किरात एकेडेमी नेपालले प्रदान गर्दै आएको किरात एकेडेमी पुरस्कारका लागि ७ वटा पुस्तकको प्रारम्भिक छनोट सार्वजनिक गरेको छ ।
आफूलाई प्राप्त समकालीन कृतिहरूमध्ये ७ वटा कृतिहरूको प्रारम्भिक छनोट सूची प्रकाशन गर्ने निधो गरेको एकेडेमीका अध्यक्ष भूपाल राईले जानकारी दिएका छन् ।
प्रारम्भिक छनोटमा परेका सात पुस्तकहरुमा गणेश अधिकारीको उपन्यास डायरीमा रामप्रसाद राई, विप्लव ढकालको भोजपुरको वाङ्मय, डीपी ढकालको समाजवाद र नेपाल, केवल विनावीको कविता संग्रह यादहरूको सङ्ग्रहालय, राजकुमार दिक्पालको आदिवासी विद्रोहको इतिहास, रमेशप्रसाद भट्टराईको आधुनिक नेपाली उपन्यासको सांस्कृतिक विश्लेषण र रामराज रेग्मीको नेपालको इतिहास एक मार्क्सवादी अध्ययन रहेका छन् ।