जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना यात्रा साहित्य

पर्यटकीय क्षेत्र तिमाल

रत्न उप्रेती रत्न उप्रेती
प्रकाशित ९ श्रावण २०७९, सोमबार
यात्रा साहित्य भित्र
0
पर्यटकीय क्षेत्र तिमाल

काभ्रेपलाञ्चोक जिल्लाको हाल तेमाल गाउँपालिकाभित्र साविकको सात वटा गाउँ विकास समिति रहेको छ । सस्र्युखर्क, सरमथली, बोल्देफेदिचे, ठूलोपर्सेल, मेच्छे, चापाखोरी, नारायणस्थान गरी सातवटा छन् । हाल तेमाल गाउँपालिकाको नौ वडाहरुमा सस्र्यूंखर्क १, २ सरमथली ३ बोल्देफेदिचे ४ नारायणस्थान ५ ठूलोपर्सेल ६ चापाखोरी ७ मेच्छेपौवा ८ र ९ रहेका छन् । साविक तिमालभित्र हालको नमोबुद्ध नगरपालिकाको कानपुर र मेथिनकोट समेत थियो । तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको मध्यपूर्वमा पर्ने अत्यन्त रमणीय स्थान हो । यो पहाडी भुभागमा रहेको स्थान पूर्वमा सिन्धुली जिल्ला र पश्चिममा हाल नमोबुद्ध नगरपालिकाको कानपुर र उत्तरमा सुनकोसी नदी तथा दक्षिणमा रोशी खोला पर्दछ । यसको उचाई होचोभाग मेच्छको रोशी दोभान सुनकोसी किनारमा ५३८ मिटर देखि अग्लोमा तिमाल याङवेलडाँडा २००८ मिटरसम्मको उचाइमा रहेको छ भने यसको कूल क्षेत्रफल ८९ वर्ग किलोमिटर छ । २०६८ को जनगणना अनुसार यहाँको कूल जनसंख्या २२,७१२ रहेको छ ।

यस तिमालको भूबनावट सुनकोसी र रोशी खोलाबाट उठेको अग्लो डाँडा भिरालो पाखा र थोरै मात्र नदी किनारमा समथर टारहरु रहेका छन् । यस तिमालको दायाँ दक्षिणतिर महाभारत श्रृङ्खलाबाट पूर्वतिर बग्दै आएको रोशी खोला र उत्तरतिर तिब्बतदेखि हिमश्रृङ्खला पार गर्दै नागवेली आकारमा पूर्वतिरै बग्दै आएको सुनकोशी नदी यी दुई नदीहरुको मिलन विन्दु कुशेश्वरमा रहेको देख्न सकिन्छ । यो क्षेत्र हिमाली रेखाबाट कटेको डाँडा हुनाले यस ठाउँमा पानीको श्रोतको अभाव नै छ । तर हाल यहाँ विद्युतीय माध्यमबाट सुनकोशी नदीको पानी लिफ्टीङ गरि पिउने पानीको लागि धारा वितरण गर्ने कार्य पनि भइरहेको छ । यस तिमाल डाँडा प्राकृतिक सुन्दरताले भने भरिपूर्ण ठाउँ हो । यस स्थानमा वन, जंगल बुट्यान र जडिबुटी समेत पाइने हुनाले यस स्थानको विशेष महत्व रहेको छ ।

कसरी यो ठाउ“मा पुग्न सकिन्छ
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा बसपार्कबाट तिमाल जाने सार्वजनिक यातायात बस थोरै मात्र चल्दछ । यसै बसबाट तिमाल जान सकिन्छ । यस बसबाट सदरमुकाम धुलिखेल, काभ्रेभञ्ज्याङ, पात्लेखेत, भकुण्डे मेथिनकोट कानपुर, कोटतिमाल हुँदै करिव ४० किलोमिटर सडक पार गरेपछि यस तेमाल गाउँपालिकाको सदरमुकाम नारायणस्थान पुग्न सकिन्छ । पैदल यात्रा गर्नु परेमा नमोबुद्ध नगरपालिकाको सदरमुकाम भकुण्डेबेंसीसम्म बसमा यात्रा गरि त्यहाँबाट मेथिनकोट, खरदारपाटी, कानपुर, कोटतिमाल, याङवेल, हुँदै नारायणस्थान पुग्न सकिन्छ भने अर्को बाटो रोशी तिनपिप्लेबाट थिलुवार, पोखरी गाउँ हँुदै उकालो लाग्दै दुई घण्टा हिडेपछि पनि पुग्न सकिन्छ । यसका साथै पाँचखाल बोहोरेदोभान सम्म बसमा यात्रा गरि त्यहाँबाट सस्र्युखर्कको आदाबाट हुँदै कोटतिमालको पैदलयात्रा अथवा सडकमा आफ्नो सवारी साधनको प्रयोग गरेर पनि जान सकिन्छ ।

प्राकृतिक सुन्दरता
तिमाल अत्यन्तै सुन्दर रमणीय तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थान हो यहाँबाट उत्तरतिरको सेता हिमश्रृङ्खलाका लहरहरुले नियालिरहेको तिमाल यहाँबाट पश्चिममा धौलागिरी, गणेश, लाङटाङ, युगल हिमालदेखि पूर्वमा गौरीशंकर, चोयु, आमादब्लम्, सगरमाथा हुँदै कञ्चनजङ्गा हिमालसम्मका हिमपहाडका लहरहरु सजिलैसँग देख्न सकिन्छ । त्यसैगरि दक्षिणतिर हेर्दा महाभारतका हरिया जङ्गलका पहाडी श्रृङ्खलाहरुले यस तिमाललाई मैत्रीपूर्ण दृष्टिबाट हेरिरहेको जस्तो लाग्छ । यस तिमालका बेशी फाँटमा बसन्त ऋतुमा आँपका बोटहरु मुजुराउने देखि लेकका डाँडामा फुल्ने लालीगुराँसका राता फूलहरुबाट समय सिजनमा बैँस बयलिंदा यसको सौन्दर्यताले कस्को मन बहलाउँदैन होला र ? तिमालको सुन्दर धर्तिमा प्राकृतिक सौन्दर्यसँगै मानिस रमाउनको लागि यहाँका विशेषताहरु पनि छन् ।

गौतम बुद्धको पदयात्रा र उपहार
नेपालमा जन्मिएर विश्व शान्तिका लागि ज्ञानको सन्देश दिने गौतम बुद्धले आप्mनो ज्ञानको प्रचारको क्रममा तिब्बत जाँदा यहि भूमि भएर गएका थिए भन्ने किंवदन्ती रहिआएको छ । यस क्रममा बाटोमा बास बसेको र यसै यात्राको क्रममा गौतम बुद्धले यहाँका मानिसहरुलाई आफ्नो ज्ञान दिएका थिए र यहाँका मानिसहरुले गुरुलाई गरेको आतिथ्यताको कारणबाट बुद्ध भगवानले उपहारस्वरुप (पालीभाषा तेयर ज्ञान) सँगै उपहारको रुपमा बोधिचित्त मालाको काँचो दाना दिएको र यसबाट विरुवा उत्पादन गरि यस बोधिचित्तको संरक्षण गर्नु भनी छाडि जानुभएको थियो भन्ने किंवदन्ती पनि छ । यही ज्ञान, शिक्षा र उपहारको ग्रहण नै यसै तिमालबासीले प्राप्त गरेकोले पनि यो माला अहिले पनि बौद्ध शिक्षा अनुसारको साइजको माला यस तिमालमा प्रशस्त पाइन्छ । यस मालाको साइज भनेको ८ देखि ९ से.मी. सम्मको हुन्छ । यस मालाको फलको दानालाई सफा गरी छेडेर प्वाल पारि १०८ दानाको माला बनेपछि मुठीभित्र अटाउँछ । यस प्रकारको माला नै जपको लागि उपयुक्त मानिन्छ । हुन त यो मालाको बोट विरुवा अन्यत्र स्थानमा पाइन्छ । तर यस मालाको फलको साइज भने यहाँको जस्तो नहुनुको कारणले पनि तिमाल यो मालाको लागि प्रसिद्ध ठाउँ मानिन्छ । यसका साथै विश्वभरि नेपालको काभ्रेपलाञ्चोक तिमालमा उत्पादन भएको मालालाई बोधी ज्ञानको उपहार भएको कारण यस माला जपको लागि विशेष महत्वको रुपमा लिइन्छ । यहाँको माला संसारका बुद्ध धर्म मान्ने देशहरु चीन, भारत, थाइल्याण्ड, जापान, श्रीलङ्का, इण्डोनेसिया लगायत धेरै देशहरुमा निर्यात हुने गर्दछ ।

यसै तिमालको याङवेलमा दक्षिण पट्टी एक तोङसोमकुण्ड भन्ने गुफा छ यसलाई तिबेतीयन भाषामा (यारी नाह्क) भन्दछन् । यसै गुफामा गुरु पद्यसम्भवले तपस्या गरेको स्थान र पछि गौतम बुद्धले पनि यहि बास बसी ज्ञान दिएका थिए भन्ने पनि कथन छ । अहिले यस स्थानमा बौद्ध धर्मावलम्बीहरु दर्शनको लागि जाने गर्दछन ।

ऐतिहासिक हिन्दु धार्मिकस्थल नारायणस्थान
पर्यटकीय हिसावले अवलोकनको सूचीभित्र पर्ने यहाँको प्र्रसिद्ध धार्मिक स्थान नारायणस्थान पनि हो । यो मन्दिर यस ठाउँको जङ्गलको बीचमा छ । लिच्छवीकालका कालिगढका सन्तानले नै बनाएको प्रस्तर कलाको नारायणको मूर्ति यहाँ रहेको छ । अत्यन्त सुन्दर बाह्र हात भएको पूर्ण कदको मूर्ति यस स्थानमा रहेको छ । यस तिमाल काठमाडौं उपत्यकाबाट पूर्वतर्फ जाने एउटा महत्वपूर्ण पैदल यात्रा गर्ने बाटो पनि हो । पूर्वतर्फ राजा पृथ्वीनारायण शाहको राज्य एकीकरणको अभियानमा सिन्धुली गढीमा दरवार निर्माण गरेका थिए । यो ठाउँमा पछि वि.सं १८४८ मा उनका नाति रणबहादुर शाहले यस मूर्तिलाई काठमाडौंको हालको नारायणहिटी दरवार क्षेत्रमा रहेको नारायण मन्दिरको मूर्तिकै आकारमा निर्माण गरि पूर्वको उक्त सिन्धुली गढी दरवारमा लगेर प्रतिस्थापना गर्नको लागि आदेश दिएका थिए । यस अनुसार तत्कालिन काजी शिवराम बस्नेतको ब्यवस्थापनमा मानिसहरुले बोकेर लैजाने क्रममा तिमालको बाटो भएर खुर्कोट हुँदै सिन्धुली गढीतर्फ बोकेर लाने क्रममा यही स्थानमा बास बसी भोलिपल्ट बिहान पुन बोकेर लान खोज्दा कति प्रयास गर्दा पनि उठाउनै नसकेर बोक्ने भरियाहरु आजित भै रिसाएर केही औजारले हिर्काउँदा मुर्तिको नाक र बाह्रवटा हात मध्येको दाहिने तर्फको एउटा हातमा पर्दा नाक तथा दाहिने हात भाँचिएको र उनीहरुले छोडेर गएका थिए । तत्पश्चात यहाँ तान्त्रिक झाँक्रीलाई सपनामा आफू नारायणको आत्मस्वरुप यहाँ बस्न चाहेको कुरा सपनामा अवगत गराएकोले सो ठाउँमा झाँक्रीले गई हेर्दा यस प्रकारको मूर्ति फेला परेको भन्ने किंबदन्ती पनि छ । पछि त्यहाँका मानिसहरुले यस प्रकार भरियाहरुले मूर्ति छोडेर गएको कुरा र झाँक्रीलाई आएको स्वप्न लक्षणको कुरा राजा रणबहादुर शाहलाई जाहेर गरेका थिए । तत्पश्चात राजाले सोही ठाउँमा नै मूर्ति प्रतिस्थापन गर्न लगाई मन्दिर बनाउन लगाएका थिए । अहिले पनि सो ठाउँको नारायणस्थानमा गुम्बज शैलीमा मनाइएको मन्दिर छ र यसै मन्दिरभित्र मूर्ति स्थापित छ । यस मुर्तिको नाक बुच्चो छ । दायाँ छवटा हातमध्यको एउटा हात भाँचिएको अवस्थामा छ । अहिले यस ठाउँमा भदौ शुक्ल पूर्णिमा जनैपूर्णिमाको दिन झाँक्रीहरुको नाच सहितको विशेष मेला लाग्ने गर्दछ ।

बौद्ध विहार स्थल
यस मन्दिरदेखि तल जङ्गलभित्रको चौरमा नमोबुद्ध, बौद्ध चैत्य र स्वयम्भुको चैत्य स्तुपाहरु पनि छ । यो चैत्य स्तुपाहरु २०५२ सालमा स्थानीय समाजसेवी लिलाबहादुर तामाङको सकृयतामा स्थानीय जनताहरु तथा स्थानीय निकाय सहितको आर्थिक सहयोग साथै जनसहयोग र श्रमदानबाट बनेको हो । यस दुबै मन्दिर त्यहाँका मानिसहरुको आस्था र सद्भावको प्रतिकको रुपमा रहि आएको छ । यस तिमालमा बौद्ध धर्मालम्बीहरुको अत्यधिक बसोबास रहेको यस ठाउँमा हिन्दु धर्मालम्बी पनि छन् । यसका साथै हाल इसाई धर्मालम्बीहरुको पनि विस्तार बृद्धि हुँदै गएको छ । बहुसंख्यक तामाङ समुदाय रहेको यस स्थानमा ब्राम्हण, क्षेत्री, नेवार, मगर र दलितहरुको साथै सीमान्तकृत जनजाति माझीहरुको समेत बसोवास छ ।

केही किंबदन्तीहरु
यस ठाउँमा थुम्काथुम्की परेको डाँडाहरु र बीच बीचमा गहिरो परेको ठूल्ठूला चौरहरु र बाँज, कटुज, कालिकाठ र लालिगुराँस आदि प्रजातीका रुखविरुवाहरु रहेका छन् । समशीतोष्ण हावापानी रहेको हुनाले यहाँ वसन्त ऋतुमा लालीगुराँस ढकमक्क फुल्दा बिहेमा सिँगारिएकी बेहुली जस्तै लाग्छ । यस ठाउँमा बौद्ध स्तुपा र यस स्थानबाट केही पूर्वतिर गौतम बुद्धको ठूलो मूर्ति तथा पौवा (काकलिङ) पनि छ । यहाँका डाँडाहरुमा तिब्बती भाषामा लेखिएको बौद्ध सन्देश उल्लेखित ध्वजाका तोरणहरु (लुङतार) टाँगिएको छ । यसका साथै काकलिङ (पौवा) तथा बाटाहरुका मानेहरुमा राखिएका स्लेट ढुङ्गामा ॐमाने पदमे हुम भन्ने वाक्यहरु उल्लेख गरिएको पाइन्छ । यसका साथै तिमाल डाँडाका ठाउँ ठाउँमा देउरालीहरु पनि छन् जहाँ मानिसहरु उकालो हिँडिसकेपछि थकाई मार्ने र उकालो हिँड्दा लिएको सहारा लौरो तथा ढँङ्गा र स्याउला अथवा फूलहरु चढाएर हिँड्ने हामी नेपालीको संस्कृति रहिआएको छ । यसका साथै यसै तिमालको पल्लो छेउको भोटेपाटीदेखि तल ढुङ्गामा गौखुर अथवा गाईको पाइला छ । जुन पाइला गाईरुपी लक्ष्मीले विपद् पर्दा दक्षिण भारतबाट यही बाटो भएर आउँदा महाभारत हुँदै तिमालमा टेकी हिमालमा बास बस्न गएको भन्ने किंवदन्ती पनि रहिआएको छ । यसले गर्दा यो स्थान माहायानी बुद्ध धार्मिक अनुयायीहरुको धार्मिक कलाहरुले गर्दा यो ठाउँ साँच्चै गौतम बुद्धको तपोभूमि जस्तै लाग्दछ । यसका साथै हिन्दुहरुको धार्मिक मन्दिरहरु चापाखोरीमा रहेको सन्तानेश्वर महादेव मन्दिर, बोल्देफेदिचेको तल सुनकोशी नदी छेउमा रहेको भीम पाइला तथा यसै बोल्देफेदिचेको माथि अग्लो डाँडामा रहेको दोज्र्ये घ्याङ यस तिमालको धार्मिक पर्यटनको हिसावले निकै महत्व रहेको छ ।

यस तिमालको अर्को इतिहास बाइसे चौबिसे राज्य भएको अवस्थामा यस डाँडाकै अग्लो स्थान कोट तिमालमा भोटदेखि आई बसेका तामाङ जातिका सन्तान रेन्जिन दोर्जेले तिमाले राजाको रुपमा रहि तिमालको शासन गरि आएको हो भन्ने पनि सुनिन्छ । हाल पनि सो स्थानको उत्खनन् गरि हेर्दा दरवारको भग्नावशेषको रुपमा इँटाहरु पाइन्छ । अहिलो यस स्थानमा स्थानीय लिलाबहादुर तामाङकै सकृयता तथा तामाङ समुदायको कृयाशिलतामा राजा रेन्जिन दोर्जे र रानीको मूर्ति तयार गरी रखिएको छ ।

मनोरम दृश्यहरु
हाल यहाँ कोट तिमालको कालिका मन्दिर रहेको छ । पोखरी नारायणस्थानको अग्लो डाँडाबाट देखिने उत्तरी हिमालबाट नागबेली हुँदै निलो रंगको पानी अविरल बग्दै आएको सुनकोसी नदी पूर्व–दक्षिण हँुदै बगेको छ । दक्षिण महाभारत खोपासी हुँदै बगेको रोशी खोला नेपालथोक हुँदै दुम्जा कुशेश्वरको सुनकोशीमा गई सम्मिलन भएको दृश्य र उत्तरी हिमालहरु गणेश हिमाल, लाङटाङ हिमाल, जुगल हिमाल, गौरी शंकर तथा सगरमाथाको टुप्पो समेत देखिनुको साथै जुगल हिमालको काखमा सिन्धुपाल्चोक जिल्लाका पहाडी भुभाग छिचोल्दै नागबेली भएर बगेको सुनकोशी नदीको दृश्य देख्न पाउँदा साँच्चै स्वर्गमा नै आइपुगेको भान हुन्छ । यहाँबाट देखिने काठमाडौंको शिवपुरी डाँडा, भक्तपुर जिल्लाको नगरकोट, सिन्धुपाल्चोकको सेलाङ, दोलखा जिल्लाको कालिन्चोक, शैलुङ, जिरी, र पूर्वतिरको रामेछापमा पर्ने मानेदोरम्बाको डाँडादेखि दक्षिण महाभारत डाँडा सिपाली चिलाउनेको भूमेचुलीदेखि भीमखोरीको सिस्नेरी भञ्ज्याङ लगायत सिन्धुली जिल्लासम्मकै लहरै हरिया र अग्ला पहाडहरुको श्रृंखलासम्मको दृश्य देख्न पाउँदाको मजा अर्कै छ । यस स्थानलाई २०४० सालको पञ्चायतकालमा नै यही पोखरी नारायणस्थानका तत्कालीन जिल्ला पञ्चायत सदस्य उत्तरध्वज लामा तथा राष्ट्रिय पञ्चायतका सदस्य गोविन्दनाथ उप्रेतीको सकृयतामा तिमाललाई पर्यटन क्षेत्र घोषणा गरी पोखरी नारायणस्थानको अग्लो डाँडामा एक भ्यू टावर समेत बनाइएको थियो तर सो टावर निर्माण सम्पन्न हुन नपाई ढल्यो । जे होस् यो तिमालको समग्र पर्यटन विकासको लागि धेरै सम्भावना रहेको यहाँको अवस्था छ । आजको अवस्थामा आइपुग्दा तिमालको समग्र विकासका पुर्वाधारधारहरु सडक, बत्ती, शिक्षा, स्वास्थ्य, कृषिमा आधुनिकीकरण, वन वातावरण र २०७२ सालको भूकम्पपछि सामुदायिक तथा निजी आवासीय पक्की घर तथा भवनहरु तयार हँुदै गइरहेको अवस्था छ ।

सम्भावना
यस तिमाललाई अझ सुन्दर बनाउन स्थानीय तहको सरकारले यस ठाउँलाई पर्यटकीय क्षेत्र घोषणा गरी यसका लागि आवश्यक पूर्वाधारहरु, भ्यू टावर पुन: निर्माण गर्नुको साथै रोशी तीनपिप्लेबाट निजी क्षेत्रलाई केबलकार खोल्न प्रोत्साहनको साथै अनुमति दिनु पर्दछ । स्थानीयहरुले होमस्टे खोली स्थानीय तामाङ भाषा संस्कृति संरक्षण एवम् सम्बर्धन गर्दै बाह्य पर्यटन भिœयाउन मार्ग प्रशस्त गर्नु आवश्यक छ ।


Tags: तिमालरत्न उप्रेती
अघिल्लो पोष्ट

आँबुखैरेनी वाङ्मय परिषद गठन

पछिल्लो पोस्ट

जीउनी

रत्न उप्रेती

रत्न उप्रेती

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
विलियम वर्डस्वर्थको निवासमा
यात्रा साहित्य

विलियम वर्डस्वर्थको निवासमा

२ श्रावण २०८१, बुधबार
यात्रा क्यान्जिङगोम्पाको
यात्रा साहित्य

यात्रा क्यान्जिङगोम्पाको

१० फाल्गुन २०८०, बिहीबार
बिहानी यात्राको शब्द–चित्र
यात्रा साहित्य

बिहानी यात्राको शब्द–चित्र

२७ मंसिर २०८०, बुधबार
पछिल्लो पोष्ट
जीउनी

जीउनी

वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान

वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कवि पूर्ण वैद्यको स्मृतिग्रन्थ लोकार्पण

कवि पूर्ण वैद्यको स्मृतिग्रन्थ लोकार्पण

२३ फाल्गुन २०८१, शुक्रबार
निरु न्यौपानेका उपन्यास र गजल सार्वजनिक

निरु न्यौपानेका उपन्यास र गजल सार्वजनिक

२३ फाल्गुन २०७८, सोमबार
कौशीमा नाटक ‘वेडिङ एल्बम’

कौशीमा नाटक ‘वेडिङ एल्बम’

२४ फाल्गुन २०८०, बिहीबार
काठमाडौं महानगरले बनायो इन्द्रसभा

काठमाडौं महानगरले बनायो इन्द्रसभा

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक