४) आफ्नै कथा–व्यथाहरु
आफ्नो जीवनमा घटेको रोमाञ्चक प्रयासहरु, आफूूले पुर्याउँदै आएका योगदानका कुराहरु भोग्दै, सिक्दै र बन्दै आएका दृष्टान्तहरु, खराबबाट नै असल बन्न सकेका भावनाहरु र निरन्तर प्रयास र आफूूभित्रका ऊर्जाशीलता नै आफूू बन्नुका मुख्य आधारहरु हुन् भन्ने कुरालाई आत्मसात गर्दै आएका कुराहरु नै मेरा आफ्ना आत्मसंस्मरणका पानाहरु हुन् । सानै छँदादेखि नै कौतुहलताले डोर्याउँदै ल्याएको कारणले म आज यस आयतनमा परिणत हुन सफल भएको हुँ । परिवारमा आफूूभन्दा ठूलासँग धेरै कुरा सिकेँ, समाज देखेपछि र स्कुल धाएपछि अर्को चरणमा धेरै दृश्यहरु देख्न पाएपछि र भोग्दै भोग्दै आएपछि आजको आकृतिमा परिणत हुन पाएको सन्दर्भ बिर्सिनसक्नु छ ।
म भावनामा बग्न जान्दिनँ । षड्यन्त्र रोपेको पनि मन पर्दैन । आफूूले षड्यन्त्र गर्न जान्दिनँ पनि । तर जीवन क्रमहरु भोग्दै आउँदा आजको अवस्थासम्ममा मैले थुप्रै षड्यन्त्रका स्वरुपहरु देख्न पाएँ । थुप्रै षड्यन्त्रका रुपहरु छाम्न पाएँ र अनौठा खालका बेशर्मी ढङ्गका षड्यन्त्रका अनुहारहरु हेर्न पाएँ । षड्यन्त्र मन पर्दैन तर षड्यन्त्र गर्नेहरुसँग झुक्न जानेको छैन । अनौठो लाग्छ, षड्यन्त्र रच्ने मुहारहरु हेर्दै जीवनमा गुजार्दै आएका क्षणहरु मनभरि छरपष्ट छन् । म भूतकालका क्षणहरु आँखामा राखेर षड्यन्त्र हेरिरहेछु, वर्तमानमा भोग्दै आएका कुरुप षड्यन्त्र च्यात्न आफूूले गर्दै आएका र लाग्दै आएका सङ्घर्षका कथाहरु सोच्दै भविष्यमा हुने डरलाग्दा षड्यन्त्रका पर्दाहरु च्यात्न पाए कस्तो हुन्थ्यो – सोचिरहन्छु ।
जीवनमा बाँच्नु भनेको नै भोग्नु हो । भोग्नु त पर्छ धेरै खालका अप्ठ्याराहरु र भोग्न नसक्दा मृत्युवरण गर्नु नै सहज हुन्छ । मृत्युवरण नरुचाउनेहरुले साहस गर्नुपर्छ जीवन भोग्न । फूूलहरु काँढामाथि भएर फूुल्छन्, कति संकट खेप्छन् फूूलहरु जीवन्त भई फूल्न । मान्छेको जीवन पनि काँढामाथि फूल्दै गरेका फूूलहरु जस्तै हुन् । आजफूल्यो, हावाहुरी, असिना पसिनासँगसँगै झुल्यो । कति भयानक परिवेश भोगेर बाँच्छन् फूूलहरु । मिनेट मिनेटमा सतर्क हुँदै, आफूूलाई बचाउँदै केही क्षण भए पनि बाँच्छन् फूूलहरु, अनि आफूूसक्दो सुगन्ध र सौन्दर्य बाँडेर अरुलाई मोहित तुल्याउँछन् फूूलहरु । मफूूल हेरेर सधैं आफूूलाई नियाल्ने गर्छु ।
फूूलहरु जस्तै मान्छेहरु पनि कोही रातो भएर बाँच्छन्, कोही हरियो हुन पाएकोमा गौरव गर्छन् । कोही कालोमा आफू्नो मुहार लुकाउँछन्, कोही निलो, पहेँलो, खैरो, सेतो रंगमा आफ्नो मुहार रङ्गाउन मन गर्छन् । रङ्ग रङ्गका छन् मान्छेका मन र अनुहारहरु । रङ्ग विरङ्गका अनुहारहरुभएजस्तै रङ्ग विरङ्गका विचार र दृष्टिहरु पनि यही समाजमा व्याप्त छन् । परिवारमा बा, आमासँग, दिदी बहिनीसँग र दाजुहरुसँग धेरै खालका ज्ञानका कुराहरु, भावनाबाट निस्केका तरङ्गहरु सिक्दै–सिक्दै पछिल्लो कर्म कार्यमा परिपक्वता बोक्दै आएको हुँ ।
मध्यमवर्गीय नेवार समुदायमा हुर्केका कारणले मेरो दृष्टिबिम्ब पनि यसकै चौतारीमा झुल्दै आएको हो । बनेपाको परिवेश भोगेर बनेपाली हुँदै देशको परिवेश चुमेर मानवीय संवेदनामा मानवीयता थप्ने अभियानमा लाग्दा लाग्दै मैले मन परेर साहित्यलाई आत्मसात गरेको हुँ । समाजमा रहँदा बस्दा समाजबाट सिक्ने धेरै कुराहरु छन् र समाजलाई सही दिशामा रुपान्तरण गर्न सक्दा समाजमा बसोबास गरेका सबैका लागि कल्याण हुन्छ भन्ने खालको सोचमा लाग्दा मन प्रफूल्लित भएकै कारणले यस बाटोमा म सङ्लग्न हुन मन लाग्छ ।
जीवनमा थुप्रै प्रसङ्गहरु सँगसँगै थुप्रै समस्याहरु भोगेँ । जसबाट मैले पनि अरुले जस्तै सिक्दै सिक्दै यस अवस्थामा आइपुगेको हुँ । समाजमा थुप्रै खालका मान्छेहरु बसोबास गर्छन् । जसले आफ्नो जीवनलाई पनि समाजमा सुम्पेर आफूूले दु:ख कष्ट झेल्दै गए उनीहरुजस्ता सुपात्रहरु खोज्न गाह्रो छ यसबेला । समाजमा थोरै गरेर धेरै गरेजस्तो देखाउन चाहनेहरु केही नगरेर पनि आफूूले धेरै गरेको छु भनी डिङ हाँक्नेहरु, राम्रो गर्नेहरुको खिस्सी गर्नेहरु र बुझेर पनि बुझ पचाउनेहरु बेसी भएको समाजमा चारित्रिक मान्छेहरुको खोजीपस्नु गाह्रो हुन्छ । राजनीतिमा कालो धब्बा देखिएपछि सबै क्षेत्रमा कालोले छाप छोड्न खोज्छ । कालो रङ्ग अनुहारमा पोतिएपछि त्यो अनुहारको रुप कस्तो देखिएला ? अहिले हाम्रो समाजको मुहारमा कालो पोतिएको बखत छ । त्यो कालो मेट्ने सवालमा समाजका सुन्दर मान्छेहरु लागिपर्नुपर्छ भन्ने मान्यता बोकेर कुदिरहेको छु ।
००
जीवनमा थुप्रै घटनाक्रमहरु भोगेँ र त्यही घटनाक्रमबाट सिक्दै सिक्दै जीवन के हो बुझ्ने प्रयासमा सङ्घर्षरत छु म । सङ्घर्ष हो जीवन, जीवनमा सङ्घर्ष भोग्न जान्नेहरुले नै विजय प्राप्त गर्छन् भन्ने मान्यतामा लागेर नै कठिन यात्रामा पाइलाहरु घिसारिरहेको छु म । मैले भोग्न पाएका कहरहरु र मान्छे भइ बाँच्ने रहरहकै समिश्रण पो हुँ कि जस्तो पनि लाग्छ म । जीवनमा जीवन खोज्ने भनेको आफूूले निरन्तर आफूूलाई सुन्दर देखाउन प्रयत्नरत रहनु हो ।
यस जनमत साहित्य डट कम बाट मेरा राम्रा/नराम्रा यात्रा प्रसङ्गहरु, अनौठा खालका घटना सन्दर्भहरु र मैले भोग्दै गरेका जीवनका क्षणहरु लेख्दै जाने जमर्को गरेको छु । म बिग्रेर बनेको मान्छे भन्न रुचाएजस्तै देशलाई कहिले बिग्रेकोबाट बचाउने ? यस खालको चिन्ता सबै देशवासीको होस् भन्ने आग्रहसहित म प्रयत्न गर्छु – मैले मलाई कतै नलुकाइकन देखाउने । धेरै साथीहरुको सुझाव रहेकै कारणले म आफूूलाई प्रयत्न गर्छु मेरा जीवनका कथाहरु लेख्न । जीवनका मेरा कथाहरु सङ्घर्षमय छन् – ती सङ्घर्ष र व्यथाका कथाहरु अवश्य तपाईंहरुका लागि पनि प्रिय हुनेछन् ।