नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ वैशाख २ गते भव्यताको साथ समुद्घाटन भएको छ । उक्त कार्यक्रमको सभापतित्व प्रतिष्ठानका कुलपति एवं राष्ट्रिय ललितकला प्रदर्शनी २०७९ को मूल आयोजक समितिका अध्यक्ष के.के. कर्माचार्यज्यूले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख आतिथ्य उपराष्ट्रपति नन्दबहादुर पुनज्यूको प्रमुख आतिथ्यमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. श्री सुनिलबाबु श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति श्री किरण मानन्धर, नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. श्री जगमान गुरुङ्ग, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति श्री हरिहर शर्मा लगायत विभिन्न वरिष्ठ कलाकारज्यूहरु र ठूलो संख्यामा कलाकार तथा कलाप्रेमी महानुभावहरुको उपस्थिति थियो । समारोहमा निम्न उल्लेखित कलाकारहरुले सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको थियो ।
अरनिको राष्ट्रिय ललितकला प्रज्ञा–सम्मान २०७९
१. श्री कृष्ण मानन्धर, काठमाडौं रु. १,००,०००
२. श्री सूर्यबहादुर चित्रकार, भक्तपुर रु. १,००,०००
ललितकला लेखन पुरस्कार २०७९
१. श्री देवेन्द्र थुम्केली, रु. २५,०००
ललितकला पत्रकारिता पुरस्कार
१. श्री सुशीला तामाङ रु. २५,०००
ललितकला प्रादेशिक पुरस्कारबाट पुरस्कृत कलाकारहरुको नामावली
प्रदेश नं १ सन्तोष राई ( आधुनिक चित्रकला)
प्रदेश नं २ (मधेश प्रदेश) पुनमझा (लोककला)
प्रदेश नं ३ (बागमती प्रदेश) राजन छेताला (परम्परागत मूर्तिकला)
प्रदेश नं ४ (गण्डकी प्रदेश) निर्मल थापा मगर (फोटोग्राफी)
प्रदेश नं ५ (लुम्बिनी प्रदेश) प्रकाश पुन मगर ( आधुुनिक मूर्तिकला)
प्रदेश नं ६(कर्णाली प्रदेश) कोन्चोक डुग्याल तामाङ ( परम्परागत चित्रकला)
प्रदेश नं ७ (सुदुरपश्चिम प्रदेश) दिपक आऊजी (आधुनिक चित्रकला)
राष्ट्रिय ललितकला प्रदर्शनी–०७९ का लागि विभिन्न विधाहरुबाट पुरस्कृत कलाकार
१ आधुनिक चित्रकला राष्ट्रिय ललितकला पुरस्कार
किशोर नकर्मी, काठमाडौं
ललितकला विशेष पुरस्कार
१. विश्व थापा, बुटवल
२. प्रनोद कुमार दत्त, सुनसरी
३. शान्त राहादी थापा, नवलपुर
२ परम्परागत चित्रकला राष्ट्रिय ललितकला पुरस्कार
सुदर्शन सिंख्वाल, भक्तपुर
ललितकला विशेष पुरस्कार
१. शंकर श्रेष्ठ (कलानन्द सत्यम), काठमाडौं
२. मिङमा छिरीङ गुरुङ, मुस्ताङ
३ वास्तुकला तथा अन्य सिर्जनात्मक कला राष्ट्रिय ललितकला पुरस्कार
सजल सिवाकाटी, काठमाडौं (प्रतिस्थापन कला)
ललितकला विशेष पुरस्कार
१. राजकी अर्याल, धादिङ (फोटोग्राफी)
२. दिपेन्द्र ढुङ्गाना, काभ्रे (फोटोग्राफी)
३. केशवराज खनाल, रुपन्देही (कार्टुन)
४. दौलत न्यौपाने, नवलपरासी (डिजिटल)
४ हस्तकला शिल्पकला राष्ट्रिय ललितकला पुरस्कार
अमिर शाक्य, ललितपुर
ललितकला विशेष पुरस्कार
१. सविता चेम्जोङ, झापा
२. संगीताथापा, स्याङ्जा
५ लोककला राष्ट्रिय ललितकला पुरस्कार
रामप्रकाश श्रेष्ठ, काठमाडौं
ललितकला विशेष पुरस्कार
१. नेहाकुमारी दास, महोत्तरी
२. सरिता देवी मण्डल, धनुषा
६ परम्परागत मूर्तिकला राष्ट्रिय ललितकला पुरस्कार
विष्णु प्रसाद लिबि, भक्तपुर
ललितकला विशेष पुरस्कार
१. विरेन्द्र शाक्य, ललितपुर
२. सुरेश लवट तुलाधर, ललितपुर
७ आधुनिक मूर्तिकला राष्ट्रिय ललितकला पुरस्कार
मानबहादुर बल, मकवानपुर
ललितकला विशेष पुरस्कार
१. मित्थु थारु, कैलाली
२. माधव पौडेल, ओखलढुङ्गा
प्रदर्शनीमा विभिन्न विधाका जम्मा ४२६ कलाकृति राखिएको छ र प्रदर्शनी एक महिना सम्म संचालन हुनेछ ।