जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

देवकोटाको कवितात्मक गद्यकारिता

मणि लोहनी मणि लोहनी
प्रकाशित ७ कार्तिक २०७९, सोमबार
स्मृतिमा स्रस्टा भित्र
0
देवकोटाको कवितात्मक गद्यकारिता

लक्ष्मीप्रसाद देवकोटासँग मेरो अजिवको सम्वन्ध छ । काव्यभन्दा पहिले मैले महाकविको गद्य पढेँ । म उनको लेखन शिल्पीले मोहित भएँ । उनको भाषाले अहिलेसम्म तानिरहेको छ । त्यो विशिष्ट प्रकारको सांगीतिकतालाई म ‘कवितात्मक गद्यकारिता’ भन्न रुचाउँछु । त्यहि कवितात्मक गद्यकारिता मैले पछि शंकर लामिछाने, मञ्जुल, राममणि रिसाल, डा. दुर्गा भण्डारी र शारदा शर्माका निवन्धमा पाएँ ।

हो, मैले ‘मुनामदन’ भन्दा पहिले ‘दाडिमको रुखनेर’ पढेँ ।
महाकविका काव्यिक सिर्जना नपढ्दै उनको गद्यले म कायल भएँ । प्रकृतिको सानिध्यमा लेखिएका हरफहरुले मलाई बौलाहा बनायो । कतिसम्म भने २०४७÷४८ सालतिर मैले उनको ‘दाडिमको रुखनेर’ अधिकांश निवन्ध कण्ठस्थ पारेको थिएँ । अनि पो मैले शब्दहरुको शक्ति बुझेँ । अनुभूतिको गहिराईमा प्रहार गर्ने शब्दको सामथ्र्यलाई चिनेँ । असल र कालजयी सृजनाको परख गर्न जाने । शक्तिशाली र अनुभूतिको गहिराईसम्म प्रहार गर्न सक्ने गरि शब्दलाई सामथ्र्यवान बनाउन सकिन्छ भन्ने देवकोटाको निवन्ध पढेर नै मैले थाहा पाएको हुँ ।

देवकोटाबाट नेपाली आधुनिक निवन्धको थालनी मात्र भएन, नेपाली निवन्धले नयाँ भाव र शैली पनि पायो । नेपाली निबन्धमा देवकोटा भन्नु लगभग सवा दुई दशकको समय हो । नेपाली निबन्धको उर्वर र चहकिलो क्षण पनि त्यही नै हो । उनको रुमानी भाव र शैलीले नेपाली आत्मपरक निवन्ध शक्तिशाली र सामथ्र्यवान बनेको छ । नेपाली निवन्ध पढ्न चाहनेका लागि देवकोटा मानक हुन् । निवन्धको जग बसालेका देवकोटाले निबन्ध के हो ? यो कस्तो हुनुपर्छ ? भन्ने आम पाठकको जिज्ञासालाई आफ्नै निवन्धमार्फत शान्त पारेका छन् । मलाई थाहा छ, आत्मपरक निबन्धमा अनुपम नमूनाको रूपमा देवकोटाका निबन्धहरू आएका छन् ।
‘लक्ष्मी निबन्ध संग्रह’को भूमिकामा प्रस्तुत भएका देवकोटाका निबन्धसम्बन्धी दृष्टिकोणहरूले निबन्धको सैद्धान्तिक स्वरूपलाई स्पष्ट पारेको छ । निबन्धगत मूल्य र मान्यतालाई आधार मानेर हेर्ने हो भने देवकोटाका निबन्धहरूलाई नेपाली निबन्ध साहित्यकै सर्वोत्कृष्ट सिद्धि मान्न सकिन्छ । तर देवकोटाको काव्यिक सृजनाको ज्यादा चर्चा हुने गरेको छ । कविताको तुलनामा निबन्ध सिर्जनामा देवकोटाको कलमको गति निकै सुस्त रह्यो । तर उपलब्धिका रुपमा कवितामा झैं निबन्धमा पनि देवकोटा एक अविजेय साधक हुन् । म उनको कवितात्मक गद्यकारिताको ठूलो प्रशंशक हुँ र कविताको छायामा उनका निवन्ध परेको सत्यसँग अपरिचित पनि छैन ।

नेपाली आधुनिक निवन्धको आरम्भ

वि.स. १९९३ कार्तिकको ‘शारदा’ मा देवकोटाको प्रथम निबन्ध ‘आषाढको पन्ध्र’ छापियो । यसै निबन्धबाट देवकोटाको निबन्धयात्रा आरम्भ भएको हो । त्यसो त त्यसको दुई वर्षअघि अर्थात् वि.स. १९९१ फागुनको शारदामा बालकृष्ण समको ‘बर्दाहामा शिकार’ भन्ने निवन्ध छापिएको थियो । तर कतिपय समालोचकले ‘बर्दाहामा शिकार’ लाई कथा भनेका छन् । सम आफैले पनि यसलाई कथा नै भनेका छन् । यसरी देवकोटाको ‘आषाढको पन्ध्र’ बाट नेपाली आधुनिक निवन्धको आरम्भ भएको मान्न सकिन्छ ।
निबन्धयात्राको यस थालनीसँगै नेपाली निबन्धले आधुनिकताको बाटो स्पष्ट रूपमा अँगालेको देखिन्छ । वि.स. १९९५ सम्ममा ‘शारदा’ मै उनका ‘निन्द्रा’, ‘फूल’, ‘भलाद्मी‘ जस्ता निबन्धहरू छापिए । त्यसको दुई वर्षपछि १९९७ मा प्रकाशित उनको ‘पहाडी जीवन’ निबन्ध नेपाली आधुनिक निवन्धको मानक रचना हो । देवकोटाको अनुवाद र सम्पादनमा १९९८ मा निस्किएको ‘प्रसिद्ध प्रबन्ध संग्रह’ ले निवन्धप्रति नेपाली पाठकलाई डोहोर्याएन मात्र पाश्चत्य निवन्धकलाको पर्याप्त ज्ञान देवकोटामा रहेको प्रष्ट पा¥यो ।
नेपाली निवन्धमा देवकोटाले प्रयोग गरेका शैली र विशिष्टता उनको जागिरसँग जोडिन्छ । यदि नउले भाषानुवाद परिषदमा जागिर खाएका थिएनन् भने निवन्धका यति राम्रा बान्कीहरु आउथेँ भन्नेमा शंका उब्जिन्छ । महाकवि देवकोटा वि.स.२००० सालमा भाषानुवाद परिषदमा जागिरे भिए । त्यसबेला उनको काम लेख्नु र अनुवाद गर्नु भयो । त्यही समय उनको निवन्ध लेखन माझिएको र अब्बल सृजना जन्मिएको देवकोटाकालीन समालोचक र अध्येताहरुले जनाएका छन् । त्यसो त भाषानुवाद परिषदको जागिरे भएकै बेला उनले तयार पारेको ३७ वटा निबन्धको ‘लक्ष्मी निबन्ध संग्रह’ २००२ सालमा प्रकाशित भयो । प्रष्ट बोल्ने महाकवि देवकोटाले आफुले जागिर खाने भाषानुवाद परिषदलाई ‘मगज कारखाना’ संज्ञा दिएका छन् भने त्यही समयमा प्रकाशित लक्ष्मी निवन्ध संग्रहलाई ‘मगज कारखानाका उत्पादन’ भनेका छन् । देवकोटाको यो निबन्ध संग्रह नेपाली निबन्धकै विशिष्ट उपलब्धि हो । त्यसपछि २०३९ सालमा प्रकाशित दाडिमको रुखनेर मेरा प्रिय निवन्धहरुले भरिएको छ । राजेन्द्र सुवेदीले सम्पादन गरेको यस कृति नेपाली निवन्धको अब्बल कृति हो ।

अंग्रेजी निवन्ध पनि अब्बल

महाकवि देवकोटाले अंग्रेजीमा पनि थुप्रै निबन्ध लेखेका छन् । तीमध्ये केही प्रकाशित पनि छन् । पचासभन्दा बढि अंग्रेजी निवन्ध रहेको समालोचक चुडामणि बन्धुले ‘देवकोटा’ पुस्तकमा लेखेका छन्। उनले त्यहाँ देवकोटाका अंग्रेजी निवन्धको सूची नै छापेका छन् । देवकोटाका यल जभबचष्लन भिनभलमक बदयगत यधलकभाि त मैले पनि पढेको छु । प्रिय लेखक शंकर लामिछानेको नेपालीमा अनुवाद गरेको त्यो निवन्ध पढ्दा म निकै रोमाञ्चित बनेँ । ‘आफ्नो चर्चा आफैंले सुन्दा’ शीर्षकमा २०२२ मा प्रकाशित त्यो निवन्ध मेरो लेखनको महत्वपूर्ण प्रेरणाश्रोत हो ।

एउटा सानो इश्वर !

उदात्त भावना, स्वच्छन्द कल्पनाले भरिएका देवकोटाका निवन्धमा अनावश्यक र देखावटी बौद्धिकता छैन । रोमाण्टिक चेतनामा रहस्यवादको उत्खनन् भेटेको छु मैले उनका निवन्धमा ।
प्रकृतिप्रधान मानवता उनको निवन्धको आधारभूमी हो । प्रकृति र मानवताभन्दा पर जानु पनि कहाँ । जे छ यिनैमा छ । यहीँ छ ।
‘यो टेविलगफ मात्र हो, शास्त्र होइन, यो एउटा फुर्सदको मनोरञ्जन हो ।’ आफ्ना निवन्धबारे देवकोटाले भनेका पनि छन् । भयङ्कर भयङ्कर शब्दहरु राखेर बौद्धिकता छाट्ने काम उनले गरेका छैनन् । तर मैले उनका निवन्धहरुमा ज्ञानको ओजस्वी दृश्य र चेतनाको फराकिलो क्षितिज भेटेको छु । निवन्ध आत्मपरक हुनुपर्छ भन्नेमा अडिग उनी साहित्यमा बाहिरी सिंगार पटारभन्दा सहज प्राकृत अभिव्यक्तिका पक्षमा थिए । त्यसो त जीवनका विसङ्गतिको आलोचना, प्रकृतिको रौद्रपक्षको चित्रण, विद्रौहपूर्ण भावावेग, रोमान्टिक प्रगतिवादतिरको उन्मुखता देवकोटाका निवन्धमा पढ्न सकिन्छ । ज्ञानविज्ञानका विविध आयाम र जीवनका मूल्य मान्यताहरूलाई सन्तुलित शैलीमा निवन्धमा लेख्ने उनको परिपक्वता, बौद्धिकता र तार्किकताको म प्रशंशक हुँ ।
देवकोटाले निबन्धमा आफ्नै ईश्वरसत्ताको प्रतिपादन गरेका छन् । सर्जकको कल्पना शक्तिलाई उनी ईश्वरीय शक्तिको संज्ञा दिन्छन् ‘सृजनाका क्षणमा म पनि एउटा सानो ईश्वर हुँ ।’

समालोचकको स्वीकारोक्ति

म मोहनराज शर्मा, दयाराम श्रेष्ठ र चुडामणि बन्धुका साहित्यिकि समालोचना र साहित्यिक इतिहास पढेर हुर्किएको मानिस हुँ । उनीहरुले पनि आआफ्ना समालोचना र इतिहासमा देवकोटालाई नेपाली निवन्धमा आधुनिक निवन्धगत मूल्यलाई समग्रता आत्मसात गर्ने पहिलो निवन्धकार भएको उल्लेख गरेका छन् । आधुनिक निबन्धका क्षेत्रमा देवकोटा अब्बल रहेको उनीहरुले आआफ्नो कृतिमा दावी गरेका छन् । समालोचक राजेन्द्र सुवेदीले पनि देवकोटालाई ‘निबन्ध क्षितिजका एकछत्र रथवाही’ भनेर प्रष्ट लेखेका छन् । लक्ष्मीप्रसाद देवकोटा आधुनिक नेपाली निबन्धका मानक प्रतिभा रहेको सर्वत्र स्वीकार भएको कुरा हो । तर काव्यिक सृजनाको अत्याधिक चर्चाका कारण उनका निवन्धहरु ओझेलमा पो परे की भन्ने मलाई लाग्छ । हुन त सृजना छोपेर कहाँ छोपिन्छ ? नेपाली निबन्धकै विशिष्ट उपलब्धि मानिएको ‘लक्ष्मी निबन्ध संग्रह’ र ‘दाडिमको रुखनेर’ कालजयी निवन्धहरुले भरिएको कृति हो ।

मनमौजी मसला र प्रकृति

महाकवि देवकोटाले आफ्ना निवन्धहरुलाई ‘विभिन्नताका मौजी मसला’ भनेका छन् । विषयगत विविधताले भरिएका उनका निवन्धहरु विश्रृखंलित छन् । विषयान्तर छन् । तर पाठकले पत्तो नपाइकनै ति जोडिइसकेका हुन्छन् — शैली र भाषाको जादुले । सबैलाई थाहा छ, देवकोटाको निबन्धको आधारभूमि प्रकृति हो । उनी प्रकृतिका कलकल र झरझरमा रमेका छन् । जीवन फलेफुलेको हेर्न प्रकृतिकै शरणमा जानुको विकल्प नभएको सत्यलाई भलिभाँती जान्दछन् । त्यही भएर प्रकृति चित्रणबाट उनका कुनै पनि निबन्ध अलग छैनन् । विभिन्नताका मौजी मसलाको कुरा गर्ने देवकोटा आफ्ना निबन्धको विषयवस्तु आफैं बनेका छन् । उनले कतै लेखेका पनि छन्, ‘कहीं म प्रबन्धभित्र आफैं घुसेको छु–व्यक्तित्वको रङ रङाएर आफूलाई चिन्न तथा चिनाउनका लागि ।’
त्यसो त निजी मान्यतालाई विषयबस्तु बनाउन खप्पिस देवकोटाले जीवनजगत सम्वन्धी आफ्ना मान्यताहरु प्रष्ट पारेका छन् । उनका कतिपय निबन्धहरू आध्यात्मिक छन् । वेदान्ती छन् । कति निवन्धहरु पढ्दा देवकोटालाई इश्वरसँग भरोसा छजस्तो लाग्छ । ‘आखिर रहेछ श्रीकृष्ण एक’ भनेर जीवनको उत्तरार्धमा उनले लेखेका पनि छन् । तर उनका निवन्ध पटक पटकपटक पढिसकेपछि मैले देवकोटालाई कतै अध्यात्मवादी, कतै मानवतावादी र कतै रहस्यवादी देखेको छु । त्यसो त ‘धुम्रपानको क्षमाप्रार्थना र जुवा’ दुई देवकोटाको ‘मास्टरपीस’ बौद्धिक निबन्ध हुन् ।

स्वच्छन्दताका सर्जक

देवकोटाका निवन्धले कुनै नियमको बन्देज स्वीकार गर्दैन । बस्तुमयताभन्दा हार्दिकता, विवेकको नियन्त्रणभन्दा स्वतःस्फुर्तता, बौद्धिकताभन्दा भावुकता रोज्छ । त्यसो त निवन्ध भनेकै स्वच्छन्दता हो । भाषिक शैलीगत वैशिष्ट्य रहेका निवन्धहरुलाई सर्वाधिक पढिएका र कालजयी बन्ने गरेको छन् । उनी रोमाण्टिक कवि हुन् र निवन्धमा पनि उनको त्यही रोमाण्टिक चेत प्रष्ट छ ।
उनी भन्छन्,
—‘अलङ्कार चन्द्रोदयका नियम अनुसार कविता लेख्ने, सिंगारी पटारी राम्रो बन्ने । सचेत अनुकरणबाट सौन्दर्य निकाल्ने मेरा निम्ति रद्दी लेखनदास हुन् ।’
—‘म मै जस्तो छु, अरु जस्तो छैन….प्राकृतिक भावमा चले मेरो सच्चा रुप निक्लिहाल्छ । म राम्रो बनाएर देखाउन चाहन्न, आएको कुरा आओस् ।’
देवकोटाका निबन्ध अनौपचारिक गफको शैलीमा छ । बन्धनमुक्त भएर निस्कपट बोलेका छन् । निवन्धमा उनी औपचारिकताको विरोधमा छन् ।

हार्दिकता मिश्रित बौद्धिकताले भरिएका उनका निवन्धहरुको जति चर्चा हुनुपथ्र्यो त्यति हुन सकेन भनेर म फेरि पनि दोहोराउँछु ।


Tags: मणि लोहनी
अघिल्लो पोष्ट

लक्ष्मीप्रसाद देवकोटा वैचारिक पक्षको अध्ययन

पछिल्लो पोस्ट

डिसहोम बाह्रखरी कथा प्रतियोगिताको विजेताको नाम घोषणा

मणि लोहनी

मणि लोहनी

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
डिसहोम बाह्रखरी कथा प्रतियोगिताको  विजेताको नाम घोषणा

डिसहोम बाह्रखरी कथा प्रतियोगिताको विजेताको नाम घोषणा

हाइफा अल रुमाही

हाइफा अल रुमाही

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’

प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’

४ जेष्ठ २०८०, बिहीबार
शुद्ध नेपाली लेख्ने आधिकारिक नियम

शुद्ध नेपाली लेख्ने आधिकारिक नियम

५ जेष्ठ २०८१, शनिबार
शिक्षण सेवा गर्दाका कहरहरुमा लेखिएको कविता

शिक्षण सेवा गर्दाका कहरहरुमा लेखिएको कविता

४ जेष्ठ २०७९, बुधबार
अमर नेम्वाङ स्मृति पुरस्कार दुई नारी स्रष्टालाई

अमर नेम्वाङ स्मृति पुरस्कार दुई नारी स्रष्टालाई

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक