जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

युगस्रष्टा कवि युद्धप्रसाद मिश्रको अन्त्य अवस्थाको कथा

जनकप्रसाद हुमागाईं जनकप्रसाद हुमागाईं
प्रकाशित १० जेष्ठ २०८०, बुधबार
विविध, स्मृतिमा स्रस्टा भित्र
0
युगस्रष्टा कवि युद्धप्रसाद मिश्रको अन्त्य अवस्थाको कथा

युग स्रष्टा कवि, क्रान्तिकारी कवि, जनताका प्रिय साहित्यको प्रगतिवादी फाँटका योद्धा कवि युद्धप्रसाद मिश्रका बारेमा मैले सोचेको थिएँ – “उहाँको संघर्षशील विगत जीवन जे जस्तो कष्टकारक तथा दु:खदायी रहे तापनि लामो र कठोर संघर्षबाट प्राप्त वर्तमान समय अवश्य त्यस्तो हुने छैन । किनभने पछिल्लोपल्ट उहाँ बिरामी पर्दा देशमा पुरानो व्यवस्था ढलिसकेको थियो भने नयाँ व्यवस्थामा उहाँका सहकर्मी–सहधर्मीहरुकै बाहुल्य थियो ।

चाहे सात सालको परिवर्तनका निम्ति होस्, चाहे प्रजातन्त्र पुन: स्थापनाका निम्ति कविवर युद्धप्रसाद मिश्रको जुनसुकै अवस्था र स्थितिमा पनि उल्लेखनीय योगदान थियो । उदाहरणका निम्ति सात सालको जहानियाँ शासन विरोधी आन्दोलनमा सुविधायुक्त पारिवारिक जीवन र सरकारी जागिरको पर्वाह नगरी जनताका जायज हक, अधिकारका निम्ति संघर्षमा उत्रनु भै कठोर जेल यातना भोग्न पुग्नुभएको थियो भने सत्र साल काण्डपछि त्यसरी नै घर–परिवार र जागिरको सुख–सुविधा त्यागी जनताका हक–अधिकारका निम्ति लगभग २२ वर्षको कठोर भारत निर्वासनमा रही क्रान्तिकारी साहित्य रचना गर्ने र क्रान्तिकारी डफ्फाको अगुवाई गर्ने कार्य गर्नुभएको थियो मात्र होइन त्यसपछि देशभित्रै फर्की त्यसरी नै क्रान्तिकारी कवि, कलाकार आदिको प्रेरणाश्रोत बन्दै २०४६ सालको जनआन्दोलनको ‘कालो पट्टी अभियान’ मा समेत अगुवाई गर्ने (उमेरले मात्र होइन, व्यवहार सबैले) दरा, खरा र जेठा कविका रुपमा समेत उहाँको संलग्नताले स्थान पाएको र खैलाबैला ल्याएको थियो । कविवर युद्धप्रसाद मिश्रका यस्ता अनेक उदाहरण छन् जसले व्यक्तिगत सुख, सुविधा, घर, परिवार, पैतृक सम्पत्ति, जागिर आदिको पर्वाह नगरी जीवनको प्रारम्भदेखि अन्त्य अवस्थासम्म देश र जनताका निम्ति देखाउनु भएको त्याग र गर्नुभएको बलिदानको सहज अनुमान गर्न सकिन्छ ।

उहाँका यस्ता त्याग र बलिदान जान्ने धेरै छौं, गुनगान र बखान गर्ने पनि निकै छौं । २००७ साल अघि बीरगञ्ज जेलमा उहाँसँगै यातना भोग्ने र त्यसपछि त्यसरी नै त्याग, तपस्या र बलिदान गर्दै आउनुभएका साहित्यकार श्यामप्रसादले आफ्नो भूमिगत जीवनमै पनि उहाँलाई भेटी उहाँका बिर्सिनसक्नु गुण र देनको प्रशंसा गर्नुभएको थियो र उहाँलाई त्यसरी भेट्न पाउँदा निकै प्रभावित हुनु भएको थियो भने बनारस र नेपालभित्र पनि एक साथ कार्य गर्नु भएका मोदनाथ प्रश्रितले पनि बेलाबेलामा त्यसरी नै भेटघाट र आदर, सम्मान गर्नुभएको थियो । २०४६ सालको जनआन्दोलनको कालो पट्टी अभियानका सहयात्री साहित्यकार कमल दीक्षितले पनि सो आन्दोलनको सफलतापछि उहाँलाई भेटी उहाँको त्याग र देनको सम्मान जनाउनु भएको थियो मात्र होइन उहाँ बिरामी पर्दा एक पल्टको स्क्यानिङ खर्च समेतमा सघाउनु भएको थियो । कविवरको मुक्तिरामायण कविवरसँग किन्नु भएको थियो । उहाँले त्यसको मूल्य लिन नचाही फिर्ता गर्नु भएपछि “त्यसो भए यो नोटमा तपाईंको हस्ताक्षर गरिदिनुहोस् । तपाईंले दिनुभएको पुस्तक र फिर्ता गर्नुभएको यो नोट (नोट दश रुपियाँको थियो) एक साथ इतिहासका निम्ति मदन पुरस्कार पुस्तकालयमा सुरक्षित राख्छु” भन्नुभएको थियो र कविवर मिश्रले त्यो नोटमा त्यसरी नै हस्ताक्षर गरिदिनु भएको थियो ।

सो आन्दोलनको अर्की साहसी सहयात्री साहित्यकार पारिजातले कविवर मिश्रको नेपाल आगमनपछि भएको अभिनन्दनमा ‘खादा’ अर्पण गर्नु भएको र गुण गाउनु भएको सम्झना त्यसरी नै ताजै छ भने ‘नाम जस्तै काम गर्न कवि’ भनी गोविन्द भट्टले गर्नुभएको प्रशंसाले पनि त्यसरी नै सम्झना आउँछ ।

प्रा. जीवेन्द्रदेव गिरीले आफैं बिरामी हुँदाहुँदै पनि कविवर मिश्रलाई ठिमी, गठ्ठाघरस्थित उहाँको निवासबाट फाँटदेखि सडकसम्म इष्टेचरमा र सडकदेखि अस्पतालसम्म अन्य सवारी साधनमा ओहोरदोहोर गराउने कार्यमा दिनुभएको साथ र पुर्‍याउनु भएको सहयोगको कुरा पनि कहिल्यै बिर्सन नसक्ने घटना बन्न गएको छ । मुकेश चालिसे, भक्तबहादुर नेपाली, कृष्णराम श्रेष्ठ, गङ्गादास श्रेष्ठ, कृष्णमोहन जोशी, त्रिरत्न शाक्य, कृष्णप्रसाद नापित, तुलसी सायमीहरुले देखाउनु भएको तत्परता पनि आ–आफ्नै प्रकारका छन् । गोपीचन्द्र कार्की पनि कविवर मिश्रबाट प्रभावित नयाँ पुस्ताका युवकमध्ये पर्नुहुन्छ । यस्ता नाम धेरै छन् र धेरैको लिन सकिन्छ । बनेपाका मोहन दुवाल, चन्द्रगढीका चूडामणि रेग्मी, पोखराका रविलाल अधिकारी र भैरहवाका दिल साहनी मात्र होइन वनारस बसाईंका डा. तुलसीप्रसाद भट्टराई समेत धेरैमा पुग्न सकिन्छ । कृष्णप्रसाद पराजुली पनि यस्तै महानुभावमध्ये हुनुहुन्छ भन्ने कुरा कविवर मिश्रको सम्झनामा लेख्नु भएको संस्मरणबाट थाहा पाउन सकिन्छ भने डा. तारानाथ शर्मा पनि उहाँको प्रशंसकमा पर्नु हुन्छ ।

तर यस्तै महानुभावमध्ये केहीका साथ र सहयोगलाई छाडी तुलनात्मक रुपमा समग्रमा भन्नु पर्दा माथि उल्लेख गरिएझैं पहिलोपल्ट उहाँ विरामी पर्दा र उहाँलाई अस्पताल ल्याउन, लान पर्दा, त्यहाँ भर्ना गर्न र उपयुक्त औषधी उपचारको प्रबन्ध मिलाउन र स्वास्थ्य परीक्षण गराउन खोज्दा अन्य सर्वसाधारण विरामीले जुन प्रकारको एक्लो यातना भोग्नुपर्छ र दु:ख झेल्नु पर्छ यस्तै यातना भोग्नु र दु:ख झेल्नु बाहेक कुनै सहयोग पुर्‍याउने र मानभाउ देखाउने खाँचो बोध गरिएको देखिएन ।

उहाँ जन आन्दोलनको प्रारम्भदेखि नै अलि अस्वस्थ हुनुहुन्थ्यो र त्यही स्थितिमा छोरा अरुणको पाखुरा समाती कवि कलाकारको कालो पट्टी अभियानमा सरिक हुन पुग्नुभएको थियो भने २०४७ वैशाखदेखि झन् अस्वस्थ हुनु भै लगातार अस्पताल धाउनु परेको थियो । राम्रो स्वास्थ्य परीक्षण हुन नसकेको र ओहोरदोहोर गरिरहनु परेकोमा चिन्ता व्यक्त गर्दै जाँचबुझ वा स्वास्थ्य परीक्षण कार्य पूर्ण नभएसम्म अस्पतालमै बस्ने व्यवस्था मिलाई दिए पनि ओहोरदोहोरको कष्ट भोग्नुपर्ने थिएन जस्ता दु:ख पोख्दै आउनुभएको थियो । उहाँकै यस्तो कुरामा चासो लिनुपर्ने खालका र तहका मुख्य, मुख्य महानुभाव सबैलाई उहाँको यो व्यथा, दशा र अनुनय, विनय थाहा थियो ।

उहाँकै सभापतित्वमा प्रज्ञा भवनमा भएको विशेष कवि सम्मेलनमा पनि ‘उहाँप्रति के गर्ने ?’ भनी यो पंक्तिका लेखकले माइक मार्फत नै त्यहाँ उपस्थित बृहत् भद्रजनको ध्यानाकर्षित गर्ने कार्य गरेको थियो भने त्यसभन्दा अघि पनि यस क्षेत्रको नामी पत्रिका ‘दृष्टि’ मार्फत् ‘कविवर युद्धप्रसाद मिश्रप्रति न्याय गर्नु जरुरी’ भनी एउटा लामो लेख नै छपाएको थियो ।

कविवर मिश्रको भनाइ थियो – “सकिन्छ यहीं र यहाँ सम्भव देखिंदैन भने सम्भव भएको कुनै देशको अस्पतालमा एकपल्ट स्वास्थ्य परीक्षण गर्न पाए रोग खुटिन्थ्यो, उपचार गर्दा राम्रो हुन सके देशको सेवामा अरु केही वर्ष लाग्न पाइन्थ्यो । त्यसो हुन सम्भव रहेनछ भने पनि ‘सक्दो प्रयत्न सबैबाट भएकै हो’ भनी चित्त बुझाउन मिल्थ्यो ।”

हुन पनि यति हुन सकेको भए उहाँको मनमा पनि सन्तोष मिल्ने थियो भने उहाँका परिवार, उहाँका हामीजस्ता शुभचिन्तक र अन्य नयाँ पुस्ताहरुमा पनि उचित प्रभाव पर्नुका साथै कर्तव्यपरायणताको पनि एउटा राम्रो दृष्टान्त स्थापित गर्न पुगिने थियो । तर यस निम्ति कुरो झिक्दा कसैले भन्यो– “अब उहाँ बूढो भइसक्नुभयो ।” कसैले भन्यो– ‘उहाँका छोराहरु पनि छन् होलान् ?” कसैले भन्यो – “उहाँका नजिकका मान्छेले नै चासो लिएका छैनन् ।” कसैले त कानमा खुसुक्क यस्तो पनि भन्यो– “उहाँलाई केही भएकै होइन । मान–भाउ खोजेको !” मानिलिउँ केही नभएकै भए पनि र मान–भाउ खोजेकै भए पनि उहाँको इच्छा अनुसार एकपल्ट स्वास्थ्य परीक्षण गराई दिएको भए के बिग्रने थियो ? अनि देश र जनताका निम्ति घरवार र सुख वैभव सबथोक त्यागी सिङ्गो जीवन उत्सर्ग गर्ने त्यस्तो कविलाई पनि “उहाँका छोरा पनि छन् होइन ?” भन्नु उचित थियो ? थियो भने आफूलाई पर्दा आफूले जन्माएका छोरा भएमात्र साथ पाउने र नभए अकालमै मर्नुपर्ने जस्ता व्यवहारले भविष्यमा मिश्रज्यूजस्ता दरा, खरा र त्यागी वीर, वीराङ्गना देशले कसरी पाउन सक्ला र ? त्यस्तो आशा गर्न मिल्ला ? अर्को कुरा हृदयचन्द्रसिंह प्रधान, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल र गोकुलप्रसाद जोशी आदिका कष्टपूर्ण जीवन र दु:खद् मरनका बारेमा चिन्ता व्यक्त गर्ने र प्रश्न उठाउने गरिएको के स्वाँङ मात्र पारिएको हो ? होइन भने विगतका यस्ता दु:खद् कारणले गर्दा पनि चाहेको भए के एकपल्ट जहाँ लगेर पनि कविवर मिश्रको उचित स्वास्थ्य परीक्षण गराउन सकिंदैनथ्यो ? समयकै कुरा गर्ने हो भने पनि देशका सपुतहरुले रगत बगाएर ल्याएको प्रजातन्त्रको हर्ष र गर्वको समय थियो । रोगले फुर्सद नदिएको पनि थिएन । उहाँको रोगले लगभग एक वर्ष राम्रो बाटो पाउनु पर्याप्त कुरा थियो । यसो हुँदाहुँदै पनि ‘उहाँका छोरा पनि छन् होइन ?’ जस्ता विभिन्न गैरजिम्मेदारीका कुरा सुन्नुपर्छ र यस्तैमा उहाँ जस्ताको स्थिति र अन्त्य त “काग गराउँदै छ, पिना सुक्दै छ” जस्तो रुपमा भएको देख्नुपर्छ भने अन्य देशभक्त कवि कलाकारले न्याय पाउलान् भनी कल्पना गर्न सकिन्छ ? जहिले पनि आफ्नो सुख सुविधा खोज्ने उहाँको बानी भएको भए ‘उहाँको बानी नै त्यस्तै हो’ भन्न मिल्थ्यो । उहाँले व्यक्तिगत सम्पति थुपारिदिएको, उहाँका छोराहरु गैरजिम्मेदार भएको भए पनि त्यसो गर्न सुहाउने थियो । धर्म नछाडी भन्ने हो भने उहाँको र छोराहरुको के स्थिति छ भन्ने कुरा नजान्ने कमै छन् । उहाँले साँच्चै मर्का परेपछि मात्र आफ्नो मर्का पोखी हामीहरुको ध्यान आकर्षित गर्न खोज्नु भएको थियो । त्यसैले इमान्दार देशभक्त कवि कलाकारप्रति विगत र वर्तमानमा के फरक भयो ? किनभने मन ज्ञानले नै दृष्टि दिनुपर्नेमा खुद उहाँले ध्यानाकर्षण गराउँदा पनि त हामीले उचित अग्रसरता लियौं न वर्तमान सरकारको त्यो उदारता देख्न पायौं । सरकार सामू लिखित अनुरोध पठाउनु भएको कुरा पनि यो पंक्तिका लेख सामूको कुरा हो ।

जनकप्रसाद हुमागाईं
जन्म : वि.सं. १९९४ असोज २८
बल्थली, काभ्रे
अवसान : वि.सं. २०६३ माघ २८

जनमतको ३०० अंकमा प्रकाशित


Tags: जनकप्रसाद_हुमागाईंयुद्धप्रसाद मिश्र
अघिल्लो पोष्ट

दीपा राईको एकल कविता वाचन

पछिल्लो पोस्ट

जनमतबाट अकेला सम्मानित

जनकप्रसाद हुमागाईं

जनकप्रसाद हुमागाईं

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
जनमतबाट अकेला सम्मानित

जनमतबाट अकेला सम्मानित

परम्पराका निरन्तरतामा केही नेपाली लोकनाट्य

परम्पराका निरन्तरतामा केही नेपाली लोकनाट्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपाली कला साहित्य डट कम प्रतिष्ठान वाट स्रष्टाद्वय रेग्मी र सिंहलाई पुरस्कार

नेपाली कला साहित्य डट कम प्रतिष्ठान वाट स्रष्टाद्वय रेग्मी र सिंहलाई पुरस्कार

४ जेष्ठ २०७९, बुधबार
साइनो : सिर्जना, सैद्धान्तिक विमर्श र गतिविधि

साइनो : सिर्जना, सैद्धान्तिक विमर्श र गतिविधि

४ जेष्ठ २०७८, मंगलवार
सागर भित्रकाे पहाड

सागर भित्रकाे पहाड

४ जेष्ठ २०७९, बुधबार
मुम्बईदेखि गोवासम्म

मुम्बईदेखि गोवासम्म

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक