जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

कम्युनिज्मतर्फको मेरो यात्रा

मोहन दुवाल मोहन दुवाल
प्रकाशित ७ श्रावण २०७९, शनिबार
सँस्मरण भित्र
0
कम्युनिज्मतर्फको मेरो यात्रा

सानै छँदा देखि अन्याय सहन नसक्ने स्वभावका कारणले मेरो मनमा स्वाभिमान फुल्न थालेको हो । समाजबाट सिक्दै, व्यवहार र परिवारबाट साथ पाउँदै जीवनका धेरैजसो क्रमहरू गुजारेको इतिहासका मर्महरू रोचक  छन् । समाजमा जब घुलमिल हुन सिकेँ, मैले जीवनमा केही गरिरहन रुचाइरहेँ । धेरैको हितखातिर केही राम्रो गर्ने सोच भएकै कारणले कम्युनिस्ट सिद्धान्तप्रति मेरो मोह बढेको हो । बुद्धको धर्म दर्शन बहु जन हिताय, बहु जन सुखाय नै मेरो जीवनको मूल मन्त्र बन्यो । यही मन्त्रबाट मलाई कम्युनिस्ट हुने मोह जगायो । 

– स्कुल पढ्दै गर्दा माथि उल्लेख भएको मन्त्रबाट म प्रभावित हुँदै गएँ । केही काम गर्दा, केही गर्न सोच्दा यही विचार मेरो मनमा स्फुरण भयो । धेरैको हित हुन्छ अर्थात् धेरैलाई हुने कार्य बन्छ भने म कम्युनिस्ट हुन किन लालायित नहुने ? यही प्रश्नबाट मलाई कम्युनिस्ट बनायो । टिका दाई अर्थात् टीकाकृष्ण कायस्थ, महन्त दाई (कृष्णचन्द्र कायस्थ)हरू नै हुन् त्यसताका मलाई कम्युनिस्ट बनाउन घच्घच्याइ रहनेहरू जसको प्रेरणाबाट नै म कम्युनिस्ट शब्दप्रति प्रभावित हुन सकेको हुँ । उहाँहरूले पेकिङ रिभ्यु अध्ययन गर्ने मौका दिनुभयो । नबुझ्े पनि, अध्ययन नपुगे पनि मलाई चीन त्यसताका मन परेको प्रिय राष्ट्र बन्यो । माओत्सेतुङ पढियो असाध्यै । माओत्सेतुङको रातो किताब मेरो पनि आधार पुस्तक बन्यो । २०२१ सालदेखि नै कम्युनिस्ट सिद्धान्त र विचारप्रति मन–मनमा आबद्धता जनाइदिएको मलाई सम्झना छ । 

साहित्य पढ्नु र मार्क्सवाद अध्ययन गर्नु मेरो दिनचर्या बन्दै गयो । कम्युनिस्ट बन्न पाए हुन्छ को सम्मोहनमा पर्दै गएँ । त्यसैले मेरो सङ्गतमा कम्युनिस्ट स्वभावका मित्रहरू थपिन गए । राजभाई प्रधानसँग यही क्रममा म नजिकिन पुगेँ । उहाँको घर हाम्रो सल्लाह गर्ने थलो बन्दै गयो । त्यही घरमा कहिले सुत्ने, कहिले खाने क्रम बढ्यो । व्यवहारमा कम्युनिस्टपनलाई मन पराउँदै कम्युनिस्ट बन्न खोज्दाखोज्दै कम्युनिस्ट पगरी लगाउन पाएँ । टिका दाई अर्थात् टीकाकृष्ण कायस्थको पसल हाम्रो गफ गर्ने अखडा बन्यो । कम्युनिस्ट सिद्धान्तका कुराहरू त्यही पसलमा हुने गर्थे । जवाहर पलान्चोके, केदारनाथ प्रधान, रामभक्त प्रधानहरूसँग यही क्रममा सङ्गत बढ्दै गयो । रामकृष्ण खाछिभोया, द्वारिका डंगोल, शिवराम भैल, पुष्पलाल उमङ्ग, सानुकाजी शाक्य, तुलसी श्रेष्ठहरू यात्राका क्रममा थपिँदै गएका मित्रहरू हुन् ।  

बनेपा बुक डिपो बनेपामा सबभन्दा पहिले स्थापित पुस्तक पसल मात्र नभई चिनियाँ प्रकाशनका थुप्रै पत्रपत्रिका र पुस्तक विक्रेता पनि हुन् । महन्त दाइ अर्थात् कृष्णचन्द्र कायस्थ यही पसलका साहुजी पनि हुन् । कम्युनिस्ट सिद्धान्त मन पराउने, एक्लै दुक्लै छँदा पनि कम्युनिस्ट भनाउन इच्छा गर्ने यिनको स्वभावले यिनी त्यसताकाका खाँटी काङ्ग्रेसहरूका लागि पोल्दो कम्युनिस्ट हुन् । टीका दाइ र महन्त दाइकै संरक्षकत्वमा म कम्युनिस्ट बन्न सिकेको हुँ । काँग्रेस र पञ्चहरूकै बाहुल्य रहेको समाजमा कम्युनिस्ट भई आफूलाई देखाउनु ज्यादै खतरनाक कुरा हो । त्यही खतरालाई बोकेर देखा परेका यी दुई जना हस्तीहरू त्यसताकाका चर्चित कमरेडहरू हुन् । बनेपा बुक डिपोमा दिनका दिन धाउने गर्थेँ । टीका दाइको पसलमा राती गफ गर्न पुग्थेँ । राजभाइ प्रधानको घरमा मिटिङ, छलफल, हस्तलिखित पत्रिका निकाल्ने सन्दर्भमा पुगिरहन्थेँ । जवाहर श्रेष्ठका दर्शनका कुराहरू सुनेर, बोकेर हामी संघर्षमा खटिरहन मन पराउँथ्यौँ । साहित्य, संस्कृति, इतिहासका कुराहरू केदार प्रधानसँग आदानप्रदान भइरहन्थ्यो । नेपाल भाषा साहित्य, चिनियाँ साहित्यको चर्चा परिचर्चा रामभक्त श्रेष्ठसँग गरिरहन्थ्यौ । 

चीन सचित्र, पेकिङ रिभ्यु, चाइनिज लिटरेचरहरू अध्ययनका गर्न पाइरहन्छु । अङ्ग्रेजीमा त्यति दक्खल नभएको कारणले अङ्ग्रेजी संस्करणका पुस्तकहरू त्यति गहिरिएर अध्ययन गर्न नजान्नु त्यसताकाको मेरो व्यथा थियो । नेपालीमा पनि अनुवाद कृतिहरू निस्किइरहन्थे । नेपाल–चीन मैत्री सङ्घबाट प्रकाशित पुस्तकमा माओका नौलो जनवाद, चिनियाँ समाजको वर्ग विश्लेषण, हुनान किसान आन्दोलन, ऐनान कला गोष्ठीमा प्रवचन, संयुक्त सरकारबारे, रातो किताबहरू दोहोर्‍याई तेहर्‍याइ पढ्ने गर्थेँ । कम्युनिस्ट बन्ने मेरो रहरमा यस्तै यस्तै अनगिन्ती बाटा र सन्दर्भहरूले मलाई पछ्याइदिएको थियो । ती सम्झनाहरू झ्लझ्ल्ती सम्झ्रिहेछु । अन्याय सहन नसक्ने, शोषण देख्न नरुचाउने भएकै कारणले म कम्युनिस्ट बनेको हुँ । घरमा कोही पनि कम्युनिस्ट मन पराउने नहुँदा–नहुँदै म कम्युनिस्ट बन्न कम्मर कसेको हुँ । बुबालगायत दाजुहरू काँग्रेससँग नजिकका सहयोगी काँग्रेसी योद्धा । बुबा र तुलसी मेहरको गाढा सम्बन्ध पुरानो मात्र होइन दौत्यपूर्ण र मैत्रीपूर्ण थियो । हरि दाइ र कृष्ण दाइ पनि त काँग्रेसका समर्थक र कार्यकर्ता भएको मलाई थाहा थियो । काँग्रेसका नेताहरू आउजाउ भइरहन्थ्यो हाम्रो घरमा । तर कसो कसो मलाई कम्युनिस्ट भावना र सिद्धान्तले चिमोटिदियो । 
त्यसताका कम्युनिस्ट नामधारी सङ्गठन थिएनन् । मोटामोटी साथीभाइहरूमा विचारको समझदारी हुन्थ्यो । साथी भाइ बिचमा औपचारिकता मात्र थिएन तर अगाढ माया र प्रीति थियो । रहरमा कम्युनिस्ट बनियो, बन्दाबन्दै कम्युनिस्ट के हो त्यो बिस्तारै बुझन पाएँ । साथीभाइमा जम्काभेट भइरहन्थ्यो, सल्लाह साहुती चलिरहन्थ्यो । कैयौँ कार्यक्रमहरू बनिरहन्थ्यो, गरिरहन्थ्यौ । दौडाहा टोलीसँग जम्काभेट हुँदा, बस भाउ वृद्धि विरुद्ध सङ्घर्ष गरिँदा, भारतीय राजदूतको विरोधमा उनको मोटर रोकेर विरोध गर्न पाउँदा, सुस्ता महेशपुरमा विस्तारवादी चरित्र भारतले देखाइदिँदा, राँको परिवारको नामबाट भूमिगत बस्नुपर्दा, नर्मल तालिममा  हडतालको नेतृत्व गर्दा, भूमिगत शिक्षक सङ्गठन निर्माण हुँदा, नक्सलवादी आन्दोलनकर्तासँग सम्पर्क हुँदाका क्षणहरू बिर्सि नसक्नु छन् । कसैसँग नदब्ने आफ्नो स्वभाव, कष्टसँग कहिल्यै नडराउने सानो छँदा देखिको बानी ब्यहोरा, नयाँ सिक्दै केही गर्ने र गराउने मन मस्तिष्कले गर्दा नै कम्युनिस्ट बन्न रमाएको हुँ । 

त्यसताका मैले पढेका कम्युनिस्ट नेतामा माओ नै मेरा प्रिय बने । सबै प्रतिक्रियावादीहरू कागजी बाघ हुन्, जनताको सेवा गर, पहाड पन्छाउने बूढो मान्छे जस्ता उहाँका थुप्रै लेखहरू बुझेर पढ्न थालेका सन्दर्भ अविस्मरणीय छन् । चीनको वर्ग विश्लेषणको आधारमा नेपालको वर्गीय विश्लेषण गरी मलाई नेपाल बुझाइदिनुहुने कम्युनिस्ट सिद्धान्तका गुरु जवाहरलाल श्रेष्ठ हुन् । विश्लेषण गर्न सिपालु, रोचक ढङ्गले कुरा प्रस्तुत गर्न सक्षम अध्ययनशील आदि भएकै कारणले त्यसताका सबैबाट यिनी मन पराएका थिए । मार्क्स, एंगेल्स, लेनिन, स्तालिनका सबैजसो खण्ड अध्ययन गर्न भ्याइसकेका यिनी अध्ययन गर्न पाउँदा रात रातभर जाग्राम बस्ने गर्छन् । म यिनैको सैद्धान्तिक ज्ञान चेतनाले प्रभावित भई मार्क्सवाद–लेनिनवाद र माआत्सेतुङ विचारधाराबाट प्रभावित हुँदै गएको हुँ । 

सुरु सुरुमा बहु जन हिताय, बहु जन सुखायका गुरु मन्त्रलाई आत्मसात् गरेर कम्युनिस्ट सिद्धान्त मन पराउँदा मलाई आज पर्यन्तसम्म पनि मार्क्सवादको विचार सिद्धान्तले पछ्याइरह्यो । कम्युनिस्टको नाममा कलङ्क थप्नेहरू, कम्युनिस्टको नाममा राज्य संयन्त्रमा फोहोरी व्यवहार र कार्य देखाउनेहरू, भ्रम र शब्दमा मात्र कम्युनिस्ट बन्न रुचाउनेहरू, आफूलाई मात्र सम्पन्नतामा राख्न रुचाएर देशलाई ठग्न पल्केकाहरू, अनैतिक बानी व्यहोरा देखाएर आफूलाई बलशालीजस्तो सम्झिनेहरू, अर्काको आस्था र विश्वासलाई बन्दुक र लाठीको भरमा कुल्चिन खोज्नेहरू हेरेर म अचेल हैरान छु । आज थुप्रै कम्युनिस्ट पार्टीहरू राजनीतिमा संलग्न छन् । सत्तामा पनि कम्युनिस्टहरूले नेतृत्व गर्दै छन् । तर मलाई डर लागिरहेछ, कतै कम्युनिस्टहरूका नाममा कलङ्क भइदेओस् । 

माथि उल्लेख भएका थुप्रै प्रसङ्गहरूकै सन्दर्भभित्रबाट  मेरो चिन्तन, मेरो दृष्टि बन्दै गयो । मैले जब समाज बुझेँ र समाज देखेँ – समाजमा रहेका थुप्रै खालका विसङ्गति, शोषण आदिले झस्काइदियो । मेरो पनि समाजप्रति जिम्मेवारी छ, मैले पनि समाज र देशका लागि केही गर्नुपर्छ भन्ने मानवोचित धारणा कम्युनिस्ट सिद्धान्तबाट ममा सम्प्रेषित भएको हो । अनि सानै छँदादेखि समाजका लागि पुस्तकालय, वाचनालय, स्कुलको स्थापना, पत्रपत्रिकाको प्रकाशन, अन्याय, थिचोमिचो शोषणको विरोधमा आक्रोश र सङ्घर्ष आदिजस्ता थुप्रै आन्दोलन र अभियानहरू गर्न हिँडेँ । मलाई लाग्छ, जीवनका यी यावत प्रसङ्गहरूबाट सिक्दै हालसम्म पनि आफ्नै खालको यात्रामा सामाजिकताबाट विमुख नभई समाजका धेरै क्षेत्रमा कार्यरत रहन पाएकोमा म आफूलाई गौरवान्वित महसुस गर्छु । चरित्र व्यवहार नभइदिएर सिद्धान्त मात्र फलाक्ने नेताहरू आफूलाई कम्युनिस्ट भनेर परिचयमा आइरहेको परिवेश हेरेर कम्युनिष्ट सिद्धान्त कतातिर भत्किँदै छ, म ताजुब मानेर हेरिरहेछु । कहिलेकाहीँ आफैले आफूलाई ‘कम्युनिस्ट’ के हो सोधिरहेछु । 
० ० ०


Tags: मोहन दुवाल
अघिल्लो पोष्ट

लाकोजूका दुई कृति लोकार्पित

पछिल्लो पोस्ट

आँबुखैरेनी वाङ्मय परिषद गठन

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
आँबुखैरेनी वाङ्मय परिषद गठन

आँबुखैरेनी वाङ्मय परिषद गठन

पर्यटकीय क्षेत्र तिमाल

पर्यटकीय क्षेत्र तिमाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मात्र इन्दुल केसी, इन्दुल केसी मात्र

मात्र इन्दुल केसी, इन्दुल केसी मात्र

४ जेष्ठ २०८०, बिहीबार
गुंला अर्थात  गुर्णिला (गुनी महिना)

गुंला अर्थात गुर्णिला (गुनी महिना)

३ श्रावण २०८१, बिहीबार
सञ्जाल

सञ्जाल

४ जेष्ठ २०८०, बिहीबार
वैज्ञानिक विकास

वैज्ञानिक विकास

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक