जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति संस्कृति पर्यटन

वराह पोखरीको उत्पत्ति 

रामविक्रम थापा रामविक्रम थापा
प्रकाशित २० मंसिर २०७९, मंगलवार
संस्कृति पर्यटन भित्र
0
वराह पोखरीको उत्पत्ति 

धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्त्वको ऐतिहासिक वराह पोखरी खोटाङ जिल्लाको दक्षिणी भेगमा पर्दछ । स्रोत र निकास दुवै नभएको यो पोखरीमा राता माछा पनि पाइन्छन् । पोखरीको डिलमा शङ्खेश्वर महादेवको मन्दिर पनि छ । स्वाँ–वाँ गरी पोखरी गर्जेर अनि पोखरीको पानीको रङ्ग परिवर्तन भएर निकट भविष्यको विपत्ति एवं महामारीको पूर्व सङ्केत मिल्ने कुरा यहाँका पुजारी बताउँछन् । वराह पोखरीको परिसरमा सर्प मारिएमा सहस्र सर्पहरू निस्केर जमिनै ढाक्ने कहावत पनि पाइन्छ । कात्तिकको ठुलो एकादशी र राम नवमीलगायतका पर्वहरूमा धार्मिक मेला लाग्ने यो वराह पोखरीमा श्रद्धापूर्वक धूप बत्ती बाल्दै परेवा उडाएर भक्तजनहरू आफ्नो भाकल पूर्ण गर्छन् । यो वराह पोखरीको उत्पत्ति कथा पनि कम रोचक छैन : 

हाल यो विशाल पोखरी रहेको ठाउँमा मानव बस्ती थियो रे ! यहाँ तामाङ र मगरका १५/२० घर थिए रे ! २/३ ओटी कुमारी केटीहरू आएर एउटा तामाङ बूढालाई सपनामा भने – तिमीहरू यहाँबाट अन्यत्र सरेर यो ठाउँ खाली गर, हामी छिटै यहाँ आउँदैछौं । 

कैयौँ रात निरन्तर यस्तै सपना देखेपछि त्यो तामाङ बूढाले छिमेकीहरूलाई सपनाको कुरा सुनाएछ । कसैले पनि बूढाको कुरालाई वास्ता गरेनन् अर्थात् पत्याएनन् । 

एक दिन साँझमा त्यो तामाङका बूढाबूढी कोदाको ढिँडो पकाउँदै रहेछन् । चुलाछेउको मझेरी चर्केर फुतफुत ४/५ ओटा राता माछा निस्केछन् । आश्चर्यचकित हुँदै तामाङ बूढो अगेनामा माछा पोलेर खान थालेछ । यत्तिकैमा माछा निस्केको ठाउँबाट र अगेनाबाट भुलभुल गर्दै पानी निस्कन थालेछ । हातमा ढिँडो लिएर तामाङ बूढाबूढी पानी निस्कने ठाउँ टाल्न थालेछन् । हेर्दाहेर्दै पानी छताछुल्ल भएर मझेरी ढाक्दै भित्तातिर पानीको सतह बढ्न थालेछ । जलमग्न पानीमा डुबिने डरले ती बूढाबूढी घरको तलामा चढेछन् । तलामा पनि पानीको सतह पुगेपछि झ्यालबाट छिरेर आत्तिँदै बूढाबूढी घरको छानाको धुरीमा चढेछन् । क्षणभरमै पानीले धुरी पनि पुरेछ र सारा जलमग्न भएर त्यो मानव बस्ती महासागरकै रूपको जल गर्तमा हराएछ । 

माथि डाँडाका घरबाट बिहानै उठेर हेर्दा अघिल्लो दिन मानव बस्ती भएको स्थान रातभरमै विशाल पोखरीमा परिणत भएछ । यस्तो अभूतपूर्व दृश्य देखेर मान्छेहरू छक्क परेछन् । यसरी, चिसापानीमाथिको हुमा पोखरीबाट देवीहरू पानीसहित यो ठाउँमा सरेर वराह पोखरीको रूपमा बसेछन् । यही पोखरीबाटै यो गाविसको नाम वराह पोखरी रहन गएछ । 
अलिक पछि ती तामाङ बूढाबूढीलगायत पोखरीमा डुबेका मृतकहरू जागृत भई धामीको आङमा उत्रेर काया–कैरनसहित सविस्तार बक्न थालेछन् । अतः वराह पो पुस्ता–पुस्तामा प्रसारण हुँदै आएको त्यही दन्त्यकथा मैले पनि यहाँ तपाईँलाई सुनाउँदो भएँ ।    
 – फाक्टाङ, खोटाङ
 


Tags: रामविक्रम थापा
अघिल्लो पोष्ट

कलकल त्रिवेणी

पछिल्लो पोस्ट

कृष्णप्रसाद जोशीदेखि कृष्ण जोशीसम्म

रामविक्रम थापा

रामविक्रम थापा

सम्बन्धित पोष्टहरू

आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
बसन्तपुरमा ‘नेपाल टुरिजम फेस्टिभल’
संस्कृति पर्यटन

बसन्तपुरमा ‘नेपाल टुरिजम फेस्टिभल’

२१ चैत्र २०७९, मंगलवार
सम्पदाको संरक्षणका लागि पैदल यात्रा हुने
संस्कृति पर्यटन

सम्पदाको संरक्षणका लागि पैदल यात्रा हुने

१७ माघ २०७९, मंगलवार
पछिल्लो पोष्ट
कृष्णप्रसाद जोशीदेखि कृष्ण जोशीसम्म

कृष्णप्रसाद जोशीदेखि कृष्ण जोशीसम्म

साहित्यकारहरू आफू बाँचेको युग र समयबाट असान्दर्भिक मूर्तिजस्तो बाँच्न सक्दैनन्  : कृष्ण जोशी

साहित्यकारहरू आफू बाँचेको युग र समयबाट असान्दर्भिक मूर्तिजस्तो बाँच्न सक्दैनन्  : कृष्ण जोशी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

यौटा मान्छेको ….

यौटा मान्छेको ….

२३ फाल्गुन २०७७, आईतवार
पत्रकार सिंहको फोटोपुस्तक ‘साइपाल हिमाल’

पत्रकार सिंहको फोटोपुस्तक ‘साइपाल हिमाल’

२३ फाल्गुन २०७९, मंगलवार
पारिजात स्मृति सभा – २०७८

पारिजात स्मृति सभा – २०७८

२३ फाल्गुन २०७७, आईतवार
चुनिएका संवेदनशील कथाहरू

चुनिएका संवेदनशील कथाहरू

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक