जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता प्रोफाइल

मात्र इन्दुल केसी, इन्दुल केसी मात्र

तेजेश्वर बाबु ग्वंग: तेजेश्वर बाबु ग्वंग:
प्रकाशित १९ भाद्र २०८०, मंगलवार
प्रोफाइल भित्र
0
मात्र इन्दुल केसी, इन्दुल केसी मात्र

वि.सं २०१५ साल नेपालको पहिलो आम निर्वाचन अवसर । चुनाव प्रचार अभियानमा तीव्रता आइ रहेथ्यो । श्री प्रयागराज सिंह सुवाल काठमाडौँबाट भक्तपुर आउनु भयो । तेखाचो टोल गाचा.मा बैठक कोण सभा । सिंहको प्रवचन क्रममा इन्दुल के.सी.ले प्रयागराज सिंहज्यू सँग प्रश्नोत्तर क्रममा तीव्र र तीक्ष्ण प्रश्नहरू प्रक्षेपण गरेको झल्क्यो । ताजा लाग्छ अझै मेरो सम्झनामा । पिता श्री केदारनाथ झाज्यूकी नेवार पत्नीको कोखबाट जन्मेका इन्दुल । उनी निडर प्राणी विभिन्न कार्यहरू गर्न नहिचकिचाउन युद्धमा लागेको सिपाही जस्तो ।

अनेक फाँटमा टेक्दै हिँड्ने इन्दुल – हिँडडुल गति । हिडहडुल रुचाउने प्राणीको स्वभाव – के.सी.का इन्दुल – इन्दुल के.सी. । आफ्नै घर आँगन भक्तपुर मंगलाछें टोल ब्रम्हपुर चोकस्थित श्री श्याम सुन्दर राश भजन मण्डल धाम । भजन गाउन कीर्तन मचाउन बालककालदेखि अभ्यस्त । अझै पनि भजन कीर्तन मचान उद्येत । भजन भक्ति शब्द व्यञ्जनाबाट ईश्वरीय लीला । ईश्वरहरूका चरित्रवान् । इन्दुल राश भजन गर्न रुचाउँछ । भजन मण्डल मचाउँछ इन्दुल । त्यसैले इन्दुल हिँडडुल – हिँडडुल इन्दुल । भजन गाउनु धार्मिक गान बजान । गाउन बजाउनका निमित्त सुमधुर स्वर पहिलो आधार । कलाकारमा कुचो बनेर रङ्ग रेखा कोर्न मानौँ कलाकार जस्तै । उसले जागिर खाए । जागिर पाए । देश विदेश डुले । संसार केही देखे । जागिरे राष्ट्र सेवा र राष्ट्र सेवक जागिरले इन्दुले निवृत्ति करण पाए । निवृत्त भएकाले केही र केही भर गरे इन्दुललाई । जागिर राष्ट्र सेवक बने । राष्ट्र सेवक जागिरे बने दीर्घ सेवाका सेवा रहे । धेरै लामो दीर्घसेवा गरे इन्दुले अलिक सेवाका अवधिले इन्दुललाई पीडा दिए । दुर्बल मनोबलका प्राणी थिएनन् इन्दुल । इन्दुललाई कसले छेक्ने ? छेकेर छेकिने स्वभाव उनको मनोविज्ञान र मनोविश्लेषणात्मक स्वभावै देखिनन् इन्दुलको । कसैसित केही नमाग्ने, स्वाभावजन्य इन्दुलका के.सी. ।

कवि भुईँचालो कहिले भजन गायक इन्दुल कहिले कवि । भुईँचालो कविता उनको कृति नै भुईँचालो । कविता लोकार्पण भयो, कविता कोमल भावका तरङ्ग तरेली कविता विद्रोह भावका आक्रोशपूर्ण ज्वालामुखी मात्र नभई सौम्य र शालीन मन वेगका सुललित अभिव्यञ्जना पनि । यहाँ हुँदा विद्रोही भावनाका रौँको आक्षेप र लाञ्छनामा व्यक्त हुँदा कविता एक वित्ता बन्ने वर हुन्छ । इन्दुलको कविताका स्वरूप कस्तो छ ? इन्दुलकै रूप स्वरूप जन्य छ । कविता कविता करणका अन्त्य हो । इन्दुले छातीमा हात राखेर कविता रचे ।

श्री वाराही पीठ समितिका अध्यक्ष सांस्कृतिक परम्परा भनौँ पारम्परिक संस्कारमा नाइके रहेको इन्दुल । एक प्रकारका अगुवा भगुवा बनेन । अगुवाको मूल धन वर्चस्वशाली अगुवाइ । अगुवाको दायित्व बोधबाट टाढा छैन इन्दुल । मृदु भाषा, शिष्ट, मिष्ट वचन, अरूको मन जित्न सक्ने क्रियाकलाप, कोष सन्तुलन र सङ्ग्रह गर्ने क्षमता नाइकेको यक्ष दायित्व र भूमिका । यिनकै लागि अनिवार्य हुन्छ । कवि भएर कवितापूर्ण अभिव्यक्ति बनाउन सक्नु कवितापूर्ण दुर्भाषा बन्नबाट बचाउने क्षमता ठान्छु यसको लागि केही चाहिन्न ।

नेतृत्व गुण अरूलाई चिन्तनका साथ सुन्न सक्नु अरूलाई मनग्य सुनेर यहाँको मूल मनसाय यस्तो बुझेँ यसो हो कि ? यो भन्दा अरू पनि ? बोल्नेको वचनमाथि कृतज्ञता ज्ञापन सूचक अभिव्यञ्जना । नत्र लम्बा भाषण, चन्दा रासन, कदम कदमा विरोध प्रदर्शन जत्तिकै हुन पुग्छ । नेतृत्ववान् क्षमताका यक्ष रूप स्वरूप यसै भए हुन्थ्यो । इन्दुल केसीलाई बताउनै नपर्ने गरी विज्ञ छन् उनी । उल्लेखै गर्न नपर्ने उल्लेख हुन पुग्नु त कलम खुस्किनु, सोचमा घोच पस्नु हुन सके पनि खुस्किन्छ कलम ।

अनेक क्रियाकलापमा लागिरहने लहडी इन्दुलका अनेक योजनाहरूका लाइन छन् मनमा । योजना कार्यान्वयन खातिर मनमनै जान्ने भेद नखोल्ने आदत बने आत्मघाती बन्न सक्छ । प्रत्येक मनका योजना अवधारणा पत्रमा अभिमुखीकरण भएर तिनकै जगमा कार्य योजना तर्जुमा विशेषज्ञहरूबाट हुनु वाञ्छनीय मात्र होइन अनिवार्य छ । यति त इन्दुलका के.सी. र के.सी.का इन्दुलका हिँडडुलमा अवतरण हुने भएको अपेक्षा छ । अवधारणा पत्र, प्रस्ताव पत्र अनि कार्यपत्रमा जग हालेर कार्य योजना तयार पारी कार्यक्रम थालनी गर्दा अवलोकन, पर्यवेक्षण, सुपरिवेक्षण र मूल्याङ्कन निम्ति स्वास्थ्य आधार बन्छ । इन्दुललाई भन्नै परोइन । उनले बुझेको आभास मिल्छ ।

इन्दुलका हिँडडुलका अनन्त गति छन् । डुलफिरका जुरमुरिन्छ । उनको निर्मित स्वभाव अनि स्वभावमा निर्मित इन्दुल योग प्राकृतिक चिकित्सा साधनारत रहन्छन् । अनेक योगका योगी र साधनाका साधक संयोग गराउँदै हिँडडुल गर्छ इन्दुल । कहिले योग साधना कहिल्यै साधना नै योग बन्छ उनको । मैले आस्थापूर्वक इन्दुलबाट ग्रहण गरेको योगाभ्यास सार्थक बन्छ, बन्यो । कम्मर दुखेको निष्ठा घरका मेरो आत्माले कम्मर डोलाउने घुमाउने योग साधना साधन गर्न पाएँ । इन्दुले मलाई सिकाए क्रमशः तीन तीन चक्कर कम्मर घुमाउँदा दायाँ बायाँ, बायाँ दायाँ तीन तीन पटक । मेरो निष्ठाछेंँ निवासमा मेरो कम्मर दुखाई साम्य हुँदै गयो । क्रमिक घुमाइका रहस्य त आफ्नो शरीरभित्रै स्व निर्मित र नैसर्गिक तवरले निर्मित लुब्रिकेण्ट श्रोत परिचालन भई स्वतस्फुर्त हुँदो रैछ ।

अहिलेलाई आदरणीय पाठक श्रोता महानुभाव । अथ: र इतिश्री मात्र इन्दुल के.सी. इन्दुल के.सी मात्र वन्दना शुभम् समाप्तम । 
 


Tags: इन्दुल केसीतेजेश्वरबाबु ग्वंग:
अघिल्लो पोष्ट

भजन शिरोमणि भक्तराज आचार्यलाई खेमराज गुरुङ स्मृति सम्मान

पछिल्लो पोस्ट

साहित्यको शक्तिशाली विधा त कविता नै हो : इल्या भट्टराई

तेजेश्वर बाबु ग्वंग:

तेजेश्वर बाबु ग्वंग:

सम्बन्धित पोष्टहरू

साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर
प्रोफाइल

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

७ मंसिर २०८१, शुक्रबार
प्रयोगशील कवि  पूर्ण वैद्य
प्रोफाइल

प्रयोगशील कवि पूर्ण वैद्य

६ बैशाख २०८१, बिहीबार
यात्रालेखनमा घनश्याम राजकर्णिकारको योगदान
प्रोफाइल

यात्रालेखनमा घनश्याम राजकर्णिकारको योगदान

१७ आश्विन २०८०, बुधबार
पछिल्लो पोष्ट
साहित्यको शक्तिशाली विधा त कविता नै हो : इल्या भट्टराई

साहित्यको शक्तिशाली विधा त कविता नै हो : इल्या भट्टराई

बाल उपन्यास ‘साहसी साथी’मा बाल अधिकार र संघर्षका कुरा

बाल उपन्यास 'साहसी साथी'मा बाल अधिकार र संघर्षका कुरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साहित्यमा रोमान्सेली आन्दोलन

साहित्यमा रोमान्सेली आन्दोलन

३ जेष्ठ २०७८, सोमबार
हिउँको सिन्दुर

हिउँको सिन्दुर

३ जेष्ठ २०७९, मंगलवार
विश्वभर रहेका नेवार समुदायको संगठन डब्लुएनओको अध्यक्षमा संयुक्त श्रेष्ठ

विश्वभर रहेका नेवार समुदायको संगठन डब्लुएनओको अध्यक्षमा संयुक्त श्रेष्ठ

३ जेष्ठ २०७९, मंगलवार
वियोगी बुढाथोकीको ‘काठमाडौंलाई महासागरको पानी’ 

वियोगी बुढाथोकीको ‘काठमाडौंलाई महासागरको पानी’ 

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक