जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता जनमत वार्ता

पढाइले जीवनलाई जटिलताबाट सरलतातिर मोड्छ – डा.दामोदर पुडासैनी ‘किशोर’

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित १५ बैशाख २०७९, बिहीबार
जनमत वार्ता भित्र
0
पढाइले जीवनलाई जटिलताबाट सरलतातिर मोड्छ – डा.दामोदर पुडासैनी ‘किशोर’

डा. दामोदर पुडासैनी ‘किशोर’ नेपाली साहित्यका स्वनामधन्य हस्ताक्षर हुनुहुन्छ । उहाँ लेखापरीक्षण विषयमा विद्यावारिधि (पीएच.डी.) पुरा गर्ने पहिलो नेपाली पनि हुनुहुन्छ । दश कवितासङ्ग्रह, छ नियात्रा सङ्ग्रह, एक दर्शन कृति सहित सत्र पुस्तकहरू प्रकाशित गरिसक्नु भएका छन् । विदेशका झण्डै पचास मुलुकहरू र नेपालका छयहत्तर जिल्लाको भ्रमण गरिसक्नुभएका पुडासैनी नेपाली साहित्यमा धेरै अध्ययनशील स्रष्टाको रुपमा चिनिनुहुन्छ । उहाँको भर्खरै प्रकाशित नियात्रासंग्रह— ग्रीष्मको नीलो बतास यतिखेर नेपाली पाठकहरूको माझमा अत्यन्त प्रियकर बनेको छ । डा. दामोदर पुडासैनी ‘किशोर’ सँग सिर्जना दुवालले गर्नुभएको पुस्तक वार्ता यहाँ प्रस्तुत गरिएको छ ।

यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
यतिखेर म एकैसाथ तीन पुस्तक पढिरहेछु । रसियाली लेखक ये सीदोरोवद्वारा संकलित लिटरेचर एण्ड एस्थोटिक्स (साहित्य र सौन्दर्यशास्त्र), कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित अन लिटरेचर एण्ड आर्ट (साहित्य र कला) र भारतीय लेखक शिवकुमार मिश्रद्वारा लिखित पुस्तक माक्र्सवादी साहित्य चिन्तन पढिरहेछु ।

तपाईंलाई मन परेका नेपाली, अंग्रेजी र हिन्दी भाषाका पुस्तक कुन कुन होला ?
मलाई नेपाली लेखिका पारिजातको शिरीषको फुल निकै मन परेको हो । अर्नेष्ट हेमिङ्ग्वेको पुस्तक दी ओल्ड म्यान एण्ड दी सी पनि निकै मन परेको थियो । चेतन भगतद्वारा लिखित हिन्दी उपन्यास दो स्टेट्सपनि मलाई मन परेको पुस्तक हो ।

तपाईंको लागि लेखपढको उपयुक्त समय कुन हो ?
जिन्दगीको धेरै समय सरकारी जागिरमा बित्यो । सरकारी जागिरमा रहँदा कतिपय बेला कार्यालयको काम समेत घरमा ल्याएर गर्नुपर्ने बाध्यता थियो । त्यसैले बिहान, बेलुका र बिदाका दिनहरूमा समेत लेखपढ गर्ने समय मिलाउँन हम्मेहम्मे पथ्र्यो । त्यसबेला अफिस आउजाउ गर्दा, बिदामा फुर्सद मिल्दा, बिहान बेलुका समय बच्दा जे जस्तो अवस्थामापनि लेखपढ गर्ने बानी बस्यो । अहिलेपनि कुनै खास समय भन्दापनि फुर्सद मिल्ने बित्तिकै जुनसुकै बेलामापनि लेखपढ गरिहाल्छु । तर, लेखपढ गर्ने समयमा कतैबाट बाधा अडचन नआओस् र लेखपढ गर्ने स्थान शान्त होस् भन्ने लाग्छ ।

साहित्यका विविध विधाहरू मध्ये यहाँको विचारमा कुन बिधा बढी शक्तिशाली होला ?
मेरो विचारमा कुनैपनि विधा आफैँमा शक्तिशाली वा शक्तिहीन भन्ने हुँदैन । लेखकको शक्तिशाली लेखन क्षमताले जुनसुकै विधामा लेखिएका कृतिहरू पनि समाज र पाठकको लागि शक्तिशाली बनेर उभिन सक्छन् ।

सानो उमेरमा कस्ता पुस्तकहरू पढ्न पाउँनुभयो ?
मेरो बुबा हरिप्रसाद पुडासैनी धार्मिक पुस्तकहरू पढिरहनु हुन्थ्यो र त्यस्ता पुस्तकमा लुकेका अर्थहरू परिवार, छिमेक, आफन्त, सन्त महन्तहरूलाई सुनाउँनु हुन्थ्यो । बुबासँग आवत जावत गर्नेहरू पनि धार्मिक व्यक्तिहरू नै हुन्थे र उनीहरू पनि प्राय: धार्मिक पुस्तक बोकेरै हाम्रो घरमा प्रवेश गर्थे । उहाँहरूको देखासिकी गरेर बुबा र उहाँहरूले जुटाउनु भएका धार्मिक पुस्तकहरू— रामायण, महाभारत, श्रीकृष्ण चरित्र, वैदाङ्ग, भागवत गीता जस्ता धार्मिक पुस्तकहरू पढ्ने मौका मिल्यो । समय बित्दै गएपछि नेपाली र हिन्दी भाषामा लेखिएका उपन्यास, कथा, निबन्ध र काव्य विधाका पुस्तकहरू पढ्ने लत बस्यो ।

कस्ता पुस्तकहरू पढ्न बढी मन पर्थ्र्यो त्यसबेला ।
यो संसार र मान्छेको उत्पत्ति र विकास भएको बारेमा लेखिएका पुस्तक पढ्न बढी रुची लाग्यो । त्यसै भएर त्यही बेला मैले भूगोल, इतिहास र दर्शन विषयका पुस्तक धेरै पढियो ।

तपाईंले आजसम्म कुन उमेर समूहमा बढी पढनुभयो ?
मैले जीवनका हरेक क्षणमा केही न केही नयाँ ज्ञान हाँसिल गरिरहनु पर्छ भन्ने मान्यता राखें । त्यसैले हरेक उमेर समूहमा सक्दो पढें, पढिरहेँ । तर, तीस देखि पचास वर्षको उमेर अवधिमा घरायसी काम र सरकारी काम दुवैले बेस्सरी थिच्यो । छोराछोरी हुर्काउने, शिक्षा दीक्षा अघि बढाउने र सामाजिक काममा बढी खटिनु परेको कारण पनि पढाईमा अलि बढी व्यवधान आइपर्‍यो ।

धेरैपटक दोहोर्‍याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
पाठ्यपुस्तक बाहेक अरु पुस्तकहरू प्राय: धेरैपटक दोहोर्‍याएर पढिन मैले । धर्म, दर्शन, विज्ञान, अर्थशास्त्र र लेखापरीक्षण विषयका कुनै कुनै पुस्तकहरू भने कहिलेकहीं कुनै कुनै परिच्छिेद दोहोर्‍याएर पढेको पनि छु ।

दोहोर्‍याएर पढ्नुको खास कारण के थियो ?
केही जटिल विषयहरू, जसको बारेमा राम्रोसँग जानकारी होस् भन्ने अभिप्रायले दोहोर्‍याएर पनि पढिन्छ ।

ती पुस्तकहरूमा असाध्यै मन परेका पक्ष के हुन् ?
सृष्टिको उत्पत्ति, विकास, त्यसको असर, कारणहरूलाई तथ्यपरक र विज्ञानसम्मत ढंगले गरिएको विश्लेषण ।

पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
त्यो लेखकको लेखन क्षमता र पुस्तकको ओजमा भर पर्दछ । चमत्कारिक ढंगले लेखिएका कतिपय पुस्तकका पात्र र परिवेश लामो समयसम्म मनमै बास बसिरहन्छन् ।

तपाईंको विचारमा पढ्नु के को लागि हो ?
मुख्यत: पढनु ज्ञान आर्जन गर्नको लागि हो । जीवन र जगतका रहस्यहरू बुझ््न पनि पढन जरुरी छ । पढाइले जीवनलाई जटिलताबाट सरलतातिर मोड्छ र संसारका अनौठा घटना परिघटनाहरू आत्मसात गर्न मद्दत गर्दछ । पढनुको अर्को कारण मनोरञ्जन हाँसिल गर्नु पनि हो ।

कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
विज्ञान, प्रविधि, दर्शन, भूगोल, अर्थशासत्र र साहित्यका पुस्तकहरू पढेपछि जीवन सहज पार्न मद्दत मिल्यो ।

पाठकलाई दशवटा पुस्तक पढ्न सिफारिस गर्नुपर्दा ?
यी यी दशवटा पुस्तक पढन जरुरी छ भन्दा अरु पुस्तकहरू र लेखकहरूलाई अन्याय हुनसक्तछ । जीवन र जगतलाई बुझ्ने प्रमाणिक र वैज्ञानिक आधार भएका पुस्तकहरू पढ्नु राम्रो हुन्छ । यो संसारको निर्माण र विकास भएका सही दर्शन दिने कृतिहरू, मानवजीवनको महत्व र सम्वृद्धि बढाउँने कृतिहरू, शोषण र विभेदभन्दा समानता र श्रममूलक कार्य गर्ने र नवीन खोजी गर्न उत्प्रेरित गर्ने पुस्तकहरू पढ्नु राम्रो हुन्छ ।

तपाईंसँग कतिजति पुस्तकहरू कलेक्सन होला ?
दराजमा पुस्तक सजाएर विद्वानको प्रमाणपत्र टाँस्नेहरू मलाई मन पर्दैन । पुस्तकहरू पढनका लागि लेखिएका हुन् सजाउँनका लागि होइनन् । एक समयमा मसँग झण्डै दशहजार जति पुस्तक संकलनमा थिए । पछि मैले ती पुस्तकहरू देशका विभिन्न पुस्तकालय र व्यक्तिहरूलाई समेत बाँडि दिएँ । अहिले मेरो अध्ययन कोठामा त्यस्तै दुईहजारको हाराहारीमा पुस्तकहरू छन् । आवश्यक परेका पुस्तक तत्कालै खरिद गर्ने अथवा कुनै पुस्तकालयमा गएर पढने पनि गर्छु म ।


पढन चाहेरपनि नपाएको कुनै पुस्तक ?
त्यस्तो छैन । संसारमा कुनैपनि पुस्तक , ज्ञान र मनोरञ्जनको ढोकानै थुनिन्छ भन्ने मलाई लाग्दैन । तर, बढीभन्दा बढी पुस्तकहरू पढिरहनुपर्छ भन्ने मलाई लाग्दछ ।


मन परेका ५ स्वदेशी र ५ विदेशी लेखकको नाम लिनुपर्दा ?
मन परेका लेखकहरू धेरै छन् । नाम किटेरै बताउँनु भनेको अरुप्रति अन्याय पनि हुनसक्तछ । फेरि मैले बताएका नामनै सर्वश्रेष्ठ भन्न पनि मिल्दैन । नेपाली लेखकहरू लक्ष्मीप्रसाद देवकोटा, डायमण्ड शमशेर राणा, बालकृष्ण सम, तारानाथ शर्मा र ध्रुवचन्दै्र गौतमका केही कृतिहरू उम्दा लागेका हुन् । उता विदेशी साहित्यको कुरा गर्दा माया एङ्गेजु, टि.एस. इलियट, आन्तोन चेखब, ओरहान पामुक, म्याक्सिम गोर्कीका पुस्तकहरू राम्रा लागे ।

अध्ययन र लेखाई बाहेकका रुचीहरू के के छन् ?
मलाई काममा दिलोज्यान दिएर लाग्न र फुर्सदको समयमा नाचगान, हसिमजाक र नयाँ नयाँ ठाउँमा घुम्न र नयाँ नयाँ मान्छेहरूसँग कुराकानी गर्न रमाइलो लाग्छ । कडा परिश्रम र विन्दास जिन्दगी अघि बढाउँनु पर्छ भन्ने लाग्दछ मलाई ।

नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रुपमा कुन कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
यी यी र यस्तै यस्तै पुस्तक पढनैपर्छ भनेर कसैलाई बाँध्नु हुँदैन । संसार र जीवन यथार्थपरक ढंगले बुझ्ने बुझाउने उपलब्ध भएसम्मका पुस्तक पढनुपर्छ । जीवनलाई आशामा अघि बढाउँने, जीवन र संसारका सम्भावनाहरू खोतलेका र संसार र जीवनको विगत, वर्तमानको यथार्थता र भविष्यको संभावना खोज्ने पुस्तकहरू आजका युवाहरूले पढन जरुरी छ जस्तो मलाई लाग्दछ ।

तपाईंको पछिल्ला साहित्यिक योजनाहरू के के छन् ।
सकेसम्म धेरै पढने, सकेसम्म धेरै कृतिहरू स्तरीय ढंगले लेखेर जनसमक्ष ल्याउने र साहित्यिक चर्चा परिचर्चाको माध्यमबाट सकेसम्म धेरैलाई संसार र जीवनको वास्तविकता बुझाउँने ।

स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईं कसरी हेर्नुहुन्छ ?
जस्तो स्रष्टा उस्तै सिर्जना । कुनैपनि स्रष्टाको परिवेश, उसको चेतनाको स्तर, उसले नियालेको र अवलम्वन गरेको विचार र दर्शनको आधारमा उसले सिर्जना गर्ने हो । मनमा कलुषित बिचार भएको, कुरीतिमा जकडिएको, ढोंगी र पाखण्डी स्रष्टाले कहिल्यैपनि समाज अनुकुलको र समाजलाई उज्यालोतिर लैजाने सिर्जना गर्न सक्तैन ।

तपाईंको जीवनमा सानैदेखि कोही रोल मोडल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ।
मेरो जीवनमा निरन्तर सकारात्मक प्रेरणा दिने विशेष रोलमोडल मैले भेटेको छैन ।


Tags: डा.दामोदर पुडासैनी ‘किशोर’पुस्तक वार्तासिर्जना दुवाल
अघिल्लो पोष्ट

अतृप्त प्रेम

पछिल्लो पोस्ट

आमाको सपना

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

अब्बल बन्न गहिरो अध्ययन जरुरी छ : निरोज कट्टेल
अन्तर्वार्ता

अब्बल बन्न गहिरो अध्ययन जरुरी छ : निरोज कट्टेल

२९ असार २०८१, शुक्रबार
चाणक्य कुशल विचारक हुन् : अनिल श्रेष्ठ
जनमत वार्ता

चाणक्य कुशल विचारक हुन् : अनिल श्रेष्ठ

९ श्रावण २०८१, बुधबार
यात्राले नै नयाँ ज्ञान निर्माण गर्न सघाउँछ भन्ने ठान्छु : प्रभा बराल
अन्तर्वार्ता

यात्राले नै नयाँ ज्ञान निर्माण गर्न सघाउँछ भन्ने ठान्छु : प्रभा बराल

१६ फाल्गुन २०८०, बुधबार
आख्यान पढिरहँदा म पात्र सँगै हिँडिरहेकी हुन्छु : बिना थिङ
अन्तर्वार्ता

आख्यान पढिरहँदा म पात्र सँगै हिँडिरहेकी हुन्छु : बिना थिङ

१६ आश्विन २०८०, मंगलवार
पछिल्लो पोष्ट
आमाको सपना

आमाको सपना

हिउँको सिन्दुर

हिउँको सिन्दुर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कोरोना की माई

कोरोना की माई

४ जेष्ठ २०७९, बुधबार
पारिजातलाई कसरी सम्मान गर्ने ?

पारिजातलाई कसरी सम्मान गर्ने ?

४ जेष्ठ २०७९, बुधबार
मान्छे र घाम

मान्छे र घाम

५ जेष्ठ २०८१, शनिबार
पर्यटकीय क्षेत्र तिमाल

पर्यटकीय क्षेत्र तिमाल

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक