जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

गुंला अर्थात गुर्णिला (गुनी महिना)

डा. चुन्दा बज्राचार्य डा. चुन्दा बज्राचार्य
प्रकाशित २१ श्रावण २०८१, सोमबार
संस्कृति भित्र
0
गुंला अर्थात  गुर्णिला (गुनी महिना)

नेवार समुदायले मनाउने गुँला पर्व सोमबारदेखि सुरु भएको छ । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।

स्वयम्भू पुराण अनुसार नेपाल खाल्डो पहिले पानीले भरिएको एउटा पोखरी थियो। यस्तो ठाउँमा विपस्वी बुद्ध पाल्नु भई कमल रोप्नुभएको थियो। त्यही रोपिएको कमलमा फूल फूलेर त्यसमाथि धर्मधातुज्योतिरुप स्वयम्भू उत्पत्ति भएपछि उक्त ज्योतिरुपको दर्शन गर्न महाचीनबाट महामञ्जुश्री र उहाँका दुई पत्नीहरू वरदा र मोक्षदा यहाँआउनुभयो। उहाँले चोभारको दायाँ र बायाँको पहाडलाई छेडन गरी यहाँजमेको पानीलाई बाहिर निकास गर्नुभयो र उक्त खाली ठाउँमा मञ्जुपत्तन नामको सहर बनाउनु भयो। आफ्ना पत्नीहरू वरदालाई राख्नुभएको पहाड फूच्व र मोक्षदालाई राख्नुभएको पहाड धिलाच्व नामले प्रसिद्ध भए । यहि ज्योति रुप स्वयम्भूमा महायान धर्मका गुरु शान्तिकराचार्यले महाचैत्य बनाए । शान्तिकराचार्यले स्वयम्भू महाचैत्य निर्माण गर्नु भन्दा अघिदेखि नै यहाँ चैत्य सेवा गर्ने परम्परा रहेको बौद्ध विद्वानहरूको भनाई छ । उहिलेको त्यही चैत्य सेवालाई नै अहिले गुंलाधर्म भनिएको हो।नेपाल संवत्का १२ महिनाहरू मध्ये श्रावण शुक्ल परेवाबाट शुरु हुने एक महिनासम्म बौद्ध मार्गीहरू गुंला बाजा बजाई नामसंगीति पाठ गर्दैचैत्य दर्शन गर्ने गर्छन्। यही पूरा एक महिनालाई ।।।गुंला’ भनिन्छ ।

खासगरी काठमाडौंका नेवारहरू गुंला बाजा बजाउँदै एक महिनासम्म स्वयम्भू महाचैत्य दर्शन गर्न जाने धार्मिक कार्यलाई नै ।।।गुंला धर्म’ भन्ने गरिन्छ । गुंलालाई पहिले पहिले गुर्णिला (गुनी महिना) पनि भनिन्थ्यो। गुंला धर्मकसरी आरम्भ भयो भन्ने बारे ।।।श्रृङ्गभेरी अवदान’ मा उल्लेख गरिएको कथा यस प्रकार छ : शशीपत्तनका राजा सिंहकेतुलाई शिकार खेल्ने भने पछिअसाध्यै मन पर्ने रहेछ । तर उनकी महारानीलाई भने हत्या हिंसा पटकै मनपर्दैन थियो। जंगली मृग, भालु, बाघ, अर्ना (राँगो) आदि धेरै जीवजन्तुको हिंसा गरेको पाप स्वरुप राजा सिंहकेतुको मृत्यु पश्चात अर्काे जन्ममा उनी एक ब्राह्मणको घरमा राँगो भएर जन्मन पुगे। राजा सिंहकेतुकी रानीभने राजालाई पशुपंक्षीहरूको हत्या गर्न रोक्ने भएकीले अर्काे जन्ममा तीनै ब्राह्मणकी रुपवती सुशील छोरीका रूपमा जन्म लिने पुगे। त्यो राँगो र तीरुपवती छोरी असाध्यै मिल्दथे। एकदिन चराउन लाँदा जंगलको भीरबाट लडेर राँगो मर्‍यो। रुपवती अत्यन्तै विलाप गरेर रोइरहेकीले बोधिसत्व प्रकट भई मरेको उक्त राङ्गो अरू कोही नभई उनकै पूर्वजन्मका पति हुन्भनी आज्ञा गर्नुभयो। धेरै पशुपंक्षीहरूको हिंसा गरेकाले उनले राङ्गो जुनीलिन परेको कुरा पनि बताउनुभयो। साथै तिनलाई उद्धार गर्ने हो भनेउसको सबै हाडखोर बटुलेर त्यसमाथि एउटा चैत्य बनाऊ र एउटा सिङ्गलेबाजा फुकेर अर्काे सिङ्गले एकाइस दिनसम्म जल चढायौ भने तिनी आफूले गरेको पापबाट मुक्त हुनेछन् भनी आज्ञा गर्नुभयो। रुपवतीले बोधिसत्व द्वारा आज्ञा भए बमोजिम कार्य गरी पूर्वजन्मका पतिलाई मुक्त गरिन्। यसैकारण गुंला महिनाभरि सिंग साथै अन्य बाजा बजाएर चैत्य परिक्रमा गर्नेचलन बस्यो। नेवार समाजमा त्यस वर्षभित्र निधन भएका व्यक्तिहरूको मुक्तिको लागि गुंला महिनाभरि सिंगलाई पुजा गरेर, सिङ्ग फुकेर स्वयम्भूमहाचैत्य परिक्रमा गरी मनाउने परम्परा अहिलेसम्म चलिरहेको छ । त्यसरी नै मृत व्यक्तिको अस्तु राखेर चैत्य बनाउने चलन पनि थोरै भए पनि बाँकी नै रहेको पाइन्छ ।

भाषा बंशावलीमा उल्लेख भए अनुसार नेपालका बौद्ध धर्मावलम्बीहरूले श्रावण शुक्ल प्रतिपदादेखि एक महिना गुंला धर्म मान्नेचलन राजा विक्रमदेवले चलाएका हुन्। चैत्य प्रदक्षिणा, सिङ्ग (श्रृङ्ग) साथैअन्य बाजाहरू बजाएर नामसंगीति पाठ गर्‍यो भने पुण्य तथा सतधर्म प्राप्तभई नरकमा परेकाहरूको समेत उद्धार हुन्छ भन्ने कुरा ।।।सर्वज्ञमित्रावदान’माउल्लेख छ । सिङ्ग फुकेर धर्म चैत्यको सेवा गर्ने प्रशङ्गमा एकतीस दिन सम्म बालुवाको चैत्य बनाई पुजा गर्‍यो भने त्रिरत्न शरण तथा नामसंगीतिशरणको फल प्राप्त हुन्छ भनी ।।।वृष जन्मावदान’मा उल्लेख भएको पाइन्छ ।श्रावणभरि त्रिरत्न नाम स्मरण गरी सिङ्ग (श्रृङ्ग) बजाएको पुण्यले गर्दा पापीराजा मुक्त भए झै यस महिनाभरि चैत्य परिक्रमा गर्‍यो भने मृतकहरूमात्र मुक्त हुने होइन कि राष्ट्रलाई समेत विभिन्न महामारी, रोग व्याधी तथा दु:खकष्टबाट मुक्त पारिदिने कुरा ।।।पुंगवावदान’मा उल्लेख छ । नेपाल उपत्यकाको मूख्य कार्य कृषि भएकोल सबैजसो चाडपर्वहरू रोपाइँ पछि वा कटाइ अघि मनाउने गरिएको पाइन्छ । ती मध्य धान रोपिसके पछिमनाइने पर्व गुंला हो।काठमाडौंमा गुंला महिनाभरि स्वयम्भू महाचैत्य लगायत विभिन्न बहाल तथा बहिलहरूमा अवस्थित चैत्यहरूको पुजा गर्ने, दीप बाल्ने परम्पराहरूका साथसाथै महिनाभरि एक छाक मात्र खाई उपवास बस्ने एउटा अर्को परम्परा पनि छ जसलाई ।।।माय् अप्सं’ भनिन्छ । पहिले पहिले यस्तो उपवास बस्ने चलन धेरै नै देखिन्थ्यो भने आजभोलि घट्दै गएको पाइन्छ । स्त्री पुरुष जो पनि बस्न सकिने यो उपवासलाई धार्मिक क्रियाकलाप कै रूपमा लिइएको छ । अन्य उपवासहरू एक एक दिन मात्रै बस्ने गरिन्छ भने यो उपवास महिनाभरि नै बस्ने गरिन्छ । यो उपवास बस्ने श्रद्धालुहरू स्वयम्भू महाचैत्य वा अरू कुनै चैत्यको दिनहुँ पूजा गरी दिनको एकपल्ट फलाहार मात्रै गर्छन्। यो उपवास श्रावणशुक्ल प्रतिपदादेखि शुरू भई अर्काे महिनाको प्रतिपदामा भोज ख्वाएर समापन गरिन्छ । उपवास बस्नेहरूलाई हेरचाह गर्न उनका आफन्तहरू विभिन्न फलफुल तथा पूजा सामग्री लिई हेर्न जाने गर्छन्।

त्यसरी हेर्न आउने आफन्तहरू सबैलाई समापनको बेला निम्तो गरी भोज ख्वाउने गरिन्छ । गुंलाभरि स्वयम्भू धाउनेहरूले पनि अर्को महिनाको प्रतिपदा कै दिन गुंला धर्म समापन गर्ने भनी भोज आयोजना गर्छन्। कीर्तिपूर, पांगा आदि ठाउँका बासिन्दाहरू माय् अप्सं बस्ने भनी चोभार करुणामयको मन्दिरमा कार्तिकशुक्ल एकादशीदेखि पूर्णिमासम्म उपवास बसी कार्तिककृष्ण प्रतिपदाका दिन पूजा गरी प्रसाद खाएर उपवासको अन्त गर्छन्। चोभार करुणामयमा बस्ने यो उपवासमा केही पनि खाने गरिँदैन । दिनहुँ पूजा गरी मन्दिर कै सत्तलमा बास बस्छन्। यहाँका स्थानीय बासिन्दा बीच श्रीमान्–श्रीमती झगडा भएमा वा एकले अर्कोलाई मन नपराएमा माय् अप्सं बसी सम्बन्धविच्छेद (पारपाचुके) गर्ने चलन छ । मनमुताव वा कुनै कारणवस माइती बसेकी श्रीमतीलाई धेरै दिनसम्म पनि श्रीमानले लिन नआए श्रीमती पाँच दिनसम्म चोभार करुणामयको सत्तलमा उपवास बस्न जान्छिन्। एक हप्ता पछि उपवास सकिने दिनमा श्रीमान आई लिएर गएछन् भने उनीहरूको सम्बन्ध पुन: स्थापित हुन्छ । लिन आएनन् त्यस पश्चात वैधानिक रूपले नै सम्बन्धविच्छेद भएकोठहर्छ । यदि पुरानो श्रीमान् नआएको खण्डमा अरू नै केटाले लिएर जान तयार भएछन् भने उनीसँग वैवाहिक सम्बन्ध राख्न उक्त महिला स्वतन्त्र हुन्छन्। विहे नभएका महिलाहरू पनि त्यसरी उपवास बसेका रहेछन् र उपवासको अन्तिम दिन कुनै लोग्ने मानिस उनलाई लिन आएको रहेछ भने उनैसित वैवाहिक सम्बन्ध गाँस्ने चलन पनि रहेको छ । यसरी माय् अप्संका माध्यमले महिला–पुरुष बीच सम्बन्धविच्छेद गर्ने वा नयाँ जीवन शुरु गर्ने परम्परालाई कीर्तिपुर, पांगा आदि ठाउँहरूमा सामाजिक मान्यता दिएको
पाइन्छ । तर लोग्ने मानिसहरू यसरी माय् अप्सं बस्न जाने र उनीहरूलाई महिलाहरू गएर लिन जाने चलन भने छैन । माय् अप्सं बसेर सम्बन्ध
टुटाउने वा जोड्ने परम्परा महिलाहरूले मात्रै चलाएको पाइन्छ ।

अजिमा देवस्थानमा छायेकीगु
स्वयम्भूस्थित अजिमा (हारती मां) को देवस्थानमा छाये छायेकीगु भनी वर्षभरि गरिने पूजा गुंला एक महिना गर्नु हुँदैन भन्ने भनाई छ । हारती मांका १०८ जना छोराछोरी थिए । उनीहरूलाई खानपीन गराउन समाजका अन्य केटाकेटीहरूको हत्या गर्न पनि हारती मां पछि नपर्ने रहेछ । यो कामलाई रोक्न भगवान बुद्धले हारती मांका १०८ जनै छोराछोरीहरूलाई कतै लुकाइदिनु भएछ । त्यसरी १०८ केटाकेटी लुकाइदिएको समय भनेको यही गुंला महिना हो। अजिमासँग कुनै केटाकेटी नभएको हुनाले उनीहरूलाई खानपीन गराउनु परेन त्यसैले छाये छायेकेगु पनि गर्नु हुँदैन भन्ने कथन रहेको छ । पछि भगवान बुद्धले अजिमालाई ती १०८ जना मध्य छ जना छानेर लेऊ भनी छान्न दिनुभएछ । अजिमाले आफूलाई मन परेका छ जनालाई छानेर लिए । ती छ जना अजिमा कै मूर्तिसँग राखिएको देखिन्छ । अरू केटाकेटीहरू सबैलाई भगवान बुद्धले अजिमा द्य:को अगाडि रहेको मण्डपभित्र लुकाई राख्नुभएको छ भनिन्छ । अजिमालाई छाये हायेकीगु भनेको अजिमासँगै उनका १०८ जना बच्चाहरूलाई खुवाउनु हो। त्यसकारण छाये हायेकीगु भनी हारती मांको ढोका अगाडिको मण्डपमा पूजा गर्ने चलन रहेको छ ।

सिंग फुक्ने चलन
सोही वर्ष निधन भएका व्यक्तिहरूको नाममा गुंला महिनामा पनि केही पूजाहरू गर्ने चलन छ । बौद्धमार्गीहरू यही बेला आफ्ना स्वर्गीय आफन्तको नाममा स्वयम्भूका विभिन्न देवीदेवताहरूका सामू १०८ दीप बाल्ने गर्छन्। अन्य बेला ननिकालिने सिङ्गहरू पनि गुंला महिनाभरि अजिमा द्य:को अगाडि रहेको सत्तलमा प्रदर्शन गरिएको हुन्छ । स्वर्गे भएका आफन्तको नाममा तिनै सिङ्गहरूलाई पूजा चढाउँछन्। साथै ।।।न्यकू पुइगु’ भनी राँगाको सिङ्ग फुक्ने गर्छन्। यसरी सिंग फुकेर अजिमा, शान्तिपुर र स्वयम्भू डाँडोका अरू देवताहरूको पनि दर्शन गर्ने परम्परा रहिआएको छ । यसरी सिंग फुके निधन भएका आफन्तले स्वर्गमा बास पाउँछन् भन्ने विश्वास रहेको छ । त्यतिबेला सिंग मात्र फुक्ने होइन, साथमा घण्टा बजाउने, झ्याली बजाउने समेत गरिन्छ । यही बाजाहरू सँगै मृतकका आफन्तहरू पनि देउताहरू दर्शन गर्न जाने चलन छ । न्यकू (सिंग) फुक्ने चलन काठमाडौंको स्वयम्भूमा मात्रै भएकोले विभिन्न ठाउँका मानिसहरू पनि यहीं आएर सिंग फुक्न दिने गर्छन्। आजभोलि न्यकू फुक्ने भन्दा फुक्न लगाउनेहरू धेरै भएकाले अगाडि नै केही दस्तूर बुझाई नाम लेखाउने र पछि आफ्नो उचित समयमा आएर न्यकू फुक्न लगाउने गरेको पाइन्छ ।

गुंला बाजा निकालिने
गुंला आउन केही दिन अघि नास: पूजा गरी गुंला बाजा सिकाउने गरिन्छ । गुंला शुरु भएपछि प्रतिपदा कै दिनदेखि गुंला बाजा बजाई स्वयम्भू वा चैत्यहरू परिक्रमा गर्न जान्छन्। यस भन्दा अघि गुंला बाजा निकाल्ने वा बजाउने गर्न हुँदैन भनिन्छ । गुंला बाजालाई धा: बाजा पनि भनिन्छ । गुंला महिनाभरि हरेक बिहान गुंला बाजा बजाई मन्दिर चैत्य घुम्न जाने त छँदैछ, त्यसको साथसाथै गुंपुन्हि (जनै पूर्णिमा) देखि कृष्णाष्टमीसम्म काठमाडौंका विभिन्न बहिलहरूमा प्रदर्शन गरिने बहीद्य: दर्शन गर्न पनि दिउँसै गुंला बाजा बजाएर जाने चलन पनि छ । त्यस्तै गुंपुन्हि सकिए पछि गुंला बाजा खलकहरूले भगवानलाई “निसला:” चढाउन भनी दिउँसो जाने चलन पनि छ, त्यतिबेला पनि दिउँसै गुंला बाजा बजाएर जाने गरिन्छ । त्यस्तै गुंला सेवा समापन हुने प्रतिपदाको दिन आयोजना गरिने भोज खान पनि गुंला बाजा बजाएर नै जाने गर्दछन्। गुंला महिनामा मात्रै निकालिने भएकोले यो बाजाको नामै गुंला बाजा हुन पुगेको हो। यद्यपि आ–आफ्नो टोलको जात्रा वा विशेष उत्सवहरूका बेला अरू महिनामा पनि गुंला बाजा निकाल्ने गरिन्छ जस्तो चैत्र महिनामा हुने सेतो मछिन्द्रनाथको जात्रामा जनबहालका स्थानीय कंसाकारहरू गुंला बाजा बजाएरै जात्रामा सहभागी हुन गर्दछन्।

वर्षभरि मनाइने चाडपर्वहरू मध्य सबैभन्दा बढी चाडबाड आउने महिना पनि यही गुंला (साउन–भाद्र) नै हो। गुंला महिनामा पर्ने चाडपर्वहरू
निम्नानुसार छन् :
नाग पञ्चमी गुलाथ्व पञ्चमी नागदह मेला
यल पञ्चदान गुलाथ्व अष्टमी
गुंपुन्हि गुंलाथ्व पूर्णिमा कुम्भेश्वर,
गोसाईकुण्ड
सापारु (गाईजात्रा) गुंलागा: परेवा
दथुसाया/मतया: (दीप जात्रा) गुंलागा: दुतिया
कृष्णाष्टमी गुंलागा: अष्टमी
पञ्चदान गुंलागा: द्वादशी
बाबुको मुख हेर्ने गुलागा: औंसी
देउता थापना

बौद्धमार्गीहरू विशेष गरी महायानी परिवारमा कुनै ज्येष्ठ सदस्यको मृत्यु भएमा उनको नामबाट सवा लाख थान चैत्य बनाउने चलन छ । विशेष प्रकारको माटोको चैत्य बनाउने सानो साँचोबाट त्यस्तो चैत्य बनाउने गरिन्छ । चैत्य बनाउँदा त्यसभित्र पाँच वटा आखे (अक्षता) पनि राखिन्छ । गुंला महिनाभरि परिवारका सदस्यहरू मिली सवा लाख चैत्य तयार गरिन्छ । गुंला महिनाको पहिलो दिनदेखि हरेक बिहान चैत्य बनाउने काम हुन्छ । गुंला सकिएको प्रतिपदाको दिन सबै चैत्यहरू एकै ठाउँ राखेर पूजा गरी मृतकको आत्मालाई त्यसभित्र लीन गराउने काम हुन्छ । त्यसपछि ती सबै चैत्यहरूलाई नदीमा सेलाइन्छ । कसै कसैले ती चैत्यहरू राखेर अर्को ठूलो चैत्य बनाउने पनि गर्छन्। कोही चाहिँ त्यसलाई स्वयम्भू महाचैत्यको उत्तर–पश्चिम अवस्थित बौद्ध स्तुपमा खन्याउने पनि गर्छन्। त्यस्तै नमोबुद्धको स्तुप भित्र राख्नेहरू पनि छन्।

स्वयम्भूको प्रज्वलित रश्मी
वर्षा ऋतु सकिसकेको भए पनि गुंला महिनामा झरी पूरै रोकिसकेको भने हुँदैन । कहिले घाम कहिले पानी भइरहेको हुन्छ । पहिले पहिले स्वयम्भू जाने भक्तजनहरू गुंला महिनामा स्वयम्भूमाथि दिव्यरश्मी प्रज्वलित भएको देखिन्छ भन्छन्। त्यस्तो रश्मीमा स्वयम्भू महाचैत्यको प्रतिछायाँ देखिन्छ भन्ने विश्वास गरिन्छ । त्यस्तो दृश्य देख्नेहरू यसलाई भगवानले दर्शन दिनुभएको मानेर सन्तुष्ट हुने गर्छन्। तर अहिले उक्त रश्मी हेर्न कै लागि भनेर स्वयम्भू पुग्नेहरू पनि उत्तिकै छन्। खास गरी काठमाडौंमा मनाइने पञ्चदानको एकदिन अघि उक्त रश्मी हेर्न स्वयम्भु महाचैत्य परिसरमा रात काट्नेहरूको भीडै लाग्ने गर्छन्। यसलाई धार्मिक व्यक्तिहरू स्वयम्भूको दिव्यरश्मी भन्दछन् भने नयाँ पिंढीका मानिसहरू स्वयम्भू वरिपरि बालिकाएका झिलिमिलि बत्तीको किरण आकाशमा मडारिरहेको बादलसँग मिश्रित भई बन्न गएको छायाँ मात्रै हो भन्छन्। एउटै दृश्यलाई धार्मिक व्यक्तिहरू धर्म कै रूपमा व्याख्या गर्छन् त नास्तिकहरू त्यसै अनुरुप अभिव्यक्ति दिन्छन्। तर वास्तविकता जे भए पनि उक्त रश्मीलाई सबैजना आस्था कै आँखाले हेर्ने गर्छन्। एकैक्षण मात्रै भए पनि उक्त रश्मीको दर्शन गर्न स्वयम्भू महाचैत्यमा भीड लाग्ने गर्छन्। गुंला महिनाभरी गुंला बाजा बजाएर स्वयम्भू भगवानको दर्शन गनै जाने चलन काठमाडौंबासी नेवारहरूको मात्र होइन, नेवार बस्ती भएका सबैजसो ठाउँमा आफूसँग भएका विभिन्न बाजाहरू बजाई आफ्नो आफ्नो टोल वस्तीमा अवस्थित देवीदेवताहरूको मन्दिरमा दर्शन गर्न जाने चलन रहेको पाइन्छ । नेपालमा सबैभन्दा पहिले शासन गर्ने गोपालीहरू विभिन्न देवीदेवताका साथै ढुंगेधाराहरूको परिक्रमा गरी गुंलाधर्म मान्ने गर्छन्। ललितपुर, भक्तपुर, मकवानपुर, कीर्तिपुर, पाङ्गा, थानकोट आदि नेवार बस्तीमा गुंला धर्म मनाउने गरिन्छ । गुंला धर्म मनाउनु पनि नेवार जातिको परिचय हो। गोपाली जातिले समेत मनाउँदै आएको कारणले यो एक पूरानो परम्परा हो भन्न सकिन्छ ।

नेवा: सांस्कृतिक चाडपर्व
डा. चुन्दा बज्राचार्य
नेपालीमा अनुवादक
देवेन्द्र कुमार मल्ल


Tags: डा. चुन्दा बज्राचार्य
अघिल्लो पोष्ट

व्यथित काव्य सम्मानबाट मणि लोहनी र सुरेन उप्रेती सम्मानित हुने

पछिल्लो पोस्ट

संस्कृतिपरक निबन्धका प्रयोगकर्ता र व्यवहारपरक तेजेश्वर ग्वंग

डा. चुन्दा बज्राचार्य

डा. चुन्दा बज्राचार्य

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

१९ फाल्गुन २०८१, सोमबार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
संस्कृति के हो ?
अनुसन्धान

संस्कृति के हो ?

६ कार्तिक २०८१, मंगलवार
पछिल्लो पोष्ट
संस्कृतिपरक निबन्धका प्रयोगकर्ता र व्यवहारपरक तेजेश्वर ग्वंग

संस्कृतिपरक निबन्धका प्रयोगकर्ता र व्यवहारपरक तेजेश्वर ग्वंग

राम विनयको नवौं पुस्तक पुनर्जन्म

राम विनयको नवौं पुस्तक पुनर्जन्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

काठमाडौं ट्रिएनाले २०७७

काठमाडौं ट्रिएनाले २०७७

३ जेष्ठ २०७९, मंगलवार
कोपिला किताबका ५ बालपुस्तक लोकार्पण

कोपिला किताबका ५ बालपुस्तक लोकार्पण

३ जेष्ठ २०८०, बुधबार
‘युरोप यात्राका संस्मरण’ सार्वजनिक

‘युरोप यात्राका संस्मरण’ सार्वजनिक

३ जेष्ठ २०८०, बुधबार
नेपाली-चिनियाँ अनुवादका लागि छानिए २६ पुस्तक

नेपाली-चिनियाँ अनुवादका लागि छानिए २६ पुस्तक

१ कार्तिक २०८१, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक