लेखक रत्नलक्ष्मी श्रेष्ठका कृतिहरू”चिन्ता र चासो” र “स्वाभिमानको तस्बिर” लोकार्पण आफ्नो स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार सङ्घले आज २०७९ असोज १ गते प्रज्ञा भवन, कमलादी, काठमाडौँ आयोजना गरेको कार्यक्रममा लेखक रत्नलक्ष्मी श्रेष्ठका कृतिहरू “चिन्ता र चासो” लेख सङ्ग्रह तथा “स्वाभिमानको तस्बिर” कविता सङ्ग्रहको लोकार्पण सम्पन्न भयो । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षता आयोजित सो लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभू घिमिरेले गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि डा. विष्णुविभू घिमिरे, राधेश्याम लेकाली, रत्नलक्ष्मी श्रेष्ठ, प्रा. डा. सुरेन्द्र के. सी., प्रमोद प्रधान, प्राज्ञ बाबा बस्नेत, लोकार्पित दुवै कृतिका सम्पादक डा. मधुसूदन लामिछाने, पूर्व एआइजी राजेश श्रेष्ठ, पर्सा मिलन केन्द्रका अध्यक्ष उमेश गुप्ता रौनियारलगायतले लोकार्पित दुवै कृति का बारे आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन साहित्यकार मन्जिला अनिलले गर्नु भएको थियो ।