउँ ।’
ऋषभ –‘हुन्छ ।’
दुवैजना भित्र पसे । रीता, हेर को आएको छ । रीता सानो छोरालाई लिएर ीष्खष्लन चययm मा आइन् ।
रीता –‘अहो हेलो ! नमस्कार ।’
ऋषभ –‘नमस्कार ।’
रमेश –‘रीता यो मेरा बचपनको सारै मिल्ने साथी । हामी त अचानक छुट्टियौं । फेरि अचानक भेट पनि भयौं ।’
ऋषभ –‘अहो यार तेरो त बिहे पनि भएर छोरा पनि भइसकेछ ल बधाई है ।’
रमेश –‘ल ऋषभ अब हामी नास्ता खाऔं, अनि केहीबेर आराम गरेर बजारतिर डुल्न जाऔं ।’
यो खबर रमेशले नेपाल पठाए, साथै ऋषभले पनि फोन गरे । आमाबाबु खुसीले केही छिनको लागि रोए पनि ।
रञ्जना –‘बाबु ऋषभ ! अब छिटो एक पटक हामीलाई भेट्न नेपाल आएस है, अब तेरो बिहे गर्ने उमेर पनि भयो भन्दै सुँक्क सुँक्क गर्न लागिन् आमा ।
ऋषभ –’आमा ! अब हजुरले चिन्ता लिनु पर्दैन अब त म एक वर्ष भित्रै आइहाल्छु ।’
अब रमेशले ऋषभको लागि ग्रीनकार्डको फाराम भरेपछि त छ महिना भित्र त आइहाल्यो नि, अब उनलाई रमेशको ध्बिि :बचत क्तयचभमा काम पनि लगाइदिए । एकवर्षभित्र पैसा पनि भयो । अब नेपाल जाने तरखरमा लागे । उनलाई केवल एक महिनाको छुट्टी मिल्यो । उनी गइहाले ।
उता रतन दाजु ब्ष्चउयचतमा लिन आएका थिए । दाजुलाई भेटेर उनलाई रुन मन लाग्यो । अँगालो हाल्दै रोए, अनि घरतिर लागे ।
घरमा आमाबाबु सबै खुशी भए । जेठो दाजु रतनका दुई छोरा र छोरी भइसकेका थिए । तिनलाई विभिन्न किसिमका सामान लिएर गएका थिए । केटाकटी अंकल आए भनी खुसी भए ।
रञ्जना –‘बाबु ऋषभ, मैले तँलाई नजा त भनेको नै हो नि, सारै दु:ख पाइस् बरु रमेशले सारै ठूलो गुन गर्यो । अब अमेरिकामा त राम्रो छ होला हैन ?
ऋषभ –‘हो आमा ! अब त धेरै राम्रो छ । मैले काम पनि गर्छु । जम्मा एक महिनाको विदा छ आमा ।’
आमा –‘अब केटी हेर । यही मौकामा बिहे गर्नुपर्छ । अमेरिका गएपछि छिटो गरेर झिकाएस् ।’
यति कुरा भएपछि ठाउँ ठाउँमा केटी हेर्न जान थाले । एउटा पनि मन परेन । पछि एक जना आफन्तीले ल मेरो आफ्नो पर्ने छ हेर्नुहोस् है भने ।
पछि हेर्न जाँदा छिप्पिएकी बान्की पनि नमिलेको, जोडा पनि नमिल्ने केटी देखाए । हुन्न भनी सबै फर्केर आए । फेरि घुमिफिरीकन त्यही केटी नै मनपर्ने स्थिति सृजना गराए । फर्कन ढिलो भइसक्यो, लौ जे पर्छपर्छ भन्नथाले सबैले, बिहे पनि भइहाल्यो ।
एक वर्षपछि उसले श्रीमतीलाई पनि अमेरिका झिकाए, उनी आइ पुगिन् । ऋषभले ब्ष्चउयचत लिन पुगे । प्लेनबाट उत्रेपछि मेरिल्याण्डतिर लागे ।
यता रमेशले साथीलाई बउबचतmभलत को व्यवस्था गरिसकेको थियो, तर पहिले रमेशको घरमा लगे । भेटघाट भयो खुसी मानी मनाए साँझ त्यही खाना खाएपछि बउबचतmभलत मा पुर्याइदिए रमेशले ।
अब ऋषभको नयाँ जिन्दगीको सुरुवात भयो । ऋषभ भर्खरै अमेरिका आएको हुनाले त्यति केही व्यवस्था गर्न सकेको थिएन । यही मौका छोपी यस्तो भएन, उस्तो भएन भनी निहुँ खोज्न थालिन् । केही समयपछि दुबैले काम गरी व्यवस्थित जीवन त हुन थाल्यो, तर रमिताको उछृङ्खलपना र झगडालुपनले ऋषभको जिन्दगी त्यति सारमय बन्न सकेन ।
तिनको घमण्डीपन र स्वार्थीपनाले ऋषभलाई कष्ट हुनथाल्यो । त्यसमाथि भनेको कुरा नमान्ने आफ्नो इच्छाले जे पनि गर्ने कोसिस गर्नेले गर्दा नमानी नमानी रातिराति अगिद पनि जाने गर्न थाल्यो । हरेक रात अगिद मा जाने घरको बेवास्ता गर्ने । दुई वर्षभित्र एउटी छोरीको पनि जन्म भइसकेको थियो । हुँदाहुँदा छोरी पनि आठ वर्षकी भइसकी, तर आदतमा केही फरकपन नआई दयथ ाचष्भलम लिएर पो हिँड्न थाली ।
यस्तो नराम्रो क्रियाकलापले ऋषभलाई हुनसम्म धोका भयो र रिस पनि उठ्न थाल्यो । तब कोर्टमा गई म्ष्खयचअभ पनि गरिदिए । तिनी त्यही कालो अमेरिकन दयथ ाचष्भलम सँग गई । यता बाबु छोरी मात्र अन्धकारको जीवन जिउन बाध्य भए ।
नेपालमा यो कुरा हल्ला भएपछि ऋषिकेश पहाडीले तुरुन्त छोरा र नातिनीलाई बोलाए र उनीहरु आइहाले पनि ।
केही समयपछि अत्यन्त सुशील घरानीया परिवारको छोरीसँग बिहे गरी पठाइदिए । अब यिनीहरु अत्यन्त खुसियाली जीन्दगी जिउन थाले । कामबाट पनि धेरै फाइदा हुन थाल्यो । व्यवस्थित घर भयो । अब त एउटा छोरा र अर्की एउटी छोरी पनि भए । धनी बने ऋषभ । रविना अत्यन्त शील स्वभावकी बैंक मेनेजर राहुल खत्रीकी छोरी थिइन् । अनुशासनकी देवी थिइन् । तिनको राम्रो व्यवहारले गर्दा चारैतिर इज्जत, धन र नाम पनि भयो ।
घर परिवार सासुससुराको त्यतिकै इज्जत गर्ने घरको लागि समर्पित हुने स्वभावकी थिइन् । जसले गर्दा सारा माहौल रसिलो र भरिलो हुन गयो । बेला बेलामा नेपाल आउन जान सबैको लागि उपहारको व्यवस्था गर्ने, बोलिबचन र हरेक क्रियाकलापले ऋषिकेश र रञ्जना अत्याधिक प्रभावित थिए ।
समय समयमा घरका परिवारहरु पनि पालैसित अमेरिका भ्रमण आउने जाने आदिले आफ्नोपनमा झन् बृद्धि भयो । जसले गर्दा विदेशमा भएतापनि ती नेपाल र अमेरिका एकछत्र समान प्रेम माया ममताले सिँचेर परिवारलाई सदाबहार हँसिलो राख्नमा रविनाको ठूलो हात रहेको कुराले परिवार र छिमेकी समेत सबै प्रफूलित थिए ।
ऋषभ र रमिताकी छोरी रीमा नेपालमै बाजेबजैको पालनपोषणमा रहे । अब त किशोरी पनि भइसकेकी थिई । ऋषभले तिनलाई पढाइको लागि अमेरिकैमा राख्ने निर्णय गरे । अब परिवारको संख्या पनि बढ्यो । आर्थिक स्रोत बढाउनको लागि उनले ब्अअ क्तबतभ घर किनबेच गर्ने काम सुरु गरे । त्यो बिजनेस खुबै खप्यो । ५–६ वर्षभित्र ऋषभ त धेरै धनी हुन पुगे । उनले सम्पत्ति कमाएपछि नेपालमा आफ्नो देश नै फर्कनु ठीक सम्झी ऋषभ अलिअलि बाँकी भएको बिजनेस आफ्नो साथी रमेशलाई जिम्मा दिई सपरिवार सदाको लागि आफ्नो देश फर्के ।
आफ्नो देशमा पुगेर उनले आनन्दको सास फेरे । अनि भन्न थाले –‘आफ्नो देशको हावापानी र भोजनमा जुन आनन्दको चोखो र मीठो स्वाद छ त्यो अरु कहाँ पाइन्छ र त्यसैले यसैलाई नै “स्वर्ग” भनिन्छ ।