जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

यात्रा र अनुभवहरु–२

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २८ जेष्ठ २०७९, शनिबार
निबन्ध, सँस्मरण भित्र
0
यात्रा र अनुभवहरु–२

मेरो प्रारम्भिक शिक्षा, आजाद र मेरा सम्झनाहरु

आजाद मैले १० वर्ष बिताएको विद्यालयको नाउँ हो । म २००५ साल जेष्ठ २९ गते जन्मेको हँु; आजाद २००७ साल फूगुन २५ गते खुलेको हो । मभन्दा कान्छो रहेछ आजाद । तर मैले १० वर्षसम्म राम्ररी उनको सङ्गत गर्न पाएको हुँ । थुप्रै संस्मरण छन् आजादसँग मेरो । थुप्रै खालका तरङ्गहरूमा आजादसँग मैले मन साटासाट गर्न पाएको थिएँ । आजाद सम्झना राख्नासाथ मेरा बालमस्तिष्कमा अनेक प्रसङ्गहरू खुल्ने गर्छन् । मलाई २०१२ सालतिर मेरा साँहिलादाई हरिप्रसादले डोर्‍याउँदै, फकाउँदै आजादमा पुर्‍याइदिएको सम्झना छ । चण्डेश्वरी मन्दिरको प्राङ्गणमा रहेको पाटीमा विद्यालय टुहुरोजस्तो अवस्थामा छँदा म शिक्षा आर्जन गर्न त्यस विद्यालयमा पुगेको हुँ । मन नपराई–नपराईकन आजादको छहारीमा शिक्षा लिन पुगेको मलाई याद छ । सुकुलमा लहरै बस्नुपर्ने, पाटीमा लेख्नुपर्ने त्यसबेलाको पढाई अहिलेको सन्र्दभमा अनौठो र आश्चर्यलाग्दो छ । तर मैले त्यसरी नै ज्ञान आर्जन गरेको हुँ । मेरा त्यसताकाका धेरैजसो मित्रहरू आज बिर्सिसकें । कोही–कोही त्यसताकाका मित्रहरू मसँग पढेको कुरा सुनाउँछन् । लुकीलुकी गुच्चा खेल्दा राजेन्द्र सरले दिएको थपड मैले बिर्सन सकेको छैन । कक्षाकोठामा पढाइ हुँदाहुँदै भाषामा भक्तपुरे राग आएको प्रवचन सुनेर म हाँसिदिँदा भक्तपुरे सर अर्थात् केदारनाथ मास्के सरले पुरानो मेच भाँची मलाई लठ्ठीले हातमा चोट दिएको क्षण म झल्झली सम्झिरहन्छु । वीरेन्द्र राजा युवराज छँदा चण्डेश्वरी वनमा शिकार खेल्न आउँदा त्यहाँ हेर्न गएको थिएँ । सजायस्वरूप नेमलाल मुस्याचु सरबाट लठ्ठी हानेको पीडा अहिले पनि मनमा राखिरहेछु । पढाउँदा–पढाउँदै हामी कक्षामा अनुशासनमा नबसिदिँदा हरिकृष्ण सरले किताबले हिर्काएर गएको अनुहार आज पनि झल्झली सम्झिरहेछु । गंगाबहादुर सरले अंग्रेजी कण्ठ घोकाउँदाका क्षणहरू आज पनि म खोजिरहन्छु ।

चण्डेश्वरी पाटीमा पढ्दा नै हो विद्यालयबाट फर्किंदा घोकेचौरका खेतहरूबाट आलु चोरेर लगी शान्तिप्रकाश सैंजूको घरमा उसिनेर आलु खाएका प्रसङ्गहरू आज पनि मनमा राखिरहेछु । बालकृष्ण जस्पाउ, शिव कारंजितहरूसँग त्यसताका खेलेका राम्रा र नराम्रा पटाक्षेपहरू आज पनि नियालिरहेछु । यसैताकामा नै हुनुपर्छ शिक्षकहरू सबैजसोलाई अराष्ट्रिय तत्व भनेर श्री ५ को सरकारले अभियोग लगाई पक्रिदिँदा स्कूलमा केही क्षण पढ्न नपाएर अलारे हुनुपर्दा हाम्रो मन दुखेको क्षण आज पनि स्मरणमा राखेर गुनिरहेछु । हरिभक्त प्रधान, रामभक्त कोख श्रेष्ठ, आशाकाजी सेवक, ज्ञानकाजी मानन्धर, कृष्णप्रसाद दुवाल, विष्णुप्रसाद सेवाचार्यहरू त्यसताकाका बनेपाका शिक्षित व्यक्तिहरू सबै–सबैजसो आजादसँग सम्बन्धित छन् । अराष्ट्रिय तत्वमा दर्ता भएका क्षणहरू गुनेर आजादको अर्थ आज पनि खोजिरहन्छु । त्यसैताका नै हो स्वयंमसेवक शिक्षकहरू गिरीराज श्रेष्ठ, लक्ष्मणनरसिंह वादे श्रेष्ठ, रामभक्तश्रेष्ठ, भक्तपुरका मामा आई पढाएका क्षणहरू आज पनि म आँखाहरूमा राखेर सम्झिरहन्छु । गिरीराजसर दाजूको साथी पनि हुन् । गिरीसर माया त गर्नुुहुन्छ तर मायामा कालो धब्बा परेको कारणले आजसम्म पनि खराब बानी सिक्दाका कटु अनुभवहरूमा पीडा राखेर उनलाई नियालिरहेछु । बालकृष्ण जस्पाउ, लम्बोदर कायस्थहरूसँग म पनि मिसिदिएर गिरीराज सरलाई टिफिनमा रक्सी खान साथ दिनुपर्ने र हामीले पनि पिइदिनुपर्ने कटु अनुभवहरूको दुखेको घाउ आजसम्म पनि बिर्सिनसक्नु भइरहेछ । शिक्षकसँग खराब बानी सिकेको यही प्रसङ्गले शिक्षकहरू पनि खराब हुँदारहेछन् भनेर आज पनि मन दुखाइरहेछु । चण्डेश्वरीमा आजादछँदा यस्ता–यस्ता थुप्रै अनुभवहरू बटुलेको छु । आजाद चण्डेश्वरी पाटीमा राखेर आज पनि म आजाद सम्झनामा राखिरहेछु ।

त्यसताका विद्यालयको आफ्नै भवन नहँुदा मुसाले दुलो सारेजस्तै आजाद पनि आफ्नो दुलो सारिरहन्छ । यसै क्रममा भोलखाटोलस्थित कृष्णभक्त कायस्थकोे घरमा विद्यालयछँदा दु:ख–कष्टका कहरहरू काटेको क्षणहरूमा मन राखेर आजाद सम्झिरहेछु । रूद्रनाथ शर्मा, जगन्नाथ गुरूहरूबाट हुने संस्कृतको घोकाइमा राम रामौ रामा: प्रथमा सम्झिरहन्छु । भरत शमशेर, मृगेन्द्र शमशेरहरू बनेपा आउँदा र उनीहरूले झींगु छें सुपौ छें को उद्घोष गराउँदै बनेपामा चुनाव प्रचार गराउन आउँदा यी सोझा बूढा गुरूहरूलाई मेचबाट लडाउँदै राणाहरू हेर्न कक्षाकोठाबाट भाग्दाका क्षणहरू आज पनि म गुनिरहन्छु । । पियनभुईंचा गाठाका सेवाका कुराहरू, राजेन्द्र सरका अनुशासनका प्रसङ्गहरू, पूर्णमान सरका मर्महरू, आइ.एस्सी सरका चड्कनहरू, दामोदर सरका चिमोट्याइहरू आजसम्म पनि भुल्न गार्‍हो परेका प्रसङ्गहरू मनमा राखिरहेछु ।

आजाद बहिटोलमा पनि केही क्षण सरेको सम्झना छ, त्यहाँ पनि पढेको हुँ । पछि आजाद पुन: चण्डेश्वरीमा सर्‍यो । सर्दै–सर्दै गरेर आजादले पछि ठाउँ मिलायो । हाल संचालित रहेको विद्यालयमा आजादको भवन बन्ने भयो । हामी विद्यार्थीहरूदेखि सबै–सबै खुशीले रमाएका क्षणहरू बिर्सिनसक्नु छ । यसै क्रममा समाजसेवी हंसराज श्रेष्ठको सम्झना आउँछ । उनले त्यसताका विद्यार्थीहरूमाझ हुटिट्याउँले समुद्र सुकाएको कथा भनेर हामीलाई ईंट ओसार्न लगाएको क्षण मनमा आइरहन्छ । हामी रमाइ–रमाइ ईंट ओसार्ने गथ्र्यौं । बालीसरह चन्दा दिएर आजाद बनाउन बनेपालीहरूले निस्वार्थढङ्गले सेवा पुर्‍याइदिएका क्षण उल्लेखयोग्य छन् । सबैको सहयोगबाट नै आजादको आफ्नै बासस्थान भएको हो । यस्तै–यस्तै खालका कथा–प्रसङ्गहरूमा समेटिंदै आजादले आफ्नो स्वरूप बनाएको हो । यहाँ कक्षा १० सम्म पढ्न पाइयो । थुप्रै खालका घटनाहरूमात्र घटेनन् यहाँ थुप्रै खालका मित्रहरूसँग पनि मेरो सरसङ्गत भयो । त्यसताका म रमाइ–रमाइ साथीहरूलाई कविताहरू सुनाउँथें । विद्यालयमा हुने कवि–गोष्ठीहरूमा कवितावाचन गर्थें । त्यही बेलादेखि नै मलाई सबै साथीहरूले कवि भनेर सम्वोधन गर्थे । म कविको विशेषणमा मख्ख परेर कविता खोजिरहन्थें । चुलिजा:गु स्वां (नेपालभाषाका कवितासङ्ग्रह) २०२३ सालतिर प्रकाशित भएको हो । कक्षा ९ मा पढ्दै गर्दा प्रकाशित उक्त पुस्तकले मलाई आजादमा कवि भनेर चिनाइदियो । कक्षा ९ मा पुग्दा पहिलेजस्तो पढन सकिएन । यसैताका साथीहरूको लहलहैमा मैले कसैको प्रेमपत्र लेखिदिँदा उक्त पत्र लखेकै कारणले विद्यालयबाट कारवाही भएको घटना भुल्न मलाई गार्‍हो भइरहेछ । प्रायश्चितको भावना र बदला लिने चाहनाकै कारणले मलाई नराम्ररी अँध्यारोमा हुत्याइदियो । अनि पढ्ने धुन हरायो । यस्तै खालका कारणले म १ वर्ष कक्षा १० मा थन्किन पुगें । हिसाबमा कमजोर भएर फेल भएको मलाई सम्झना छ । प्र.अ. रामभक्त कोख श्रेष्ठले विषय परिवर्तन नगर्न अनुरोध गर्दागर्दै ऐन स्रेस्ता विषयमा फर्म भरेको मलाई स्मृति छ । त्यसपछिमात्र मलाई अलिकति विषयगत सजिलो भयो र म टेष्ट परीक्षामा उत्तीर्ण भएँ र आजादसँगको मित्रता टुट्यो । २०२३ सालमा मैले प्रवेश परीक्षा उत्तीर्ण गरेँ ।

म सम्झना गरिरहन्छु – भरतसरले आफ्नै ढङ्गले व्याख्या गरिदिने नागरिकशास्त्रको परिचय, ज्ञानकाजी मानन्धरसरले रमाई–रमाई सिकाइदिएको अंग्रेजीभाषाका कक्षाहरू भुलीनसक्नु छ । बिलियम वर्डसवर्थका लुसी ग्रे र सोल्टरी रिपर लगायतका कविताहरु व्याख्या परिचय गरिदिने प्रभावकारी शैली आजपर्यन्तसम्म पनि झल्झली सम्झना आइरहेछ । आफ्नै काहिँलो दाइ कृष्णप्रसाद दुवालसँग कविता–गोष्ठीमा विचार–द्वन्द्व हुँदाका क्षणहरु भुल्न गाह्रो भइरहेछ । पूर्णमानसिंह बस्नेतको शालीनता, हरिभक्त प्रधानको निश्चलता, हरिकृष्ण श्रेष्ठको कञ्चनता, रामभक्त कोख सरको भद्रता, भरतसरको सोझोपन, राजेन्द्रसरको सक्रियता मैले बिर्सन नसकेका उत्सर्गहरू हुन् । हसना, सुमती, इन्दिरा, उदयका संसर्गहरू, ध्रुव, केशचन्द्र, के.जी.पलाञ्चोके, नाती, शान्ति, राधा, शिव, चन्द्र, बालकृष्णका मनोरम व्यवहारहरू अहिले पनि मनभरि सम्झना आइरहन्छ । म आज आजादलाई सम्झेर मेरो विगतलाई कोट्याइरहेछु ।आजाद मेरो जीवनका १० औं वर्षका क्षणहरू बिताएका प्रारम्भिक शिक्षाका छहारी हुन् । जहाँ मैले रमेर जीवन बिताएको हुँ, शिक्षाका उत्सर्गहरू भेटाएको हुँ ।

आजादले धेरै दु:ख पाएको हो, दु:ख कष्ट झेल्दै आज पनि आजाद आफूलाई जीवन्त देखाउन कम्मर कसेर फूूर्तिले बढ्न खोजिरहेछन् । बनेपाको सबभन्दा पुरानो ‘प्रजातन्त्र’को उदयसँगसँगै शिक्षा क्षेत्रमा देखा पर्दै आएको आजाद आज आफूूलाई उच्च माविसम्मको हैसियत देखाएर बाँचिरहेछन् । धन्य आजाद, तिमीले कष्ट गरेर हामीजस्ता विद्यार्थीहरुलाई शिक्षा प्रदान गरेकै हो । म आज पनि आजादलाई मनमा राखेर सम्झिरहेछु ।
आजादको मर्म–मर्ममा भुलेर
म आजाद सम्झिरहेछु
आजादको कर्म–कर्ममा छामेर
म आजाद खोजिरहेछु ।
०००

क्रमश :


Tags: मोहन दुवालयात्रा र अनुभवहरु–२
अघिल्लो पोष्ट

कला–साहित्य अनुरागी नरोत्तमदास श्रेष्ठ

पछिल्लो पोस्ट

वासु शशीका ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
पछिल्लो पोष्ट
वासु शशीका ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक

वासु शशीका 'पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ' सार्वजनिक

एक्काइसौँ शताब्दीको नेपाली साहित्य सम्बन्धी प्राक्कल्पना

एक्काइसौँ शताब्दीको नेपाली साहित्य सम्बन्धी प्राक्कल्पना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पढाइले जीवनलाई जटिलताबाट सरलतातिर मोड्छ – डा.दामोदर पुडासैनी ‘किशोर’

पढाइले जीवनलाई जटिलताबाट सरलतातिर मोड्छ – डा.दामोदर पुडासैनी ‘किशोर’

४ जेष्ठ २०७९, बुधबार
रमी प्रीयाका प्रेमका दुई कविता

रमी प्रीयाका प्रेमका दुई कविता

४ जेष्ठ २०७९, बुधबार
सार्वभौम जनता म

सार्वभौम जनता म

४ जेष्ठ २०७८, मंगलवार
इन्टरनेट पुस्ताका लागी बाल साहित्य

इन्टरनेट पुस्ताका लागि बाल साहित्य

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक