जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

साहित्यकारहरू आफू बाँचेको युग र समयबाट असान्दर्भिक मूर्तिजस्तो बाँच्न सक्दैनन्  : कृष्ण जोशी

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २१ मंसिर २०७९, बुधबार
अन्तर्वार्ता, स्मृतिमा स्रस्टा भित्र
0
साहित्यकारहरू आफू बाँचेको युग र समयबाट असान्दर्भिक मूर्तिजस्तो बाँच्न सक्दैनन्  : कृष्ण जोशी

० हाल तपाईँ के लेख्दै हुनुहुन्छ ? 
वर्तमान नेपाली साहित्यमा म मान्छे आफैँ लेखिइँदै छु ।

० प्रत्येक स्रष्टाका साहित्यलाई हेर्ने र परिभाषित गर्ने आ–आफ्नै किसिमको दृष्टिकोण हुन्छ । तपाईँको दृष्टिकोण के हो ?
साहित्यको कुनै परिभाषा अन्तिम हुन सक्दैन । परिवर्तित सन्दर्भ र परिवेशले नयाँ परिभाषा र सन्दर्भको माग गर्दछ । त्यही माग र चाहनाको अभ्यास नै मेरो दृष्टिकोण हो ।

० तपाईँ कस्तो लेखनलाई उत्कृष्ट ठान्नुहुन्छ ?
कस्तो लेखनलाई उत्कृष्ट मान्ने र कस्तोलाई नमान्ने, यो प्रश्नको उत्तर पनि निरपेक्ष नै हो । त्यस्तै निरपेक्षलाई स्वीकार गर्ने मेरो प्रवृत्ति रहेकोले कुनै लेखनलाई अन्तिम उत्कृष्ट मान्ने आँट म गर्न सक्दिनँ । 

० साहित्यकारहरूको दायित्व कस्तो हुनुपर्छ ? तपाईँको विचार प्रस्ट पारिदिनुहोस् ।
साहित्यकारहरू आफू बाँचेको युग र समयबाट असान्दर्भिक मूर्तिजस्तो भएर बाँच्न सक्दैनन् । म त्यस्तै सन्दर्भहरूको दायित्वबोध बोकेर हिँडिरहेछु । 

० हालसालको साहित्यलाई तपाईँले कसरी हेरिरहनुभएको छ ?
हालसालको साहित्य (नेपालको सन्दर्भमा) बढी यथार्थ र घटना–विश्लेषणतिर आकर्षित भइरहेको छ । व्यापक राजनीतिक परिवर्तनको गहन–प्रभावलाई पनि वर्तमान साहित्यले नकार्न सक्ने स्थिति छैन । 

० तपाईँ आफू कुन–कुन साहित्यकार, चिन्तकहरूबाट प्रभावित हुनुहुन्छ ?
सबैलाई अन्तिम प्रभाव पार्ने साहित्यकार, चिन्तकहरूको निर्धारण हुन सक्छ भन्ने पनि म ठान्दिनँ । George Orwell sf] Animal Farm र स्वागत नेपालको मातृ सम्भोगको स्वैरकल्पना दूर भविष्यमा पनि अति कल्पित नै रहने अभिव्यक्तिहरू हुन्  ? 

० तपाईँको लेखकीय जीवनको सुरुवात कसरी भयो ? र तपाईँको साहित्यिक यात्रा कुन विधाबाट सुरु भयो ? कृपया सबभन्दा पहिले प्रकाशित कुनै पनि विधाको लेख, रचना उल्लेख गर्नुहोस् । 
हाम्रो समयमा स्कुलको पाठ्यक्रममा नै नेपालका शिखर साहित्यकारहरूको मात्र होइन विश्वविख्यात कवि–साहित्यकारहरूका रचना र पुस्तकहरू पढ्नुपर्थ्यो । त्यति मात्र होइन, वि.सं. १८०१ तिरको वीर दाह्राबाट प्रभावित कवि उदयानन्द, वि.सं. १८७२ को सुगौली सन्धिपश्चात्का कविहरू अगमदिलदास, शक्ति माता योगमाया, सत ब्रह्म दिलदास जस्ता प्रतिभाले टेकेको भोजपुरको माटो र उनीहरूले पिएको पानी मैले पनि टेकेको र पिएको हुँदा मजस्तो भोजपुरेको साहित्यिक यात्रा प्रारम्भ हुनु कुनै विस्मयकारी यथार्थ होइन । २०१२ सालतिर भोजपुरमा बाल साहित्यको पत्रिका सम्पादन गरेँ । त्यसैमा प्रकाशित कविताहरूमा नै मेरो यात्राको सुरुवात हो भने २०१८ साल पुस १४ गतेको गोरखापत्रमा प्रकाशित मेरो पारोविनाको ऐना कवितालाई राष्ट्रिय स्तरमा प्रकाशित पहिलो रचना मान्दै आएको छु । 

० तपाईँलाई कसरी साहित्य–सिर्जनामा लाग्ने प्रेरणा प्राप्त भयो ? बताइदिनुहुन्छ कि ? 
म जन्मिएँ भीर पाखा टेक्दै खोलानाला तर्नुपर्ने अप्ठ्यारो ठाउँमा । शिक्षादीक्षा प्राप्त गर्दा पनि अत्यन्त अप्ठ्यारो परिस्थितिसँग युद्ध गर्नुपर्‍यो । मेरो निर्भरता बोकिदिने बा र आमालाई गुमाउनुपर्‍यो । त्यस्तै अप्ठ्याराहरूसँगको युद्धबाट नथाकीकन म साहित्य–सिर्जनामा होमिएँ । अहिले पनि साहित्य–सिर्जनालाई युद्ध लड्नुभन्दा कठिन मान्दछु म । 

० साहित्यकारकार रूपमा तपाईँको सही मूल्याङ्कन भएको छ कि छैन ?
म Self erotism कुण्ठाबाट टाढा छु । 

० साहित्य र राजनीतिमा तपाईँ कस्तो समानता वा असमानताको अनुभव गर्नुहुन्छ ?
साहित्य र राजनीति यस्तो मार्ग हो जहाँबाट हरेक व्यक्तिले हिँड्नै पर्दछ । त्यो हिँडाइमा साहित्यले डोर्‍याएन भने स्वार्थ प्रेरक राजनीतिले अगुवाइ गर्ने मौका पाउँदछ । त्यसरी डोर्‍याउन सक्ने क्षमता भएकोले साहित्यमा राजनीति आश्रित हुनुपर्दछ । साहित्यिक भावनाविनाको कुनै मान्छेको म परिकल्पना गर्दिन । त्यत्ति हो, कसैले व्यक्त गर्दछन्, कोहीले सक्दैनन् । साहित्य र राजनीतिबिचको समानता त्यो हो कि राजनीतिबाट साहित्य पनि अप्रभावित रहन सक्दैन । कुनै असमानता छ भने त्यो हो कि साहित्यले रगत माग्दैन तर राजनीतिले कहिलेकाहीँ रगत पनि माग्दछ । 

० तपाईँ कुनै राजनीतिक वादबाट प्रभावित हुनुभएको छ कि छैन ? के साहित्यमा राजनीति प्रभावित हुँदैन र ? 
मैले Political Science df M.A. गरेँ । त्यति मात्र होइन, Master in Public Administration पनि गरेँ । यी दुवै विधाहरूमा राजनीतिक सिद्धान्त र विश्लेषणहरू पढ्नु पर्छ । त्यस कारण राष्ट्रिय या अन्तर्राष्ट्रिय राजनीतिको ममा प्रभाव पर्नु र ज्ञान हुनु अचम्मको कुरा होइन । तर पनि म अहिलेसम्म खास कुनै वादबाट प्रभावित छैन । अर्को कुरा, मान्छेहरू Social Animal मात्र होइन Economic Man / Political Animal पनि हुन् । त्यस्ता मान्छेहरूमध्येबाट नै साहित्यिक सिर्जनाहरू जन्मिने हुँदा साहित्यमा राजनीति पक्षको मात्र होइन, सामाजिक, आर्थिक पक्षहरूको प्रभाव पर्नु स्वाभाविकै हो । 

० तपाईँजस्तो एक जना सफल लेखक हुन के के गुणहरू आवश्यक हुन्छ ?
लेखन कार्य पनि एउटा योग हो, तपस्या हो, साधना र समर्पण हो । यी सबै विलक्षणता नै सफल लेखकको परिचय हो । ममा त ती पक्षहरूका कुनै अंश मात्र पाएँ भने पनि अहोभाग्य हुने थियो ।  

० नेपाल प्रज्ञाप्रतिष्ठान लेखक–कलाकारहरूको स्वतन्त्र प्रतिष्ठान हुनुुपथ्र्यो । तर त्यसो नभई सरकारको कार्यालयजस्तो भयो । यस सम्बन्धमा यहाँको के टिप्पणी छ ? 
त्यस्तो नहुनुपर्ने हो । भयो । म दुःखित छु । आशा गरौँ नयाँ नेपाल निर्माणरत हामीहरूले देख्ने भोलिको प्रज्ञाप्रतिष्ठान त्यस्तो नहोस् । 

० जीवनमा कहिल्यै कठिनाइ अनुभव गरी लेखकीय जीवनबाट निराश त हुनुभएको छैन ?
मसँग सरकारी नोकरी अथवा निजामती सेवाको तीन दशकको अनुभव छ । त्यो तीन दशकभित्र मैले धेरै लेख्नु थियो, तर लेखिएन । तापनि पूर्ण रूपमा निराश भएर लेखकीय सन्दर्भबाट र विचारबाट पृथक् रहने त कुरै भएन । अहिले निराश हुनुपर्ने स्थिति छँदै छैन । 

० दिनचर्या कस्तो छ ? जीवनका समकालीन क्षणहरूबारे जानकारी दिनुहुन्छ कि ?
दिनचर्या रमाइलो छ । दस जनाको सिङ्गै र पूर्ण परिवारमा एक्लो ट्याम्के डाँडा उभिएको छु । मेरो अहिलेको क्षणमा विखण्डन नआओस्, Post modernism जस्तो बारम्बार भत्किँदै कहिल्यै पूर्ण नहुने निर्माणोन्मुखजस्तो नहोस् मेरो वर्तमान र भविष्य । 

० तपाईँको व्यक्तिगत र साहित्यिक जीवनका तीता–मीठा अविस्मरणीय क्षणहरू छन् भने कृपया बताइदिनुहोस् न ! 
थुपै्र क्षणहरू छन् । कतिपय मेरा आफ्ना उपन्यासका कथावस्तु भएका छन् भने कविताहरूका बिम्ब पनि भएका छन् । लेबनान बेरुतमा सन् १९८० मा M.P.A. को Thesis लेख्ने क्रममा Library मा अध्ययन गर्दागर्दै मेरै छेउबाट Sniper को गोली गएर   म छेवैको  दराजमा लाग्नु पनि त कम भयावह क्षण थिएन ! 

० भविष्यमा तपाईँको के योजना छ ?
मेरो उमेर अहिले सातौं दशकमा छ । आगामी कुनै योजना बनाएँ भने पूर्ण होला र ? कतै मेरो वैयक्तिक योजना पनि सरकारी पञ्चवर्षीय योजनाजस्तै भयो भने ? 

० तपाईँको कुनै खास अम्मल छ कि ?
अनायास छुने र अनायास छोड्ने जीवन नै मेरो अम्मल भयो ।  
तपाईँको चाख कस्तो किसिमको छ ? खास गरी खानपिन र साथी सँगती सम्बन्धमा ? 
म कुनै पनि खानपिनलाई अस्वीकार गर्दिनँ । यो जिन्दगी हो । थरी थरीका साथी सँगातीहरू हुन्छन् । स्वीकार्य पक्षलाई ग्रहण गर्छु । अस्वीकार्य पक्षलाई हलुकासँग छाड्ने प्रयास गर्छु, तिरस्कार पनि गर्दिनँ । 

० रोग व्याधिले कत्तिको सताउने गर्छ ?
म अस्वस्थ छैन । कहिलेकाहीँ मान्छेसँग, भुईँसँग र भित्तासँग ठोकिदा खुट्टादेखि टाउकोसम्म दुख्छ । त्यसरी कहाँनिर दुख्छ अँध्यारोमा देख्न सक्दिनँ, दुखेको ठाउँ पखाल्न पानी पनि पाउँदिनँ । मलाई घनघोर चिन्ता छ अर्की सती जन्मिएर फेरि नसरापोस् हामीलाई । 

० अन्तमा जनमत र पाठकहरूलाई के सन्देश दिन चाहनु हुन्छ ?
मेरो कामना छ; मेरो विश्वास छ, जनमत सम्पूर्ण जनमनको हुन सकोस् ।

जनमत १४० अंकवाट कृष्ण जोशीको अन्तर्वार्ता


Tags: कृष्ण जोशी
अघिल्लो पोष्ट

कृष्णप्रसाद जोशीदेखि कृष्ण जोशीसम्म

पछिल्लो पोस्ट

विध्वंसका विरुद्ध कवि कृष्ण जोशीको ‘आगो समुद्र : पानी समुद्र’

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

तुलसी दिवस – अन्तर्वार्ता
अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

१ श्रावण २०८२, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
पछिल्लो पोष्ट
विध्वंसका विरुद्ध कवि कृष्ण जोशीको ‘आगो समुद्र : पानी समुद्र’

विध्वंसका विरुद्ध कवि कृष्ण जोशीको ‘आगो समुद्र : पानी समुद्र’

य:मरि पुन्हि

य:मरि पुन्हि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपाली जनजिब्रोमा टाँसिएको भानुभक्तको रामायण

नेपाली जनजिब्रोमा टाँसिएको भानुभक्तको रामायण

९ बैशाख २०८०, शनिबार
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’ उपाधि

आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’ उपाधि

९ बैशाख २०८०, शनिबार
लकाश पौडेल विरचित ‘शौर्यगाथा’ : ऐतिहासिक तथ्यमा आधारित महाकाव्य

लकाश पौडेल विरचित ‘शौर्यगाथा’ : ऐतिहासिक तथ्यमा आधारित महाकाव्य

९ बैशाख २०७८, बिहीबार
बौद्धमा हिमालयन म्युजियम

बौद्धमा हिमालयन म्युजियम

९ बैशाख २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक