जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

कृष्णप्रसाद जोशीदेखि कृष्ण जोशीसम्म

हरि मञ्जुश्री हरि मञ्जुश्री
प्रकाशित २० मंसिर २०७९, मंगलवार
स्मृतिमा स्रस्टा भित्र
0
कृष्णप्रसाद जोशीदेखि कृष्ण जोशीसम्म

वि.सं. २००७ साल मङ्सिर २४ गते शनिबार भोजपुर बजारमा एकाएक गोली चलेको आवाज आयो । मान्छेहरूको भागाभाग भयो । बजारमै घर भएकी गणेशकुमारी जोशी छोराछोरीलाई अघि लगाई कुम्लो–कुटुरो बोकेर तलतिर झ्रिन् । अलि तल रहेको थपिनी दिदीको घरमा उनीहरू पुगे । त्यहीँ रात बिताउने निधो भयो । तर अबेरसम्म पनि गणेशकुमारीका श्रीमान् गुमानसिंह जोशी देखापरेनन् । उनी राणाकालीन बिचारी पदमा जागिरे थिए । नेपाली काङ्ग्रेसले भोजपुर कब्जा गर्न सशस्त्र आन्दोलन गरेको थाहा पाउनेबित्तिकै उनी पाक्तापाक्तैको भात छोडेर काठमाडौंतिर हानिइसकेका थिए । परिवारका कान्छा छोरा कृष्णप्रसाद जोशी त्यस बेला १० वर्षका थिए । उनलाई परिवारमा परेको विपत्तिका विषयमा केही थाहा थिएन । बाले नयाँ लुगा ल्याइदिनुहुन्छ भन्ने आशामा थिए उनी ।

तर गुमानसिंह जोशी काठमाडौंबाट भोजपुर फर्किएनन् । २००९ साल चैतमा काठमाडौंमा नै उनको चोला उठ्यो । कृष्ण जोशीले बाको अन्तिम दर्शन पाउन सकेनन् । उनी बाको मृत्युको खबर भोजपुरमा पुग्दा डम्बर तामाङको आँगनमा चुरा जोड्ने खेल खेल्दै थिए ।

त्यति बेलासम्म कृष्ण जोशीको घरको आर्थिक स्थिति राम्रै थियो, पछि बिस्तारै ओरालो लाग्न थाल्यो । उनी भन्ज्याङपाटीको उदय मिडिल स्कुलमा पढ्थे । टक्सारको विद्याधरी मिडिल स्कुल र उदय मिडिल स्कुल गाभिएर विद्योदय हाइस्कुल बनेपछि उनी त्यसैमा पढ्न थाले । परशु प्रधान उनका सहपाठी थिए । उनीहरू गुन्द्री, सुकुल र कालोपाटी बोकेर विद्यालय जान्थे । तर कृष्ण जोशीलाई पढाउन उनकी आमालाई असाध्यै गाह्रो पर्‍यो । किनभने घरको आर्थिक अवस्था अत्यन्त कमजोर भइसकेको थियो । गुमानसिंहले जोडेको जगेडा पूँजी सकिइसकेको थियो र गहनाहरू पनि बेचिइसकेका थिए । विद्यालयको शुल्क तिर्न नसकेपछि २०११ सालमा सात कक्षामा पढ्दापढ्दै कृष्ण जोशीले विद्यालय जानै छोडिदिए र हातमा सानो लौरो लिएर उनी गाई चराउन सार्कीडाँडातिर जान थाले ।

त्यस बखत विद्यालयका सचिव इन्द्रप्रसाद श्रेष्ठ थिए र प्रधानाध्यापक थिए शरद्चन्द्र शर्मा भट्टराई । राम्ररी पढ्ने विद्यार्थी विद्यालय नआएको पाएर उनीहरूले कृष्ण जोशीलाई बोलाउन पठाए, घरैमा आएर पनि फकाए । उनको शुल्क मिनाहा गरियो । बल्ल उनी विद्यालय जान थाले । भएको एउटा गाई पनि बेचियो । उनको अध्ययनमा सघाउ पुर्‍याउन उनलाई र परशु प्रधानलाई श्रीराम आदर्श पुस्तकालयको लाइब्रेरियन बनाइयो । उनी महिनामा २ रुपियाँ ५० पैसा तलब पाउँथे । २०१४ सालमा उनी एसएलसी परीक्षा दिन काठमाडौं भित्रिए । प्युखाटोलमा डेरा लिए उनले । त्यस घरको माथिल्लो तलामा मदनमणि दीक्षित सपरिवार बस्ने गर्थे । उनका छोरा विनोद दीक्षितसँग कृष्ण जोशीको मित्रता गाँसियो । शान्ता श्रेष्ठ र मिठु दिदीले सञ्चालन गर्ने बाल–कार्यक्रमका लागि रेडियो नेपालमा गई कविताहरू पाठ गर्न थाले उनी । त्यसपछि उनी कृष्णप्रसाद जोशीबाट कृष्ण जोशी बने । काठमाडौंले उनको भविष्यको रेखा कोर्न सघायो । उनी काठमाडौंमै बसे । उनी कवि भए, गीतकार भए, उपन्यासकार भए, सम्पादक भए । यसरी उनी कालजयी भए । जीवननिर्वाहका लागिचाहिँ उनी जागिरे भए । ताप्लेजुङ, पाँचथर, सोलुखुम्बु, सङ्खुवासभा, मनाङ, म्याग्दी, मुस्ताङ, खोटाङ आदिजस्ता दुर्गम जिल्लाहरूमा जागिरे जीवनको अधिकांश समय बिताएपछि उनी उपसचिव पदबाट सेवानिवृत्त बनाइए । २०२१ सालदेखि प्रारम्भ भएको उनको सरकारी जागिर २०४९ सालदेखि समाप्त भयो ।

मैले चिन्दा कृष्ण जोशी सरकारी जागिरमा थिएनन् । त्यसैले मैले उनलाई साहित्यकारका रूपमा मात्रै चिनेको छु । भोजपुरमा जन्म भएका नाताले, उमेरका आधारले, ज्ञान र अनुभवका कारणले र साहित्यिक क्षेत्रका हिसाबले उनी मलाई आफ्नै दाजुजस्तो लाग्छ, र म व्यवहारमा ‘जोशीदाइ’ भन्छु । यहाँ अहिले गरिरहेजस्तो ‘तिमी’ सम्बोधन गर्दिनँ, ‘तपाईं’ भन्छु । उनको मप्रतिको व्यवहार पनि आफ्नै भाइलाई गरेजस्तै छ ।

कृष्ण जोशीसँग आफ्नै प्रकारको महत्व भएका केही प्रसङ्गहरू जोडिएका छन् । उनले आफ्नो सम्पादनमा २०२१ सालमा भोजपुरका कविता निकाले । एउटै जिल्लाका कविहरूलाई समेटेर त्यसअघि त्यस्तो कवितासङ्ग्रह निस्किएको थिएन । पछि कास्की, काभ्रे, धादिङ आदि जिल्लाबाट त्यस्ता कवितासङ्ग्रहहरू त निस्किए, तर कृष्ण जोशीले भोजपुरका कविता, २०६५ पनि निकाले र त्यस्ता सङ्ग्रहहरूचाहिँ अरू जिल्लाका निस्किएनन् । २०२१ सालमै उनले सगरमाथा अञ्चल साहित्य सेमिनार अङ्कको सम्पादन गरे । भोजपुर जिल्ला त्यस बखत कोसी अञ्चलअन्तर्गत थिएन, सगरमाथा अञ्चल अन्तर्गत थियो । अञ्चलकेन्द्रित पहिलो साहित्यिक कृति पनि त्यही बन्यो । काठमाडौंलाई केन्द्रीय विषय बनाएर लेखिएका विभिन्न कविका कविताहरूको सङ्ग्रह निकाल्ने पहिलो व्यक्ति, हालसम्मका अन्तिम व्यक्ति या एक मात्र व्यक्ति उनी नै भए । एघारौं संस्करणसम्म पुस्तक निस्कने पहिलो भोजपुरेसमेत उनी नै भए । त्रिभुवन विश्वविद्यालयले एम.पी.ए.को पाठ्यक्रममा राखेको उनको साहित्येतर कृति सार्वजनिक प्रशासन आधुनिक अध्ययन उनलाई यो श्रेय दिलाउने उत्तम कृति हो ।

अचम्मको र महत्वको यस्तै प्रसङ्ग अर्को एउटा पनि जोडिएको छ कृष्ण जोशीको जीवनमा । जागिरे जीवनको लामो समय दुर्गम जिल्लाहरूमा बिताउँदा पनि सरकारले उनको कदर कहिल्यै गरेन । उनले ‘गोरखादक्षिणबाहु’ पदक पाएनन् । तर सरकारी सेवाबाट निवृत्त भएको १२ वर्षपछिको एक बिहान पदक पाउनेहरूको नाउँ भन्दै गर्दा उनको नाउँ पनि भन्यो रेडियो नेपालले । उनी छक्क परे । पछि गोरखापत्रले पनि उनको नाउँ छाप्यो, २०६२ सालमा पदक पाउनेहरूको सूचीमा । उनलाई साहित्यकारका रूपमा ‘प्रबल गोरखादक्षिणबाहु चौथो’ दिइएको थियो । त्यस वर्ष साहित्यकारका रूपमा त्यो पदक पाउने उनी मात्रै थिए । कसरी त्यो पदक उनलाई दिने निधो गरियो, उनैलाई थाहा भएन । राजा ज्ञानेन्द्रका हातबाट उनले पदक लिए । पृथुलाधीशका रूपमा रानी कोमल शाहले दस्तखत गरेको प्रबल गोरखादक्षिणबाहु चौथोको प्रमाणपत्र उनको कोठामा झ्ुन्डिएको छ । शाहवंशीय राजतन्त्रका राजाबाट त्यो पदक पाउने अन्तिम नेपाली साहित्यकार कृष्ण जोशी नै बने । उनले राजाको हातबाट पदक लिएको एक वर्ष नबित्दै राजतन्त्रको अवसान भयो, राजा ज्ञानेन्द्र कृष्ण जोशीकै नागरिक हैसियतमा झ्रे । यसरी पनि कृष्ण जोशीको नाउँ अभिलेखबद्ध भयो ।

तर अक्षरले मलाई कालजयी बनायो भन्ने अहम् छैन कृष्ण जोशीमा । मान्छेहरूको विशाल भीडमा आफ्नो अलग्गै चिनारी लिएर सगौरव उभिएका छन् उनी । तर उनमा घमण्ड छैन । उनी सौम्यता र भद्रताले पनि साँच्चैका कविजस्ता लाग्छन् । उनका तीनवटा कवितासङ्ग्रहमा त कविता छन्–छन्, बोलीवचन, व्यवहार र भावभङ्गिमाबाट समेत उनी कविताको वर्षा गराइरहेका हुन्छन् । उनको लेखनकौशलले उनलाई हिमालको उचाइ दिएको छ, उनको भावनाले उनलाई समुद्रको गहिराई दिएको छ । धेरै वर्षपछि २०५८ सालमा भोजपुर पुग्दा भोजपुरको माटो निधारमा लगाएर उनी भावुक बनेका थिए । त्यस बखत भोजपुरे माटोको टीको उनका बा गुमानसिंहको सम्झ्ना गराउन पर्याप्त थियो । उनी भावनामा आमालाई पनि ल्याइरहेका थिए । २०३० सालमा आमाको निधन हुँदासमेत बाको जस्तै आमाको पनि अन्तिम दर्शन गर्न नपाएको पीडा २०५८ सालमा भोजपुर पुग्दा समेत उनको अनुहारमा पोखिइरहेकै थियो । कवि उनी साँच्चै कवितामय बनेका थिए ।

कृष्ण जोशी कविता लेख्छन्, छुट्टै प्रकारका लेख्छन् । बिम्बहरूको भूमि बनाएर त्यसमा शब्दहरूलाई खेलाउँछन् । आगो समुद्र पानी समुद्र कवितासङ्ग्रहमा प्रकाशकीय लेख्दा उनका कविताका विषयमा मैले केही लेखेको छु । गोरखापत्र, रचना, प्रगति, उजेली, हिमानी, रूपरेखा, फूलपाती, सिंहनाद, मधुपर्क, कल्पना, मिर्मिरे, समष्टि, बगर, अभिव्यक्ति, रत्नश्री, श्रीजा, कान्तिपुर आदि थुप्रै पत्रपत्रिकाहरूमा उनका कविताहरू छापिएका छन् । २०१३ सालदेखि सुरु भएको उनको साहित्यिक यात्रा अझ्ै चलिरहेको छ । तीनवटा उपन्यास र एउटा गीतसङ्ग्रहसमेत सातवटा साहित्यिक कृतिका कृतिकार बनिसकेका छन् उनी । उनका तीनवटा पुस्तक मेरै कम्प्युटरमा अक्षराङ्कित भएका हुन् ।

कृष्ण जोशी मेरो हृदयमा बारम्बार उदाउँछन् र उदाइरहेका छन् । हिरण्य भोजपुरे, मञ्जुल आदि साहित्यकारहरूसँग मेरो परिचय उनैले गराइदिएका हुन् । हिरण्य भोजपुरेले मैले पाएको नोबेल पुरस्कार निबन्धमा कृष्ण जोशीको सुन्दर तस्विर खिचेका छन् । मेरो आग्रहमा कृष्ण जोशी अतिथि र निर्णायक बनेर काभ्रेमा आएका छन् र साहित्यिक मन्तव्य व्यक्त गरेका छन् । केही सङ्घसंस्थाहरूमा हामी दुवै आबद्ध छौं । श्रीविक्रम राणाको निधनपछि २०५४ सालमा उनको गीतसङ्ग्रह घाउका फूलहरू हामी दुबैले संयुक्त रूपमा सम्पादन गरेका छौं । त्यस पुस्तकको प्रकाशनखर्च जुटाउन उनले धेरै परिश्रम गरेका छन् । उनको अन्तर्वार्ता लिएर मैले पत्रिकामा छपाएको छु, उनको व्यक्तित्वका विषयमा र कृतिका विषयमा पनि आफ्नो प्रतिक्रिया र अनुभूति मैले लेखेको छु । म संलग्न भएको एउटा समितिले मेरै प्रस्तावमा उनलाई २०५६ सालमा सम्मान गर्ने निर्णय गरेको थियो । मेरो लेखन, सम्पादन र प्रकाशनसम्बन्धी कार्यमा उनी सल्लाहहरू दिइरहन्छन् । उनले दिएको एउटा सल्लाहअनुसार मैले काम गर्न सकेको छैन, त्यो हो भोजपुरे लेखकहरूको जीवनीसङ्ग्रहको सम्पादन र प्रकाशन गर्ने । उनीबाट उपन्यासका लागि एउटा विषय मैले पाएको छु र म त्यो लेख्दै पनि छु । यसरी म धेरैतिर उनीसँग कुनै न कुनै रूपमा जोडिएको छु । यसबाट मलाई गर्वको अनुभव हुन्छ र म उनीसँग अझ् नजिकिन्छु ।

कृष्ण जोशी मलाई बुझछन् । आफू कुशल सम्पादक भएकाले होला, उनी सम्पादनकर्मका क्रममा मैले पाइरहेको पीडा अनुभूत गर्न सक्छन् । २०१३ सालमा बालसाहित्यबाट सम्पादनकार्य प्रारम्भ गरेका उनले २०१५ सालमा आँकुरोको, २०१८ सालमा पँधेरोको, २०१९ सालमा सपनाको ओतमाको, २०२० सालमा फूलबारी र कविताकुञ्जको सम्पादन गरेका छन् । २००७ सालको क्रान्ति र नारदमुनि थुलुङको २०५३ सालमा, बिर्सेका अनुहारहरू : बिर्सन नसकिएका घटनाहरू २०५७ सालमा र इन्द्रप्रसाद श्रेष्ठ : जीवनवृत्त र व्यक्तित्व २०६५ सालमा सम्पादन गरेका छन् उनले । यसरी उनीबाट सम्पादित कृतिको सङ्ख्या १४ पुगेको छ ।

कृष्ण जोशीले तयार पारेको व्यक्तिगत विवरण मैले पढ्ने मौका पाएको छु । त्यसमा जागिरे जीवनको उल्लेख छैन, साहित्यिक क्षेत्रसँग संलग्न विवरणहरू मात्र उल्लेख छन् । वासु शशी स्मृति परिषद्, साहित्यिक पत्रकार सङ्घ, नारदमुनि थुलुङ स्मृति परिषद्, वाणी प्रकाशन र घट्टेकुलो शान्तिनगर विकास समाजसँग आबद्ध रहेका उनले भोजपुर साहित्य महोत्सवबाट २०५८ सालमा सम्मानपत्र, साहित्यिक पत्रकार सङ्घबाट २०५९ सालमा व्यथित काव्यपुरस्कार र बगर फाउन्डेसनबाट २०६१ सालमा बगर–सम्मान प्राप्त गरेका छन् । अरू ५ वटा पदक सरकारबाट पाएका छन् । कुलप्रसाद देवानले कृष्ण जोशीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन शीर्षकमा र नवराज निरौलाले कृष्ण जोशीको उपन्यासकारिताको अध्ययन शीर्षकमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा गरिने स्नातकोत्तरका लागि शोधपत्र लेखेका छन् । कृष्ण जोशीको व्यक्तिगत विवरणमा पनि यी कुरा परेका छन् । उनले गर्व गर्न लायक र उनलाई राष्ट्रमा चिनाउने विषय भनेकै साहित्य हो । उनी नेपाली साहित्यका दीर्घ तपस्वी हुन् ।

कृष्ण जोशीले अध्ययनका क्रममा राजनीतिशास्त्र मूल विषय लिई स्नातकोत्तर गरे, युएसएडको छात्रवृत्ति कार्यक्रमअन्तर्गत अमेरिकन युनिभर्सिटी लेबनानबाट एमपीए गरे । भारत, पाकिस्तान, श्रीलङ्का, थाइल्यान्ड, सिरिया आदि देशको भ्रमण पनि गरे । अध्ययन र अनुभवले खारिएर अनि विचार र अनुभूतिलाई तीव्र बनाएर उनले मृत्यु दोहोरिन्छ म बाँचेँ भने, असम्मत सम्मत, काठमाडौंवरिपरि, विसङ्गत स्वरहरू, पोखरीभित्रको शताब्दी, आगो समुद्र पानी समुद्र र चित्रदंश जस्ता मौलिक कृतिहरू साहित्यवाटिकामा अर्पण गरे । अहिले उनी काठमाडौं घट्टेकुलोमा २०३९ सालमा बनाएको घरमा श्रीमती, छोराबुहारी र नातिनातिनाका साथमा उनीहरू सबैको आदर पाएर बसिरहेका छन् । २०२२ साल जेठ १७ गते विवाह गरेपछि जीवनसँगिनी हुन पुगेकी सरस्वती जोशीको सल्लाह, सेवा र सहयोगले उनी स्वतन्त्र रूपमा अध्ययन, लेखन, सम्पादन र प्रकाशनमा ७० वर्षको उमेरमा पनि व्यस्त रहन सकेका छन् । साहित्यिक समारोह र अन्य सामाजिक क्रियाकलापहरूमा उनको सक्रियता छँदैछ । उनको प्रेरणादायक आत्मकथा पढ्न पाउने अधिकारबाट नेपाली साहित्यका पाठकलाई उनले वञ्चित गराए पनि सङ्ग्रहमा समेटिन नसकेका कविताहरूको सङ्कलन उनीबाट भइरहेको छ । उनको घरमा पुग्दा म उनलाई कुनै पुस्तक या कापी–कलमसँग खेलेको देख्ने गर्छु । उनको अक्षरपूजा देखेर सधैं मैले उनलाई श्रद्धा र आस्थापूर्वक नमन गर्ने गरेको छु ।

आफ्नो कान्छो छोराले देशको यति सेवा गर्ला र ऊ यति प्रसिद्ध होला भनेर निरक्षर गणेशकुमारी जोशीले कल्पना गरेकी थिइन् कि थिइनन्, थाहा छैन । छोराका लागि विद्यालयको शुल्क तिर्न नसकेर छोरालाई गाईगोठालो बनाउनुपर्दा उनको चित्त साह्रै नै कुँडिएको हुँदो हो र फरियाको फेरले आँसु पुछेर उनी विवशतापूर्वक धेरै रोएकी हुँदी हुन् । तर कृष्ण जोशीको घरको बैठककोठाको भित्तामा झ्ुन्ड्याइएको गणेशकुमारी जोशीको तस्विर निन्याउरो देखिँदैन । उनको शरीर नभए पनि आत्माले आफ्नो छोराको पौरख देखिरहेको छ । कति खुसी होला अहिले उनको आत्मा, म भन्न सक्दिनँ । मलाई त लाग्छ, कृष्ण जोशीको पुर्पुरो बलियै रहेछ, र पो उनी सिङ्गो भोजपुर बने, नेपाली भाषासाहित्यको अस्तित्व रहेसम्मका लागि जीवित रहन सक्ने बने र नेपालगौरव बने । धन्य छ कृष्ण जोशी ।
– अक्षरधाम, बनेपा

जनमत १४० अंकवाट


Tags: हरि मञ्जुश्री
अघिल्लो पोष्ट

वराह पोखरीको उत्पत्ति 

पछिल्लो पोस्ट

साहित्यकारहरू आफू बाँचेको युग र समयबाट असान्दर्भिक मूर्तिजस्तो बाँच्न सक्दैनन्  : कृष्ण जोशी

हरि मञ्जुश्री

हरि मञ्जुश्री

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
साहित्यकारहरू आफू बाँचेको युग र समयबाट असान्दर्भिक मूर्तिजस्तो बाँच्न सक्दैनन्  : कृष्ण जोशी

साहित्यकारहरू आफू बाँचेको युग र समयबाट असान्दर्भिक मूर्तिजस्तो बाँच्न सक्दैनन्  : कृष्ण जोशी

विध्वंसका विरुद्ध कवि कृष्ण जोशीको ‘आगो समुद्र : पानी समुद्र’

विध्वंसका विरुद्ध कवि कृष्ण जोशीको ‘आगो समुद्र : पानी समुद्र’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गर्दै जाँदाका कुराहरू (१)

गर्दै जाँदाका कुराहरू (१)

२२ फाल्गुन २०७९, सोमबार
कलम र भोका शब्दहरु

कलम र भोका शब्दहरु

२२ फाल्गुन २०७८, आईतवार
पुस्तकका रोचक तथ्यहरु

पुस्तकका रोचक तथ्यहरु

२२ फाल्गुन २०७८, आईतवार
निरु न्यौपानेका उपन्यास र गजल सार्वजनिक

निरु न्यौपानेका उपन्यास र गजल सार्वजनिक

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक