प्रतिभा सम्मान प्रवन्ध गुठीले शनिवार बनेपामा आयोजना कार्यक्रममा विभिन्न विधामा योगदान गर्ने नौ जना व्यक्तिहरूलाई सम्मान गरेको छ।
पत्रकारहरुमा भोला थापा, मोतीराम तिमल्सिना, दिपक सापकोटा, साहित्यकारहरु यादव खरेल, सुर्यप्रसाद लाकोजु र रत्नप्रसाद अनामणी, उद्यमी महिलाहरुमा कमला लामा, निरु बैदार र ज्योत्सना सैंजु सम्मानित हुनुभएको छ। गुठीका अध्यक्ष मोहन दुवाल को अध्यक्षता भएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले सम्मान गरेका हुन् ।
पुरस्कार छनौट समितिले एक महिना अघि २०७७, २०७८ र २०७९ सालका उत्कृष्ट ब्यक्तिहरु छनौट गरी सम्मान गर्ने निर्णय गरेको थियो । कोभिड संक्रमणका कारण सोही वर्षदेखि पुरस्कार वितरण गर्ने कार्य रोकिएको अध्यक्ष मोहन दुवालले बताए । सम्मानित हुनेहरुलाई नगद १५ हजार, दोसल्ला सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले काभ्रे जिल्ला प्रतिभा जन्माउने जिल्लाका रुपमा चिनिएको बताउँदै राष्ट्रलाई, समुदायलाई यस्ता प्रतिभाहरुको आवश्यक रहेको बताए । ‘प्रतिभा सम्मान प्रवन्ध गुठी जस्तै संस्था आवश्यक छन् । राज्यले यस्ता प्रतिभाहरुको सम्मान गर्दैन ।